Author: Bechu Gaud

प्राचीन नन्दन नगर र नन्दन तालको संरक्षण प्रवद्र्धनका लागि विस्तृत कार्यायोजना बनाई छलफल
पर्यटन, पाल्हिनन्दन गाउँपालिका

प्राचीन नन्दन नगर र नन्दन तालको संरक्षण प्रवद्र्धनका लागि विस्तृत कार्यायोजना बनाई छलफल

नवलपरासी,१९ माघबौद्धकालिन प्राचिन नन्दन नगर र नन्दन ताललाई प्रवद्र्धन संरक्षण गर्न स्थानिय स्तरको विस्तृत भेला आयोजना गरिएको छ । विश्व सिमसार दिवसको अवसर पारेर पाल्हीनन्दन वार्ड नं.६ सनईमा उतm भेलाको आयोजना गरिएको हो ।विश्व सिमसार दिवस मनाउदै प्राचिन तालको अस्तित्वमा ल्याउनका लागि वृहद कार्ययोजना समेत प्रस्तुत गरिएको थियो । त्यसै गरि नन्दन ताल नजिकै रहेको प्राचीन नन्दन नगरबारे पनि स्थानियलाई अवधारणा विस्तार गरि त्यसलाई पनि एक बौद्ध तिर्थ स्थल तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि छलफल भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराएका थिए । जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले प्रमुख अथितीको शुभकामना मन्तब्य दिदै ताल संरक्षण र नन्दन नगरको पहिचान, गराउनमा जिल्ला स्तरबाट हुने हरेक सहयोगका लागि जिससले समन्वय गरेर जाने प्रतिवद्धता समेत जनाएका थिए ...
‘रामग्राम विकास परियोजना’ स्वागत योग्य बताउदै नागरिक समाजद्धारा जिससलाई ज्ञापनपत्र
नवलपरासी (ब.सु.प.), पर्यटन

‘रामग्राम विकास परियोजना’ स्वागत योग्य बताउदै नागरिक समाजद्धारा जिससलाई ज्ञापनपत्र

नवलपरासी,१८ माघजिल्ला स्थित भगवान गौतम बुद्धको अस्तिधातु रहेको रामग्राम स्तुप क्षेत्रको विकासका लागि लुम्बिनी विकास कोषद्धारा ल्याइएको ‘रामग्राम विकास परियोजना’ नवलपरासीबासीका स्वागत योग्य भएको नागरिक समाज नवलपरासीले जनाएको छ । सो परियोजनाबारे विभिन्न सञ्चार माध्यम,संघसस्था र राजनीतिक दलहरु समेत भ्रममा परेर टिकाटिप्पणी गरिरहेको बेला नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउदै सो भ्रम चिर्नका लागि सरोकारवालाको वृहद छलफलको वातावरण मिलाउने माग समेत गरेको हो ।विगतमा पनि रामग्राम क्षेत्रको विकासका लागि बजेट आएको तर यस्तै टिकाटिप्पणी र विवादस्पद बनाउदा रकम फ्रिज भएर जादा रामग्रामकै विकास रोकिएको समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सन १८९६ मा पत्ता लागेको लुम्बिनी र सन १८९८ मा पत्ता लागेको रामग्रामको विकासमा किन भिन्नता भ...
बौद्ध कालिन प्राचीन नन्दन नगरमा ‘आनन्द जात्रा’ निकाल्ने तयारी
पर्यटन, पाल्हिनन्दन गाउँपालिका, समाचार

