Author: Bechu Gaud

पाल्पा सिमेन्टले बनक्षेत्र अतिक्रमण गरि सडक बनाएको आरोप
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

पाल्पा सिमेन्टले बनक्षेत्र अतिक्रमण गरि सडक बनाएको आरोप

नवलपरासी,२५ असारजिल्लाको सुनवल नगरपालिका ७ स्थित लोकेश्वर सामुदायिक बन क्षेत्र भित्र पाल्पा सिमेन्ट मिलले बनको जग्गा अतिक्रमण गरि सडक बनाएको आरोप सामुदायिक बनले आरोप लगाएको छ । बनक्षेत्र भित्र २२ फिट चौडाईको ७ सय मिटर भन्दा लामो सडक बनाएर मिलले आफ्नो टिपर र ट्रकहरुबाट ढुवानी गर्दै आएको सामुदायिक बनले जानकारी गराएको हो ।बनक्षेत्रमा अतिक्रमण गरि बनाइएको सडक रोकाउनका लागि आफुले डिभिजन बन कार्यालयलाई जानकारी गराउदा पनि खासै पहल नभएको सो सामुदायिक बनका अध्यक्ष कृष्णलाला काफ्लेले सुनाए । पाल्पा सिमेन्ट ठूलो उद्योग पतिहरुको हो,उनले भने,उनीहरुसँग हाम्रो पहुँच नै पुग्न सक्दैन्,यता डिभिजन बन कार्यालय र नगरपालिकालाई त्यसबारे जानकारी गराइएको छ,त्यहाँबाट पनि पहल भई रहेको छैन् । बनक्षेत्र अतिक्रमण गरि एक निजी कम्पनीले आफ्नो स्वार्थमा प्रयोग गर्दै आएको छ । छेउँमै रहेको सडकमा क्षमता भन्दा बढि भारी बोकेर आ...
रामग्राम ३ का वार्डअध्यक्षको पहलमा वार्डबासीले पाउने भए निःशुल्क र सहुलियत स्वास्थ्य सेवा
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

रामग्राम ३ का वार्डअध्यक्षको पहलमा वार्डबासीले पाउने भए निःशुल्क र सहुलियत स्वास्थ्य सेवा

नवलपरासी,२५ असारजिल्लाको रामग्राम नगरपालिका वार्ड नं.३ का जनताले अस्पतालबाट केही निशुल्क सेवा पाउने भएका छन् । सोही वार्डमा रहेको एक निजी स्तरको अस्पतालले वार्ड कार्यालयको आग्रहमा अस्पतालबाट पाउने केही सेवाहरु निशुल्क र केही सहुलियतपुर्ण सेवा दिइने भएको हो ।वार्ड नं.३ का वार्ड अध्यक्ष उज्जवल न्यौपानेले आफ्नै वार्डमा रहेको निजी स्तरको इभरग्रिन अस्पताललाई आग्रह गरे पछि वार्डबासीलाई पाँच प्रकारको सेवामा निशुल्क र सहुलिय प्रदान गर्ने भएको जानकारी गराए । यो वार्डबासीकै लागि एक सुखद अवसर हो, उनले भने, अस्पताल यसै वार्डमा सञ्चालन छ,वार्डमा नगरपालिकाले हालसम्म कुनै स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्य सँस्था स्थापना पनि गर्न सकेको छैन् । वार्डका बासिन्दालाई स्वास्थ्य सेवामा के कसरी सहुलियत दिलाउन सक्ने बारे छलफल गरिए पछि अस्पताल सञ्चालकले अस्पतालको ओपिडि टिकट तथा जाँच (विहान १० बजे देखी दिउ...
प्रतापपुरमा विद्यालयका आमा अभिभावकलाई शैक्षिक जागरण गराउदै पुर्व साँसद हरिजन
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुरमा विद्यालयका आमा अभिभावकलाई शैक्षिक जागरण गराउदै पुर्व साँसद हरिजन

