परासीमा मंसिर ५ गते देखी १७ गतेसम्म नवलपरासी औद्योगिक ब्यपार मेला २०८० हुने
नवलपरासी,२९ आश्विनउद्योग बाणिज्य संघ नवलपरासीले ‘नवलपरासी औद्योगिक ब्यापार मेला २०८०’ यहिँ मंसिर ५ गते देखी १७ गतेसम्म सञ्चालन गर्ने भएको छ । कृषि,पर्यटन,उद्योग,ब्यपार एवं सूचना प्रविधिको वृहद प्रदशनी सहितको सो औद्योगिक ब्यवपार मेलाबारे सोमवार पत्रकार सम्मेलन गरि संघले जानकारी गराएको हो ।जिल्लालाई कृषि,पर्यटन, एवं औद्योगिक,ब्यवसायिक पर्यटकिय,कृषजन्य एवं विविध साँस्कृतिक तथा धार्मिक धरोहरको प्रवद्र्धन एवं प्रचार प्रसार गर्दै यस क्षेत्रमा साना ठूला लगानी भित्रयाउने लक्ष्य सहित मेला आयोजना गर्न लागिएको संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले जानकारी गराएका थिए । ति लक्ष्य प्राप्तीका लागि कृषक,उद्योगी र ब्यवसायिहरुको बीचमा अवसर समस्या र चुनौतीबारे अन्तरक्रिया गर्ने,जिल्ला स्थित ठूला,मझौला तथा साना तथा राष्र्टिय स्तरका उत्पादनहरुको निर्यात प्रवद्र्धनमा जोड दिदै बजार प्रवद्र्धन गर्ने,कृषि उद्योग ब्यपा...










