Author: Bechu Gaud

प्रतापपुर गाउपालिकाको सहयोगमा पाँच दिने योग शिविर सञ्चालन
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार, स्वास्थ्य

प्रतापपुर गाउपालिकाको सहयोगमा पाँच दिने योग शिविर सञ्चालन

नवलपरासी,१७ जेठजिल्लाको प्रतापपुर गाउपालिका १ भिट्ठामा पाँच दिवसिय योग शिविर सञ्चालन भएका छन् । योगको माध्यमले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्यमा योगदान पुर्याउने हुदा योगबारे जानकारी गराउने उदेश्यले सो शिविरको आयोजना गरिएको हो ।प्रतापपुर गाउपालिकाको सहयोगमा गोपीगँज बजार विकास समितिले उतm शिविरको आयोजना गरेको गाउपालिकाले जनाएको हो । योगका सबै विधि,प्रकृयाहरु पताञ्जली योगको रहने हुदा त्यसको सहकार्य पताञ्जली योग सेवा केन्द्र गोपीगँजको सहकार्यमा शुरु गरिएको छ । जेठ १७ गते देखी २१ गतेसम्म उतm योग शिविर सञ्चालन हुने छन् ।योगका आधारभुत नियम,विधि,समय सिमा लगायतका कुरालाई सैद्धान्तिक तथा प्रयोगात्मक गराई सिकाईने गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताएका थिए । योगलाई पनि जनस्वास्थ्यको एक आधारभुत तत्व हो,भनेर नै गाउपालिकाले आफ्ना स्वाीथ्य सेवासँगै योग सेवालाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै...
रामग्रामको संघाराम पोखरी संरक्षणमा डिभिजन बनको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्रामको संघाराम पोखरी संरक्षणमा डिभिजन बनको चाँसो

नवलपरासी,१७ जेठभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपकै अभिन्न अंग मानिने संघराम क्षेत्रको प्राचीन पोखरी संरक्षणमा डिभिजन बन कार्यालयले चाँसो लिएको छ । जैविक विविधता संरक्षण,जलस्रोतको उपकरणसँगै बौद्ध तिर्थयात्रीका लागि अध्यात्मिक अभ्यास गर्ने स्थल भएको संघाराम प्राचीन पोखरी संरषण गर्न डिभिजन बन अधिकृत राजु क्षेत्रीले स्थलगत अवलोकन गर्दै संरक्षणमा चाँसो लिएका हुन् ।विगत बर्ष देखी नै उतm पोखरीको संरक्षण गरिनु पर्ने त्यहाँ आउने बौद्ध भिच्छुले पनि चाँसो देखाएका थिए । जुन अहिले जिल्लाको सरोकारवाला सरकारी निकाय डिभिजन बन कार्यालयले तत्काललाई ३ लाख रुपिया लगानी गरि पोखरीको संरक्षण कार्य गरिने क्षेत्रीको भनाई थियो । यसका लागि एक विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराउन आवश्यकता औल्याउदै उनले डिपिआर पछि क्रमशःयसलाई प्राचीनता झल्किने मौलिक रुपमा ब्यवस्थापन र संरक्षण गर्न सकिन्छ । यसका लागि...
झरही—धनेवा दोभान क्षेत्रमा खोला सफाई कार्य शुभारम्भ
कृषि, पाल्हिनन्दन गाउँपालिका, समाचार

