Author: Bechu Gaud

कृषकका केरा बजारीकरण गर्न परासीमा फलफूल केन्द्र सञ्चालन
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

कृषकका केरा बजारीकरण गर्न परासीमा फलफूल केन्द्र सञ्चालन

नवलपरासी,२९ साउनजिल्लामा उत्पादित केराको बजारीकरण गर्नका लागि जिल्लाको सदरमुकाम परासीबजारमा फलफूल सेन्टर सञ्चालमा आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको सहयोगमा सो फलफूल केन्द्र सञ्चालनमा आएको हो ।जिल्लाको पुर्वी क्षेत्रका सुस्ता,प्रतापपुर र सरावल गाउपालिकामा ब्यवसायिक केरा खेती भई रहेको तर विगत बर्ष देखी नै बजारीकरणमा समस्या हुने गरेको कृषकको गुनासो सम्बोधन गर्नका लागि कार्यक्रमले सोही क्षेत्रका कृषक रामकलप कोईरीलाई केन्द्र सञ्चालन गर्न सहजीकरण गरेको थियो । अहिले सो केन्द्र भैरहवा भुमही बन्दरगाह मार्गमा सञ्चालनमा ल्याइएको छ । यसले गर्दा कृषकहरु आफ्नो खेतको केरा सो केन्द्रमा पुर्याउने र देशका विभिन्न बजारबाट ओहोर दोहोर गर्ने ब्यवसायिले सहज ढंगले केन्द्रबाट केरा खरिद गरि लैजान सक्ने गरि ब्यवस्था मिलाईएको केन्द्रका सञ्चालक कोईरीले जानकारी गराएका छ । गत असार महिनामा सो केन्द्र सञ्...
संविधानमा राखिएको निशुल्क शिक्षा सम्बन्धि प्रावधान सरकारहरुले जनतालाई प्रत्याभुत गराउनु पर्छः संविधानसभा सदस्य खनाल
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

संविधानमा राखिएको निशुल्क शिक्षा सम्बन्धि प्रावधान सरकारहरुले जनतालाई प्रत्याभुत गराउनु पर्छः संविधानसभा सदस्य खनाल

नवलपरासी,१८ साउनसंविधानमा उल्लेखित प्रावधानलाई मुलुकका तिनवटै सरकारले लागु गर्दै जनतालाई प्रत्याभुत गराउनु पर्ने संविधान सभा सदस्य तथा नेपाली काँग्रेसका नेता विक्रम खनालले बताएका छन् । जिल्लाको प्रतापपुर गाउपालिकालाई कुनै पनि प्रकारको शुल्क नलिईने(पुर्ण निशुल्क) शिक्षा दिईने गारि सञ्चालन भई रहेको अभियान प्रति ऐक्यबद्धता जनाउदै उनले सो कुरा बताएका हुन् ।गाउपालिकामा आयोजित निशुल्क शिक्षाका लागि सरोकारवालाहरुको विच सम्वाद कार्यक्रममा बोल्दै उनले भने, कुनै पनि मुलुकको समृद्धि शिक्षाले सम्भव भएको कुरालाई अंगिकार गरि संविधानमै माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने प्रावधान नेपालको संविधान २०७२ मा उल्लेख छ । सोही अनुसार नै कानुन बनाई शिक्षामा लगानी बढाउन समेत उनले सुझाव दिइएका थिए । कानुनी सहायता तथा अनुसन्धान केन्द्र(लार्क)द्धारा आयोजित उतm संवाद कार्यक्रममा गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले ...
कोलियहरुको प्राचीन कोलनगर नजिकै फेला परेको पुरातात्विक स्थलमा ‘यशोधरा उद्धान क्षेत्र’
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलियहरुको प्राचीन कोलनगर नजिकै फेला परेको पुरातात्विक स्थलमा ‘यशोधरा उद्धान क्षेत्र’

