Author: Bechu Gaud

परिक्षा दिई घर बस्ने विद्यार्थीलाई स्वम्सेवा गर्न अवसर दिदै पृथ्वीचन्द्र अस्पताल
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

परिक्षा दिई घर बस्ने विद्यार्थीलाई स्वम्सेवा गर्न अवसर दिदै पृथ्वीचन्द्र अस्पताल

नवलपरासी,६ बैशाखजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालले एसईई परिक्षा दिई बसेका विद्यार्थीहरुलाई स्वम्सेवक स्वरुप अस्पतालमा सेवा गर्न सक्ने जनाएको छ । विद्यार्थीहरुलाई भविष्यमा मेडिकल फिल्डमा आफ्नो शैक्षिक क्यारियर बनाउन चाहना राख्ने विद्यार्थीहरु अस्पतालमा स्वम्सेवक भई अनुभव लिन सक्ने अस्पतालले आह्वान समेत गरेको हो ।परिक्षा दिएर कोही कम्प्युटर लगायत विभिन्न सिपमुलक तालिम,कोही भ्रमण आदी जस्तामा समय विताउने गर्ने गरेका हुन्छन्,त्यसै गरि अस्पतालमा पनि मेडिकल सम्बन्धि आधारभुत जानकारी र प्रयोगात्मक अनुभव समेत लिन सक्ने हुदा त्यस्ता विद्यार्थीहरु अस्पतालमा सम्पर्क गर्न सक्ने अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेण्ट(निमेसु) सर्जन डा.किरण पाण्डेले बताए । धेरै विद्यार्थीहरुको भविष्यमा मेडिकल फिल्डमा जाने योजना बनाउदै अध्ययन गर्ने गरेका हुन्छन्,उनले भने,उनीहरुलाई अस्पतालको केही समय सेवाले नयाँ अनुभव प्रद...
पृथ्वीचन्द्र अस्पतालको सेवा स्तर लुम्बिनी प्रदेशिक अस्पताल भन्दा अगाडी
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

पृथ्वीचन्द्र अस्पतालको सेवा स्तर लुम्बिनी प्रदेशिक अस्पताल भन्दा अगाडी

नवलपरासी,२७ चैत्रजिल्ला स्थित पृथ्वीचन्द्र अस्पताल आफ्नो गुणस्तर सुधार गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल भन्दा अगाडी देखिएको छ । अस्पताालको विभिन्न सुचकाँकको आधारमा मापन गर्दा अस्पताल सो स्थानमा पुगेको हो । लुम्बिनी प्रदेश भित्रका अस्पताल मध्ये छठौ स्थान हासिल गरेको अस्पतालको अवस्थाबारे जानकारी गराइएको थियो । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले गरेको अस्पतालको सेवा मापन सुचकाँकबाट मुल्याँकन गर्दा सो स्थानको हासिल गरेको अस्पतालले जानकारी गराएको थियो । सुचकाँकहरुको गत बर्ष ८२ प्रतिसतबाट स्तरोन्नती गर्दै यो बर्ष ८९ प्रतिसत पुर्याएर लुम्बिनी प्रदेश अन्तरगत रहेका १४ वटा विभिन्न जिल्लाका अस्पताल मध्ये छठौ स्थानमा पुगेको मुल्याँकन टोलीले जानकारी गराएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल भन्दा पनि बढि अंक प्राप्त गरेको छ,विगत भन्दा अहिलेको अस्पतालको सेवा गुणस्तर विस्तार गरि यो...
पाल्हीनन्दन गाउपालिकाद्धारा इदको अवसरमा शुभकामना आदानप्रदान
पाल्हिनन्दन गाउँपालिका, समाचार, संस्कृति

