
नवलपरासी,१० कातिक
जिल्लाको रामग्राम १६ लालपाटी स्थित एशियन कन्क्रेटो उद्योगका मजदुर आफ्ना विभिन्न माग राख्दै हडताल गरेर धर्मा बसेका छन् । विगत ९ बर्ष देखी कार्यरत रहेका उद्योगका करिब ८० जना मजदुर कर्मचारीहरुले अहिलेसम्म नियुतिmपत्र नपाएको र श्रम ऐन अनुसारको सेवा सुविधान नदिएको भन्दै माग पुरा गराउनका लागि काम हडताल गरि धर्ना बसेका हुन् ।
पटक पटक आफुहरुले उद्योग प्रशासन र उद्योग ब्यवस्थापनलाई माग बारे जानकारी गराउदै आएको तर उद्योग ब्यवस्थानले नसुने पछि वार्ड कार्यालयमा समेत निवेदन दिए पछि उद्योग प्रशासनका कर्मचारीले कामबाट निकाल्ने धम्कि दिन थाले पछि उनीहरु धर्मा बसेको जानकारी गराएका थिए । औषधी उपचार खर्च,दुर्घटना हुदा हुने उपचार,शुरक्षाका लागि जुत्ता,पोशाक आदी जस्ता समास्या छन् । तर उद्योग प्रशासनले जहिले पनि काम गर्ने भए गर,नत्र छाडेर जाऔ भन्दै धम्कि दिदै आएको एक मजुदरले सुनाए । हामी माथि उद्योग ब्यवस्थापनबाट ज्यादती भई रहेको छ । यस्को हल हुनु पर्छ,भन्ने हाम्रो माग हो ।
मजदुरका लागि विमा समेत नगरिदिएको सुनाउदै मजुदरले भने,काम गर्ने क्रममा एक मजदुरको मृत्यु भयो,तर उद्योग प्रशासनले केही पनि दिएन,सबै मजदुर मिलएर ५।५ सय रुपिया उठाएर उस्को घरपरिवारलाई दिएका थियो । बर्षाै देखी काम यहिँ उद्योगका लागि गर्यौ,उनले दुखेसो पोखे,माथिल्ला तहका अधिकारीहरुले प्रहरी र प्रशासनलाई मिलाई सकेका छौ,तिमिहरुले केही गर्न सक्दैनौ । बढि कुरा नगर, तिम्रा गाँउका ब्यतिmहरु पनि कोही आउदैनन, आएर २०।२५ हजारमा किनिहाल्छौ,उनीहरु पनि हाम्रै पक्षमा हुन्छन्, भनेर धम्काउदै जादा आफुहरु बाध्य भएर शान्तिपुर्वक धर्ना बसेको उनीहरुले सुनाएका थिए ।
मजुदरहरले आफ्ना विभिन्न ६ वटा प्रस्तावहरुमा निर्णय गरेको देखाउदै भने,माग सम्बोधन हुन पर्यो,हामी काम गर्न तयार नै छौ । तत्काल पुरा नभए पनि लिखित सहमति गर्दै प्रतिवद्धता जनाउनु पर्यो,प्रतिवद्धता अनुसार माग पुरा गर्दै जान पर्यो,उनस्हरुले भने, उद्योगको विरुद्ध हामी कोही पनि छैनौ । आफ्ना मजदुरको अधिकार मात्र हामीले दाबी गरेका छौ । मागमा पहिलोमा दशै खर्च पाउनु पर्ने,श्रम रोजगारको मापदण्ड अनुसार ज्याला पाउनु पर्ने,विदाको दिन काम गरेवापतको छुट्टै ज्याला पाउनु पर्ने,चोटपटक लागेमा कम्पनीको तर्फबाट औषधी उपचार पाउनु पर्ने,कम्पनीको तर्फबाट पोशाक सेट,जुत्ता,मास्क पाउनु पर्ने र कामदारहरुलाई कम्पनीको तर्फबाट बोनस लगायतका सेवा सुविधा पाउनु पर्ने माग निर्णयमा उल्लेख गरेका छन् ।
मजुदर कुनै उद्योगका लागि मालबस्तु जस्तो होईन्,जसरी पुजिँले ब्याज लिन्छ,ब्यवस्थापनले नाफा लिन्छ,जमिन र भवनले भाडा लिन्छ,त्यसै गरि मजदुरहरु पनि आफ्ना ज्याला मजदुरी सहित ऐनले निर्धारण गरेका सेवा सुविधा माग गरेका छौ । हामी स्थानियबासी पनि हौ,आर्का मजुदरले भने, हाम्रै गाँउ ठाँउमा उद्योग लागेका छन्,हाम्रै गाउलेले जग्गा उपलब्ध गराएका थिए । तर बाहिरबाट आउने कर्मचारी मजदुरले हामी भन्दा दोब्बर तेब्बर ज्याला र सुविधा पाउने तर हामी यहिँका भएर समान्य सेवा पनि पाउने यो किन पक्षपात र अन्याय भएको हो ? हामी माथि भएको अन्यायका विरुद्ध उद्योग परिसर बाहिर धर्ना बसेका छौ । हाम्रो मागलाई स्थानिय प्रशासन,स्थानिय सरकार र उद्योगसँग सरोकार राख्ने उद्योग बाणिज्य संघलाई पनि आह्वान गरेको उनीहरुको भनाई रहेको थियो । सोही वार्डका अध्यक्ष विजय कुमार यादवले मजदुरहरुले आफु कहाँ निवेदन दिएको र निवेदन अनुसार आफुले छलफल गराउनका लागि तिन पटकसम्म पत्राचार गर्दा सम्पर्कमा नआई अटेरी गर्दै आएको बताएका थिए । समस्याको समाधान जहिले पनि दुई पक्षिय वार्तावाटै समाधान हुन्छ,उनले भने,तर मजुदरले निवेदन दिइने उद्योग प्रशासनले अटेरी गर्ने अवस्था देखिएको छ । मजदुरहरु बाध्य भएर आन्दोलनमा गएको उनको भनाई थियो । यता कम्पनीका महाप्रबन्धक प्रदिप तिवारीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन् ।