झरही—धनेवा दोभान क्षेत्रमा खोला सफाई कार्य शुभारम्भ

नवलपरासी,१६ जेठलुम्बिनी प्रदेश सभा सदस्य माननीय वैजनाथ जैसवालको पहलमा डुबान क्षेत्र पाल्हीनन्दन गाउँपालिका वडा नं. १ स्थित झरहीखोला सफाई कार्य शुभारम्भ गरिएको छ । बर्षायमा शुरु हुदै गर्दा त्रसित स्थानियबासीलाई झरही खोलाबाट वर्षेनि आउने बाढीका कारण हुने धनजनको क्षति तथा खेतीयोग्य जमिन कटान भई नष्ट हुने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले नदी किनारमा थुप्रिएको माटो निकाल्ने कार्यको शुभारम्भ गरिएको हो ।यस कार्यले बाढी नियन्त्रणमा सहयोग पुग्नुका साथै स्थानीय बासिन्दाको जनधन र खेतीयोग्य जमिनको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको सो वार्डका वार्ड अध्यक्ष चुल्हाई यादवले जनाए । उनका अनुसार स्थानीयवासीले यस पहल प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यहरू निरन्तर अगाडि बढ्ने अपेक्षा गरेका छन् ।उतm खोलाले जिल्लाको सरावल र पाल्हीनन्दनका गाउ डुबान नियन्त्रण गर्न डुबा...
रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि
राजनीति, रामग्राम नगरपालिका, समाचार, समाज

रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि

नवलपरासी,१० जेठजिल्लाको रामग्राम नगरपालिकाका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । जागरण मिडिया सेन्टरले ति दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरि नगरसभामा दलित महिला जनप्रतिनिधिको अर्थपुर्ण सहभागिता हुनु पर्नेमा जोड दिएको हो ।हालसम्म एक दिनको नगरसभा त्यसमा पनि एक घण्टामै सभा सकाउने परिपाटीले दलित जनप्रतिनिधि उपस्थित हुने र हाजिरी गर्नु पर्ने बाहेकका अन्य कुनै काम गर्न नपाएको गुनासो गरेका थिए । समान्य कुरा उठाउदा सुक्ष्म रुपमा मासिक सेवा सुविधा लिन छैन ? भन्दै त्रास दिईने पनि काम नगरपालिका नेतृत्वबाट आउने गरेको उनीहरुले सुनाएका थिए । दलित जनप्रतिनिधि देखाउनलाई मात्र रहेका छन्,आफ्ना वार्ड अध्यक्षले भनेको स्थानमा हस्ताक्षर गर्ने कार्य मात्र रहेको अधिकाँस दलित महिला जनप्रतिनिधिहरुको गुनासो रहेको थियो । दलित महिलाबाट कम्तीमा एक जना कार्य...
झरही पिडुरा दोभानको गोही आरक्ष क्षेत्रमा अवलोकनकर्ता बढदै
नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

झरही पिडुरा दोभानको गोही आरक्ष क्षेत्रमा अवलोकनकर्ता बढदै

नवलपरासी,१० जेठस्थानिय स्तरबाट जिल्ला स्थित झरही पिडुरा दोभान कुण्डको गोही संरक्षणमा स्थानियसँगै विभिन्न सरोकारवालाले चाँसो देखाउन थालेसँगै गोही आरक्ष क्षेत्रमा अवलोकनकर्ता पुग्न थालेका छन् । बर्षाै देखी सो क्षेत्रमा गोहीहरु बस्दै आएको र बेला बेला निस्कने गर्दा देखेका स्थानियले गोहीको संरक्षणका लागि आरक्ष क्षेत्र बनाउन पहल शुरु भए पछि गोहीको अवलोकनकर्ताहरु बढन थालेको स्थानियले बताएका हुन् ।प्रस्तावित गोही आरक्ष क्षेत्रमा आन्तरिक तथा भारतिय पर्यटकहरु समेत अवलोकन गर्न आउन थालेकोले सो क्षेत्रमा जोखिम समेत देखिन थालेको छ । अहिले स्थानियले गोहीको संरक्षण गर्नु पर्ने माग गर्न थाले पछि डिभिजन बन कार्यालय नवलपरासी र सरोकारवाला बातावरण बचाउ अभियानले पनि चाँसो देखाएर काम गर्न थालेको छ । गोही आरक्ष क्षेत्र बनाउनका लागि लुम्बिनी प्रदेश सरकारलाई लेखी पठाउनका लागि जिल्ला बन समन्वय समितिले समेत निर्णय गर...
छोटी भन्सार खारेजी प्रति सरकारको ध्यानाकर्षण गराए साँसद खनाल
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