नवलपरासी,२३ असारसामुदायिक विद्यालयमा पुर्ण निशुल्क गुणस्तरिय शिक्षाका लागि स्थानिय कानुनी सहायता तथा अनुसंधान केन्द्रले शैक्षिक जागरण शुरु गरेको छ । जिल्लाको प्रतापपुर गाउपालिकाबाट सो जागरण कार्यक्रम शुरु गरिएको केन्द्रले जानकारी गराएको हो ।विद्यालयका आमा अभिभावकहरुलाई संगठित गर्दै पहिला शिक्षा प्रति उनीहरुलाई जागरुक बनाउदै उनीहरु मार्फत नै स्थानिय सरकारको ध्यानाकर्षण गराउने गरि जागरण कार्यक्रम शुरु गरिएको संस्थाका संरक्षण समेत रहेका संघिय संसद राष्ट्रिय सभाका पुर्व साँसद रामलखन हरिजनले बताए । संविधानमा आधारभुत तहको शिक्षा सबैलाई अनिवार्य र माध्यमिक तहको शिक्षा पुर्ण निशुल्क भएको ब्यवस्था भए पनि अधिकाँश विद्यालयले विभिन्न बहानामा शुल्क लगाउदै आएको जानकारी गराए । पहिला अनुसंधान गरियो, उनले भने, अब त्यसबारे संगठित आवाज उठाउनका लागि अभिभावकलाई जागरण गर्ने कार्य भई रहेको छ । अभिभावकलाई जागरणसँ...
रामग्राम १६ सितापुर कोटहीमाई स्थानमा पुरातात्विक खोज
रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम १६ सितापुर कोटहीमाई स्थानमा पुरातात्विक खोज

नवलपरासी,७ असारप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) नजिकै जिल्लाको रामग्राम नगरपालिका १५ ननईमा सडक खन्ने क्रममा पुरातात्विक बस्तुहरु फेला परेसँगै रामग्राम १६ सितापुर स्थित कोटहीमाई स्थानमा पनि पुरातात्विक खोजमा स्थानिय लागेका छन् । राजधानी कोलनगरमा पाईने खैरो भाडा(ग्रेवेयर) जस्तै उतm स्थानमा प्राचिन बस्तु फेला परेको र सोही अनुसार सितापुरको कोटहीमाई स्थानमा पनि पुरातात्विक खोजका लागि पुरातत्वको खोज गर्न लागेका हुन् । राजधानीसँग समकालिन कुनै नगर भएको र उतm स्थानमा राजधानी कोलनगर (पण्डितपुर) कै समकालिन बस्तु पनि भएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताएका थिए । अहिले यादवलाई नै सितापुरमा पनि लगेर अध्ययनका लाग पुरातात्विक समाग्रि संकलन गर्न लगाइएको स्थानिय राधेश्याम सिँह सैथवारले बताए । कोलनगरको कोटहीमाईसँगै साईने भएको यो सितापुर पनि पुरातात्विक स्थल भएको स्था...
प्रतापपुर गाउपालिकाले चलायो ‘न्यायमा पहुँच कार्यक्रम’
प्रतापपुर गाँउपालिका, समाज

प्रतापपुर गाउपालिकाले चलायो ‘न्यायमा पहुँच कार्यक्रम’

नवलपरासी,४ असारजिल्लाको प्रतापपुर गाउपालिकाको न्यायिक समितिले ग्रामिण भेगका जनतालाई ‘न्यायमा पहुँच कार्यक्रम’ सञ्चालन गरेको छ । गाँउ गाँउमै पुगेर न्यायिक समितिका संयोजक समेत रहेकी गाउपालिका उपाध्यक्ष मानकुमारी चौधरीले न्यायिक समितिको काम कर्तब्य र अधिकार र जनताले पाउने न्यायिक सेवाबारे जानकारी गराएकी हुन् ।उपाध्यक्ष तथा न्यायिक समितिका सँयोजक चौधरीले न्यायिक समिति कार्यक्रम अन्तरगत नै जनताको न्यायमा पहुँच कार्यक्रम बनाएर कार्यापालिका कार्यालय देखी टाढा रहेका गाँउ तथा अतिदुर्गम गाँउमा पुगेर न्यायिक समितिको सेवाबारे जानकारी गराउने अभियान चलाएकी छिन् । नेपालको संविधान २०७२ अनुसार गणतन्त्र मार्फत घरदैलोमै सरकार आउनुसँगै सरकारको महत्वपुर्ण तेश्रो अँग न्यायपालिका जुन गाउपालिका सरकारमा न्यायिक समिति मार्फत न्याय सेवा दिदै आएको बताएकी थिईन् । फौज्दारी प्रकृतिका मुद्दा बाहेक धेरै जसो न्याय सेवाका ल...
गण्डक नहरमा पानी प्रवाह भए पछि स्थानिय किसानलाई राहत
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

