विधा

पाल्हीनन्दनका दुई विद्यालयको एसईई नतिजा कमजोर, ६२ मध्ये एक विद्यार्थी मात्रै उत्तीर्ण
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

पाल्हीनन्दनका दुई विद्यालयको एसईई नतिजा कमजोर, ६२ मध्ये एक विद्यार्थी मात्रै उत्तीर्ण

नवलपरासी,१९ असोजजिल्लाको पाल्हीनन्दन गाउँपालिकाका दुई सामुदायिक विद्यालयको शैक्षिक अवस्था एसईई परीक्षाको नतिजा कमजोर देखिएको छ । गाउँपालिकाका दुई विद्यालयबाट गत वर्षको एसईई परीक्षामा सहभागी भएका ६२ विद्यार्थीमध्ये एक जना मात्रै उत्तीर्ण भएकाले शैक्षिक अवस्था कमजोर देखिएको हो ।पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माध्यमिक विद्यालयबाट कृषि संकायका ८ र साधारणतर्फका १९ गरी २७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । जिल्ला शिक्षा समन्वय इकाईको परीक्षा शाखाका अनुसार तीमध्ये साधारणतर्फका एक जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । यसै गरि पाल्हीनन्दन गाउँपालिका–१ स्थित बाल शिक्षा निकेतनबाट ३५ विद्यार्थी एसईई परीक्षामा सहभागी भए पनि सबै विद्यार्थी अनुत्तीर्ण भएका थिए । दुई विद्यालयको नतिजाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको स्थानीयको भनाइ छ ।बाल ...
दुर्गम पहाडलाई पर्यटनसँग जोडेर सुनवलको समृद्धि सम्भव: इन्जिनियर राजेश शर्मा
पर्यटन, शिक्षा, समाज, सुनवल नगरपालिका

दुर्गम पहाडलाई पर्यटनसँग जोडेर सुनवलको समृद्धि सम्भव: इन्जिनियर राजेश शर्मा

सुकरात गौडनवलपरासी,१७ असोजजिल्लाको सुनवल नगरपालिकाका युवा इन्जिनियर राजेश शर्मा चापागाईँले सुनवलको समृद्धिका सपनाको खोजमा लागेका छन् । उनी सोही क्रममा नगरपालिकाको दुर्गम पहाडी क्षेत्र महलपोखरीस्थित सामुदायिक विद्यालयको अवलोकन गर्दै स्थानीय अवस्था र सम्भावनाबारे जानकारी लिएका छन्।अवलोकनका क्रममा उनले विद्यालयका बालबालिकासँग अनौपचारिक कुराकानी गर्दै उनीहरूलाई अध्ययनप्रति उत्साहित गराएका थिए। दुर्गम क्षेत्रमा पुगेर स्थानीय बालबालिका तथा समुदायसँग प्रत्यक्ष भेटघाट गर्दा आफूले सुनवललाई हेर्ने दृष्टिकोणमा समेत फरक अनुभूति भएको उनले बताए । सुनवललाई राजमार्ग आसपासको सुगम बजार क्षेत्रका रूपमा मात्र बुझ्न नहुने बताउँदै शर्माले नगरपालिकाभित्र रहेका पहाडी तथा दुर्गम क्षेत्रको सम्भावनालाई पनि विकाससँग जोड्नुपर्ने धारणा राखे । पैदल यात्रा गर्दै महलपोखरी पुगेका उनले बाटाघाटा तथा आवागमनको अवस्थालाई...
सरकारको निर्देशन पछि धेरै कृषक अनुदानबाट बन्चित हुन सक्नेः कृषि ज्ञान केन्द्र
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

सरकारको निर्देशन पछि धेरै कृषक अनुदानबाट बन्चित हुन सक्नेः कृषि ज्ञान केन्द्र

नवलपरासी, १२ असोजकिसान सुचिकरण नगराएका कृषकहरु कृषि अनुदानबाट बन्च्ति हुने भएका छन् । हालै कृषि, वन तथा वातावरण मन्त्रालयले सरकारी बजेटबाट सञ्चालन हुने कृषि कार्यक्रम तथा आयोजनामा सहभागी हुने किसानको किसान सूचिकरण प्रणालीमा दर्ता भएको नम्बर अनिवार्य गरे पछि सुचिकृत नहुने किसान सरकारी अनुदान लगायतका सेवाबाट बन्चित हुने देखिएको हो ।संघिय मन्त्रालयले निर्देशन जारी गरेको हुदा ति निर्देशन प्रदेश सरकार र स्थानिय सरकारले लागु गर्ने हुन कि होईन,भन्ने कुरा पत्रमा उल्लेख नहुदा केही अन्यौलता देखिएको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख शिव प्रसाद अर्यालले बताए । पत्रको ब्यहोरा हेर्ने हो, भने संघ सरकार मातहतका कार्यालयले सो निर्देशन पालना गर्नु पर्ने हो,उनले भने,तर पछि संघिय सरकारको निर्देशन पनि कानुनी मान्यता पाउदा महालेखा परिक्षणले बेरुजु लेख्न सक्ने अवस्था पनि हुन जान्छ । यसका लागि प्रदेश सरकार तथा...
नेपालमा माछापालनको वास्तविकता के हो? | भवानी शंकर यादवसँग विशेष संवाद | चिन्तन–मनन Ep. 8
अन्तर्वार्ता, कृषि, नवलपरासी (ब.सु.प.), भिडियो