पाल्हीनन्दन गाउपालिकाद्धारा इदको अवसरमा शुभकामना आदानप्रदान

नवलपरासी,२७ चैत्रजिल्लाको पाल्हीनन्दन गाउपालिकाले इस्लाम धर्मालम्बीहरुको महान पर्व इदको पुर्व सध्यामा शुभकामना आदाप्रदान गरेको छ । जिल्लाका सातवटै गाउपालिका मध्ये पाल्हीनन्दनले सम्पुर्ण इस्लामक धर्मावलम्बीहरु सहित स्थानिय जनप्रतिनिधि र राजनीतिक दलहरु सहितको सहभागिताम सो कार्यक्रम गरेको हो ।गाउपालिकाकी उपाध्यक्ष सकिनाको सक्रियतामा आयोजित उतm कार्यक्रममा साझ इस्लाम धर्मावलम्बी सहित अन्य समुदाय सहितको सहभागितामा साझा रोजा खोल्ने कार्यक्रम पनि सामुहिक रुपमा आयोजना गरिएको थियो । गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा भएको उतm शुभकामना आदान प्रदान कार्यक्रममा पुर्वगृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले नेपाल पहिला देखी नै धार्मिक सहिसुण्ता भएको मुलुक भएको बताएका थिए । आफ्नो धर्म प्रति कट्टर रहने तर अरु धर्मको पनि सम्मान गर्ने कुरा नेपालबाट सँसारले सिक्नु पर्ने कुरा औल्याउदै त्यसैक...
प्रदेश साँसद जैसवालको पहलमा उजैनी— चिमनटोलवा सडक बहुबर्षिय योजनामा काम हुदै
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

प्रदेश साँसद जैसवालको पहलमा उजैनी— चिमनटोलवा सडक बहुबर्षिय योजनामा काम हुदै

नवलपरासी,२० चैत्रराज्य पुर्नसंरचना पश्चात अलपत्र अवस्थामा रहेको जिल्ला स्तरिय सडकहरु मध्ये सदरमुकाम परासी देखी भारतको वर्गदवा बजार जोड्ने उजैनी चिमनटोलवा सडक लुम्बिनी प्रदेश सरकारले स्वामित्वमा लिईने भएको छ । जिल्ला स्तरिय सडक भनेर जिल्लाका आधा दर्जन सडक अहिले पनि संघिय वा प्रदेश कुन सरकारले जिम्मामा लिईन मर्मत सम्भार र स्तरोन्नती गर्दै सञ्चालनमा ल्याउनेबारे अन्यौलता रहेको अवस्थामा सो सडक प्रदेश साँसद बैजनाथ जैसवालको पहलमा प्रदेश सरकारले काम गर्ने गरि स्वामित्व लिइएको हो ।सडकको स्तरोन्नतीका लागि लुम्बिनी प्रदेश सरकारकै प्रदेश साँसदको क्षेत्र विकास योजना अन्तरगत साँसद जैसवालले बहुबर्षिय योजनामा समावेश गराई काम शुरु गर्न लगाएको उनका स्वकिय सचिव इमामुल खालले जानकारी गराए । लुम्बिनी प्रदेशका अन्य योजना भन्दा साँसद क्षेत्र विकास योजनामै राखेर साँसद जैसवालले सो सडकलाई प्राथमिकता दिइएका हुन, उनले...
च्याउको माग बढेसँगै क्षमता वृद्धि गर्दै उद्योग,रोजगारी बढ्ने आस
अर्थ, कृषि, रामग्राम नगरपालिका, समाचार

च्याउको माग बढेसँगै क्षमता वृद्धि गर्दै उद्योग,रोजगारी बढ्ने आस

नवलपरासी, १७ चैत्रजिल्लाको रामग्राम नगरपालिका १२ कुनवारमा सञ्चालित ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम)को बजारमा माग बढदै गए पछि उद्योग ब्यवस्थापनले क्षमता बढाउने योजना बनाएको छ । स्थानिय बजारमा गुणस्तरिय गोब्रे च्याउको माग बढेसँगै उत्पादन क्षमता बढाउन आवश्यक देखिएको हुदा क्षमता वृद्धिको योजना अगाडी ल्याएका हुन् ।गत बर्ष उद्योग सञ्चालनमा आउदा ५० जनाले रोजगारी पाएका छन् । झण्डै ७ करोड लगानीमा माँ पाल्ही भगवती कृषि फार्म प्रा.लि.ले सो उद्योग सञ्चालनमा ल्याए पछि स्थानिय ५० जना महिलाहरु प्रत्यक्ष रोजगारी पाएको उद्योगले क्षमता वृद्धि पछि रोजगारीमा पनि वृद्धि हुने हुदा स्थानिय मजदुर पनि उत्साही देखिएका हुन् । च्याउ उद्योगले गाँउमै रोजगारी ल्याएको हो,च्याउ टिप्दै गरेकी एक मजुदरले भनिन्, यस्तो उद्योग थपिदै जानु र क्षमता वृद्धि हुदा घरमै बसेकी अन्य महिलाहरुले पनि काम पाउने अवस्था हुन्छ । हाम्रो पनि...
महिला स्वास्थ्य सेविकालाई मानसिक रोगीको पहिचान गर्न मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

