Author: Bechu Gaud

वरिष्ठ उपाध्यक्ष यादवले लिए माधव चौधरीका छोराछोरीको शिक्षाको जिम्मा
समाचार, समाज, सरावल गाउँपालिका

वरिष्ठ उपाध्यक्ष यादवले लिए माधव चौधरीका छोराछोरीको शिक्षाको जिम्मा

नवलपरासी, २० भदौ ।रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता रहेका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१, बासाबसही नयाँटोलका माधव चौधरीका छोराछोरीको विद्यालय तहको शिक्षामा लाग्ने सम्पूर्ण खर्च सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र यादवले व्यहोर्ने घोषणा गरेका छन्। बाढीपछि चौधरी बेपत्ता हुँदा परिवार आर्थिक तथा मानसिक संकटमा परेको अवस्थामा बालबालिकाको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले यादवले उनीहरूको शिक्षाको जिम्मेवारी लिने घोषणा गरेका हुन्। यादवले चौधरीको परिवारलाई यसअघि पनि खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गरेका थिए। तत्कालीन राहत सहयोगपछि बालबालिकाको शिक्षालाई निरन्तरता दिन दीर्घकालीन जिम्मेवारीसमेत लिने निर्णय गरेको यादवले बताएका छन्। चौधरी बेपत्ता भएपछि परिवारमा परेको आर्थिक कठिनाइका कारण बालबालिकाको शिक्षामा समस्या आउन सक्ने अवस्था देखिएपछि यादवको सहयोगले उनीह...
संस्कृति तथा सम्पदा संरक्षणमा योगदान पुर्‍याएका शर्मा सम्मानित
नवलपरासी (ब.सु.प.), समाचार, समाज

संस्कृति तथा सम्पदा संरक्षणमा योगदान पुर्‍याएका शर्मा सम्मानित

नवलपरासी । संस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षणमा योगदान पुर्‍याएको भन्दै संस्कृति सम्पदा संरक्षण महाअभियानका संयोजक अनिल शर्मा सम्मानित भएका छन्। दाङवोला ग्युईठिम तामाङ संघ, काठमाडौंले शनिबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा शर्मालाई सम्मान गरिएको हो। मौलिक संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षणमा उनले पुर्‍याउँदै आएको योगदानको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। रामग्राम नगरपालिका–५, नवलपरासी पश्चिम निवासी शर्मा लामो समयदेखि संस्कृति तथा सम्पदा संरक्षणसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। आफ्ना स्वर्गीय पिता दामोदर शर्माको स्मृतिमा उनले संस्कृति तथा सम्पदा संरक्षणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको आयोजकको भनाइ छ। शर्माले संस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षणलाई निरन्तरता दिँदै मौलिक पहिचान र परम्पराको संरक्षणका लागि अभियान सञ्चा...
सरावलमा रेडक्रस दिवसको अवसरमा वृहत् वृक्षरोपण, करिब ३०० बिरुवा रोपिए
समाचार, सरावल गाउँपालिका, स्वास्थ्य

सरावलमा रेडक्रस दिवसको अवसरमा वृहत् वृक्षरोपण, करिब ३०० बिरुवा रोपिए

नवलपरासी, भदौ १९ ।६४औँ नेपाल रेडक्रस दिवसको अवसरमा सरावल गाउँपालिका–२, मनरीस्थित जनता माध्यमिक विद्यालय परिसरमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी देवगाउँ उपशाखाको आयोजना तथा जनता माध्यमिक विद्यालय मनरीको सहआयोजनामा भएको कार्यक्रममा करिब ३०० वटा विभिन्न प्रजातिका शोभनीय तथा वातावरणमैत्री बिरुवा रोपिएका छन्। कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी थारू (चौधरी) प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश रेडक्रसका कोषाध्यक्ष हैदर अली मोमिन विशेष अतिथिका रूपमा सहभागी थिए। वृक्षरोपण कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। जुनियर रेडक्रसका विद्यार्थीहरूले उत्साहपूर्वक बिरुवा रोप्नुका साथै रोपिएका बिरुवाको संरक्षण र हु...
भोटेकोसी बाढीपछि सम्पर्कविहीन माधवको परिवारलाई राहत
समाचार, समाज, सरावल गाउँपालिका

