समाज

सडकका माटो थुपार्दा दुर्घटना बढने जोखिम
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

सडकका माटो थुपार्दा दुर्घटना बढने जोखिम

नवलपरासी,३२ असारजिल्लाको महेशपुर —त्रिवेणी सडकमा जथाभावी माटो थपुारेर अवरोध भएकोले दुर्घटनाको जोखिम बढदै गएको स्थानियले बताएका छन् । सडक स्तरोन्नती गर्ने ठेक्का लिएको ठेकेदारले सडक किनारामा माटो खसाल्नु पर्नेमा सडक नै छेक्ने गरी माटो राखेको र हप्तौसम्म माटो राखिएको थप्रो ब्यवस्थान नगर्दा अहिले सडकमा दुर्घटनाको जोखिम बढाएको स्थानियले बताएका हुन् ।सडक किनारमा खाल्टा छन्,माटो खाल्टोमै राख्दा पनि हुने हो,तर ठेकेदारको लापर्वाहीले सडकमा आउ जाउ गर्ने मोटरसाईकल,साईकल,पैदरयात्री र अन्य सवारीसाधनसँगै चौपाया जनावर समेत हिड्ने गर्छन्,त्यसैमा माटो राखिर सडक साँघुरो बनाउदा सडक दुर्घनाको जोखिम बढेको पाल्हीनन्दन गाउपालिका वार्ड नं १ शंकरपुरका स्थानिय चुल्हाई यादवले बताए । एक लैनको सडक छ,त्यसमा पनि सडक वरिपर गहिरो खाल्टाहरु छन्, उनले माटोको थप्रो देखाउदै भने,यस प्रति ठेकेदारको ध्यान गएको छैन् ।सवारी साधन द...
एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ३१ परासीको अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
नवलपरासी (ब.सु.प.), समाचार, समाज

एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ३१ परासीको अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

नवलपरासी असार १९ — एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ३१ परासी (नवलपरासी) को २९औँ साधारण सभा तथा २४औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिमा संयोजकमा राजु देवान, उप–संयोजकमा रञ्जित शर्मा, सचिवमा सुकरात गौड, सह–सचिवमा पुरुषोत्तम तिवारी तथा कोषाध्यक्षमा निरुता चौधरी चयन भएका छन्। सदस्यहरूमा निर्मला देवी जैसवाल, मुकेश नारायण लोनिया, विनोद निगम तथा अनिल प्रजापति रहेका छन्। अधिवेशनमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए। कार्यक्रममा नागरिक समाजका अध्यक्ष बेचु गौड, जिल्ला समन्वय समिति प्रमुख भगौती यादव, रामग्राम नगरपालिका की पूर्व उपमेयर रम्भा कुँवर तथा एम्नेस्टी समूह ३१ का पूर्व संयोजक बिजय जैसवालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले...
संस्कारयुक्त शिक्षा र नैतिक मूल्य विकासका लागि विद्यार्थीलाई सरल पठनीय श्रीमद्भगवद गीता वितरण
रामग्राम नगरपालिका, शिक्षा, समाचार, समाज, संस्कृति

संस्कारयुक्त शिक्षा र नैतिक मूल्य विकासका लागि विद्यार्थीलाई सरल पठनीय श्रीमद्भगवद गीता वितरण

नवलपरासी,२८ जेठजिल्लाकोे परासीस्थित सयपत्री माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ८ जना विद्यार्थीलाई सरल पठनीय श्रीमद्भगवद गीता वितरण गरिएको छ । विद्यार्थीहरूमा नैतिक शिक्षा, संस्कार, सकारात्मक सोच र जिम्मेवार जीवनशैलीको विकास गर्ने उद्देश्यले गीता परिवार नेपालले उक्त कार्यक्रम आयोजना गरेको हो ।बिहीबार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा गीता परिवार नेपालकी प्रमुख प्रशिक्षक अनामिका सिंहको नेतृत्वमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूलाई गीता हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई गीता केवल धार्मिक ग्रन्थ मात्र नभई मानव जीवनलाई सही दिशामा अघि बढाउने ज्ञानको स्रोत भएको सन्देश दिइएको थियो । पछिल्लो समय आधुनिक प्रविधिको तीव्र विकास, सामाजिक सञ्जालको बढ्दो प्रयोग र बदलिँदो जीवनशैलीका कारण बालबालिका तथा किशोरकिशोरीहरूमा नैतिक शिक्षा र संस्कारको पक्ष कमजोर बन्दै गएको चर्चा भइर...
रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि
राजनीति, रामग्राम नगरपालिका, समाचार, समाज