महिला स्वास्थ्य सेविकालाई मानसिक रोगीको पहिचान गर्न मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण

नवलपरासी,१५ चैत्रजिल्लाको पाल्हीनन्दन गाउपालिकाले गाउपालिका भरिका महिला स्वास्थ्य स्वम्ेविकाहरुलाई नसर्ने मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखीकरण गराएको छ । मानसिक समस्या भएका तथा मानसिक रोग सम्बन्धित गाँउ टोलमा मानसिक समयस्या झेल्दै आएको ब्यतिmको पहिचान गरि मानसिक रोग विशेषज्ञ समक्ष प्रेसण गर्न सक्ने गरि आधारभुत तालिम दिलाएको हो ।गाँउ टोलमा खोपजन्य,बालबालिका,महिला स्वास्थ्य सम्बन्धि विभिन्न स्वास्थ्य सम्बन्धि खोजपडताल गरि स्वास्थ्य कर्मी समक्ष ल्याइदिइने महिला स्वास्थ्य सेविकाहरु हुन् । अहिले मानसिक रोग सम्बन्धि अभिमुखीकरण गराएर त्यस्ता विरामी पनि स्वास्थ्यकर्मी र विज्ञ समक्ष पुर्याउनमा सहयोगी हुने विश्वास लिइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पौडेलले बताए । नेपालमा स्वास्थ्य सेवाको सुचकाँक र प्रतिफल ल्याउनमा महत्वपुर्ण भुमिका खेल्दै आएकी स्वासथ्य सेविकाहरुको प्रशँसा गर्दै ...
रामग्राम स्तुप क्षेत्रमा रहेका बेन्च अज्ञात समुहद्धारा तोडफोड,अनुसंधान गरि कारवाहीको माग गर्यो नागरिक समाज
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार, समाज

रामग्राम स्तुप क्षेत्रमा रहेका बेन्च अज्ञात समुहद्धारा तोडफोड,अनुसंधान गरि कारवाहीको माग गर्यो नागरिक समाज

नवलपरासी,१५ चैत्र, रामग्राम स्तुप क्षेत्रमा शुरक्षा चुनौती थपिदै गएको भन्दै नागरिक समाज नवलपरासीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । भगवान गौतम बुद्धको अष्टधातु रहेको सो स्थानमा प्रहरी चौकी वा प्रहरी विट स्थापनाको मागबारे स्मरण गराउदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।स्तुप क्षेत्रमा रहेको जापानीहरुको बुसुनोकाई गार्डेनमा रहेको पर्यटकलाई बस्ने पक्कि बेन्चको सोमवार राती अज्ञात समुहले तोडफोड गरेको हुदा त्यसबार अनुसंधान गराई आवश्यक कारवाहीको प्रकृया अगाडी बढाउनु पर्ने माग समेत गरेको थियो । समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार,संस्थापक अध्यक्ष रामजी ज्ञवाली सहितको समाजको टोलीले अहिले स्तुपमा देशी विदेशी पर्यटकको आगमनमा वृद्धि भएको हुदा सो स्थानमा सुरक्षा विट राख्न मागको स्मरण समेत गराएको थियो । समाजले गत साउन ७ गते सो स्थानमा प्रहरी चौकी वा प्रहरी विटको स्थापनाको म...
भलुही खोला पुल निर्माणले जोडियो सरावलको ककरपत्त नगर र महामाया पर्यटन मार्ग
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

