विद्यालयमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सस्था (सिटिजन जुरी) द्धारा अनुगमन

विद्यालयमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सस्था (सिटिजन जुरी) द्धारा अनुगमन
नवलपरासी,३१ भदौ
जिल्लाको रामग्राम नगरपालिका १८ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी सस्था(सिटिजन जुरी)ले अनुगमन गरेको छ । सो विद्यालयमा सौचालय नजिकै बालविकास केन्द्र राख्दा सौचालय दुर्गन्धि भई साना बालबालिकालाई प्रभावित बनाएको गुनासो बढे पछि जुरीले अनुगमन गरेको हो ।
सौचालय नजिकै पहिला विद्यालयको अफिस रहेको हुदा दुर्घन्ध आउने हुदा बालविकास सञ्चालन हुदै आएको कक्षामा आफिस सार्ने र दुर्गन्धि क्षेत्र तर्फ गुनासो समेत राख्न नसक्ने साना बालबालिका रहको बालबाविकास केन्द्र सञ्चालन गरेको गुनासो स्थानियले जुरीलाई गरेका थिए । स्थानियको गुनासो अनुसार नै सो विद्यालयमा अनुगमन गरिएको जुरीका अध्यक्ष रामजी ज्ञवालीले बताए । उनका अनुसार नागरिक समाज नवलपरासी र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरु समेत सहभागि रहेका थिए ।
विद्यालयमा स्थलगत गर्दा बालबालिका केन्द्र र भान्सा सौचालय नजिकै रहेको भेटियो,उनले भने,अनुगमन हुने पुर्व सुचना अनुसार सौचालय सफा गरिएको हुदा दुर्गन्ध कम भए पनि यदि सौचालय सफाईमा ध्यान नपुगेको खण्डमा सो क्षेत्र दुर्गन्धित बनाउन सक्ने छ । यसलाई ब्यवस्थित गर्नका लागि सुझाव समेत विद्यालयलाई दिइएको उनको भनाई थियो । विद्यालयसँग ४९ विघा जग्गा सम्पति भएको तर विद्यालय स्थानमा जग्गा थोरै भएको कारण विद्यालय ब्यवस्थापनमा चुनौती रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सिताराम चौधरीले बताए ।
उनका अनुसार विद्यालयमा बैकल्पिक सौचालयको आवश्यकता रहेको छ । विद्यालयमा इ हाजिरी विग्रेको छ । विज्ञान प्रयोगशाखाका समाग्रि छैन् । माध्यमिक तह सञ्चालन भई रहे पनि प्रधानाध्यपक दिपक भट्टराई बाहेक सबै दरबन्दी प्राथमिक तहको छ । यसबारे नगरपालिकाको शिक्षा शाखामा पटक पटक जानकारी गराई सकिएको तर आपुर्ति भने नभएको उनको गुनासो थियो । जुरीबाट आएको अनुगमनलाई हामीले अवसरको रुपमा लिएका छौ,उनले भने, यहाँका समस्या सम्बन्धित निकायमा पुग्नेमा विश्वस्त छौ । विद्यालयमा ३ सय ४० जना बालबालिका अध्ययनरत छन् । १६ जना शिक्षक दरबन्दी छ । दिवा खाजा खाने १ सय ४९ बालबालिका रहेको उनले जानकारी गराएका थिए । बालबालिकालाई खाजा तालिका अनुसार नै खाजा खुवाउदै आएको भए पनि अन्य बालबालिकाहरु बाहिरका ठेलामा चटपट जस्ता खाजा खान जाने गरेको गुनासो उनको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *