धरम पोखरीलाई पर्यटन गन्तव्य बनाउने सम्भावना, एकीकृत विकासको माग
नवलपरासी,४ असोजजिल्लाको रामग्राम नगरपालिका–१८ धरमपुरमा रहेको ऐतिहासिक तथा प्राकृतिक महत्वको धरम पोखरीलाई व्यवस्थित गरी धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पुरातात्विक पर्यटनसँग जोडिएको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीयले माग गरेका छन्।करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको उक्त पोखरीको संरक्षण तथा पूर्वाधार विकासका लागि करिब १५ करोड रुपैयाँ बराबरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ, भने हालसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको सोही वार्डका वार्ड अध्यक्ष गोपाल डिस्वा मागरले बताए । प्राकृतिक रूपमा आकर्षक देखिने धर्मपोखरी अहिले स्थानीय तथा बाह्य क्षेत्रका मानिसका लागि पिकनिक तथा घुमफिरको स्थलका रूपमा प्रयोग हुँदै आएको छ । पर्याप्त पूर्वाधार, व्यवस्थित प्रचारप्रसार र पर्यटन मैत्री संरचनाको विकास हुन सकेमा यसलाई धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको महत्वपूर्ण गन्त...