भलुही खोला पुल निर्माणले जोडियो सरावलको ककरपत्त नगर र महामाया पर्यटन मार्ग

नवलपरासी, ७ चैत्रजिल्लाको पर्यटकिय मार्गको रुपमा रहेको महामाया मार्ग र प्राचिन ककरपत्त नगर(जावा) जोड्न भलुहीखोला पुल निर्माण सम्पन्न भए पछि जाँसाबासी उत्साही भएको छ । पुर्वपश्चिम राजमार्ग देखी रामग्राम जोड्ने उतm माहामाया मार्गसँग सरावल गाउपालिका २ स्थित प्राचिन कोलिय गणराज्य अन्तरगतको एक प्रमुख ककरपत्त नगर जोड्ने मार्गको निर्माण कार्य सम्पन्न भए पश्चात सो पर्यटकिय क्षेत्रमा पर्यटक तथा स्थानियबासीलाई पनि आउजाउमा सहज भए पश्चात पर्यटन बढनेले उत्साही भएका हुन् ।पुलको टेण्डर २०७८ सालमा भएर काम शुरु भएको थियो । अहिले पुलको निर्माण कार्य सम्पन्न भई सडकसँग जोड्ने कार्य भई रहेको छ । रामग्राम नगरपालिका ७ उजैनीमा रहेको रामग्राम स्तुपबाट प्राचिन ककरपत्त नगर जाने सडकको विचमा भलुहीखोला रहेको थियो । सो पुल निर्माणका लागि सडक डिभिजनले टेण्डर गरेको थियो । सो पुल निर्माणले यस क्षेत्रका जनतासँगै प्राचीन ककर...
सरावलले शुरु गर्यो मधेश साँस्कृतिक पार्क निर्माणकार्यको शुभारम्भ
पर्यटन, समाचार, सरावल गाउँपालिका

सरावलले शुरु गर्यो मधेश साँस्कृतिक पार्क निर्माणकार्यको शुभारम्भ

नवलपरासी,७ चैत्रजिल्लाको सरावल गाउपालिकाले ‘मधेश साँस्कृति पार्क’को मधेशको मुख्य सांस्कृतिक पर्व होली(फागुपुर्णिमा)को अवसर पारेर औपचारिक रुपमा पार्क सञ्चालनमा ल्याउने भएको छ । गाउपालिकाको वार्ड नं. ४ ललितपुर र मंगलापुर गाँउ नजिकै मधेश सांस्कृतिक पार्कको सम्भाब्यता अध्ययन गराई निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत निर्माण गरि त्यसको शुभारम्भ होलीको अवसर पारेर गरिने गाउपालिकाले जानकारी गराएको हो ।थारुको प्रमुख पर्व माघे सँक्रान्ति(माघी)को अवसर पारेर गाउपालिको वार्ड २ मनरीमा थारु साँस्कृतिक पार्क बनाउने कार्य शुरु गरेको र अहिले मधेशको प्रमुख पर्व होलीको अवसर पारेर मधेश साँस्कृति पार्क निर्माण कार्य शुरु हुने गाउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । उनका अनुसार थारु साँस्कृति पार्कको योजना अगाडी सार्दा गाउपालिका अध्यक्ष थारु भएर थारुलाई महत्व दिइने गरेको भन्दै प्रतिकृय...
गण्डक परियोजनाका सडकलाई ‘इण्डो नेपाल गण्डक मार्ग’बनाउन माग
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

गण्डक परियोजनाका सडकलाई ‘इण्डो नेपाल गण्डक मार्ग’बनाउन माग

नवलपरासी,५ चैत्रहालै पहिचानमा आएको जिल्लाको पाल्हीनन्दन गाउपालिको प्राचीन नन्दन नगर र नन्दन ताललाई जोड्दै इण्डो—नेपाल गण्डक मार्गको माग उठेको छ । ति स्थानलाई मुख्य मार्गसँग जोड्न भारत भएर मधेश प्रदेशको विरगँजसम्म जोड्ने ‘नेपाल—भारत गण्डक मार्ग अर्थात (इण्डो—नेपाल गण्डक मार्ग)को स्वरुप दिन गाउपालिकाका उपाध्यक्ष फातुमा खातुन अंसारी (सकिना)ले संघिय सांँसद र प्रदेश साँसदसँग माग गरेकी हुन् । पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज कण्डेलको निवासमा भएको संघिय साँसद विनोद चौधरी तथा लुम्बिन्ी प्रदेश साँसदद्धय देवकरन कलवार र बैजनाथ जैसवाल सहितको जनप्रतिनिधीहरुको अनौपचारिक छलफलमा उनले सो कुरा उठाएकी हुन् । गण्डक सम्झौता अनुसार गण्डक ब्यारेजबाट नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली र नेपाल गण्डक पुर्वि गण्डक सिचाई प्रणालीको सेवा सडक अर्थात सर्भिस रोडलाई स्तरोन्नती गरि सार्वजनिक यात्रुबाहक यातायात...