नेपालमा माछापालनको वास्तविकता के हो? | भवानी शंकर यादवसँग विशेष संवाद | चिन्तन–मनन Ep. 8

https://youtu.be/kj-Va9IGoNo?si=CAkC4qB6RJG_7LUO
कञ्चनगढी निर्माणमा आर्थिक स्रोतको अभाव, ३५ करोडको डीपीआर पूरा गर्न चुनौती
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

कञ्चनगढी निर्माणमा आर्थिक स्रोतको अभाव, ३५ करोडको डीपीआर पूरा गर्न चुनौती

नवलपरासी,७ असोजबर्दघाट नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढाइएको कञ्चनगढीको पूर्वाधार निर्माणमा आर्थिक स्रोतको अभाव देखिएको छ । ऐतिहासिक, प्राकृतिक तथा पर्यटकीय महत्व बोकेको कञ्चनगढीलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब ३५ करोड रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भए पनि हालसम्म करिब ५ करोड रुपैयाँ मात्र लगानी भएको नगरपालिकाले जनाएको हो ।डीपीआरमा समेटिएका विभिन्न पूर्वाधार निर्माणका काम पूरा गर्न आवश्यक ठूलो रकमको तुलनामा हालसम्म भएको लगानी निकै कम रहेकाले परियोजना कार्यान्वयनमा चुनौती देखिएको नगरपालिकाका सुचना अधिकारी पुस्कर काफ्लेले जनाए । आवश्यक बजेटको सुनिश्चितता नहुँदा डीपीआरअनुसारका संरचना निर्माण तथा अन्य पूर्वाधार विकासका कामलाई अपेक्षित गतिमा अघि बढाउन समस्या भएको छ,उनले भने, विगत बर्षमा प्रदेश स...
पाल्हीनन्दन गाउँपालिकाले आन्तरिक आय बढाउन पोखरीदेखि व्यवसायसम्मको लगत संकलन गर्ने
अर्थ, पाल्हिनन्दन गाउँपालिका, समाचार

पाल्हीनन्दन गाउँपालिकाले आन्तरिक आय बढाउन पोखरीदेखि व्यवसायसम्मको लगत संकलन गर्ने

नवलपरासी,६ असोजसंघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा मात्र निर्भर हुँदा सेवा प्रवाह र विकास निर्माणमा चुनौती थपिँदै गए पछि पाल्हीनन्दन गाउँपालिकाले आन्तरिक आय वृद्धि गर्ने आधारको खोजी थालेको छ । गाउँपालिकाले प्राकृतिक स्रोत, पोखरी तथा तालतलैया, उद्यम–व्यवसाय, बजार क्षेत्र र सार्वजनिक जग्गालाई व्यवस्थित गरी राजस्वको दायरा बढाउने तयारी गरेको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीका अनुसार गाउँपालिकाभित्र रहेका सम्भावित आयस्रोतको अध्ययन गरी लगत संकलन गर्ने र राजस्वको दायरामा नआएका उद्यम तथा व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउने योजना अघि सारिएको छ । विशेषगरी बजार क्षेत्रमा धेरै उद्यम तथा व्यवसाय बिना दर्ता सञ्चालनमा रहेको पाइएको भन्दै त्यस्ता व्यवसायलाई गाउँपालिकामा दर्ता गराउन शिविर सञ्चालन गर्नेसम्मको तयारी गरिएको उनले बताए । “गाउँपालिकाको आन्तरिक आयका प्रमुख आधारमध्...
महेशपुर भन्सारमा लक्ष्य भन्दा बढि राजस्व संकलन
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

