१५०१औँ मोहम्मद जयन्तीको अवसरमा गमला हस्तान्तरण तथा शुभकामना आदान–प्रदान
सुकरात गौड | काेलियखबर
नवलपरासी, भदौ ८ । १५०१औँ मोहम्मद जयन्तीको अवसरमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवचले जिल्ला प्रशासन कार्यालयमा गमला हस्तान्तरण तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा शान्ति, सामाजिक सद्भाव, मानवता, महिला सम्मान, शिक्षा, वातावरण संरक्षण तथा सामाजिक सुधारका विषयमा जोड दिइएको छ।
जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा गोरखदल गणका गणपति विज्ञान पोखरेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामबहादुर केसी, सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सहायक प्रहरी उपरीक्षक गोविन्दबहादुर खाती तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप–अनुसन्धान निर्देशक प्रज्वल खड्का विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा जिल्ला...