भोटेकोसी बाढीपछि सम्पर्कविहीन माधवको परिवारलाई राहत

नवलपरासी, १४ भदौ ।भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन रहेका पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ नयाँटोलका माधव चौधरीको परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ। ३५ वर्षीय माधव बाढीपछि सम्पर्कविहीन भएपछि उनको परिवार आर्थिक समस्यामा परेको छ। घरको मुख्य आम्दानी गर्ने व्यक्ति नै सम्पर्कविहीन भएपछि परिवारलाई दैनिक खर्च चलाउनसमेत कठिनाइ भएको हो। परिवारको अवस्थाबारे जानकारी पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरावलका सभापति वीरेन्द्र यादवले आइतबार चौधरीको घरमै पुगेर खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराएका छन्। करिब एक महिनाका लागि पुग्ने गरी चामल, दाल, आलु, प्याज, तेललगायत सामग्री सहयोग गरिएको छ। माधव वेत्रावती विद्युत् आयोजनाको हाइटेन्सन क्षेत्रमा ट्याक्टर चालकका रूपमा काम गर्दै आएका थिए। भोटेकोसीमा आएको बाढीपछि उनी सम्पर्कविहीन भएका हुन्। माधव सम्पर्कविहीन भएपछि उनकी श्री...
भिक्षुलाई भोजनदान : बौद्ध धर्ममा सेवा र श्रद्धाको महत्वपूर्ण परम्परा
रामग्राम नगरपालिका, समाचार, संस्कृति

भिक्षुलाई भोजनदान : बौद्ध धर्ममा सेवा र श्रद्धाको महत्वपूर्ण परम्परा

परासी, १४ भदौ ।पश्चिम नवलपरासीको रामग्राम स्तूपमा वर्षाबास बसिरहेका भिक्षुहरूलाई भोजनदान गरिएको छ। हरिओम फाउन्डेसन पोखरापालीका अध्यक्ष ओमप्रकाश अग्रहरीले रामग्राम स्तूप परिसरमा वर्षाबासमा रहेका पाँच जना भिक्षुलाई भोजनदान गरेका छन्। बौद्ध धर्ममा भिक्षुलाई भोजन गराउनु खाना खुवाउने काम मात्र नभई श्रद्धा, सेवा र पुण्यसँग जोडिएको महत्वपूर्ण परम्परा मानिन्छ। भिक्षुहरू आफ्नो समय अध्ययन, ध्यान, साधना र धर्मको अभ्यासमा बिताउने भएकाले उनीहरूको दैनिक आवश्यकतामा सहयोग गर्नु बौद्ध समाजमा महत्वपूर्ण मानिन्छ। वर्षाबासका क्रममा भिक्षुहरू एकै स्थानमा बसेर ध्यान, अध्ययन र धार्मिक अभ्यास गर्ने परम्परा छ। यस समयमा स्थानीय समुदाय तथा श्रद्धालुहरूले भिक्षुलाई खाना, आवश्यक सामग्री तथा अन्य सहयोग उपलब्ध गराउने चलन छ। रामग्राम स्तूपमा यस वर्ष पहिलोपटक वर्षाबासको व्यवस्था गरिएको हो। तीन महिनासम्म चल्ने वर्...
डीजे–मुक्त र्‍यालीसहित शान्तिपूर्ण १५०१औँ मोहम्मद जयन्ती मनाउने तयारी
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