छोटी भन्सार खारेजी प्रति सरकारको ध्यानाकर्षण गराए साँसद खनाल

नवलपरासी,९ जेठसरकारले हालै खारेज गरेको जिल्लाका तिनवटा छोटी भन्सार पुनः स्थापनाको माग नवलपरासी क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य (सांसद) बिक्रम खनालले माग गरेका छन् । छोटी भन्सारलाई थप ब्यवस्थित बनाउनु पर्नेमा सरकारले खारेज गरेको प्रति ध्यानाकर्षण गराएका हुन् ।जिल्लाका सम सामयिक विषयलाई साँसद खनालले संसदमा उठाएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार साँसद खनाल जिल्लाका जनताका आवश्यक समस्यालाई निरन्तर राष्ट्रिय बहसका विषय बनाउनका लागि संसदमा उठान गर्दै आएका छन् । जिल्लाका विभिन्न नाकाहरूमा रहेका भन्सार कार्यालयको दयनीय अवस्था, स्वास्थ्य क्षेत्रको अभाव, र दैवी प्रकोप पीडितको राहत व्यवस्थापनमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । सरकारले हालै जिल्लाको विष्णुपुरा,भुजहवा,प्रसौनी नाका खारेज गरि सकेको छ । छोटी भन्सारलाई थप ब्यवस्थित बनाउनु भन्दा खारेज गरेको प्रति स्थानियबासीले आफ्ना सा...
नेपाल गण्डक नहरमा जेठ १५ गते देखी पानी प्रवाह हुने
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नेपाल गण्डक नहरमा जेठ १५ गते देखी पानी प्रवाह हुने

नवलपरासी, ९ जेठगण्डक सिचिँत(कमाण्ड क्षेत्र)का किसानका लागि नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा जेठ १५ गते देखी पानी प्रवाह गरिने भएको छ । बर्षेबाली धानखेती लक्षित सिचाईका लागि नहरमा पानी प्रवाह गर्नका लागि भारतिय पक्षसँग कुरा अगाडी बढाइएको र जेठ १५ गते नै पानी प्रवाह गरिने सिचाई प्रणाली ब्यवस्थापन कार्यालय सेमरीले जानकारी गराएको हो ।नेपाली नहरको सफाई भई रहेको हुदा सफाई कार्य सकिने वित्तिकै नहरमा पानी प्रवाह हुने कार्यालय प्रमुख तिलकराम बुढाथोकीले बताए । विगतमा बोरिगँ पाम्पिगँसेटका लागि आवश्यक इन्धन सस्तो भएकोले नहरको पानीमा धेरै चाँसो नभए पनि यो बर्ष डिजल,पेट्रेलको भाउ बढेर भुमिगत सिचाई भन्दा सतही नहर सिचाई प्रति नै निर्भर हुने किसानले नहरमा पानी प्रवाह छिट्टै हुनु पर्ने माग समेत गर्न थाले पछि अहिले सिचाई ब्यवस्थापन कार्यालय पनि पानी प्रवाहका लागि चाडै नै सक्रिय भई रहेको छ ।ब्यवस्थापन ...
गण्डक नदीमा सुस्ता गाउपालिकाको मनोमानी,सरोकारावालालाई जानकारी नै नगराई उत्खनन गराउदै
-

गण्डक नदीमा सुस्ता गाउपालिकाको मनोमानी,सरोकारावालालाई जानकारी नै नगराई उत्खनन गराउदै

नवलपरासी,९ जेठसुस्ता गाउपालिकाले सहमति विना नै अनियमित रुपमा गण्डक(नारायणी नदी)बाट निकासी गरेको जनाउदै भु आर्जन तथा सम्पर्क कार्यालय(लाईजन) भारत उत्तर प्रदेश सरकारले आपत्ति जनाएको छ । अनियन्त्रित निकासी प्रति ध्यानाकर्षण गराउदै ति कार्य तत्कालन रोक्न स्थानिय प्रशासनलाई भेटेरै ध्यानाकर्षण गराएको हो ।गत बर्ष जिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन हुदा त्यसको असर सुस्ता भुमि कटानमा परेको र भविष्यमा वि ग्याँप बाँध भत्किने खत्तरा बढेकोले रोक्न भारतिय लाईजनको पत्राचारलाई वेवास्ता गरि पुनःसुस्ता गाउपालिकाले अमानतमा निकासी खोलेका कारण लाईजन र भारतिय पक्षले काम रोक्न माग गरेको थियो । कुनै पनि कारण देखाउदै नदी निकासी नगर्न भु आर्जन तथा सम्पर्क कार्यालय (लाईजन) बाल्मिकीनगरले सुस्ता गाउपालिकालाई २०८२ माघ २५ गते नै परिपत्र गरेको थियो । तर त्यसलाई सुस्ता गाउपालिकाल...
सिमसार सुक्दै जाँदा संकटमा सारस
कृषि, नवलपरासी (ब.सु.प.), पर्यटन, समाचार

