Author: Bechu Gaud

प्रेस चौतारीको ‘पर्यटन सञ्चार यात्रा’ सम्पन्न
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

प्रेस चौतारीको ‘पर्यटन सञ्चार यात्रा’ सम्पन्न

नवलपरासी,२ चैत्रप्रेस चौतारी नेपाल नवलपरासीको आयोजना र लुम्बिनी प्रदेश कार्य समितिको सहभागितामा नवलपरासीका प्रमुख पर्यटकिय स्थलको भ्रमण गर्ने उदेश्यले पर्यटन सञ्चार यात्रा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहने गरि जिल्लाका प्रमुख पर्यटकिय स्थल सम्बन्धित अन्तरक्रिया गरिनुका साथै महत्वपुर्ण पर्यटकिय क्षेत्रको भ्रमण समेत गराइएको हो ।पुर्वनिर्धारित कार्यक्रम अनुसार नै शुक्रवार पत्रकारहरु र सरोकारवाला विच अन्तरक्रिया गरिनुका साथै मुख्य पर्यटकिय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गराइएको प्रेस चौतारी नवलपरासीका अध्यक्ष मेघराज गौतमले जानकारी गराएका थिए । अध्यक्ष गौतमका अनुसार जिल्ला स्थित प्राचीन बौद्धकालिन पर्यटकिय स्थलहरुमा रामग्राम स्तुपा,प्राचीन नन्दन नगर,प्राचीन ककरपत्त नगर र शिवपार्वती सिद्धधाम लोहरौली तथा पाल्ही भगवती मन्दिरको स्थलगत भ्रमण गराइएको थियो । ...
रोजगार कार्यक्रमका कामदारले सम्पदा संरक्षणमा गर्दै सरावल
पर्यटन, समाचार, सरावल गाउँपालिका

रोजगार कार्यक्रमका कामदारले सम्पदा संरक्षणमा गर्दै सरावल

नवलपरासी,३० फागुनजिल्लाको सरावल गाउपालिकाकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका कामदारलाई सम्पदा संरक्षणमा उपयोग गरिरहेको छ । गाउपालिकाको वार्ड नं. २ जावा गाउ स्थित बौद्धकालिन प्राचिन ककरपत्त नगर क्षेत्रको संरक्षण तथा सरसफाई गर्नमा कामदार उपयोग गरिएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताएका हुन् ।रोजगार कार्यक्रममा सहभागिलाई काम गराएर भुतmानी दिनै पर्छ,उनले भने, काम पनि हुने र यो सम्पदाको संरक्षण र ब्यवस्थापन पनि हुने हुदा सो कामदार सम्पदा संरक्षणमा प्रयोग गरिएको छ । सम्पदासँगै कुलो,खोलानाला,नहर सफाईसँगै विद्यालय स्वास्थ्य चौकीको मर्मत सम्भार सरसफाईमा समेत ति कामदारको उपयोग हुदै आएको उनले जनाए । अहिले चैत्र २ गते प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कार्य समितिका पत्रकारहरुको सो स्थानमा भ्रमण हुने बताउदै उनले गाउपालिकाकै पुरातात्विक,ऐतिहासिक,धार्मिक महत्व बोकेको बौद्धकालिन ककरपत्त नगर ...
रामग्राम स्तुपामा एक हजार थाई भिच्छु आउने, स्वागतको तयारी गर्दै रामग्राम नगरपालिका
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपामा एक हजार थाई भिच्छु आउने, स्वागतको तयारी गर्दै रामग्राम नगरपालिका

