
नवलपरासी,२० असोज
खानेपानी महशुल बक्यौता उठन नसक्दा महेशपुर खानेपानी आयोजना सञ्चालनमा चुनौती बढदै गएको छ । पाल्हीनन्दन गाउपालिका १ र २ वार्डका जनतालाई खानेपानी आपुर्तिका लागि दुई दशक देखी सञ्चालनमा रहेको आयोजनाका उपभोतmाहरुले महशुल बुझाउन नसक्दा आयोजना सञ्चालन र ब्यवस्थापनमा समस्या भई रहेको खानेपानी तथा सरसफाई उपभोतmा समितिले जनाएको हो ।
उपभोतmाहरुलाई प्रति दिन नियमित ९ घण्टा धारामा पानी पुर्याउदै आएको तर खानेपानी महशुल बुझाउन उपभोतmाहरु आनाकानी गर्दा आयोजना सञ्चालनमा चुनौती थपिदै गएको उपभोतmा समितिका अध्यक्ष सञ्जय कानु बनियाले बताए । उनका अनुसार ५ सय भन्दा बढि खानेपानीका धाराहरु जडान गरिएका छन्,तर धेरैले महशुल नबुझाउदा ९ लाख भन्दा बढि बक्यौता रहेको सुनाए । दुई जना कर्मचारी नियमित काम गर्दै आएका छन्,उनले भने,बक्यौताका कारण उनीहरुलाई तलब सुविधा दिनका लागि पनि बेला बेला समस्या आउने गरेको छ । बजेटका लागि लुम्बिनी प्रदेश सरकारसँग पनि पत्राचार गरिएको छ, उनले थपे, बजेट पार्न पहलका लागि यहाँका साँसद बैजनाथ कलवारसँग पनि पहल गरिदै आएको छ । तर बजेट परेको छैन् ।
स्थानिय समाजसेवी जितेन्द्र गुप्ताको पहलमा गाउपालिकाबाट यो बर्ष ५ लाख बजेट विनियोजना भएको सुनिएको बताउदै उनले बजेट अभावले साधारणसभा समेत गराउन नसकिएको दाबी गरेका थिए । समितिको खातामा ३ लाख रुपिया जम्मा छ,तर आयोजना सञ्चालन गरिरहदा कहिले काही आकस्मिक समस्या आई पर्छ,त्यो भएर सो रकम खर्च नगरिएको उनको भनाई थियो । दुई दशक देखी खानेपानी आपुर्ति गर्दै आएको आयोजनाका धेरै संरचना अहिले जिर्ण पनि हुदै गएका छन् । ओभरहेड ट्याँकीमा पनि पानी चुहिने गरिएको देखाउदै उनले भने,मर्मत सम्भारका लागि बजेट अभाव देखिएका छन् । नियमित पानी आपुर्तिका लागि थप बोरिगँ पनि गर्नु पर्ने आवश्यकता उनले औल्याएका थिए ,
अहिले महेशपुर बजार विस्तार हुदै गएको छ,तर खानेपानीको क्षमता विस्तार गर्न बजेट अभावले समस्या देखिएको भए पनि सरोकारवाला निकायबाट पनि प्रयाप्त सहयोग नपाइएको र स्थानिय उपभोतmाहरुले पनि महशुल बक्यौता नबुझाई दिदा आयोजनाका लागि चुनौती थपिदै जानु स्वभाविक भएको स्थानिय समाजसेवी गुप्ताले सुनाएका थिए । तर यसको समाधानका लागि उपभोतmा समितिले पनि उपभोतmाहरुको भेला र नियमित साधारणसभा गरिदै गयो भन्ने निकास निस्कने उनको भनाई थियो । अध्यक्ष बनियाले समस्या सुनाउने तर साधारणसभा नगर्ने मनोवृतिले खानेपानी आयोजनामा समस्या उत्पन्न भएको हुन सक्ने अनुमान उनले सुनाए ।
विगत चार बर्ष देखी साधारणसभा हुन सकेको छैन्,उनले भने, बजेट अभाव भन्दै साधारणसभा नगर्ने अध्यक्ष तथा समितिले आफ्ना समस्या भन्ने तर आफ्ना कमजोरी नस्वीकार्ने प्रवृति देखियो । यसका लागि गाउपालिकाको खानेपानी तथा सरसफाई शाखाले पहल गरि साधारणसभा र आवश्यक बजेट ब्यवस्थापन गर्नु पर्ने बताएका थिए । समस्याको समाधान सबै मिलेर गरे मात्र निकास निकाल्न सकिन्छ,गुप्ताले थपे,अध्यक्षले साधारणसभा नबोलाउने र उपभोतmाले पानी उपभोग गर्ने तर महशुल नबुझाउने दुई पक्षबाट कमजोरी देखिएका छन् । अध्यक्ष र समितिले खानेपानी उपभोग गर्ने तर महशुल नबुझाउनेको सुचि सार्वजनिक गर्न सक्ने आट गर्नु पर्छ । महशुल बक्यौता उठाउने बारे छलफल गर्ने निकाय पनि तँ साधारणसभा नै हो, यो कुराको हेक्का अध्यक्ष बनियाले राख्नु पर्छ ।
