सिचाई आयोजनामा जम्मा भएको सिल्ट सफाई नहुदा आयोजना प्रभावित
नवलपरासी, ६ मंसिरजिल्लाको रामग्राम नगरपालिका १५ र १६ वार्ड लक्षित हकुई सिचाई आयोजना खोलामा सिल्ट जम्मा भएर जल भण्डार कम भएका कारण आयोजना प्रभावित बनेको छ । करोडौ रुपिया लगानी गरि निर्माण गरिएको सिचाई आयोजनको बाँध नजिकै बालुवा जम्मा हुदा जल भण्डार कम भएको कुरा नगरपालिकालाई पटक पटक जानकारी गराउदै आएको भए पनि नगरपालिकाले चाँसो नलिदा आयोजना प्रभावित बनेको हो ।सिचाई आयोजना भित्र जम्मा भएको बालुवा सफाई नहुदा किसान सिचाई गर्न नपाएर मर्कामा पर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकार सिचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण गरिएको उक्त आयोजनाको सर पानी स्रोतको सरसफाई नहुदा आयोजनाको जल भण्डार हुने स्थानमा बालुवा जम्मा भएको स्थानियले बताए । आयोजना निर्माण भयो,तर यसको दिर्घकालिन योजना बन्न नसक्दा सिचाई आयोजना प्रभावित बनेको छ । सरकारको करोडौ लगानीको सिचाई आयोजना डिभिजन कार्यालयको लापार्वाहीले किसानले सिचाई...