नवलपरासी,३० फागुनभगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप क्षेत्रमा एक हजार थाई भिच्छु आउने भए पछि रामग्राम नगरपालिका स्वागत गर्नका लागि आवश्यक तयारीमा जुटेको छ । रामग्रम स्तुपमा धातु पुजा पाठ र प्रार्थनाका लागि आउन थालेका हुन् । ति भिच्छुहरुको समुह परासी क्याम्पसबाट पैदलयात्रा गर्दै रामग्राम स्तुपामा पुग्ने र भिच्छुहरुलाई फूलले स्वागत गर्नुका साथै आवश्यक ब्यवस्थापन गर्नका लागि तयारीमा जुटेको नगरप्रमुख(मेयर) धनपत यादवले बताए । सम्भवतः आउदो आईतवार भिच्छुहरुको आगमन हुने मेयर यादवले जनाएका थिए । नगरपालिकाका कर्मचारी,प्राविधिकसँग आन्तरिक बैंठक बसि प्राविधिक,जनपरिचालन,सरसफाई,स्वागत सत्कार तथा स्तुपको सजावटका लागि प्राविधिक तथा कर्मचारीको बैठक बसेर जिम्मेवारी तोकिएको प्रमुख प्रशासकिय अधिकृत मोहन अर्यालले बताए । यतिको संख्यामा एक पटक भिच्छु रामग्राम स्तुपामा आउनु नगरबासीकै लागि गौरवको...
पाल्ही बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष पाठकले गरे सञ्चालक समितिको विस्तार
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

पाल्ही बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष पाठकले गरे सञ्चालक समितिको विस्तार

नवलपरासी,२८ फागुनजिल्लाकै जेठो पाल्ही बहुमुखी क्याम्पस परासीमा चौथो पटक निर्वाचित अध्यक्ष राधेश्याम पाठकले समितिलाई पुर्णता दिनका लागि सदस्य मनोनयन गर्दै विस्तार गरेका छन् । अधिवेशन बाट चौथो कार्यकालको लागि संचालक समितिको अध्यक्षमा निर्वाचित अध्यक्षले सोमवार एक कार्यक्रमका विच मनोनित सदस्यहरुलाई स्वागत समेत गरेका हुन् ।उनले समितिको विधान अनुसार उपाध्यक्षमा राजेश यादव सहित ११ सदस्यीय सदस्य मनोनित गरिएको बताए । जस्मा सदस्यहरु राधेरमन पाण्डेय रामग्राम –७, राजेश कुमार गुप्त रामग्राम –६ , रघुनन्दन पाण्डेय पाल्हीनन्दन–६,सतिश कुमार गुप्ता रामग्राम–१२,मोहन प्रसाद वि.क. प्रतापपुर–८, आधना भट्ट रामग्राम –५, चन्द्रिका अग्रहरी रामग्राम –२, दिनेश कुमार पाण्डेय रामग्राम –१४,बद्री आलम रामग्राम –२, सर्बजीत तिवारी रामग्राम –१७ रहेको अध्यक्ष पाठकले जानकारी गराएका थिए । उनले उतm समारोहमा मनोनित भएको उपाध्यक्ष...
निर्माण समाग्रिको अभावले हुलाकी आयोजनामा ढिलाई
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

निर्माण समाग्रिको अभावले हुलाकी आयोजनामा ढिलाई

नवलपरासी,२८ फागुननिर्माण समाग्रिको अभाव देखाउदै हुलाकी सडक निर्माण आयोजनामा ढिलाई भएको निर्माण ब्यवसायिले बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको आग्रहमा जिल्ला प्रशासन कार्यालयले बोलाएको आयोजना प्रमुख,निर्माण कम्पनीका प्रतिनिधि तथा जिसस र स्थानिय तहका जनप्रतिनिधिहरुको भेलामा निर्माण ब्यवसायिले निर्माण समाग्रि आपुर्तिमा समस्या हुदा आयोजना निर्माणमा ढिलाई भई रहेको बताएका हुन् ।तिन खण्डमा कुल ३७ किलोमिटर हुलाकी सडकको निर्माण जिल्ला भित्र भई रहेको छ तर हुलाकी सडक निर्माण कार्य थालिएको अहिले आठौ बर्षमा प्रवेश गर्दैछ,तर कुनै खण्ड पुरा हुन नसक्दा साँसद चौधरी लगायत सबै जनप्रतिनिधि माथि स्थानियले चाँसो नलिएको आरोप लगाउदै आएका छन् । विगतका साँसद र जनप्रतिनिधिले काम गर्न नसक्दा अहिलेको जनप्रतिनिधि निर्वाचित भएर आउदा ठूलो चुरीफुरी थियो,अहिलेको जनप्रतिनिधि द...
नुमना युवाँ संसदको नीति कार्यक्रममा प्रस्तुत भयो प्राचीन नन्दनताल र प्राचीन नन्दन नगरको विकास
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

