Author: Bechu Gaud

भारतिय माछा प्रवेशले नेपाली माछा किसानलाई असर, नियन्त्रण गर्न किसानको माग
अर्थ, कृषि, रामग्राम नगरपालिका, समाचार

भारतिय माछा प्रवेशले नेपाली माछा किसानलाई असर, नियन्त्रण गर्न किसानको माग

नवलपरासी, १७ साउनजिल्लाका मत्यस्य कृषक एकातिर आफ्नै प्रयासमा देश भित्र माछा आपुर्ति गर्न सक्ने गरि प्रयासमा छन् । यता सरकारी निकायबाट सहयोग गुर्न भन्दा असहयोग गर्ने प्रवृति कायम हुदा मत्स्यपालक किसानलाई चुनौती थपिदै गएको बताएका छन । जुन बेला नेपाली किसानको पोखरीमा माछा तयार हुन्छ,त्यही बेला सरकारले भारतिय माछा आयातलाई खुल्ला गरिदिन्छ, यस्तो गुनासो थियो,नेपाल मत्स्य पालक किसान संघका केन्द्रिय कोषाध्यक्ष भवानीशंकर यादवको ।भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका प्रमुख समेत रहेका मत्स्य निर्देक दिपक भुसालसँग गुनासो गर्दै यादवले गुनासो राख्दै प्रश्न गरे, के सरकारको नीयती नै बनेको छ,देश भित्रका किसान ब्यवसायीलाई निरुत्साही बनाउने ? यसलाई रोक्नका लागि पहल गरिदिन पर्यो, उनले निर्देशक भुसालसँग आग्रह गर्दै भने, कम्तीमा नेपाली मत्स्यपालक किसानको पोखरीमा माछा तयार भएको बेला आयात कम गराई...
उद्योग बाणिज्य संघमा आवद्ध ब्यवसायीलाई संघले गरि दिदैछ, एक लाखको दुर्घटना विमा
अर्थ, रामग्राम नगरपालिका, समाचार

उद्योग बाणिज्य संघमा आवद्ध ब्यवसायीलाई संघले गरि दिदैछ, एक लाखको दुर्घटना विमा

नवलपरासी,१७ साउनउद्योग वाणिज्य संघ नवलपरासीका नवनिर्वाचित अध्यक्ष नगेन्द्र कुमार अग्रहरीले आफ्ना उद्योगी, व्यवसायीको हितका लागि १ लाख बराबरको दुर्घटना बिमा गरिदिने भएका छन् । संघको ४० ओै वार्षिक साधारण एंव १६ ओै अधिवेशनको पद हस्तान्तरण समारोहमा उनले आफ्ना प्रतिवद्धता मन्तब्य राख्दै उतm घोषणा गरेका हुन् ।संघको सदस्य लिएका तर नविकरण नगरि बसेका उद्योगी ब्यवसायीले नविकरण गराउदा र नयाँ सदस्य बन्ने वित्तिकै सो विमा गरिदिइने उनले समारोहमा जानकारी गराएका थिए । संघमा हाल ५ सय ८० सदस्य आवद्ध छन् । धेरै जनाले संघबाट के लाभ भन्दा नविकरण समेत गराउन छाडेका थिए । केहीले नगर गाउको संघमा आवद्धता गराए पनि जिल्ला संघको नविकरण पनि गराउन छाडेका थिए । तर दुर्घटना बिमा घोषणा पछि सदस्य संख्या बढ्ने अपेक्षा लिइएको छ । जिल्लाको आर्थिक विकासका लागि उद्योगहरूसँग भगिनीसम्बन्ध कायम राखेर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष अ...
रामग्राम स्तुपमा वर्षावासी भिक्षुको सेवामा समुदाय र संघसंस्था सक्रिय
रामग्राम नगरपालिका, समाचार, समाज