रामग्रामका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि

नवलपरासी,१० जेठजिल्लाको रामग्राम नगरपालिकाका दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रम गरिएको छ । जागरण मिडिया सेन्टरले ति दलित महिला जनप्रतिनिधिहरुको क्षमता अभिवृद्धि कार्यक्रमको आयोजना गरि नगरसभामा दलित महिला जनप्रतिनिधिको अर्थपुर्ण सहभागिता हुनु पर्नेमा जोड दिएको हो ।हालसम्म एक दिनको नगरसभा त्यसमा पनि एक घण्टामै सभा सकाउने परिपाटीले दलित जनप्रतिनिधि उपस्थित हुने र हाजिरी गर्नु पर्ने बाहेकका अन्य कुनै काम गर्न नपाएको गुनासो गरेका थिए । समान्य कुरा उठाउदा सुक्ष्म रुपमा मासिक सेवा सुविधा लिन छैन ? भन्दै त्रास दिईने पनि काम नगरपालिका नेतृत्वबाट आउने गरेको उनीहरुले सुनाएका थिए । दलित जनप्रतिनिधि देखाउनलाई मात्र रहेका छन्,आफ्ना वार्ड अध्यक्षले भनेको स्थानमा हस्ताक्षर गर्ने कार्य मात्र रहेको अधिकाँस दलित महिला जनप्रतिनिधिहरुको गुनासो रहेको थियो । दलित महिलाबाट कम्तीमा एक जना कार्य...
विद्युत प्रसारण आयोजनाको अवरोध हटाउन साँसदसँग आग्रह
अर्थ, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार, समाज

विद्युत प्रसारण आयोजनाको अवरोध हटाउन साँसदसँग आग्रह

नवलपरासी, २३ बैशाखविद्युत प्रसारणलाईन विस्तारमा भएको अवारेध हटाउन नेपाल विद्युत प्राविधिकरण परासी वितरण शाखाले सो क्षेत्रका संघिय साँसद नरेन्द्र कुमार गुप्तासँग आग्रह गरेको छ । स्थानिय प्रशासनको समेत वेवास्ताले परासी क्षेत्रका विद्युतको ४० हजार ग्राहकले २२ करोड नोक्सानी ब्यहोर्नुका साथै कम भोल्टेजका विद्युत बाल्न बाध्यता रहेको जनाउदै केन्द्रका प्रमुखले साँसद गुप्तासँग आग्रह गरेका हुन् ।किसानलाई सहज ढंगले सिचाई मिटर उपलब्ध गराउनु पर्ने जनताको माग लिएर केन्द्रमा पुगेको साँसदलाई केन्द्र प्रमुखले त्यसका लागि आवश्यक बजेट विनियोजनसँगै नीतिगत सुधारका लागि पहल गरिनुका साथै स्थानिय स्तरमा भएका अवरोध हटाउन पनि आग्रह गरेका थिए । केन्द्रका अनुसार विद्युत मिटरमा सिचाई मिटर भनेर उल्लेख छ,तर किसानले कृषि मिटरको माग गर्ने गरेका छन् । यसका लागि सरकारले नीतिगत रुपमै सिचाई मिटर भन्दा कृषि मिटर उल्लेख गरि पठा...
अतिक्रमित बन क्षेत्र खाली गराउन अग्रसरता लिदै शुरक्षा निकाय
नवलपरासी (ब.सु.प.), समाचार, समाज

