
नवलपरासी,१७ भदौ
जिल्ला समन्वय समिति नवलपरासीले जिल्लाको प्रगति समिक्षा कार्यक्रम गरि नयाँ अभ्यासको अनुभवन आदान प्रदान गर्ने कार्य गरेको छ । समन्वय समितिले आयोजना गरेको आर्थिक बर्ष २०८२।०८३ को बार्षिक प्रगति समिक्षा तथा सार्वजनिक निकायबाट हुने गरेका नयाँ अभ्यास सम्बन्धि अनुभवन आदान प्रदान कार्यमा जिल्लाका ३ नगरपालिका र ४ गाउपालिका गरि ७ वटा पालिकाका र प्रदेश सरकार तथा संघिय सरकार सहित विभिन्न आयोजना परियोजनाका तर्फबाट प्रस्तुतिकरण गरिएको हो ।
संघिय संसद प्रतिनिधिसभा सदस्य साँसद बिक्रम खनालको प्रमुख आथित्यतामा उतm समिक्षा कार्यक्रम भएको समन्वय प्रमुख भगौती प्रसाद यादवले जानकारी गराएका थिए । खनाल सहित संघिय साँसद नरेन्द्र कुमार गुप्ता र रिगँला यादवको समेत सहभागिता रहेको थियो । प्रदेश साँसद र पालिकाका प्रमुख प्रतिनिधिहरु समेत सहभागि कार्यक्रममा जिल्लाको समग्र विकास र समृद्धिका लागि एकताबद्ध भएर अगाडी बढनु पर्ने औल्याएका थिए । तिन तहकै सरकारले अपनत्व लिई कार्य गर्नु पर्ने भनाई सहभागिहरुले राखेका थिए ।
जिल्लामा सेवा प्रवाह गर्ने अझै पनि कतिपय कार्यालयहरु नभएको र आन्तरिक राजस्व कार्यालयको सेवा प्रवाह गर्ने सेवा केन्द्र पनि खारेज हुदा सेवाग्राही मर्कामा पर्ने गरेको हुदा जनप्रतिनिधिहरुले स्थापनााका लागि पहल गर्नु पर्ने कुरा पनि उठेको थियो । कार्यक्रमको ब्यवस्थापन तथा सञ्चालन जिल्ला समन्वय अधिकारी सुर्यवती खनालले गरेकी थिईन् । नेपालको संविधान २०७२ अनुसार जिल्ला स्तरमा जिल्ला समन्वय समिति(जिसस) रहने र उतm समिति जिल्ला सभा मार्फत निर्वाचित हुने प्रावधान छ । जिल्ला सभाले गरेको निर्णय अनुसार समितिले कार्य गर्ने छ । जिल्लामा सञ्चालित संघिय सरकार,प्रदेश सरकार,स्थानिय सरकार,विभिन्न आयोजना र परियोजनाका कार्यहरुको अनुगमन गर्ने,प्रतिवेदन तयार गर्ने,सम्बन्धित निकायमा पठाउने र सार्वजनिक गर्ने अधिकार क्षेत्र छ । तर अहिले पनि जिससले प्रभावकारी ढंगले ऐन कानुनले तोकेको कार्य गर्न नसकेको गुनासो समेत उठेको थियो ।