रामग्राम स्तुपमा वर्षावासी भिक्षुको सेवामा समुदाय र संघसंस्था सक्रिय

नवलपरासी,१७ साउनरामग्राम स्तुपमा बर्षाबास शुरु गरेका भिच्छुलाई भोजनदान देखी स्वास्थ्य परिक्षणसम्मको सेवामा स्थानिय संघसस्था जुटेका छन् । भिच्छुहरुलाई सेवाभावले आवश्यकता पुरा गर्ने र स्तुपामा भिच्छुद्धारा गरिने ध्यान अभ्यासले शान्ति,करुणाको विकास हुने र सेवा गर्नेले समेत पुण्यलाभ पाउने भएको भन्दै सेवामा जुटेका हुन् ।आईतवार इभरग्रिन अस्पताले पाँच जना भिच्छुको स्वास्थ्य परिक्षण गर्दै स्वास्य सेवा दिएको जानकारी गराएको थियो । त्यसै गरि प्रत्येक दिन ति भिच्छुहरुलाई कुनै न कुनै संघसस्था र र भोजनदान गर्दै आएका छन् । उजैनी र देउरवा गाँउका बासिन्दा पनि पालो बनाई प्रत्येक दिन भोजनदान गर्ने ब्यवस्थापनमा जुटेको स्थानियबासी तथा रामग्राम ७ का पुर्व वार्ड अध्यक्ष शंकर हरिजनले जनाए । अहिले स्तुपमा आन्तरिक पर्यटकको पनि संख्यामा उल्लेखनिय वृद्धि हुदै गएको बताउदै उनले स्तुपमा भिच्छुको उपस्थितीले पनि धार्मिक प...
एक महिना नबत्दिै पाल्हीनन्दन पोखरीमा बनाइएको पर्खाल चर्किदै
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

एक महिना नबत्दिै पाल्हीनन्दन पोखरीमा बनाइएको पर्खाल चर्किदै

नवलपरासी,१५ साउनजिल्लाको पाल्ह्ीनन्दन गाउपालिकाले बनाउन लागएको पोखरीको पर्खाल चर्किन थालेको जनाउदै स्थानियले त्यसबारे छानविन गरिनु पर्ने माग गरेका छन् । वार्ड नं.४ स्थित पौराणिक तथा सेनकालिन शिवपार्वती सिद्धधाम स्थित पोखरी ब्यवस्थापन गरि सौन्दर्यीकरण कार्यका लागि बनाइएको पोखरीको पर्खाल चर्किन थालेको देखिए पछि स्थानियले सो माग गरेका हुन् ।पर्खालको डिजाईनमा कमजोरी हो ? कि काम गुणस्तर हित हो ? कि पोखरीबाट अनियन्त्रित रुपमा माटो खनेर बाहिर लैजादा के कारणले पर्खाल चर्किन थालेकोबारे स्थानियले चाँसो लिदै छानविन गरि सत्यतथ्य सार्वजनिक गरि काम अगाडी बढाउनु पर्ने माग भई रहेको एक स्थानियले बताए । पोखरीबाट अनियन्त्रित माटो खनेर बाहिर लैजादा समस्या भएको हुन सक्ने स्थानियले अनुमान गरेका छन् । विना राजस्व करोड बढिको माटो झिकिएको दाबी समेत स्थानियको छ । सम्बन्धित ठेकेदारले कुनै पनि राजस्व नै नबुझाई लाखौ र...
रामग्राम स्तुप परिसरमा पाच बर्गिय भिच्छुद्धारा प्रथम बर्षा बास
पर्यटन, रामग्राम नगरपालिका, समाचार, समाज, संस्कृति

रामग्राम स्तुप परिसरमा पाच बर्गिय भिच्छुद्धारा प्रथम बर्षा बास

नवलपरासी,१३ साउनशान्तिका अग्रदुत भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा पहिलो पटक पाँच बर्गिय(पाँच जना) भिच्छु तिन महिनाका लागि बर्षाबास बसेका छन् । बर्षायमा लागे देखी बुद्ध धर्म अनुसार असार अर्थात गुरुपुर्णियमा देखी असोज महिनासम्म बौद्ध भिच्छु एकै स्थानमा बसेर ध्यान साधना गर्ने प्रावधान अनुसार रामग्राम स्तुपमा पहिलो पटक पाँच जना भिच्छुले बर्षाबासको शुभारम्भ गरेका हुन् ।प्रथम बर्षाबास २०८३ भन्दै असार १३ गते देखी कार्तिक ९ गतेसम्म रामग्राम बौद्ध स्तुपा उज्जैनीमा ति भिच्छुहरु बर्षाबासको शुभारम्भ गरेको सोही वार्डका पुर्व वार्डअध्यक्ष समेत रहेका उपासक रामाशंकर हरिजनले जानकारी गराए । आधुनिक कालमा रामग्राम स्तुपमा भिच्छु बर्षाबास बस्ने कार्य ऐतिहासिक कार्य भएको छ, उनले भने, प्राचीन कालमा भिच्छुहरु स्तुप नजिकै बसेर ध्यान साधना र पुर्जा आर्चना गर्ने गरेको उल्लेख पाइए पनि आधुनिक क...
इभरग्रिन अस्पतालमा दन्तसेवा विभाग शुभारम्भ
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

