स्वास्थ्य सेवा प्रवाह गर्ने सरावल गाउपालिका पहिलो स्थानमा
नवलपरासी,१४ कातिकजिल्ला स्थित सातवटै पालिका मध्ये स्वास्थ्य सेवा प्रवाहमा अधिक्तम सुचकाँक पुरा गरि सरावल पाउपालिका पहिलो भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सातै पालिकाका स्वास्थ्य शाखाले सेवा प्रवाहहरुको मुल्याँकन गर्न तयार गरेको सुचकाँक अनुसार मुल्याँकन हुदा सरावल गाउपालिका पहिलो,रामग्राम नगरपालिका दोश्रो र प्रतापपुर गाउपालिका तेश्रो स्थान प्राप्त गरेका हुन् ।त्यसै गरि चौथो स्थानमा वर्दघाट नगरपालिका,पाँचौ स्थानमा सुस्ता गाउपालिका,छठौ स्थानमा पाल्हीनन्दन गाउपालिका र अन्तिम सातौ स्थानमा सुनवल नगरपालिका भएको समिक्षा कार्यक्रममा जानकारी गराइएको थियो । जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवको अध्यक्षतामा भएको दुई दिइने स्वास्थ्य कार्यक्रमहरुको आर्थिक बर्ष २०८१।०८२ को बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रमको अन्तिम दिन मुल्याँकन परिणाम सार्वजनिक गरिएको जिल्ला स्वास्थ्य कार्यालयका...










