देवगाव रेडक्रस उपशाखाद्धारा परोपकार अक्षय कोषको स्थापना
नवलपरासी,१३ साउनजिल्लाको रामग्राम ११ स्थित नेपाल रेडक्रस सोसाईटी देवगाव उपशाखाले स्थानिय स्तरमै दैविप्रकोपमा परेका विपन्न परिवारका लागि छुट्टै अक्षयकोषको स्थापना गरेको छ । उपशाखाले एक कार्यक्रम विच स्थानिय स्तरमा प्रकोप तथा विपन्नताको प्रभावलाई न्युनिकरणमा सहयोग जुटाउन सकियोस भन्ने उदेश्यले सो अक्षय कोष बनाउने कार्यको शुभारम्भ गरेको हो ।उपशाखाका सभापति रामउग्रह यादवले स्थानिय स्तरको परोपकार अक्षयकोष बनाउने सदस्यहरुले महशुस गरे पछि उपशाखाले निर्णय समेत गरेको थियो । कोषमा पहिलो पटक रेडक्रस लुम्बिनी प्रदेश शाखाका कोषाध्यक्ष हैदर अलि मोमिनले अध्यक्ष यदवलाई रु.५ हजार हस्तानान्तरण गर्दै कोषमा रकम जम्मा गर्ने कार्यको शुभासम्भ गरेका थिए । तत्पश्चात शाखाका सचिव अर्जुन चौधरी लगायत अन्य सेयर सदस्यहरुले पनि रकम जम्मा गरेका थिए । यो अभियानलाई निरन्तर जारी राख्दै उपशाखाले अन्य कार्यलाई पनि निरन्तर दिइने...










