समाचार

संस्कृति तथा सम्पदा संरक्षणमा योगदान पुर्‍याएका शर्मा सम्मानित
नवलपरासी (ब.सु.प.), समाचार, समाज

संस्कृति तथा सम्पदा संरक्षणमा योगदान पुर्‍याएका शर्मा सम्मानित

नवलपरासी । संस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षणमा योगदान पुर्‍याएको भन्दै संस्कृति सम्पदा संरक्षण महाअभियानका संयोजक अनिल शर्मा सम्मानित भएका छन्। दाङवोला ग्युईठिम तामाङ संघ, काठमाडौंले शनिबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा शर्मालाई सम्मान गरिएको हो। मौलिक संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षणमा उनले पुर्‍याउँदै आएको योगदानको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। रामग्राम नगरपालिका–५, नवलपरासी पश्चिम निवासी शर्मा लामो समयदेखि संस्कृति तथा सम्पदा संरक्षणसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। आफ्ना स्वर्गीय पिता दामोदर शर्माको स्मृतिमा उनले संस्कृति तथा सम्पदा संरक्षणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको आयोजकको भनाइ छ। शर्माले संस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षणलाई निरन्तरता दिँदै मौलिक पहिचान र परम्पराको संरक्षणका लागि अभियान सञ्चा...
सरावलमा रेडक्रस दिवसको अवसरमा वृहत् वृक्षरोपण, करिब ३०० बिरुवा रोपिए
समाचार, सरावल गाउँपालिका, स्वास्थ्य

सरावलमा रेडक्रस दिवसको अवसरमा वृहत् वृक्षरोपण, करिब ३०० बिरुवा रोपिए

नवलपरासी, भदौ १९ ।६४औँ नेपाल रेडक्रस दिवसको अवसरमा सरावल गाउँपालिका–२, मनरीस्थित जनता माध्यमिक विद्यालय परिसरमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी देवगाउँ उपशाखाको आयोजना तथा जनता माध्यमिक विद्यालय मनरीको सहआयोजनामा भएको कार्यक्रममा करिब ३०० वटा विभिन्न प्रजातिका शोभनीय तथा वातावरणमैत्री बिरुवा रोपिएका छन्। कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी थारू (चौधरी) प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश रेडक्रसका कोषाध्यक्ष हैदर अली मोमिन विशेष अतिथिका रूपमा सहभागी थिए। वृक्षरोपण कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। जुनियर रेडक्रसका विद्यार्थीहरूले उत्साहपूर्वक बिरुवा रोप्नुका साथै रोपिएका बिरुवाको संरक्षण र हु...
जिससद्धारा जिल्लाको प्रगति समिक्षा तथा नयाँ अभ्यासको अनुभव आदान प्रदान कार्य
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

जिससद्धारा जिल्लाको प्रगति समिक्षा तथा नयाँ अभ्यासको अनुभव आदान प्रदान कार्य

नवलपरासी,१७ भदौजिल्ला समन्वय समिति नवलपरासीले जिल्लाको प्रगति समिक्षा कार्यक्रम गरि नयाँ अभ्यासको अनुभवन आदान प्रदान गर्ने कार्य गरेको छ । समन्वय समितिले आयोजना गरेको आर्थिक बर्ष २०८२।०८३ को बार्षिक प्रगति समिक्षा तथा सार्वजनिक निकायबाट हुने गरेका नयाँ अभ्यास सम्बन्धि अनुभवन आदान प्रदान कार्यमा जिल्लाका ३ नगरपालिका र ४ गाउपालिका गरि ७ वटा पालिकाका र प्रदेश सरकार तथा संघिय सरकार सहित विभिन्न आयोजना परियोजनाका तर्फबाट प्रस्तुतिकरण गरिएको हो ।संघिय संसद प्रतिनिधिसभा सदस्य साँसद बिक्रम खनालको प्रमुख आथित्यतामा उतm समिक्षा कार्यक्रम भएको समन्वय प्रमुख भगौती प्रसाद यादवले जानकारी गराएका थिए । खनाल सहित संघिय साँसद नरेन्द्र कुमार गुप्ता र रिगँला यादवको समेत सहभागिता रहेको थियो । प्रदेश साँसद र पालिकाका प्रमुख प्रतिनिधिहरु समेत सहभागि कार्यक्रममा जिल्लाको समग्र विकास र समृद्धिका लागि एकताबद्ध भएर ...
भदौ २४ देखि नवलपरासीमा एचपीभी खोप अभियान, २०० केन्द्रमा सेवा दिइने
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