इभरग्रिन अस्पतालमा दन्तसेवा विभाग शुभारम्भ

नवलपरासी,१२ साउनजिल्लाको सदरमुकाम परासीको एक मात्र निजी स्तरको इभरग्रिन अस्पतालले आफ्नो सेवा विस्तार गर्दै दन्त सेवा(डेण्टल) विभाग शुभारम्भ गरेको छ । सरकारी अस्पताल बाहेक दन्त सेवा लिनका लागि विरामीहरु निजी क्लिनीकमा जानु पर्ने बाध्यता हटाउने उदेश्यले सो अस्पतालले दन्त सेवा विभागको शुभारम्भ गरेको हो ।एक कार्यक्रमको आयोजना गरि सो अस्पतालले अस्पतालमा मंगलवार देखी विशेषज्ञ सहितको दन्त सेवा प्रदान गरिने जानकारी गराएको थियो । अस्पतालका सञ्चालक बलिराम कोईरीले स्थानियको माग अनुसार दन्त सेवा विभाग खडा गरिएको हो । दाँतका विरामीहरुले गुणस्तरिय दन्त सेवा अस्पतालमा पाउन भनि सेवा विस्तार गरेका छौ, उनले भने , विरामीलाई गुणस्तरिय दन्त सेवा प्रदान गरिने लक्ष्य अनुसार काम हुन्छ । सरकारी पृथ्वीचन्द्र अस्पताल बाहेक सेवा लिनका लागि निजी डेण्टलमा जानु पर्ने बाध्यता यस्ले हटाउनेमा उनले विश्वास ब्यतm गरेका थिए ।...
प्रहरीद्धारा ब्यपारीलाई दुःख दिईने कार्यको विरोध गर्दै उबासंघले गरायो प्रजिअको ध्यानाकर्षण
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

प्रहरीद्धारा ब्यपारीलाई दुःख दिईने कार्यको विरोध गर्दै उबासंघले गरायो प्रजिअको ध्यानाकर्षण

नवलपरासी,१२ साउनजिल्लामा प्रहरीद्धारा ब्यवसायीलाई अनावश्यक दुःख दिईने कार्य भई रहेको जनाउदै उद्योग बाणिज्य संघ नवलपरासीले स्थानिय प्रशासनको ध्यानाकर्षण गराएको छ । किसानले आफ्ना उत्पादन समेत बजारसम्म तौल गर्न ल्याउदा,विक्रि वितरणका लागि बजारसम्म लैजादा विचमै पक्राउ गरि प्रहरीले भन्सार पठाउने गरेको आरोप संघका पदाधिकारीले लगाउदै ति कार्यहरु तत्काल बन्द गर्न माग गरेका हुन् ।मंगलवार लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ कलवार सहित संघका अध्यक्ष नगेन्द्र कुमार अग्रहरी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई उनकै कार्यकक्षमा भेटेर ब्यवसायीको समस्या राखेका थिए । प्रहरीलाई को ब्यपारी हो ? को किसान हो ? र को तस्कर हो ? त्यस विच पनि भेद नपाउने गरेको आरोप लगाएका थिए । सिमा क्षेत्रमा प्रहरी आफै तस्करसँग मिल्ने र तस्करी गराउने कार्य गर्छ,तस्करी भयो भनेर जनगुनासा बढदा ब्यपारी र किसा...
देवगाव रेडक्रस उपशाखाद्धारा परोपकार अक्षय कोषको स्थापना
रामग्राम नगरपालिका, समाचार, समाज