गण्डक नहरमा पानी प्रवाह भए पछि स्थानिय किसानलाई राहत

नवलपरासी,३ असारनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीले बेलामै पानी प्रवाह गरे पछि गण्डक क्षेत्रका किसानलाई विउँ राख्न र रोपाई गर्न सहज भएको छ । गत साता देखी नै नहरमा पानी प्रवाह भए देखी गण्डक सिचिंत क्षेत्रका किसानलाई राहत पुगेको हो ।पानी नपर्दा अन्य क्षेत्रका किसानहरु अहिले पनि अकासे पानी पर्खेर बसेको वा बोरिगँमा लगानी गरि ब्याडमा विँउ जोगाउने कार्य गरिरहदा गण्डक क्षेत्रमा नहरको पानीले रोपाई सहज बनेको किसानहरुले बताएका छन् । नहरको पानीले रोपाई गर्न ठूलो राहत भएको छ, पाल्हीनन्दन ३ कुश्माका किसान तारेन्द्र बर्माले भने, नहरले यसरी नै किसानलाई आवश्क भएको बेला पानी पालो मिलाई प्रवाह गरिदिनु पर्छ । किसानको उत्पादन लागत घट्छ,उत्पादनमा समेत वृद्धि हुने उनले बताए । नहरको पानीले वरिपरिका पोखरी, तालतलैयामा पनि पानी भरिएका छन्,अभावको बेला ति पानी पनि प्रयोगमा ल्याउन सकिन्छ । नभएको माटो रिचार्जलाई सहज...
पाल्हीनन्दनमा चलेको विद्यालयसँग उपाध्यक्ष अभियानले अभिप्रेरित विद्यार्थी गाउपालिका पुगेर उपाध्यक्ष भेटे
पाल्हिनन्दन गाउँपालिका, राजनीति, समाचार

पाल्हीनन्दनमा चलेको विद्यालयसँग उपाध्यक्ष अभियानले अभिप्रेरित विद्यार्थी गाउपालिका पुगेर उपाध्यक्ष भेटे

नवलपरासी,२ असारजिल्लाको पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्षले सामुदायिक विद्यालयका बालबालिकालाई भविष्यमा समाजको नेतृत्व गर्न सकुन भनेर सञ्चालन गरेको कार्यक्रमको प्रभाव पर्न थालेको छ । गत फागुन महिना भरि सामुदायिक विद्यालयहरुमा पुगेर विद्यार्थीबाट भविष्यका नेता भन्दै अवार्ड प्रदान गर्दै उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले नेतृत्व लिन अगाडी बढन आग्रह गरेको दुई महिना नवित्दै विभिन्न विद्यालयका विद्यार्थीहरु अहिले गाउपालिकामा उपाध्क्ष भेट्न आउन थाल्दा अभियानको असर देखिन थालेको हो ।गाउपालिकाको वार्ड नं.१ सुनरी स्थित बालशिक्षा निकेतन माविमा पुगेर उपाध्यक्ष सकिनाले उपाध्यक्षको काम कर्तब्य अधिकारबारे जानकारी गराउदै आफु विद्यार्थी देखी नै नेतृत्व गर्ने इच्छा रहेको र काम गर्दै अहिले उपाध्यक्ष भएको सुनाएकी थिईन् । सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकासँग भेटघाट कार्यक्रम गर्दै उत्कृष्ट १० जना ...
जुनसुकै मेडिकल अधिकृतबाट निरोगिता प्रमाणपत्र जारी मान्य हुने ः यातायात कार्यालय
नवलपरासी (ब.सु.प.), समाचार, समाज