भदौ २४ देखि नवलपरासीमा एचपीभी खोप अभियान, २०० केन्द्रमा सेवा दिइने

भदाै १७, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा भदौ २४ गतेदेखि तीनदिने एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। अभियानको तयारी तथा सञ्चालनसम्बन्धी जानकारी दिन जिल्ला समन्वय समिति, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को कार्यालयमा मंगलबार कार्यक्रम आयोजना गरिएको हो। जिल्ला समन्वय समिति प्रमुख भगवती यादव (रुदल)को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले एचपीभी खोप अभियानको तयारी, खोप केन्द्र तथा परिचालन हुने जनशक्तिबारे जानकारी दिएका थिए। शाहीका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा भदौ २४ देखि २६ गतेसम्म तीन दिन एचपीभी खोप अभियान सञ्चालन हुनेछ। लक्षित समूहसम्म सहज रूपमा खोप सेवा पुर्‍याउने उद्देश्यले जिल्लाभर २०० वटा खोप केन्द्र निर्धारण गरिएको छ। निर्धारित खोप केन्द्रमध्ये १०९ वटा सामुदायिक अर्थात् सरकारी र ९१ वटा संस्थागत अर्थात् गैर...
बेपत्ता पारिएकाहरूको सम्झनामा परासीमा दीप प्रज्वलन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

बेपत्ता पारिएकाहरूको सम्झनामा परासीमा दीप प्रज्वलन

नवलपरासी, भदौ १४ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा आइतबार परासीमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ। एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–३१, परासीको आयोजनामा परासीस्थित बुद्ध चोकमा दीप प्रज्वलन गर्दै बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस–२०८३ मनाइएको हो। कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष एवं प्रमुख अतिथि राजेश गुप्ताले सशस्त्र द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारले वर्षौँदेखि आफ्ना आफन्तको अवस्था र सत्यबारे जवाफ खोजिरहेको बताए। उनले हालै रसुवामा आएको बाढीपहिरोमा बेपत्ता तथा ज्यान गुमाएका परिवारको पीडाप्रति पनि राज्य संवेदनशील हुनुपर्ने बताए। राज्यले बेपत्ता भएका व्यक्तिको अवस्था र घटनाबारे सम्बन्धित परिवारलाई जानकारी दिनुपर्नेमा जोड दिँदै गुप्ताले परिवारले आफ्ना आफन्त कहाँ छन् र कुन अवस्थामा ...
भोटेकोसी बाढीपछि सम्पर्कविहीन माधवको परिवारलाई राहत
समाचार, समाज, सरावल गाउँपालिका

भोटेकोसी बाढीपछि सम्पर्कविहीन माधवको परिवारलाई राहत

नवलपरासी, १४ भदौ ।भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन रहेका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ नयाँटोलका माधव चौधरीको परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ। ३५ वर्षीय माधव बाढीपछि सम्पर्कविहीन भएपछि उनको परिवार आर्थिक समस्यामा परेको छ। घरको मुख्य आम्दानी गर्ने व्यक्ति नै सम्पर्कविहीन भएपछि परिवारलाई दैनिक खर्च चलाउनसमेत कठिनाइ भएको हो। परिवारको अवस्थाबारे जानकारी पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरावलका सभापति वीरेन्द्र यादवले आइतबार चौधरीको घरमै पुगेर खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराएका छन्। करिब एक महिनाका लागि पुग्ने गरी चामल, दाल, आलु, प्याज, तेललगायत सामग्री सहयोग गरिएको छ। माधव वेत्रावती विद्युत् आयोजनाको हाइटेन्सन क्षेत्रमा ट्याक्टर चालकका रूपमा काम गर्दै आएका थिए। भोटेकोसीमा आएको बाढीपछि उनी सम्पर्कविहीन भएका हुन्। माधव सम्पर्कविहीन भएपछि उनकी श्री...
भिक्षुलाई भोजनदान : बौद्ध धर्ममा सेवा र श्रद्धाको महत्वपूर्ण परम्परा
रामग्राम नगरपालिका, समाचार, संस्कृति

भिक्षुलाई भोजनदान : बौद्ध धर्ममा सेवा र श्रद्धाको महत्वपूर्ण परम्परा

परासी, १४ भदौ ।पश्चिम नवलपरासीको रामग्राम स्तूपमा वर्षाबास बसिरहेका भिक्षुहरूलाई भोजनदान गरिएको छ। हरिओम फाउन्डेसन पोखरापालीका अध्यक्ष ओमप्रकाश अग्रहरीले रामग्राम स्तूप परिसरमा वर्षाबासमा रहेका पाँच जना भिक्षुलाई भोजनदान गरेका छन्। बौद्ध धर्ममा भिक्षुलाई भोजन गराउनु खाना खुवाउने काम मात्र नभई श्रद्धा, सेवा र पुण्यसँग जोडिएको महत्वपूर्ण परम्परा मानिन्छ। भिक्षुहरू आफ्नो समय अध्ययन, ध्यान, साधना र धर्मको अभ्यासमा बिताउने भएकाले उनीहरूको दैनिक आवश्यकतामा सहयोग गर्नु बौद्ध समाजमा महत्वपूर्ण मानिन्छ। वर्षाबासका क्रममा भिक्षुहरू एकै स्थानमा बसेर ध्यान, अध्ययन र धार्मिक अभ्यास गर्ने परम्परा छ। यस समयमा स्थानीय समुदाय तथा श्रद्धालुहरूले भिक्षुलाई खाना, आवश्यक सामग्री तथा अन्य सहयोग उपलब्ध गराउने चलन छ। रामग्राम स्तूपमा यस वर्ष पहिलोपटक वर्षाबासको व्यवस्था गरिएको हो। तीन महिनासम्म चल्ने वर्...
१५०१औँ मोहम्मद जयन्तीको अवसरमा फलफूल वितरण तथा शान्तिपूर्ण जुलुस
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्तीको अवसरमा फलफूल वितरण तथा शान्तिपूर्ण जुलुस

