सुनवलको विद्यासागर प्रसिद्ध इंगिलस स्कुलले प्राप्त गर्यो आइएसओ लोगो
नवलपरासी,१२ चैत्रअन्तराष्ट्र्रिय स्तरको शैक्षिक गुस्तर खोज्दै विदेशिने विद्यार्थीका लागि अन्तराष्ट्र्रिय स्तरको शिक्षा प्रदान गर्न जिल्लाको सुनवल १२ हरकट्टा स्थित विद्या सागर प्रसिद्ध इंगिलस स्कुलले अग्रसरता लिएको छ । उतm विद्यालयले जिल्लामै दोश्रो अन्तराष्ट्र्रिय गुणस्तर मापदण्ड (आइएसओ) सुचकाँक पुरा गर्ने प्रतिवद्धता सहित अगाडी बढने गरि आईएसओ लोगो हस्तानान्तरण कार्यक्रम गरेको हो ।
विद्यालयले अहिले आईएसओको ३० प्रतिसत सुचकाँक पुरा गर्दै अभिभावक विच लोगो ग्रहण गर्दै ३ बर्ष भित्र सतप्रतिसत पुर्याउने प्रतिवद्धता सहित लोगो हस्तानान्तरित लोगो सार्वजनिक गरिएको विद्यालयका प्रिन्सिपल देव भट्टराईले जानकारी गराएका थिए । आईएसओ पुरा गर्नका लागि कुल ५१ वटा सुचकाँक पुरा गर्नु पर्छ,आईएसओ जारी गर्ने ग्लोबल क्वालिटि काउन्सिल नेपाल नामक सस्थाका ब्यवस्थापक सुदिप शर्माले जानकारी गराउका थिए । उनका अनुसार...










