गण्डक नदीमा बगर खेतीलाई प्रोत्साहित गर्दै कृषि ज्ञान केन्द्र
नवलपरासी,२० फागुनजिल्लाको गण्डकी(नारायणी) नदी किनारमा बगर खेती तर्फ स्थानिय युवाहरु उत्साही देखिएका छन् । गाँउघर नजिकै रहेको बखरमा पनि खेती गर्न सकिन्छ भनेर जानकारी नपाएका स्थानिय सो बगरमा गत बर्ष भारतबाट आएका केही किसानले खरबुजा खेती गरेर लाखौ आमदनी गरि फर्के पछि त्यस तर्फ अहिले आकर्षित भएका हुन् ।गत आर्थिक बर्षमा बगरखेतीका लागि लुम्बिनी प्रदेश सरकारले पाठएको १० लाख अनुदान फ्रिज भएर गयो,अहिले सो अनुदान ५० प्रतिसत कटेर आउदा बखरखेती गर्न किसान उत्साही देखिए । कृषि ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले भने,बालुवाले भरिएको बखर पनि आमदनीको स्रोत हुन सक्छ,भनेर अहिले पहिचान पाएको बताए । उनका अनुसार अहिले स्थानिय युवाहरु ५ विघा (१०० कट्टा)मा खरबुजा खेती शुरु गरेका छन् । उनीहरुलाई प्रति कट्ठा ५ हजारका दरले अनुदान कार्यालयले उपलब्ध गराउने छ । घरमै खरबुजाको नर्सरी तयार गरि अहिले बगरमा रोप्ने ...