बौद्ध कालिन प्राचीन नन्दन नगरमा ‘आनन्द जात्रा’ निकाल्ने तयारी

नवलपरासी,१७ माघबौद्धकालिन प्राचिन नन्दन नगर र नन्दन ताललाई प्रवद्र्धन गर्न स्थानिय ‘आनन्द जात्रा’को तयारीमा जुटेका छन् । जिल्लाको पाल्हीनन्दन गाउपालिका ६ स्थित पहिचानमा आएको प्राचिन नन्दन नगर र नन्दन तालको पहिचान गराउन र प्राचिन संस्कृतिको पुर्नत्थान गर्ने उदेश्यले सो जात्राको तयारीमा जुटेका हुन् ।ति स्थानको विस्तृत कार्ययोजना नै बनाएर काम गर्नुका साथै सो स्थानलाई प्रचार प्रसार तथा पहिचान र प्रवद्र्धन गर्न आनन्द जात्रा निकल्ने तयारीमा स्थानिय जुटेको सोही वार्डका वार्ड अध्यक्ष कृष्णचन्द्र यादवले बताए । प्राचिन नन्दन नगर र प्राचिन नन्दन तालको इतिहास प्राचिन कोलिय गणराज्यसँग जोडिएको जानकारहरुले बताए पछि सोही अनुसारको संस्कृति संरक्षण र पुर्नत्थान हुने गरि नन्दन जात्रा निकाल्ने योजना रहेको छ, वार्ड अध्यक्ष यादवले भने, यो जात्रा पछिसम्म एक संस्कार र संस्कृतिको रुपमा विकसित हुनेछ । बौद्धकालिन इत...
सरावल सरकारको कुलो पुर्नउत्थान कार्यक्रमको सहयात्री बन्दै लुम्बिनी प्रदेश सरकार
अर्थ, कृषि, पर्यटन, समाचार, सरावल गाउँपालिका

सरावल सरकारको कुलो पुर्नउत्थान कार्यक्रमको सहयात्री बन्दै लुम्बिनी प्रदेश सरकार

नवलपरासी,१६ माघ,जिल्लाको सरावल गाउपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम अगाडी बढाए पछि लुम्बिनी प्रदेश सरकारले समेत सो अभियानमा सहयात्री बन्ने भएको छ । यसै बर्ष देखी गाउपालिकाले कुलो पुर्नउत्थान कार्यक्रमका लागि बनाउने योजना अगाडी सारेको र अहिले दुई वटा कुलो पुर्नउत्थानको लागि लुम्बिनी प्रदेश सरकारको सिचाई डिभिजन कार्यालय नवलपरासीले गाउपालिकासँग मिलेर काम गर्ने सहमति जनाएको हो ।सिचाई डिभिजन कार्यालयले दुई वटा कुलोका लागि बजेट सहितको कार्यक्रम सरावलमा परेको जानकारी आएको र त्यसका लागि बुधवार डिभिजन कार्यालय र गाउपालिकाका प्राविधिकसँगै स्थलगत सर्वेक्षण शुरु हुने जानकारी गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले गराए ।यसले हामीलाई थप उत्साही बनाएको छ, उनले भने,कुलोहरुको सर्वेक्षण पश्चात कुन स्तरको कुलो छ,सो अनुसार स साना कुलोलाई गाउपालिकाले बजेट विनियोजन गर्ने, धेरै लागत पर्ने कुलोलाई प्रदेश सरकार...
एसईई परिक्षा दिइने पाल्हीनन्दन गाउपालिकाका विद्यार्थीलाई वृति परामर्श तालिम
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

एसईई परिक्षा दिइने पाल्हीनन्दन गाउपालिकाका विद्यार्थीलाई वृति परामर्श तालिम

नवलपरासी,१६ माघजिल्लाको पाल्हीनन्दन गाउपालिकाले गाउपालिका भरि कक्षा १० मा अध्ययनरत(एसईई) परिक्षा दिइने विद्यार्थीलाई लक्षित गरि वृति परामर्श तालिम कार्यक्रम सञ्चालन गरेको छ । एसईई परिक्षा पश्चात थप उच्च शिक्षा तर्फको अध्ययनमा कुन क्षेत्रमा जाने र त्यसका लागि आवश्यक तयारीका लागि परिक्षामा कति मार्क ल्याउनु पर्ने जस्ता जानकारी दिइने उदेश्यले सो वृति परामर्श कार्यक्रम ल्याएको हो ।एसईई परिक्षा पास गरेर उच्च शिक्षाका लागि पहिला देखी नै तयारी बनाउने उदेश्यले बालबालिकाका लागि यो कार्यक्रम सञ्चालन गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । सो कार्यक्रमको शुभारम्भ गाउपालिका वार्ड नं.६ स्थित सुकदेव माविबाट गर्दै उनले गाउपालिका भरिका सबै माध्यमिक विद्यालयका विद्यार्थीलाई एक दिवशिय वृति परामर्श कक्षा सञ्चालन गरिएको जानकारी गराएका थिए । यसले एसईई दिइने विद्यार्थीले कुन विधाम...
मधेश सांस्कृतिक पार्कको काम पनि छिट्टै हुनेः सरावल गाउपालिका अध्यक्ष चौधरी
पर्यटन, समाचार, सरावल गाउँपालिका, संस्कृति