नवलपरासी,१६ साउनप्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) नजिकै फेला परेको प्राचिन पुरातात्विक स्थल नजिकै यशोधरा उद्धानको रुपमा विकास गर्न सरोकारवालाले जनाएका छन् । केही महिना पहिला जिल्लाको रामग्राम नगरपालिका १५ ननईमा सडक खन्ने क्रममा पुरातात्विक क्षेत्र पहिचानमा आए पछि ति स्थानबारे पुर्वानुमान गर्दै यशोधरा उद्धान क्षेत्रको रुपमा विकास गर्नु पर्ने सरोकारवालाले जानकारी गराएका हुन् ।प्राचिन राजधानी नजिकै रहेको उतm स्थानमा बस्ति खासै नरहे पनि राजधानीकै समकालिन प्राचीन बस्तु फेला पर्नाले राजधानीकै राजपरिवारसँग कुनै स्थान भएको अनुमान गर्दै सो क्षेत्र यशोधरा उद्धान क्षेत्रको रुपमा विकास गरिनु पर्ने स्थानिय नारद यादवले बताए । रामग्राम नगरपालिकाका पुर्व इन्जिनियर सतिस गुप्ता,नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार,अधिकारकर्मी बिजय जैसवाल सहितको टोली स्थानिय स्तरमा स्थलगत गर्दै पुरातात...
पाल्हीनन्दन गाउपालिकाले सम्पन्न गर्यो १७ औ गाउसभा
पाल्हिनन्दन गाउँपालिका, राजनीति, समाचार

पाल्हीनन्दन गाउपालिकाले सम्पन्न गर्यो १७ औ गाउसभा

नवलपरासी,१५ साउनजिल्लाको पाल्हीनन्दन गाँउपालिकाले १७ औ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८१÷०८२ को अनुमानित आय व्यय विवरण प्रस्तुत भएको छ । ढिलै भए पनि मंगलबार आयोजित गाउँसभामा अध्यक्ष वैजु प्रसाद गुप्ताले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष फातिमा खातुन अन्सारीले बजेट प्रस्तुत गरेकी हुन ।सो सभामा गाँउपालिकाले ५२ करोड ९२ लाख ५३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको थियो । उक्त बजेट अन्तर सरकारी अख्तियारी बाहेकको बजेट भएको गाउँपालिकाले जानकारी गरायो । सो बजेट कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, सुशासन प्रवद्र्धन, कृषिमा किसान सहयोगी विभिन्न कार्यक्रमलाई प्राथमिकता दिइएको छ । उतm बजेटमा सशर्त, समपुरक र विशेष अनुदान बाहेक कुल २७ करोड ९५ लाख बजेटमा चालु तर्फ ५६ दशमलव ५ प्रतिशत र विकास बजेट ४३ दशमलव ३ प्रतिशत विनियोजन गरिएको छ । बजेटमा ६ वटा वडालाई एक ...
रामग्राम स्तुपमा गरिएको उत्खनन क्षेत्रको ब्यवस्थापनमा वेवास्ता
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा गरिएको उत्खनन क्षेत्रको ब्यवस्थापनमा वेवास्ता

नवलपरासी,१० साउनभगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुप क्षेत्रमा भएको उत्खनन क्षेत्रको उचित ब्यवस्थापन हुन नसकेको स्थानियले बताएका छन् । स्थानियका अनुसार उचित ब्यवस्थान हुन नसक्दा उत्खनन भएका तिन वटा ट्रेन्चमा माटो पुरिए पनि अहिले भासिएर खाल्टो बनेको हो ।पुरातत्व विभागले उत्खनन गरेर पुनः खाल्टो पुरेको थियो,तर ति क्षेत्रको उचित ब्यवस्थान गर्ने कार्य चाहे पुरातत्व विभाग होस,चाहे लुम्बिनी विकास कोष दुबैले त्यसको संरक्षणमा वास्ता गरेका छ्रैनन् । आफुले लुम्बिनी विकासको कारण काम गर्न नपाएको सधै आरोप लगाउदै गफ ठोक्ने नगरपालिकाको समेत त्यस प्रति ध्यान गएको छैन्,नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिँह सैथवारले भने,जनता माझ ठूला ठूला गफ र प्रतिवद्धता जनाउने निकायको यस्तो हविगत देखिएको छ । गफ हाक्नु फरक हो,उनले थपे,तर काम नै गर्न परे विकास र प्रवद्र्धनका कार्य गर्न नसके पनि उचित संरक...
ओल्मा काउन्सिल नेपाल नवलपरासीमा नयाँ नेतृत्व
रामग्राम नगरपालिका, शिक्षा, समाचार