जुनसुकै मेडिकल अधिकृतबाट निरोगिता प्रमाणपत्र जारी मान्य हुने ः यातायात कार्यालय

नवलपरासी,२ असारविगतमा चालक अनुमति पत्र लिन वा नविकरण गराउदा मेडिकल जाँचमा एकाधिकार समस्याको अन्त भएको यातायात ब्यवस्था कार्यालय नवलपरासीले जनाएको छ । यातायात कार्यालयबाट चालक अनुमति पत्र लिदा वा नविकरण गराउदा स्वास्थ्य परिक्षण गर्न सरकारले नै खुल्ला गरेको हुदा जुन सुकै नेपाल मेडिकल काउन्सिलबाट एनएमसि नम्बर प्राप्त गरेका मेडिकल अधिकृतले जाँचेको प्रमाण पेश गर्दा मान्य हुने निर्णय गरेको यातायात ब्यवस्था कार्यालय परासीले जानकारी गराएको हो ।यातायात कार्यालय नजिकै कुनै सिमित मेडिकल जाँचका लागि चिकित्सक बस्ने र मनलागी रकम असुल गर्ने जस्ता सिण्डिकेट अहिले खारेजको अवस्था रहेको यातायात कार्यालयका प्रमुख मुतिm पाण्डेले बताए । विगतमा मेडिकल जाँचमा सिण्डिकेट थियो,तर अहिले हटेको छ, उनले भने, यसमा भ्रममा नपर्न सेवाग्राहीलाई आग्रह गरेका छन् । यातायात कार्यालय नजिकै मेडिकल जाँच गर्ने चिकित्सक छन्,तर उनले ग...
सडक खन्दा कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला
पर्यटन, रामग्राम नगरपालिका, समाचार

सडक खन्दा कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला

नवलपरासी,१ असारप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) नजिकै जिल्लाको रामग्राम नगरपालिका १५ ननईमा सडक खन्ने क्रममा पुरातात्विक बस्तुहरु फेला परेका छन् । राजधानी कोलनगरमा पाईने खैरो भाडा(ग्रेवेयर) जस्तै उक्त स्थानमा प्राचिन बस्तु फेला परेको हो ।राजधानीसँग समकालिन कुनै नगर भएको र उक्त स्थानमा राजधानी कोलनगर (पण्डितपुर) कै समकालिन बस्तु पनि भएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताए । स्थानिय कोटही माई स्थानमा सडक पुर्याउने उदेश्यले जेसिबिले खन्दा पुरै भाडै भाडाका टुक्राहरु फेला परेको उनले देखाए । यसबारे आफुले पुरातत्व विभागलाई जानकारी समेत गराएको जानकारी गराए । तर पुरातत्व विभागबाट अहिलेसम्म कोही आएका छैनन्,उनले भने,त्यहाँ भेटिएका पुरातात्विक भाडाका टुक्राहरु केही ल्याएर घरमै संरक्षित गरि राखेको छ,बाकी त्यही यत्रतत्र छरिएका छन् । ति बस्तुको संरक्षण गर्ने स्थानिय तह वा ...
रामग्राम स्तुप परिसर नजिकै रहेको उनवछ स्वास्थ्यचौकीमा वृक्षारोपण गरि मनाईयो विश्व वातावरण दिवस
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप परिसर नजिकै रहेको उनवछ स्वास्थ्यचौकीमा वृक्षारोपण गरि मनाईयो विश्व वातावरण दिवस

नवलपरासी,२५ जेठविश्व वातावरण दिवसको अवसरमा रामग्राम स्तुप परिसर स्थित उनवद्ध स्वास्थ्य चौकीको कम्पाउण्डमा वृक्षारोपण गरिएको छ । कोलिय फाउण्डेसन नवलपरासीको सहयोग र स्वास्थ्य चौकीको आयोजना सो कार्यक्रम गरिएको हो ।नवनिर्मित भवनको कम्पाउण्डमा विभिन्न प्रजातीका वृक्षारोपण गरि विश्व वातावरण दिवस मनाइएको स्वास्थ्य चौकी इन्चार्ज बलिराम कोईरीले बताए । पर्यटकिय स्थल रामग्राम स्तुप नजिकै रहेको उतm स्वास्थ्य चौकी भवनबाट छिट्टै सेवा प्रदान गरिने जनाकारी गराउदै उनले मानिसकै कारण पृथ्वीमा भई रहेको जलवायु परिवर्तनले सबै प्राणीजगतलाई प्रभावित बनाएको बताए । जलवायु परिवर्तनको अनुकुलनमा पुनः सबै मानव समुदाय लाग्नु पर्ने उनले औल्याएका थिए । प्राणी र बनस्तपतिको अन्तरसम्बन्ध छ, उनले भने,पृथ्वीमा जिवन सुरक्षित राखि राख्नका लागि प्राणी र बनस्पतिको सन्तुलन पनि आवश्यक छ । यसका लागि खाली कुनै पनि स्थानमा वृक्षारोपण ग...