सिमसार सुक्दै जाँदा संकटमा सारस

नवलपरासी,७ जेठजिल्लाको सिमसार क्षेत्रहरू विस्तारै सुक्दै जाँदा दुर्लभ मानिने सारस चराको अस्तित्व संकटमा पर्न थालेको छ। केही वर्षअघिसम्म धानखेत, पोखरी र दलदली क्षेत्रमा सहजै देखिने सारस अहिले भने कम मात्रामा देखिन थालेपछि स्थानीयवासी, संरक्षणकर्मी र वातावरणविद्हरू चिन्तित बनेका छन ्। सिमसार क्षेत्रको अतिक्रमण, पानीको अभाव, विषादीको बढ्दो प्रयोग तथा जलवायु परिवर्तनका कारण सारसको प्राकृतिक बासस्थान खुम्चिँदै गएको हो ।विशेषगरी धानखेती हुने खुला मैदान, पानी जम्ने खेत तथा साना पोखरी आसपास सारसले गुँड बनाउने र बच्चा हुर्काउने गथ्र्यो। तर पछिल्ला वर्षमा सिमसार क्षेत्र सुक्न थालेपछि सारसको संख्या घट्दै गएको स्थानीय बताउँछन् । तिन चार दशक पहिला प्राय सबै जसो गाँउको छेउछाउमा ताल तलैया र पोखरी हुने गरेको थियो, पाल्हीनन्दन गाउपालिकाका सम्पुर्णानन्द गिरीले भन्छन्,अहिले अधिकाँस ताल तलैया सुक्दै गयो,यस्को...
गाँउका पुरुष रोजगारी खोज्दै बिदेसिए पछि महिलाको काँधमा खेतीपातीको जिम्मेवारी
कृषि, समाचार, सुस्ता गाउँपालिका

गाँउका पुरुष रोजगारी खोज्दै बिदेसिए पछि महिलाको काँधमा खेतीपातीको जिम्मेवारी

नवलपरासी,३ जेठजिल्लाको ग्रामीण बस्तीहरूमा पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीको प्रभाव गहिरिँदै गएको छ । घरको मुख्य कमाउने सदस्य पुरुषहरू रोजगारीका लागि विदेशिने क्रम बढेसँगै गाउँघरमा महिलाहरूले खेतीपाती र परिवार व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी वहन गर्न बाध्य भएका छन् । यसले ग्रामीण जीवनशैली, कृषि उत्पादन र सामाजिक संरचनामा महत्वपूर्ण परिवर्तन ल्याएको छ । जिल्लाका सातवटै पालिकाको धेरै गाउँहरूमा पुरुषहरू मलेसिया, कतार, साउदी अरेबिया, यूएई जस्ता देशमा काम गर्न गएका छन ्। घरमा रहेका पत्नी, आमा र दिदीबहिनीहरूले खेतबारी सम्हाल्ने, पशुपालन गर्ने र घरधन्दा चलाउने काम एक्लै सम्हालिरहेका छन् ।घरका पुरुष वैदेशिक रोजगारीमा गएको पछि सुस्ता ३ सेखुवनवा गाँउ नजिकै उखु गोड्दै(झार फाल्दै) भेटिएकी महिलाहरुले सो दुखेसो पोखेका थिए । घरका पुरुष बाहिर(बैदेशिक) रोजगारीमा गए देखी घरधन्दासँगै अहिले खेतीपातीको काम प...