नुमना युवाँ संसदको नीति कार्यक्रममा प्रस्तुत भयो प्राचीन नन्दनताल र प्राचीन नन्दन नगरको विकास

नवलपरासी,२७ फागुनसंसदिय अभ्यासका लागि पाल्हीनन्दन गाउपालिकाका सक्रिय स्थानियहरु युवाहरुको गाउसभा(गाँउ सँसद)मा प्राचीन नन्दन नगर र नन्दनताललाई विश्वसम्पदामा सुचिकृत गराउने गरि नीति कार्यक्रममा समावेश भएको छ । पाल्हीनन्दन गाउपालिका वार्ड नं.६ सनईमा रहेको नन्दनताल र पडरीमा रहेको प्राचीन नन्दन नगरक्षेत्रको विकास गर्नका लागि विश्वसम्पदामा सुचिकृत गराउन आवश्यक रहेको भनि नमुना गाउसभामा प्रस्तुत गरिएको नीति कार्यक्रममा राखिएको हो ।विश्वसम्पदाको रुपमा रहेको १ सय विघा बढि क्षेत्रफलको नन्दनताललाई रामसार सिमसारमा सुचिकृत गरिनु पर्ने र प्राचीन कोलिय गणराज्य अन्तरगतकै प्राचीन नन्दननगरलाई पुरातात्विक खोज गराई युनेस्को मार्फत विश्वसम्पदामा सुचिकृतका लागि गाउसभाले पहल गर्नु पर्ने भनेर नीति कार्यक्रम बनाई प्रस्तुत गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । प्राचीन सम्पदा भए पनि ओ...
विद्यालयबाट भविष्यका नेता छानी अवार्ड प्रदान गरिन पाल्हीनन्दनकी उपाध्यक्ष सकिना
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार, समाज

विद्यालयबाट भविष्यका नेता छानी अवार्ड प्रदान गरिन पाल्हीनन्दनकी उपाध्यक्ष सकिना

नवलपरासी,२४ फागुनजिल्लाको पाल्हीनन्दन गाउपालिकामा विद्यार्थीबाट भविष्यका नेता भन्दै अवार्ड प्रदान गरिएको छ । उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकासँग भेटघाट कार्यक्रम गर्दै उत्कृष्ट १० जना बालबालिकालाई भविष्यका नेता भन्दै पुरस्कार प्रदान गरेकी हुन् ।गाउपालिकाको वार्ड नं.१ सुनरी स्थित बालशिक्षा निकेतन माविमा पुगेर उपाध्यक्ष सकिनाले उपाध्यक्षको काम कर्तब्य अधिकारबारे जानकारी गराउदै आफु विद्यार्थी देखी नै नेतृत्व गर्ने इच्छा रहेको र काम गर्दै अहिले उपाध्यक्ष भएको सुनाएकी थिईन् । स्वच्छ राजनीतिका लागि पढेलेखेका युवाहरु राजनीतिमा सहभागित हुन पर्छ, उनले भनिन्,त्यसका लागि विद्यालय तह देखी नै विद्यार्थीमा नेता बन्ने उत्साह बढाउनु पर्छ । अहिले विद्यालय,समाज हुदै राज्यका विभिन्न निकायमा नेतृत्व गर्न सकुन भनेर ५ जना छात्रा र ५ जना छात्रलाई भविष्यका नेता भन...
सरावल स्वास्थ्य चौकी छिट्टै आफ्नो भवनमा सञ्चालन हुने
समाचार, सरावल गाउँपालिका, स्वास्थ्य

