विधा

भिक्षुलाई भोजनदान : बौद्ध धर्ममा सेवा र श्रद्धाको महत्वपूर्ण परम्परा
रामग्राम नगरपालिका, समाचार, संस्कृति

भिक्षुलाई भोजनदान : बौद्ध धर्ममा सेवा र श्रद्धाको महत्वपूर्ण परम्परा

परासी, १४ भदौ ।पश्चिम नवलपरासीको रामग्राम स्तूपमा वर्षाबास बसिरहेका भिक्षुहरूलाई भोजनदान गरिएको छ। हरिओम फाउन्डेसन पोखरापालीका अध्यक्ष ओमप्रकाश अग्रहरीले रामग्राम स्तूप परिसरमा वर्षाबासमा रहेका पाँच जना भिक्षुलाई भोजनदान गरेका छन्। बौद्ध धर्ममा भिक्षुलाई भोजन गराउनु खाना खुवाउने काम मात्र नभई श्रद्धा, सेवा र पुण्यसँग जोडिएको महत्वपूर्ण परम्परा मानिन्छ। भिक्षुहरू आफ्नो समय अध्ययन, ध्यान, साधना र धर्मको अभ्यासमा बिताउने भएकाले उनीहरूको दैनिक आवश्यकतामा सहयोग गर्नु बौद्ध समाजमा महत्वपूर्ण मानिन्छ। वर्षाबासका क्रममा भिक्षुहरू एकै स्थानमा बसेर ध्यान, अध्ययन र धार्मिक अभ्यास गर्ने परम्परा छ। यस समयमा स्थानीय समुदाय तथा श्रद्धालुहरूले भिक्षुलाई खाना, आवश्यक सामग्री तथा अन्य सहयोग उपलब्ध गराउने चलन छ। रामग्राम स्तूपमा यस वर्ष पहिलोपटक वर्षाबासको व्यवस्था गरिएको हो। तीन महिनासम्म चल्ने वर्...
१५०१औँ मोहम्मद जयन्तीको अवसरमा फलफूल वितरण तथा शान्तिपूर्ण जुलुस
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्तीको अवसरमा फलफूल वितरण तथा शान्तिपूर्ण जुलुस

सुकरात गौड नवलपरासी, भदौ ११ । १५०१औँ मोहम्मद जयन्ती तथा जश्ने ईद मिलादुन्नबीको अवसरमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्रले सञ्चालन गरेको एक साताव्यापी कार्यक्रम बुधबार फलफूल वितरण, पानी पिउने कार्यक्रम तथा शान्तिपूर्ण जुलुससँगै सम्पन्न भएको छ। भदौ १० गते आयोजित अन्तिम दिनको कार्यक्रममा पृथ्वीचन्द्र अस्पताल, परासीमा उपचाररत बिरामी तथा आदर्श नमुना माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई फलफूल वितरण गरिएको थियो। त्यसैगरी मुस्लिम सामाजिक युवा संस्थासँगको समन्वयमा जुलुसमा सहभागी तथा सर्वसाधारणका लागि पानी पिउने कार्यक्रम पनि सञ्चालन गरिएको थियो। त्यसपछि निकालिएको शान्तिपूर्ण जुलुसमा सहभागीहरूले आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिएका थिए। जुलुस शान्तिपूर्ण र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। मदरसा प्रवर्द्धन सामाजिक केन्द्रका अध्यक्ष हैदर अली...
परासीमा भव्य रूपमा सम्पन्न भयो १५०१औँ मोहम्मद जन्मोत्सवको जुलुसे मोहम्मदी
रामग्राम नगरपालिका, समाचार, संस्कृति

