रामग्रामको संघाराम पोखरी संरक्षणमा डिभिजन बनको चाँसो
नवलपरासी,१७ जेठभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपकै अभिन्न अंग मानिने संघराम क्षेत्रको प्राचीन पोखरी संरक्षणमा डिभिजन बन कार्यालयले चाँसो लिएको छ । जैविक विविधता संरक्षण,जलस्रोतको उपकरणसँगै बौद्ध तिर्थयात्रीका लागि अध्यात्मिक अभ्यास गर्ने स्थल भएको संघाराम प्राचीन पोखरी संरषण गर्न डिभिजन बन अधिकृत राजु क्षेत्रीले स्थलगत अवलोकन गर्दै संरक्षणमा चाँसो लिएका हुन् ।विगत बर्ष देखी नै उतm पोखरीको संरक्षण गरिनु पर्ने त्यहाँ आउने बौद्ध भिच्छुले पनि चाँसो देखाएका थिए । जुन अहिले जिल्लाको सरोकारवाला सरकारी निकाय डिभिजन बन कार्यालयले तत्काललाई ३ लाख रुपिया लगानी गरि पोखरीको संरक्षण कार्य गरिने क्षेत्रीको भनाई थियो । यसका लागि एक विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराउन आवश्यकता औल्याउदै उनले डिपिआर पछि क्रमशःयसलाई प्राचीनता झल्किने मौलिक रुपमा ब्यवस्थापन र संरक्षण गर्न सकिन्छ । यसका लागि...










