संस्कृति तथा सम्पदा संरक्षणमा योगदान पुर्याएका शर्मा सम्मानित
नवलपरासी । संस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षणमा योगदान पुर्याएको भन्दै संस्कृति सम्पदा संरक्षण महाअभियानका संयोजक अनिल शर्मा सम्मानित भएका छन्।
दाङवोला ग्युईठिम तामाङ संघ, काठमाडौंले शनिबार काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा शर्मालाई सम्मान गरिएको हो। मौलिक संस्कृति, परम्परा तथा ऐतिहासिक सम्पदाको संरक्षणमा उनले पुर्याउँदै आएको योगदानको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
रामग्राम नगरपालिका–५, नवलपरासी पश्चिम निवासी शर्मा लामो समयदेखि संस्कृति तथा सम्पदा संरक्षणसँगै सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन्। आफ्ना स्वर्गीय पिता दामोदर शर्माको स्मृतिमा उनले संस्कृति तथा सम्पदा संरक्षणसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको आयोजकको भनाइ छ।
शर्माले संस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षणलाई निरन्तरता दिँदै मौलिक पहिचान र परम्पराको संरक्षणका लागि अभियान सञ्चा...