सुकरात गौड नवलपरासी, भदौ ११ । १५०१औँ मोहम्मद जयन्ती तथा जश्ने ईद मिलादुन्नबीको अवसरमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्रले सञ्चालन गरेको एक साताव्यापी कार्यक्रम बुधबार फलफूल वितरण, पानी पिउने कार्यक्रम तथा शान्तिपूर्ण जुलुससँगै सम्पन्न भएको छ। भदौ १० गते आयोजित अन्तिम दिनको कार्यक्रममा पृथ्वीचन्द्र अस्पताल, परासीमा उपचाररत बिरामी तथा आदर्श नमुना माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई फलफूल वितरण गरिएको थियो। त्यसैगरी मुस्लिम सामाजिक युवा संस्थासँगको समन्वयमा जुलुसमा सहभागी तथा सर्वसाधारणका लागि पानी पिउने कार्यक्रम पनि सञ्चालन गरिएको थियो। त्यसपछि निकालिएको शान्तिपूर्ण जुलुसमा सहभागीहरूले आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिएका थिए। जुलुस शान्तिपूर्ण र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। मदरसा प्रवर्द्धन सामाजिक केन्द्रका अध्यक्ष हैदर अली...
परासीमा भव्य रूपमा सम्पन्न भयो १५०१औँ मोहम्मद जन्मोत्सवको जुलुसे मोहम्मदी
रामग्राम नगरपालिका, समाचार, संस्कृति

परासीमा भव्य रूपमा सम्पन्न भयो १५०१औँ मोहम्मद जन्मोत्सवको जुलुसे मोहम्मदी

नवलपरासी, १० भदौ । पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०१औँ जन्मोत्सवको अवसरमा उलमा फाउन्डेशन नेपालले आयोजना गरेको जुलुसे मोहम्मदी बुधबार परासीमा भव्य रूपमा सम्पन्न भएको छ। धार्मिक सद्भाव, शान्ति, प्रेम, भाइचारा र मानवताको सन्देशसहित निकालिएको जुलुसमा उलेमा, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, युवा तथा सर्वसाधारणसहित सयौँ नागरिक सहभागी भएका थिए। ब्यानर तथा माइकसहित निकालिएको जुलुसले परासी बजार क्षेत्रमा धार्मिक उत्साहसँगै आपसी सद्भाव र भाइचाराको वातावरण सिर्जना गरेको थियो। उलमा फाउन्डेशन नेपालका केन्द्रीय अध्यक्ष हजरत मौलाना सैयद गुलाम हुसैन मजहरीका अनुसार पैगम्बर मोहम्मदको जीवन, शिक्षा, आदर्श, प्रेम, करुणा, शान्ति र मानव सेवाको सन्देश जनस्तरसम्म पुर्‍याउने उद्देश्यले जुलुस आयोजना गरिएको हो। जुलुसको अध्यक्षता उलमा फाउन्डेशन नेपाल, नवलपरासीका निवर्तमान अध्यक्ष हजरत...
१५०१औँ मोहम्मद जयन्तीको अवसरमा रक्तदान
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्तीको अवसरमा रक्तदान

सुकरात गौड नवलपरासी, भदौ ९ । १५०१औँ मोहम्मद जयन्तीको अवसरमा आयोजित साप्ताहिक कार्यक्रमअन्तर्गत नवलपरासीको प्रतापपुर गाउँपालिका–६, हरपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मदरसा प्रवर्द्धन सामाजिक केन्द्रको आयोजनामा तथा मदरसा मदिनतुल ओलुम माध्यमिक विद्यालय, प्रतापपुर–६, हरपुरको सहकार्यमा मंगलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा १२ युनिट रगत संकलन गरिएको हो। ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा प्रतापपुर गाउँपालिका–६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवलपरासीको प्राविधिक टोलीका श्रावण कुमार गुप्ता र अमर दिप गुप्तासहित समाजसेवी, रक्तदाता, नेपाल प्रहरीका प्रतिनिधि, संस्थाका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमले आकस्मिक तथा आवश्यक अवस्थामा...