सरावल स्वास्थ्य चौकी छिट्टै आफ्नो भवनमा सञ्चालन हुने

नवलपरासी,२२ फागुनजिल्लाको सरावल गाउपालिका वार्ड नं.३ को स्वास्थ्य चौकी भवन निर्माणकार्य सम्पन्न भए पछि स्वास्थ्य शाखामा खुम्चिएको स्वास्थ्य चौकी आफ्नै भवनमा सञ्चालन हुने भएको छ । स्वाास्थ्य चौकीका लागि आफ्नै भवन निर्माण भए पछि स्वतन्त्र रुपमा स्वास्थ्यचौकी सञ्चालन हुने गाउपालिकाले जनाएको हो ।तत्कालिन सरावल गाविस हुदा गाविस भवनमा रहेको स्वास्थ्य चौकी पछि सो गाविस भवनमा गाउपालिका कार्यालय तथा स्वास्थ्य शाखा सञ्चालनमा आए देखी दुई वटा साना कोठामा सञ्चालन हुदै आएको थियो । दुई बर्ष पहिला स्वास्थ्य चौकी भवनका लागि गाउपालिकाले बजेट विनियोजन गरि छुट्टै भवन निर्माणका लागि ठेक्का भएको थियो,अहिले भवनको काम सम्पन्न भई सकेको छ । केही दिनमा सो स्वास्थ्य चौकी सञ्चालनमा आउने गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । अहिले सो वार्डको स्वास्थ्य चौकीमा प्याथोलोजी(ल्याब) सेवा समेत सञ्चालन हुदै आएको छ,उनले...
डिपिआर बनाईए पनि बजेट नपर्दा धनेवाखोलाको डुबान नियन्त्रणका कार्य शुरु भएन
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

डिपिआर बनाईए पनि बजेट नपर्दा धनेवाखोलाको डुबान नियन्त्रणका कार्य शुरु भएन

नवलपरासी,२२ फागुनजिल्लाको सरावल गाउपालिकाले बर्षेनी डुबान झेल्दै आएको धनेवा खोलामा काम गर्न बनाएको डिपिआर बनाए पनि काम गर्न नसकिएको जनाएको छ । खोलाको ब्यवस्थापनसँगै खोलालाई उपयोग हुने गरि धनेवा करिडोरको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर गराएको भए पनि बजेट अभावले सो डिपिआर अनुसारको काम हुन नसकेको गाउपालकाले जानकारी हो ।डिपिआर अनुसार प्रदेश सरकार र संघिय सरकारमा पठाइएको तर त्यसका लागि बजेट आउन नसक्दा डिपिआरको काम गर्न नसकिएको गाउपािलका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । अहिले पुनः सरकारसँग बजेटको माग गर्दर्छा, उनले भने,थोरै भए पनि आफ्नै स्रोतले पनि केही बजेट बिनियोजन हुन्छ,यो बर्ष काम हुन सकेन्,तर अगामी बर्षमा आफ्नै बजेटले भए पनि कामको शुभारम्भ गछौ । प्रदेश सरकार र संघिय सरकारसँग पनि बजेटका लागि प्रदेश साँसद र संघिय साँसदसँग पनि बजेटको माग गर्ने उनले बताए । यसमा स्थानिय सरकराले मात्रै हो...
मुस्लिम समाजलाई दाईजोमुक्त समाज बनाउन धर्मगुरुहरुको आग्रह
नवलपरासी (ब.सु.प.), समाचार, समाज

मुस्लिम समाजलाई दाईजोमुक्त समाज बनाउन धर्मगुरुहरुको आग्रह

नवलपरासी, २० फागुनपरासीमा फैजाने अहलेबैत कांफ्रेन्स (जलसा)मा धर्मगुरुहरुले मुस्लिम समाजलाई दाइजो मुक्त समाज बनाउनु पर्ने बताएका छन् । दाईजो प्रथाले महिला हिँसालाई प्रोत्साहित गर्ने र समाजलाई विकृत बनाउने हुदा दाईजो मुक्त मुस्लिम समाज हुनु पर्ने आफ्नो प्रबचन मार्फत आग्रह गरेका हुन् ।मदरसा जामिया फैजाने अहलेबैतको आयोजना तथा ओल्मा काउन्सिल नेपालको सहजीकरणमा उक्त कांफ्रेन्स (जलसा) नेपाली समाजमा मुस्लिम समाज पनि एक हो,मुस्लिम समाजले आफ्नो समाजलाई दाईजो र फजुलखर्च मुक्त बनाउदै उदाहरणिय समाजको रुपमा स्थापित हुनु पर्नेमा प्रबचन दिईने मुस्लिम धर्मगुरुहरुको भनाई थियो । कांफ्रेन्स ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको संयोजकत्वमा भएको उक्त जलसाले मुस्लिम समाजलाई जागरुक बनाउने उदेश्यले गरिएको थियो । झण्डै दुई हजारको संख्यामा मुस्लिम समुदायको उपस्थिती रहेको थियो । उक्त जलसामा ह...