परासीमा भव्य रूपमा सम्पन्न भयो १५०१औँ मोहम्मद जन्मोत्सवको जुलुसे मोहम्मदी

नवलपरासी, १० भदौ । पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०१औँ जन्मोत्सवको अवसरमा उलमा फाउन्डेशन नेपालले आयोजना गरेको जुलुसे मोहम्मदी बुधबार परासीमा भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक सद्भाव, शान्ति, प्रेम, भाइचारा र मानवताको सन्देशसहित निकालिएको जुलुसमा उलेमा, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, युवा तथा सर्वसाधारणसहित सयौँ नागरिक सहभागी भएका थिए। ब्यानर तथा माइकसहित निकालिएको जुलुसले परासी बजार क्षेत्रमा धार्मिक उत्साहसँगै आपसी सद्भाव र भाइचाराको वातावरण सिर्जना गरेको थियो। उलमा फाउन्डेशन नेपालका केन्द्रीय अध्यक्ष हजरत मौलाना सैयद गुलाम हुसैन मजहरीका अनुसार पैगम्बर मोहम्मदको जीवन, शिक्षा, आदर्श, प्रेम, करुणा, शान्ति र मानव सेवाको सन्देश जनस्तरसम्म पुर्‍याउने उद्देश्यले जुलुस आयोजना गरिएको हो। जुलुसको अध्यक्षता उलमा फाउन्डेशन नेपाल, नवलपरासीका निवर्तमान अध्यक्ष हजरत...
रामग्राम : बुद्धधातुको अमूल्य स्मृति र नागले संरक्षण गरेको पवित्र स्तूप
पर्यटन, रामग्राम नगरपालिका, विचार

रामग्राम : बुद्धधातुको अमूल्य स्मृति र नागले संरक्षण गरेको पवित्र स्तूप

बौद्ध अध्येता डा. कौशलेन्द्रबहादुर श्रीवास्तव इतिहास केवल राजवंश, युद्ध र राजनीतिक घटनाहरूको क्रम होइन। इतिहास मानिसले कुनै भूगोलसँग जोडेर सुरक्षित राखेको स्मृति, आस्था, परम्परा र सभ्यताको अभिलेख पनि हो। यही दृष्टिले हेर्दा रामग्राम बौद्ध सभ्यताको इतिहासमा अत्यन्त विशिष्ट महत्व बोकेको स्थलका रूपमा देखिन्छ। रामग्रामको महत्त्व केवल एउटा प्राचीन स्तूप वा पुरातात्त्विक अवशेषमा सीमित छैन। यसको ऐतिहासिक स्मृतिको केन्द्रमा भगवान् बुद्धको शरीरधातु, त्यसलाई सुरक्षित राखिएको स्तूप, त्यसको संरक्षणसँग जोडिएको नाग परम्परा, स्तूपमा श्रद्धा अर्पण गर्ने हात्तीहरूको कथा, भिक्षुहरूको साधना तथा प्राचीन बौद्ध तीर्थयात्राको परम्परा जोडिएको छ। रामग्रामसम्बन्धी सबैभन्दा महत्वपूर्ण लिखित विवरणमध्ये सातौँ शताब्दीका चिनियाँ बौद्ध यात्री ह्वेनसाङ् (Xuanzang) को यात्रावृत्तान्त प्रमुख स्रोत हो। उनको Records...
१५०१औँ मोहम्मद जयन्तीको अवसरमा रक्तदान
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्तीको अवसरमा रक्तदान

सुकरात गौड नवलपरासी, भदौ ९ । १५०१औँ मोहम्मद जयन्तीको अवसरमा आयोजित साप्ताहिक कार्यक्रमअन्तर्गत नवलपरासीको प्रतापपुर गाउँपालिका–६, हरपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मदरसा प्रवर्द्धन सामाजिक केन्द्रको आयोजनामा तथा मदरसा मदिनतुल ओलुम माध्यमिक विद्यालय, प्रतापपुर–६, हरपुरको सहकार्यमा मंगलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा १२ युनिट रगत संकलन गरिएको हो। ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा प्रतापपुर गाउँपालिका–६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवलपरासीको प्राविधिक टोलीका श्रावण कुमार गुप्ता र अमर दिप गुप्तासहित समाजसेवी, रक्तदाता, नेपाल प्रहरीका प्रतिनिधि, संस्थाका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमले आकस्मिक तथा आवश्यक अवस्थामा...
१५०१औँ मोहम्मद जयन्तीको अवसरमा गमला हस्तान्तरण तथा शुभकामना आदान–प्रदान
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्तीको अवसरमा गमला हस्तान्तरण तथा शुभकामना आदान–प्रदान

सुकरात गौड | काेलियखबर नवलपरासी, भदौ ८ । १५०१औँ मोहम्मद जयन्तीको अवसरमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवचले जिल्ला प्रशासन कार्यालयमा गमला हस्तान्तरण तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा शान्ति, सामाजिक सद्भाव, मानवता, महिला सम्मान, शिक्षा, वातावरण संरक्षण तथा सामाजिक सुधारका विषयमा जोड दिइएको छ। जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा गोरखदल गणका गणपति विज्ञान पोखरेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामबहादुर केसी, सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सहायक प्रहरी उपरीक्षक गोविन्दबहादुर खाती तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप–अनुसन्धान निर्देशक प्रज्वल खड्का विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा जिल्ला...
१५०१औँ मोहम्मद जयन्तीलाई लक्षित गर्दै पृथ्वीचन्द्र अस्पतालमा सरसफाइ तथा वृक्षारोपण
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्तीलाई लक्षित गर्दै पृथ्वीचन्द्र अस्पतालमा सरसफाइ तथा वृक्षारोपण