ओल्मा काउन्सिल नेपाल नवलपरासीमा नयाँ नेतृत्व

नवलपरासी,८ साउनमदरसामा पठनपाठन गराउने इस्लामिक धार्मिक शिक्षक(ओल्मा)हरुको संगठन ओल्मा काउन्सिल नेपाल नवलपरासीमा नयाँ नेतृत्व चयन भएको छ । नवलपरासीमा भएको ओल्माहरुको अधिवेसनले ओल्मा खुशबुदिन ओजामी (जहिरुदिन)को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।नवगठिन समितिको उपाध्यक्षमा हजरत हाफिज तसउबर अली,खजन्वि हजरत मौलाना अखतर रजा तन्वीरी,सचिव अखतर अली,सहसचिव कारी मुहम्मद हुसेन चयन भएको ओल्मा काउन्सिल नेपालका केन्द्रिय अध्यक्ष सैयद गुलाम हुसेनले जानकारी गराएका थिए । उनका अनुसार सदस्यहरुमा अब्दुलकुदुस इशाअली,इम्तियाज अहमद,ग्यासुदिन,अलाउदिन फैजी,मौलाना मुफ्ती अरशद रजाफैजी,मोहत्तरमा सयदा फुलजन्नत साहिबा र मौलाना हसन अलीमी रहेका छन् । त्यसै गरि सो अधिवेसनबाट नै नगरपालिका स्तरको पनि काउन्सिल गठन गरिएको उनले बताए ।जस्को रामग्राम नगरपालिकाको अध्यक्षमा मौलाना सद्दाम हुसेन,सुनवलको अध्यक्षमा आलीजनाब कसिम अली...
पशु सेवा सम्पर्क कार्यालयमा साधन स्रोतको कमी
कृषि, पाल्हिनन्दन गाउँपालिका, समाचार

पशु सेवा सम्पर्क कार्यालयमा साधन स्रोतको कमी

नवलपरासी,८ साउनजिल्लाको पाल्हीनन्दन ५ गेर्मि स्थित पशु सेवा सम्पर्क कार्यालय सञ्चालनमा आए देखी नै नेपाली पशुपालक किसानसँगै भारतिय किसानले सेवा लिन सहज भएको छ । सिमित साधन स्रोतले सञ्चालन हुदै आएको उतm सेवा सम्पर्क कार्यालयले सेवा प्रदान गर्दै आएको जानकारी गराएको हो ।नेपाल सरकारको एक गाँउ एक पशु प्राविधिक(ओभिओटी) सेवा अन्तरगत २०७३ सालमा स्थापना भएको सो सम्पर्क कार्यालयले स्थानिय पशुपालक किसानको पशुपंक्षी तथा चौपायामा देखिने परजिवि परिक्षण गरी उपचार सेवा दिदै आएको कार्यालयका नाप्रस दिनेश पत्थरकट्टाले बताए । पहिला नेपाल सरकारले सिमावर्ति गाविसहरुमा यस्तो प्राविधिक राख्ने भनेर कार्याक्रम ल्याएको थियो,उनले भने,त्यही बेला देखी केही पशु स्वास्थ्य परिक्षणका लागि उपकरणहरु,आधारभुत औषधी उपलब्ध गराएर तत्कालिन गाविसको एक कोठाबाट सेवा शुरु गरिएको थियो । अहिले पनि त्यही अवस्थामा रहेको छ । अहिले यो कार्या...
रामग्राम स्तुपमा ध्यानअभ्यास र दिप प्रज्जवलन गरि मनाइयो बुद्धको महाभिनिष्क्रमण तथा धर्मचक्र पर्वतन दिवस
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा ध्यानअभ्यास र दिप प्रज्जवलन गरि मनाइयो बुद्धको महाभिनिष्क्रमण तथा धर्मचक्र पर्वतन दिवस

