प्रतापपुर गाउपालिकाको सार्वजनिक सुनुवाई
नवलपरासी,६ माघजिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिकाको सेवाबाट प्रदान गरिने सेवा सुविधाबारे जनताको गुनासो र प्रतिकृया लिने उदेश्यले सार्वजनिक सुनुवाई गरेको छ । गाउकार्यपालिका तथा विभिन्न शाखा र वार्ड कार्यालयहरु मार्फत सम्पदान हुने कार्यक्रमबारे जनताले प्रत्यक्ष सवाल जवाफ गर्ने गरि सो सार्वजनिक सुनुवाई भएको हो ।त्रिभुवन नमुना मावि परिसरमा शुक्रवार भएको सार्वजनिक सुनुवाईमा ४६ जना सेवाग्राही र स्थानियबासीले गाउ कार्यपालिका अध्यक्ष उमेशचन्द यादव लगायतका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरे सहित प्रमुख शाखाहरुमा शिक्षा र स्वास्थ्य,योजना,कृषि लगायतका कार्यक्रमसँग सम्बन्धित प्रश्नहरु उठाएका थिए । स्थानियबासीको प्रश्नको जवाफ तथा जिज्ञासा मेटाउदै अध्यक्ष यादवले विगतमा भएका कमी कमजोरीलाई सुधार्दै अबका दिनमा गाउपालिकाबाट सेवा प्रवाहमा कुनै प्रकारको ढिलाई,जनभावना विपरित हुने कार्य...