देवगाव रेडक्रस उपशाखाद्धारा परोपकार अक्षय कोषको स्थापना

नवलपरासी,१३ साउनजिल्लाको रामग्राम ११ स्थित नेपाल रेडक्रस सोसाईटी देवगाव उपशाखाले स्थानिय स्तरमै दैविप्रकोपमा परेका विपन्न परिवारका लागि छुट्टै अक्षयकोषको स्थापना गरेको छ । उपशाखाले एक कार्यक्रम विच स्थानिय स्तरमा प्रकोप तथा विपन्नताको प्रभावलाई न्युनिकरणमा सहयोग जुटाउन सकियोस भन्ने उदेश्यले सो अक्षय कोष बनाउने कार्यको शुभारम्भ गरेको हो ।उपशाखाका सभापति रामउग्रह यादवले स्थानिय स्तरको परोपकार अक्षयकोष बनाउने सदस्यहरुले महशुस गरे पछि उपशाखाले निर्णय समेत गरेको थियो । कोषमा पहिलो पटक रेडक्रस लुम्बिनी प्रदेश शाखाका कोषाध्यक्ष हैदर अलि मोमिनले अध्यक्ष यदवलाई रु.५ हजार हस्तानान्तरण गर्दै कोषमा रकम जम्मा गर्ने कार्यको शुभासम्भ गरेका थिए । तत्पश्चात शाखाका सचिव अर्जुन चौधरी लगायत अन्य सेयर सदस्यहरुले पनि रकम जम्मा गरेका थिए । यो अभियानलाई निरन्तर जारी राख्दै उपशाखाले अन्य कार्यलाई पनि निरन्तर दिइने...
सहकारीले शसतmीकरणसंगै समृद्ध बन्दै ग्रामिण क्षेत्रका महिला
अर्थ, समाज, सरावल गाउँपालिका

सहकारीले शसतmीकरणसंगै समृद्ध बन्दै ग्रामिण क्षेत्रका महिला

नवलपरासी, १३ साउनढाई दशक पहिला सरावल २ (साविक मनरी गाविस) की रमा सिँह थारु चौधरीलाई महिलाहरुको समुह बनाउदा अहिलेको अवस्थाको अनुमान नै थिएन् । घर भित्र बस्ने गृहणीको भुमिकामा रहिँ खान पकाउने,बच्चा स्यार्ने,खेतीपातीमा सहयोगी भुमिका बारे अरु काम महिलाले गर्नु पर्छ,भन्ने अवस्था पनि थिएन् । त्यो बेला महिलाहरुलाई संगठित गरि समान्य बचत गर्न सिकाउदै,शुख दुखका कुरा सुन्ने र सुनाउने महिला समुह माध्यम बनेको थियो, उनको लागि । तर आज त्यही सानो लक्ष्य लिई महिला जागरण कार्य गर्दै आउने रमा महिला जागरण बहुद्देशिय सहकारीकी ब्यवस्थापक छिन् । सानो समुह अहिले सहकारीमा परिणत हुदै करोडको कारोबार गरि रहेको छ । यस्ले महिलालाई शसतिmकरणसँगै समृद्ध बनाउदै गएको उनले अनुभव सुनाईन् ।रमा बाहेक थप पाँच जना महिलालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ । महिलाहरु मात्रै सेयर सदस्य रहेको महिला जागरण बहुदेश्यि सहकारी सस्थाले हजार...
नागरिक निगरानी संस्थाको अनुगमन ःकर्मचारी अनुपस्थिति,औषधि अभाव तथा निर्माण कार्य गुणस्तर हिन
रामग्राम नगरपालिका, समाचार, समाज

नागरिक निगरानी संस्थाको अनुगमन ःकर्मचारी अनुपस्थिति,औषधि अभाव तथा निर्माण कार्य गुणस्तर हिन

नवलपरासी,६ साउनभ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था नवलपरासी (सिटिजन जुरी) नवलपरासीले रामग्राम नगर भित्रका विभिन्न स्थानमा अनुगमन शुरु गरेको छ । सो क्षेत्रका नागरिकले गरेको गुनासोको आधारमा अनुगमन शुरु गरेको हो ।अख्तियार दुरुपयोग अनुसंधान आयोगको समन्वयमा जिल्लामा गरिठ उतm सिटिजन जुरीले जनताको गुनासो आए पछि सम्बन्धित स्थानमा पुगेर स्थलगत अवलोकन गर्ने र सम्बन्धि कार्यालय तथा अख्त्यिारको कार्यालयमा प्रतिवेदन पठाउन थाले पछि अहिले गुनासो पनि बढन थालेको जुरीले जानकारी गराएको थियो । संस्थाका अनुसार नगरपालिका–१०, मन्झरिया स्थित मन्झरिया स्वास्थ्य चौकी र रामग्राम ३ घोलपालीमा बनेको सडकमा अनियमितताबारे अनुमन गरेको थियो । ति स्थानमा अनुगमन गर्दै गर्दा कर्मचारीको नियमित उपस्थिति देखि औषधि उपलब्धतासम्मका विषयमा चासो व्यक्त गरेको थियो । स्थानीयवासीबाट स्वास्थ्य चौकीमा कर्मचारी नियमित रूपमा नबस्ने तथा आ...