मधेश सांस्कृतिक पार्कको काम पनि छिट्टै हुनेः सरावल गाउपालिका अध्यक्ष चौधरी

नवलपरासी,१० माघजिल्लाको सरावल गाउपालिकाले वार्ड नं.२ मनरी स्थित वृक्षारोपण क्षेत्रमा थारु साँस्कृतिक पार्कको निर्माण कार्यसँगै यसै बर्ष वार्ड नं. ४ ललितपुर र मंगलापुर गाँउ नजिकै मधेश सांस्कृतिक पार्कको निर्माण कार्यको शुभारम्भ गर्ने जनाएको छ । केही महिना पहिला सम्भाब्यता अध्ययन गरेको उतm स्थानमा छिट्टै पार्क निर्माण शुरु हुने गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताएका हुन् ।गाउपालिको वार्ड २ मनरीमा थारु साँस्कृतिक पार्क बनाउने योजना बनाई बजेट समेत विनियोजन गरेर सञ्चालनमा ल्याई सकियो, उनले भने,अगामी शिवरात्री वा फागुपुर्णिमालाई लक्षित गरि मधेश साँस्कृतिक पार्कमा पनि काम गर्ने योजना सुनाए । थारु मधेशी बाहुल्य यो गाउपािलकामा सबैलाई समेटेर पार्कको निर्माण गर्ने,संस्कार संस्कृति बचाउने गाउपालिकाको प्राथकितामा पनि छ । लक्ष्य अनुसार थारु साँस्कृतिक पार्कमा खिचडी महोत्स(माघी मेला) सँगै पार्कको...
पाल्हीनन्दन गाउपालिकाद्धारा महेशपुर मुलनाकाको प्रवेशद्धारको रंगरोगन शुरु
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

पाल्हीनन्दन गाउपालिकाद्धारा महेशपुर मुलनाकाको प्रवेशद्धारको रंगरोगन शुरु

नवलपरासी,१० माघ,जिल्लाकै मुलनाकाको रुपमा रहेको महेशपुर नाकाको प्रवेशद्धारलाई ब्यवस्थित गर्न जिल्ला समन्वय समिति(जिसस)ले सम्बन्धित पाल्हीनन्दन गाउपालिकालाई आग्रह गरेको साता भित्रै काम शुरु भएको छ । जिससको आग्रहलाई अंगिकार गर्दै गाउपालिकाले प्रवेशद्धारको रंगरोगन गर्नुका साथै बजार क्षेत्रको सरसफाई काम शुरु गरेको हो ।गत साता महेशपुर नाकाको अवलोकन गर्दै जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले गाउपालिका र भन्सार कार्यालयहरुले सहकार्य गरि सिमावर्ति महेशपुर बजार समेत ब्यवस्थित गर्न आग्रह गरेका थिए । आग्रह अनुसार काम शुरु भएको कुराले आफुलाई खुशी लागेको जिसस प्रमुख भगौती प्रसाद यादव(रुदल)ले बताए । गाउपालिकाले आफ्नो कामको शुभारम्भ प्रवेशद्धारको मर्मत,सम्भार गर्दै रंगरोगन गर्ने कामको शुरुवात गरेको छ, उनले भने, भन्सारले समेत समेत आफ्नो काम र चुनौतीको विवरण जिससमा बुझाई सकेको छ । भन्सारसँग सम्बन्धित सम...
भारतसँग जोडिएको महेशपुर मुलनाकाको बजार र प्रवेशद्धार ब्यवस्थित गर्न जिससको चाँसो
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

