पिडुरा–झरही दोभान कुण्डका गोही आरक्षमा सरकारी चाँसो बढ्दै, बजेट विनियोजन गर्न थाले
नवलपरासी,जिल्लामा स्थानीयस्तरबाट गोही संरक्षणको पहल अघि बढेसँगै संरक्षणका लागि सरकारी निकायले पनि चाँसो लिन थालेका छन् । जिल्लाको गण्डक कमाण्ड क्षेत्रसँग जोडिएको झरही–पिडुरा दोभान कुण्ड क्षेत्रमा अवलोकनकर्ताको चहलपहल बढ्न थालेको र अहिले सो संरक्षण आरक्ष क्षेत्रमा संरक्षण तथा जागरणका लागि लुम्बिनी प्रदेश सरकार सरावल गाउपालिकाले लगानी गर्ने चाँसो बढाएको हो ।वर्षौंदेखि सो क्षेत्रका जलाशय तथा कुण्डमा गोही बस्दै आएको बताउँदै स्थानीयले संरक्षणका लागि आरक्ष क्षेत्र बनाउन पहल थाले पछि आन्तरिक तथा भारतीय पर्यटकसमेत अवलोकनका लागि आउन थालेका छन् । यसैले अहिले पहिलो बर्षमा सरावलको भागमा पर्ने क्षेत्रमा संरक्षण तथा प्रचार प्रसार र जागरणका लागि २ लाख रुपिया विनियोजन गरिएको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताए । यो लगानी बर्षेनी थपिदै जानेछ, उनले भने, यस क्षेत्रमा अब्यवस्थित रुपमा रहेका गोहीलाई आरक्ष क्...