डीजे–मुक्त र्‍यालीसहित शान्तिपूर्ण १५०१औँ मोहम्मद जयन्ती मनाउने तयारी

सुकरात गौड | कोलियखबर नवलपरासी, ४ भदौ ।१५०१औँ मोहम्मद जयन्तीलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा मनाउने तयारीस्वरूप नवलपरासीका विभिन्न पालिका तथा क्षेत्रबाट आएका मुस्लिम अगुवा, मदरसा अध्यक्ष तथा प्रधानाध्यापक, धार्मिक व्यक्तित्व र बुद्धिजीवीहरूको बृहत् भेला सम्पन्न भएको छ। मदरसा प्रवद्र्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवाचको आयोजनामा सरावल गाउँपालिकाको सभाहलमा भएको भेलामा जिल्लाभरबाट प्रतिनिधित्व गर्दै आएका सहभागीहरूले मोहम्मद जयन्तीका अवसरमा आयोजना हुने धार्मिक तथा सामाजिक कार्यक्रम, र्‍याली व्यवस्थापन, सुरक्षा तथा सामाजिक सद्भावका विषयमा छलफल गरेका हुन्। कार्यक्रमको अध्यक्षता हैदर अली मोमिनले गरेका थिए। मदर बाबा पीठाधीश अमिरुल्लाह अन्सारी प्रमुख अतिथि तथा बुद्धन अली विशिष्ट अतिथिका रूपमा सहभागी थिए। भेलामा अध्यक्ष मोमिनले यस वर्षको मोहम्मद जयन्तीलाई डीजे तथा अनावश्यक...
परासीमै अर्थोपेडिक, स्पाइन तथा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

परासीमै अर्थोपेडिक, स्पाइन तथा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन

नवलपरासी ,२ भदोअर्थोपेडिक, स्पाइन तथा क्यान्सरसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै परासी बजारको मखनमोख क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ। अर्थोपेडिक तथा स्पाइनसम्बन्धी समस्या र क्यान्सरको उपचार तथा शल्यक्रियाका लागि यसअघि चितवन र काठमाडौं जानुपर्ने बाध्यता रहेकोमा परासीमै विशेषज्ञ सेवा उपलब्ध भएपछि स्थानीय बिरामीलाई सहज भएको छ। उपचारका लागि टाढा जानुपर्ने र लामो समय पालो कुर्नुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको छ। अर्थोपेडिक विशेषज्ञ डा। विजया गुप्ताको नेतृत्वमा सञ्चालनमा आएको अर्थोपेडिक स्पेसियालिटी क्लिनिकले हात, खुट्टा, जोर्नी तथा हड्डीसँग सम्बन्धित विभिन्न समस्याको निदान, उपचार तथा शल्यक्रिया सेवा प्रदान गर्दै आएको जनाएको छ। साथै, क्यान्सरसँग सम्बन्धित शल्यक्रिया तथा उपचार सेवासमेत उपलब्ध रहेको क्लिनिकले जनाएको छ। क्लिनिकका सम्बन्धमा आयोजित...
परासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा करदातामा आक्रोश, पुनःस्थापनको माग
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

परासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा करदातामा आक्रोश, पुनःस्थापनको माग

नवलपरासी, २ भदौनवलपरासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा स्थानीय करदाता, उद्योगी तथा व्यवसायीले सास्ती खेप्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन ्। मंगलवार उद्योग बाणिज्य संघमा भएको करदाता शिक्षा सम्बन्धि अन्तरक्रियामा उतm आक्रोस पोखेका हुन् ।कार्यक्रममा छुट्टै जिल्ला भएर पनि जिल्लामा रहेको आन्तरिक राजस्व कार्यालयको सेवा कार्यालय समेत हटाइए पछि करसम्बन्धी कामका लागि छिमेकी जिल्ला रुपन्देहीको भैरहवा तथा बुटवल धाउनुपर्ने बाध्यता सिर्जना भएको भन्दै उनीहरूले तत्काल परासीमा आन्तरिक राजस्व कार्यालय पुनःस्थापना गर्न माग गरेका थिए । करदाताहरूले नवलपरासीबाट राज्यलाई वार्षिक ठूलो परिमाणमा राजस्व योगदान हुँदै आए पनि करदातालाई आवश्यक सेवा प्रदान गर्ने आफ्नै जिल्लामा आन्तरिक राजस्व कार्यालय नहुनु विडम्बनापूर्ण भएको बताएका छन ्। जिल्लाबाट झण्डै आठ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन हुने अवस्थामा समेत आन्त...
रामग्रामका खोलाहरुबाट बालुवा तस्करी
अर्थ, रामग्राम नगरपालिका, समाचार