सुकरात गौड परासी, भदौ ७ । १५०१औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित सामाजिक कार्यक्रमअन्तर्गत परासीस्थित पृथ्वीचन्द्र अस्पताल परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। मदरसा प्रवर्द्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवचको आयोजनामा भएको कार्यक्रममा अस्पताल परिसरको सरसफाइ गर्नुका साथै धुपी, चाइनिज पिपललगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। कार्यक्रम संस्थाका अध्यक्ष हैदर अली मोमिनको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका सचिव मोहम्मद रज्जाक मिया, कोषाध्यक्ष ग्यासुद्दीन मुसलमान अन्सारी, संस्थाका सदस्य तथा मुस्लिम समाजसेवीहरूको सहभागिता रहेको थियो। संस्थाका सल्लाहकार बुद्धन अलीको समेत कार्यक्रममा सहभागिता रहेको थियो। अस्पतालका डा. शैलेश कुर्मी, वरिष्ठ डा. श्यामसुन्दर जैसवालसहित अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको पनि कार्यक्रममा सहभागिता रहेको थ...
१५०१औँ मोहम्मद जयन्ती शान्तिपूर्ण बनाउन प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलको प्रतिबद्धता
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्ती शान्तिपूर्ण बनाउन प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलको प्रतिबद्धता

सुकरात गौड | कोलियखबर नवलपरासी, भदौ ५ । नवलपरासीमा १५०१औँ मोहम्मद जयन्तीलाई शान्तिपूर्ण, व्यवस्थित तथा सामाजिक सद्भाव कायम हुने गरी सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल तथा धार्मिक अगुवाहरूले प्रतिबद्धता जनाएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासीको सभाहलमा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा बसेको जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति बैठकमा जिल्लाको शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल भएको हो। बैठकमा जिल्ला समन्वय समिति प्रमुख भगौती यादवको विशेष उपस्थिति रहेको थियो। बैठकमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवचका अध्यक्ष हैदर अली मोमिनले मोहम्मद जयन्तीका अवसरमा सञ्चालन गरिने विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमको कार्यतालिका प्रस्तुत गरेका थिए। प्रस्तावित कार्यक्रमअनुसार बृहत् बैठक, जिल्ला प्रशासन, सर्वधर्म प...
डीजे–मुक्त र्‍यालीसहित शान्तिपूर्ण १५०१औँ मोहम्मद जयन्ती मनाउने तयारी
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

डीजे–मुक्त र्‍यालीसहित शान्तिपूर्ण १५०१औँ मोहम्मद जयन्ती मनाउने तयारी

सुकरात गौड | कोलियखबर नवलपरासी, ४ भदौ ।१५०१औँ मोहम्मद जयन्तीलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा मनाउने तयारीस्वरूप नवलपरासीका विभिन्न पालिका तथा क्षेत्रबाट आएका मुस्लिम अगुवा, मदरसा अध्यक्ष तथा प्रधानाध्यापक, धार्मिक व्यक्तित्व र बुद्धिजीवीहरूको बृहत् भेला सम्पन्न भएको छ। मदरसा प्रवद्र्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवाचको आयोजनामा सरावल गाउँपालिकाको सभाहलमा भएको भेलामा जिल्लाभरबाट प्रतिनिधित्व गर्दै आएका सहभागीहरूले मोहम्मद जयन्तीका अवसरमा आयोजना हुने धार्मिक तथा सामाजिक कार्यक्रम, र्‍याली व्यवस्थापन, सुरक्षा तथा सामाजिक सद्भावका विषयमा छलफल गरेका हुन्। कार्यक्रमको अध्यक्षता हैदर अली मोमिनले गरेका थिए। मदर बाबा पीठाधीश अमिरुल्लाह अन्सारी प्रमुख अतिथि तथा बुद्धन अली विशिष्ट अतिथिका रूपमा सहभागी थिए। भेलामा अध्यक्ष मोमिनले यस वर्षको मोहम्मद जयन्तीलाई डीजे तथा अनावश्यक...