
नवलपरासी,१२ कातिक
जिल्लाको बर्दघाट नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई धनीपुर्जा (लालपुर्जा) वितरणका लागि साँसदले ताकेता गरेका छन् । आफ्ना क्षेत्रका जनतालाई चुनावमा गरेको प्रतिबद्धता अनुसार काम गर्नका लागि वर्दघाट नगरपालिकामा सो क्षेत्रका साँसद विक्रम खनालले ताकेता गरेका हुन् ।
उनले ताकेता गरे पछि लालपुर्जाबारे भइरहेको कार्य प्रगतिको वस्तु स्थितिबारे सरोकारवालाहरूसँग छलफल गरिएको थियो । वर्षौँदेखि पुर्जाविहीन नागरिकको समस्या समाधान गरी छिटोभन्दा छिटो लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउनका लागि संघिय साँसद खनालकै सहितको सहभागितामा उक्त छलफल गरिएको नगरपालिकाले जनाएको थियो । नगरपालिकाका अनुसार छलफलका सहभागितहरुले जति सक्दो छिटो लालपुर्जा वितरण गर्नु पर्ने र सहभागी सरोकारवालाहरूले सकारात्मक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उतm छलफलमा प्रतिनिधिसभा सदस्य(साँसद) खनाल , बर्दघाट नगरपालिकाका उपमेयर रुद्र प्रकाश उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम भुसाल, पूर्व मेयर धीरज शर्मा बस्याल, नगर प्रवक्ता सन्तु गाहा र नगरपालिकाका भूमि शाखा प्रमुख ठाकुरमणि न्यौपानेको उपस्थिति रहेको थियो ।
छलफलमा बोल्दै प्रतिनिधिसभा सदस्य विक्रम खनालले वर्षौँ देखि लालपुर्जा नपाएर सास्ती भोगिरहेका नागरिकलाई जमिनको स्वामित्व दिलाउनु राज्यको दायित्व भएको बताएका थिए । सांसद खनालले भने, “नागरिकहरू दशकौँदेखि पुर्जाविहीन भएर बस्नुपरेको दुःखद अवस्था छ । अब कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुँदैन । सङ्घीय सरकार, आयोग र मन्त्रालयस्तरबाट गर्नुपर्ने जुनसुकै समन्वय र पहलका लागि म निरन्तर तयार छु । स्थानीय तह र प्राविधिक टोलीले नापजाँच र लगत प्रमाणीकरणका बाँकी कामहरू तीव्र गतिमा अघि बढाउनुपर्छ ।
बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले प्रक्रियागत अल्झनहरूलाई सुल्झाउँदै छिटो नतिजा दिन नगरपालिका प्रतिबद्ध रहेको बताएका थिए । छलफलमा बोल्दै पूर्व मेयर शर्मा बस्यालले नागरिकको हकहितका लागि दलीय राजनीति भन्दा माथि उठेर विगत देखि थालिएका कामहरूलाई निष्कर्षमा पु¥याउनुपर्नेमा जोड दिएका थिए । छलफलले लालपुर्जा वितरण सम्बन्धी कामलाई कुनै पनि बहानामा नरोक्ने र यथाशीघ्र तीव्र रूपमा अघि बढाउने मुख्य निष्कर्ष निकालेको छ । यसका लागि सङ्घीय सांसद, जनप्रतिनिधि, नगरपालिका र भूमि आयोग बीच निरन्तर समन्वय गर्दै तोकिएको समयसीमाभित्रै वास्तविक सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने सहमति भएको छ ।
