भारतिय भुमि भएर बाल्मीकिआश्रम जानु पर्ने बाध्यता हटाउन पहल
नवलपरासी, २ जेठनेपाली भुमिमै अवस्थित ऐतिहासिक एवं धार्मिक स्थल प्राचीन वाल्मीकि आश्रम जानका लागि नेपाली नागरिकले भारतीय भूमि प्रयोग गर्नु पर्ने बाध्यता हटाउन पहल शुस् भएको छ । दशकौँ देखिको भारत भुमि भएर आश्रम पुग्नु पर्ने बाध्यता हटाउन सरकारले पहल सुरु गरेको हो ।संघीय सरकारको कृषि, वन तथा पर्यावरण मन्त्रालय र सरोकारवाला सांसदहरूबीच औपचारिक छलफलले स्थानियमा आशा जगाएको स्थानियबासीले बताएका छन् । सो छलफलले यस समस्यालाई कानुनी र व्यावहारिक रूपमा समाधान गरी दर्शनार्थी तथा पर्यटकहरूलाइ नेपाली भूमिबाटै सहज पहुँच पु¥याउने पहल अगाडि बढाएको हो । हाल चितवनको माडी नगरपालिका को वडा नं. १ मा बाल्मीकि आश्रम पर्छ । साविक गर्दि गाविस भित्र सो स्थान पर्ने गरेको थियो । चितवन निकुन्ज भित्र पर्ने वाल्मीकि आश्रम जानका लागि नेपालीलाई नवलपरासी हुँदै भारतीय भूभाग (बिहार प्रदेशको पश्चिम चम्पारन जिल्लाको बाल्मीकिनगर...