नवलपरासी,६ साउनजिल्ला रामग्राम ७ उजैनी स्थित भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रमा ध्यानअभ्यास र दिप प्रज्जवन गरि असार पुर्णिमा मनाइएको छ । विपश्यनाका साधक साधिकाहरुको समुहले भगवान गौतम बुद्धले बुद्धत्व प्राप्ती पछि पहिलो पटक धर्मचक्र चलाएको दिन धम्मचक्र पर्वतन दिवस तथा बुद्धत्वको प्राप्तीको लागि सिद्धार्थ गौतमले गृहत्याग(महाभिनिष्क्रमण) लिइएको दिन महाभिनिष्क्रमण दिवस स्तुप क्षेत्रमा मनाएको हो ।विपश्यनाका सहायक अचार्य रामप्रसाद पाण्डे सहितको उपस्थितीमा ति दुबै दिवस मनाइएको थियो । बुद्धको जिवनका महाभिनिष्क्रमण र धर्मचक्र पर्वतन धेरै महत्वपुर्ण घटनाबारे जानकारी गराएका थिए । धर्मचक्र प्रवर्तन सुत्त सुन्दै ध्यान अभ्यास गरिएको र सिद्धार्थको महाभिनिष्क्रमण दिवसलाई सम्झदै स्तुपको चारै तिर दिप प्रज्वलन गरिएको उनले जानकारी गराए । यसको अध्यात्मिक महत्व छ, सहायक अचार्यले सुनाउदै ...
प्रतापपुरमा पुर्ण निशुल्क शिक्षाका लागि शसतिmकरण कार्यक्रम
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुरमा पुर्ण निशुल्क शिक्षाका लागि शसतिmकरण कार्यक्रम

नवलपरासी,७ साउनजिल्लाको प्रतापपुर गाउपालिकालाई कुनै पनि प्रकारको शुल्क नलिईने(पुर्ण निशुल्क) शिक्षा दिईने गाउपालिका घोषणा गर्न विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका प्रतिनिधिलाई शसतिmकरण कार्यक्रम गरिएको छ । संविधान तथा ऐन कानुनमा आधारभुत शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहको शिक्षा निशुल्क दिईने प्रावधान भए पनि विभिन्न बाहानामा विद्यालयले शुल्क लिइने कार्य गरिरहेको हुदा त्यसबारे जानकारी गराउने उदेश्यले पालिका भरिका विद्यालय ब्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघलाई शसतिmकरण कार्यक्रम गरिएको हो ।विद्यालय ब्यवस्थापन समितिको काम कर्तब्य र अधिकारबारे जानकारी गराउने,अभिभावक प्रति जवाफदेही र जिम्मेवार बनाउने उदेश्यले सो शसतिmकरण कार्यक्रम गरिएको कानुनी सहायता तथा अनुसंधान केन्द्रका संरक्षक समेत रहेका संघिय सँसद राष्ट्रिय सभाका पुर्व साँसद रामलखन हरिजनले बताए । कानुनको पालना ...
धनेवा खोला डुबान नियन्त्रण कार्य गर्न तिन दशक देखी नेताको आश्वासन मात्र
कृषि, समाचार, सरावल गाउँपालिका

धनेवा खोला डुबान नियन्त्रण कार्य गर्न तिन दशक देखी नेताको आश्वासन मात्र

नवलपरासी,२९ असारविगत तिन दशक देखी डुबानको समस्या झेल्दै आएको सरावलमा डुबान गर्ने धनेवा खोलाको डुबान नियन्त्रण कार्य यस बर्ष पनि नेताहरुको आश्वासन मै सिमित भएको छ । जिल्लाको सरावल गाउपालिकाले बर्षेनी डुबान झेल्दै आएको धनेवा खोलामा काम गर्न बनाएको डिपिआर बनाए पनि कुनै पनि सरकारले बजेट विनियोजन नगरे पछि जस्ताको तस्तै अवस्थामा रहने देखिएको हो ।खोलाको ब्यवस्थापनसँगै खोलालाई उपयोग हुने गरि धनेवा करिडोरको (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर गराएको भए पनि कुनै पनि सरकारले बजेट विनियोजन नभए पछि सो डिपिआर अनुसारको काम नहुने गाउपालकाले जानकारी हो । यस क्षेत्रको भ्रमण प्रदेशसभा सदस्य देखी संघिय साँसद र पुर्व मन्त्रिहरुले समेत स्थलगत अवलोकन गर्न आउने र अगामी बर्षमा यसको निकास निकल्ने आश्वासन दिदै आएको पुनरावृति यस बर्ष पनि भएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गुनासो गरे । गाउपालिकाको सिमिति बजे...