भारतसँग जोडिएको महेशपुर मुलनाकाको बजार र प्रवेशद्धार ब्यवस्थित गर्न जिससको चाँसो

नवलपरासी,३ माघजिल्लाकै मुलनाकाको रुपमा रहेको महेशपुर नाकाको प्रवेशद्धारलाई ब्यवस्थित गर्न जिल्ला समन्वय समिति(जिसस)ले सम्बन्धित पाल्हीनन्दन गाउपालिकालाई आग्रह गरेको छ । महेशपुर नाकाको अवलोकन गर्दै जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले गाउपालिका र भन्सार कार्यालयहरुले सहकार्य गरि सिमावर्ति महेशपुर बजार समेत ब्यवस्थित गर्न आग्रह गरेका हुन् ।भारतबाट नेपाल प्रवेशको प्रमुख नाका हो,उनले भने, महेशपुर बजार मुलनाकाको प्रमुख बजार पनि हो,यसलाई यहाँका संघिय सरकारको कार्यालयको रुपमा रहेको महेशपुर भन्सार र स्थानिय सरकारको रुपमा रहेको पाल्हीनन्दन गाउपालिकाले ब्यवस्थापनमा लाग्नु पर्छ । जिससले समन्वयका लागि भुमिका निर्वाह गर्न तयार रहेको छ । नेपाल भारतको सिमा निर्धारण गर्दाकै बखत बनेको महेशपुर बजार अहिले पनि अब्यवस्थित देखिएका छन्,उनले भने,नाकाबाट यदि सरकारले आम्दनी गर्छ भन्ने नाकाको स्वच्छता,ब्यवस्थान,...
सेवालाई थप गुणस्तरिय बनाउन पृथ्वीचन्द्र अस्पतालले माग्यो गाउपालिका र नगरपालिकासँग तोकेर सहयोग
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

सेवालाई थप गुणस्तरिय बनाउन पृथ्वीचन्द्र अस्पतालले माग्यो गाउपालिका र नगरपालिकासँग तोकेर सहयोग

नवलपरासी, २८ पुसजिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा सेवालाई थप प्रभावकारी बनाउन अस्पताल प्रशासनले जिल्लाका सबै पालिकासँग आर्थिक स्रोतको माग गरेको छ । भएकै जनशक्तिबाट अस्पतालको उपयुक्त व्यवस्थापन र गुणस्तरीय चिकित्सा सेवा दिन थालेपछि अस्पताल प्रति विरामीको आकर्षण बढदै जादा सेवाको गुणस्तर खस्किन नदिईन र थप गुणस्तरिय बनाउनका लागि विषय र स्रोत नै खुलाएर अस्पतालले पालिकालाई पत्राचार गरेको हो ।स्थानिय तहबाट विभिन्न प्रकारका विरामीलाई निशुल्क सेवा प्रदान गरिदिन अस्पतालका नाममा निरन्तर आग्रह गर्दै सेवा दिलाउदै आएको र अहिले अस्पतालमा बढदो विरामीको चाँपका कारण ब्यवस्थापनमा चुनौती भएकोले त्यसमा सहकार्यका लागि नगरपालिका र गाउपालिकालाई अनुरोधपत्र पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.किरण पाण्डेले बताए । अस्पताले प्रदान गर्ने चिकित्सा सेवामा व्यापक सुधार ल्याएपछि अस्पतालमा विरामीहरुको चाप ...
बौद्धकालिन प्राचिन नन्दन नगर क्षेत्रको सरसफाईमा सक्रिय स्थानिय
पर्यटन, पाल्हिनन्दन गाउँपालिका

बौद्धकालिन प्राचिन नन्दन नगर क्षेत्रको सरसफाईमा सक्रिय स्थानिय

नवलपरासी,२८ पुसजिल्लाको पाल्हीनन्दन गाउपालिका ६ पडरी स्थित बौद्धकालिन प्राचिन नन्दन नगर(नन्दन सिटी)को बगैचा क्षेत्रको सरसफाईमा स्थानियबासी सक्रिय भएका छन् । पर्यटकिय स्थलको रुपमा विकास,संक्षण प्रवद्र्धनमा स्थानियबासीले चाँसो लिदै आएको सो स्थानको विकासका लागि गाउपालिकाले अग्रसरता लिईने भए पछि तिन दिन देखी निरन्तर स्थानिय पनि सरसफाईमा सक्रियता देखाउन थालेका छन् ।केही महिना देखी यो पुरातात्विक तथा बौद्धकालिन नन्दननगर भएको पुरातात्वका जानकार तथा बौद्ध अध्ययेताहरुले पडरी कोटहीमाई स्थान भनेर चर्चामा ल्याए पछि अहिले स्थानिय युवाहरु पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सक्रिय भएको स्थानिय युवा संदिप कुमार यादवले बताए । अहिले सो स्थानको अवलोकन भ्रमण गर्न केही बाहिरका पर्यटक आउन थाले पछि त्यस स्थानको सफाई गर्ने कार्य भई रहेको छ, उनले भने, परम्परागत रुपमा देवीदेवताको पुजा गर्दै आएका स्थानियले अहिले मा...