महेशपुर भन्सारमा लक्ष्य भन्दा बढि राजस्व संकलन

नवलपरासी, ६ असाेजनेपाल–भारत सीमामा रहेको महेशपुर भन्सार नाकाबाट चालु आर्थिक बर्ष २०८३।०८४ लागि तोकिएको लक्ष्य अनुसार भन्सार कार्यालयले भन्सार संकलन गरेको छ । आर्थिक बर्षको साउन र भदौ महिनामा भन्सार विभागले तोकेको लक्ष्य भन्दा बढि नै राजस्व संकलन गरि भन्सार राजस्व प्रगति तर्फ गएको देखिएको हो ।भन्सार कार्यालयमा अनुसार साउन महिनाका लागि महेशपुर भन्सारले १ करोड ४२ लाख १७ हजार लक्ष्य रहेकोमा सो महिनामा भन्सार कार्यालयले १ करोड ७० लाख ४९ हजार ९ सय ९७ रुपिया भन्सार संकलन गरेको तथ्याँकले देखाएको छ । त्यसै गरि भदौ महिनाको लक्ष्य १ करोड ६२ लाख ४८ हजार तोकिएकोमा १ करोड ८४ लाख ५१ हजार ९ सय ५७ रुपिया संकलन भएको छ । यो आर्थिक बर्षमा कुल राजस्व २० करोड ३१ लाख ३ हजार रुपिया राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । गत आर्थिक बर्षमा भन्सार कार्यालयले १९ करोड २ लाख ४३ हजार लक्ष्य तोकेकोमा भन्सार कार्यालयले लक्ष्य...
बडकी अतवारको अवसरमा शुभकामना आदान–प्रदान तथा कोलिय एग्रो टुरिज्म पार्कमा वृक्षारोपण
रामग्राम नगरपालिका, समाचार, संस्कृति

बडकी अतवारको अवसरमा शुभकामना आदान–प्रदान तथा कोलिय एग्रो टुरिज्म पार्कमा वृक्षारोपण

नवलपरासी,४ असोजथारु कल्याणकारिणी सभा रामग्राम समितिको आयोजनामा बडकी अतवारको अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । थारु मधेशी समुदायमा असोजको पहिलो आईतवारलाई बडका अतवार भनेर मनाउने परम्परा अनुसार नै एक समारोहको आयोजना गरि शुभकामना तथा वृक्षारोपण गरिएको हो ।रामग्राम क्षेत्रमा थारु समुदायको संस्कृति, परम्परा तथा प्रकृतिसँगको सम्बन्धलाई संरक्षण गर्दै वातावरणीय संरक्षणमा समेत योगदान पु¥याउने उद्देश्यले रामग्राम १८ डिघवल स्थित कोलिय एग्रो टुरिज्म पार्कमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरूले बडकी अतवारको अवसरमा एकआपसमा शुभकामना आदान–प्रदान गर्दै थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षणमा सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए । कार्यक्रममा सरावल गाउपालिकाका अध्यक्ष शुखाडी चौधरी तथा सरावल गाउपालिाकै पुर्व उपाध्यक्ष ...
धरम पोखरीलाई पर्यटन गन्तव्य बनाउने सम्भावना, एकीकृत विकासको माग
पर्यटन, रामग्राम नगरपालिका, समाचार

धरम पोखरीलाई पर्यटन गन्तव्य बनाउने सम्भावना, एकीकृत विकासको माग

नवलपरासी,४ असोजजिल्लाको रामग्राम नगरपालिका–१८ धरमपुरमा रहेको ऐतिहासिक तथा प्राकृतिक महत्वको धरम पोखरीलाई व्यवस्थित गरी धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पुरातात्विक पर्यटनसँग जोडिएको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयले माग गरेका छन्।करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको उक्त पोखरीको संरक्षण तथा पूर्वाधार विकासका लागि करिब १५ करोड रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ, भने हालसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको सोही वार्डका वार्ड अध्यक्ष गोपाल डिस्वा मागरले बताए । प्राकृतिक रूपमा आकर्षक देखिने धर्मपोखरी अहिले स्थानीय तथा बाह्य क्षेत्रका मानिसका लागि पिकनिक तथा घुमफिरको स्थलका रूपमा प्रयोग हुँदै आएको छ । पर्याप्त पूर्वाधार, व्यवस्थित प्रचारप्रसार र पर्यटन मैत्री संरचनाको विकास हुन सकेमा यसलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको महत्वपूर्ण गन्त...
भन्सार छली ल्याइएको २७ क्विन्टलभन्दा बढी तोरी बरामद
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

भन्सार छली ल्याइएको २७ क्विन्टलभन्दा बढी तोरी बरामद

सुकरात गाैड नवलपरासी, ४ असोज । भारतबाट भन्सार छली ल्याएर पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरमा भण्डारण गरिएको २७ क्विन्टल ८६ किलोग्राम तोरी प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार महेशपुरस्थित सामान राख्न बनाइएको टहरामा भन्सार छली गरी ल्याइएको तोरी भण्डारण गरिएको सूचना पाएपछि २०८३ असोज ३ गते दिउँसो करिब ४ः४५ बजे संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय नवलपरासी र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको टोलीले टहरामा जाँच गर्दा २७ क्विन्टल ८६ किलोग्राम तोरी फेला पारी बरामद गरेको हो। बरामद तोरीको अनुमानित मूल्य ४ लाख ७३ हजार ६२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको तोरी आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जारी गरेको प्रेस विज्ञप्तिमा उल...