अतिक्रमित बन क्षेत्र खाली गराउन अग्रसरता लिदै शुरक्षा निकाय

नवलपरासी,२३ बैशाखजिल्ला भित्र विभिन्न बाहानामा बनक्षेत्र अतिक्रमण गरि बस्दै आएको बस्ति हटाउने अग्रसरता डिभिजन बन कार्यालयले देखाएको छ । बुधवार प्रमुख जिल्ला अधिकारी(सिडियो) सहित सुरक्षा निकाय र राजनीतिक दल तथा बनसँग सरोकारवालाहरुको सयुतm बैठक बन अतिक्रमण गरि बसेका बस्ति तथा संघसंस्थाद्धारा गरिएको अतिक्रमण खाली गराउने रणनीति बनाउने गरि बसेको हो ।बैठकले तत्कालका लागि अतिक्रमति भुमिको लगत संकलन गर्ने र प्रदेश सरकार तथा स्थानिय तहलाई अतिक्रमित क्षेत्रका योजनामा बजेट विनियोजन नगर्ने गरि पत्राचार गरिने निर्णय भएको डिभिजन बन कार्यालयका प्रमुख राजु क्षेत्रीले जानकारी गराएका थिए । अतिक्रमण पहिचान भइ सकेका स्थान खाली गराउने तयारी गरि खाली गराईने रणनीति समेत बनाइने कार्य हुनेछ, उनले भने, विगतका अतिक्रमण र अहिले बन अतिक्रमण खाली गराउने कार्यदल सहितको निर्णय अनुसार ड्र«ोन मार्फत नयाँ अतिक्रमणको पहिचान ...
नेपाल रेडक्रस सोसाईटीको पालिका स्तरिय शाखामा नेतृत्य चयन प्रकृया अगाडी बढ्यो
नवलपरासी (ब.सु.प.), समाचार, समाज

नेपाल रेडक्रस सोसाईटीको पालिका स्तरिय शाखामा नेतृत्य चयन प्रकृया अगाडी बढ्यो

नवलपरासी, २१ वैशाख,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले पालिका स्तरीय शाखाको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाएको छ । नेपाल रेडक्रस सोसाइटीको नयाँ विधान बमोजिम पहिलो पटक पालिका स्तरीय शाखाहरुको नेतृत्व निर्वाचन मार्फत गर्न लागिएको हो ।जिल्लाका सातवटै पालिका शाखाको निर्वाचनका लागि यही वैशाख २६ गते एकै दिन मतदान गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरिएको छ । जस अनुसार आज वैशाख २१ गते सोमबार सातै पालिकाको अधिवेशनमा सहभागि हुने मतदाताहरुको नामावली प्रकाशन गरिएको मूख्य निर्वाचन अधिकारी एवं नेपाल बार एसोसिएनका अध्यक्ष अधिवक्ता रामकृष्ण पौडेलले जानकारी गराएका थिए । उनका अनुसार पालिका शाखामा उम्मेदवार हुन यही वैशाख २४ गते उम्मेदवारी मनोनयन गर्नु पर्ने छ । सर्वसम्मत नभए वैशाख २६ मा मतदान हुनेछ ।रेडक्रसको नयाँ विधान अनुसार पालिका शाखा १५ सदस्यीय हुनेछ । ति मध्ये ११ जना निर्वाचनबा...
बैशाख भित्रै अतिक्रमण र कब्जा गरिएका गण्डक आयोजनाका जग्गा र संरचना खाली गर्न सार्वजनिक सुचना
नवलपरासी (ब.सु.प.), समाचार, समाज

बैशाख भित्रै अतिक्रमण र कब्जा गरिएका गण्डक आयोजनाका जग्गा र संरचना खाली गर्न सार्वजनिक सुचना