रामग्रामका खोलाहरुबाट बालुवा तस्करी

नवलपरासी,१९ साउनरामग्राम नगरपालिकाका विभिन्न खोलाबाट बालुवा चोरी तस्करी बढदै गएको छ । रामग्राम नगरपालिकासँगै स्थानिय प्रहरी र प्रशासनले चाँसो नलिदा खोलाबाट चोरी तस्करी बढेको स्थानियले बताएका हुन् ।नगरपालिकाको वार्ड नं.१४ स्थित तुरिया खोलाबाट खोलामै टेक्टर मार्फत बालुवा झिक्ने र भण्डारण गर्ने गरेका छन् । पछि भण्डारण गरिएका बालुवा बुटवल र भैरहवा पठाउदै आएको एक स्थानियले बताए । जनप्रतिनिधिहरुको आँखा अगाडी नै चोरी तस्करी हुने गरेको छ,उनले भने,तर चोरी तस्करी रोक्नमा जनप्रतिनिधिले चाँसो नलिदा मिलोमतो भएको अनुमान गर्न सकिन्छ । एका तिर राजस्व उठेन भनेर नगरपालिकाले विभिन्न विषयमा जनता माथि राजस्व उठाउन करको भार थुपार्ने तर राजस्वको स्रोत खोलानालाको बालुवा भष्कट चोरी तस्करी हुन दिईने नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको दोहरो नीति देखिएको उनको गुनासो थियो । खोला कि सबै जनताका लागि निशुल्क लैजान दिईन...
जिल्लामा नयाँ उद्योग दर्तासँगै खारेजीको संख्या पनि बढदै
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

जिल्लामा नयाँ उद्योग दर्तासँगै खारेजीको संख्या पनि बढदै

नवलपरासी,१९ साउनघरेलु तथा साना उद्योग कार्यालय नवलपरासीमा उद्योग तथा ब्यवसाय खारेजीको संख्या बढन थालेको छ । नयाँ दर्ता हुने क्रम बढे पनि खारेजी स्थित नभई संख्या बढदै गएको कार्यालयले जानकारी गराउको हो ।कार्यालयका अनुसार गत आर्थिक बर्ष २०८२।०८३ मा नयाँ उद्योग दर्तासँगै दर्ता खारेजीको संख्या पनि उलेख्य मात्रामा बढेको देखिएको छ । नयाँ दर्ताको अनुपातमा झण्डै आधा उद्योग ब्यवसाय खारेज पनि भएको कार्यालयका सुचना अधिकारी धिरेन्द्र गिरीले जानकारी गराएका थिए । कार्यालयको तथ्याँक अनुसार गत आर्थिक बर्षमा उद्योग तर्फ १ सय ५६ उद्योगको लगत कट्टा गरिएको छ । त्यसै गरि बाणिज्य तर्फ पनि १ सय ५७ गरि कुल ३ सय १३ वटा फर्म खारेज भई लगत कट्टा भएको देखिएको छ । फर्म खारेजी किन गर्न परेको बारे भन्ने यथार्थ कारणको अनुसंधान भनि नभएको अधिकारी गिरीले बताए । सम्बन्धित उद्योगी ब्यवसायिले खारेजी गर्न निवेदन दिएको आधारमा प्रक...