नवलपरासी, १५ बैशाखजिल्ला स्थित गण्डक सिचाँई आयोजनासँग सम्बन्धित रहेका नहर,बाँध,सडक अन्य अतिक्रमित जग्गा खाली गर्न भन्दै सुचना जारी गरिएको छ । बालेन्द्र सरकारको सार्वजनिक जग्गा अतिक्रमण खाली गराउने अभियान अन्तरगत नै बर्षाै देखी अतिक्रमण गरि भोगचलन गर्दै आएका गण्डक आयोजनासँग सम्बन्धित जग्गा खाली गर्न गराउनका लागि नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली सेमरीले बैशाख १५ गते सुचना जारी गरि सकेको र बैशाख ३० भित्र खाली नगरिएमा कानुनी प्रकृया अनुसार खाली गराउने गरि सुचना सार्वजनिक गरेको हो ।नेपाल सरकारको मन्त्री परिषदको चैत्र १३ गते गरेको निर्णय अनुसार नै जलस्रोत तथा सिचाई विभागले गण्डक नहर सिचाई ब्यवस्थापन कार्यालयलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा अहिले ब्यवस्थापन कार्यालय सेमरीले सार्वजनिक सुचना जारी गरेको छ । सरकारको एक सय कार्यसुचि अन्तरगत नै कृषि,भुमि पुर्वाधार र आधारभुत सेवामा पर्न...
महिला नेतृत्व सशक्तिकरणका लागि पैरवी तथा नेतृत्व विकास तालिम
नवलपरासी (ब.सु.प.), समाचार, समाज

महिला नेतृत्व सशक्तिकरणका लागि पैरवी तथा नेतृत्व विकास तालिम

नवलपरासी,९ वैशाखमहिला सशक्तिकरण र जलवायु–स्वास्थ्यका सवालमा समुदायस्तरमै प्रभावकारी आवाज उठाउने उद्देश्य महिलाहरुलाई पैरवी तथा नेतृत्व विकास तालिम दिलाईएको छ । नेपाल रेडक्रस सोसाइटी नवलपरासीले तालिम सञ्चालन गरि दुई दिने पैरवी तथा नेतृत्व विकास तालिम दिलाइएको हो ।नेपाल रेडक्रस सोसाइटीद्धारा कार्यान्वयन र क्यानेडियन रेडक्रसको सहयोगमा सञ्चालित लोकलाइज्ड इनोभेसन फण्ड परियोजना अन्तर्गत बैशाख ८ र ९ गते परासीमा सम्पन्न गरिएको रेडक्रसले जनाएको छ । उक्त तालिममा महिला जलवायु स्वास्थ्य समूह का २४ जना सदस्यहरूको सक्रिय र उत्साहजनक सहभागिता रहेको थियो । तालिमले सहभागी महिलाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढ्न उत्प्रेरित गरेको देखिएका थिए ।तालिमका क्रममा नेतृत्व विकास, प्रभावकारी पैरवी गर्ने सीप, निर्णय प्रक्रियामा सहभागिता र जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पार्ने असरबारे व्यवहारिक तथा अन्तरक्रिया...
विद्युतीय सुरक्षा दिवस मनाइयो
नवलपरासी (ब.सु.प.), समाचार, समाज

विद्युतीय सुरक्षा दिवस मनाइयो

नवलपरासी,२६ चैत्र, नवलपरासीमा विहिवार “विद्युतीय सुरक्षा दिवस” विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइएको छ । नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रको आयोजनामा प्रभातफेरी गर्दै र्याली गरेर सो दिवस मनाइएको हो ।परासीबो बुद्धचोकबाट शुरु भएको सो प्रभतफेरी र्याली विभिन्न लोकतान्त्रिक चोक हुदै बजार परिक्रमा गरेको थियो । विद्युतयि सुरक्षा दिवस विद्युतीय दुर्घटना न्यूनीकरण गर्ने, सुरक्षित प्रयोगको अभ्यास बढाउने तथा सर्वसाधारणलाई सचेत बनाउने उद्देश्यले यो दिवस हरेक वर्ष मनाइँदै आएको छ । यस अवसरमा नेपाल विद्युत प्राधिकरण ले विभिन्न स्थानमा सचेतना ¥याली, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बोल्दै प्राधिकरणका अधिकारीहरूले पछिल्ला वर्षहरूमा विद्युत् विस्तारसँगै दुर्घटनाको जोखिम पनि बढ्दै गएको उल्लेख गरे।विशेषगरी अव्यवस्थित तार जडान, पुराना उपकरणको प्रयोग, भिजेको हातले...