हल्लिदावसन नगर(बुद्धमँगल) तालमा शुभारम्भ गरियो ढुगाँ परिक्रमा

नवलपरासी,१० बैशाख,
जिल्लाको वर्दघाट नगरपालिका १२ दबिला स्थित बुद्ध मंगल तालमा खुट्टाले चलाउन मिल्ने डुगाँ चलाएर ताल भित्र बुद्ध दर्शन र परिक्रमणको ब्यवस्थापन नगरपालिकाले गरेको छ । स्थानिय स्तरमा बुद्धमंगल ताल भनेर चिनिने प्राचिन कोलिय गणराज्य अन्तरगतको हल्लिदावसन नगर क्षेत्रमा पर्यटक आकर्षित गर्न बुद्धमंगल तालमा ढुगाँले बुद्ध परिक्रमा गर्ने ब्यवस्थान गरिएको हो ।
प्राचिन इतिहास बोकेको उतm ताल क्षेत्रमा आउने पर्यटक टाढाबाट मात्र बुद्ध दर्शन गरेर फर्कने समस्या भएको र तालमा पनि केही क्षण रमाईलो गर्ने उदेश्यले दुई वटा ढुगाँ हालिएको नगरपालिको जनाएको छ । एक कार्यक्रम विच वर्दघाट नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठले सो ढुगाँको शुभारम्भ गरेका थिए । पर्यटकिय तथा अध्यात्मिक क्षेत्र रहेको उतm ताल क्षेत्रलाई गत बर्ष तत्कालिन नगरप्रमुख धिरज बस्यालले बौद्ध भिच्छुहरुको उपस्थितीमा प्राचिन हल्लिदावसन नगर क्षेत्र भएको घोषणा गरेका थिए । पोखरीमा भगवान बुद्धको मुर्ति स्थापना समेत गरि भिच्छु संघले परित्राण गरेर मुर्तिको स्थापना गरिएको भए पनि उतm बुद्ध मुर्तिसम्म पुग्नका लागि आउने भतmजान तिर्थयात्रीले परिक्रमा गर्ने,पुजा पाठ गर्नका लागि जान सम्भव कठिनाईलाई मध्यनजर गर्दै पोखरीमा ढुगाँ हलिएको हो ।
ढुगाँले केही आकर्षण थपेको छ,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकाटोले ने,नगरको गौरवको योजना भित्र पर्ने बुद्धमंगल ताल क्षेत्र पनि हो । त्यसको लागि दिर्घकालिन रुपमा काम गर्नका लागि लुम्बिनी प्रदेश सरकार र संघिय सरकारसँग बजेट माग गरिएको छ । तर अल्पकालिन रुपमा थोरै लगानीले हुने समान्य काम नगरपालिकाले गर्दै जाने योजना समेत रहेको छ । जस्मा दुई वटा भए पनि ढुगाँ हालिएको छ, उनले थपे,आवश्यकता अनुसार त्यसलाई थपिदै जाने काम हुन्छ । खुट्टाले चलाउन मिल्ने भएको हुदा सर्वसाधारणले पनि सो ढुगाँ चलाउदै मुर्तिसम्म पुग्न सक्ने छन् । वरिपरि पोखरीमा दृष्यावलोकन गर्न सक्ने छन् । यसले स्थानियमा उत्साह समेत बढाएको छ ।
तालको चारै तिर चक्रपथ बनाइएको छ,उनले थपे,पोखरी किनारमा पनि चक्रमण गर्नका लागि ब्लकहरु राख्ने,र्यालिगँ बनाउने कार्य क्रमशः गदैै जाने योजना रहेको छ । पोखरीमा प्रवेश गर्नका लागि उत्तर र दक्षिण दिसामा दुई वटा घाट निर्माण गरिएको छ । पोखरीमा स्नान गर्न सक्ने उतm घाँट ब्यवस्थित गरिएको उनको भनाई थियो । बौद्धकालिन इतिहास बोकेको र भगवान बुद्धले मंगल सुत्रको पाठ(अर्थात मैत्री सुत्त) दिएको स्थान पनि हो । बौद्ध ग्रन्थमा उल्लेखित विवरण अनुसार भगवान बुद्ध एक पटक प्राचिन हल्लिदावसन नगरमा आएका थिए । उनीसँगै उनको भिच्छु संघ पनि थियो । सो पोखरी नजिक केही स्थानिय साँधुहरु पनि बस्ने गरेका थिए । ति साँधुहरुले भिच्छुहरुलाई तिम्रो बुद्धले के जानेका छन ? जस्ता प्रश्न गर्दै आलोचना गरे र भिच्छु र साँधुसँग केही विवादहरु पनि भएको थियो ।
पछि भिच्छुहरु भगवान बुद्ध कहाँ गएर विवादका कुरा सुनाएका थिए । सोही क्रममा भगवान बुद्धले चार ब्रम्हविहारको बारे धर्मदेशना गर्दै मैत्री सुत्र बारे सम्झाउदै जानकारी गराएका थिए । भगवानले चार ब्रम्हविहार भनेको चार प्रकारको आचरणलाई नै संकेत गरेका थिए । जस्मा यस्तो गम्भिर परिस्थीतिमा पहिलो अरुको मंगल कामना गर्दै मैत्रभाव प्रकट गर्ने,दोश्रो उनीहरुको क्रोध शान्त पार्नका लागि आफ्नो तर्फबाट करुणा प्रकट गर्ने,तेश्रो अरुबाट द्धेस प्रकट गरिए पनि उनीहरुको प्रगति प्रति मुदिता प्रकट गर्ने र कसैले आफुलाई अपशब्द प्रयोग गर्ने,आलोचना नै गरे पनि त्यसलाई उपेक्षा प्रकट गर्ने गर्ने । यसलाई चार ब्रम्हविहारको अचारण बुभ्mनु पर्छ । यसले मन अशान्त हुदैन्,सधै मनले शान्ति महशुस गर्छ । शान्तिको स्रोत आफु भित्रबाटै जागृत गर्नका लागि यि चार ब्रम्हविहारको अचारणले आफु भित्रबाट शान्ति जागृत गर्न सकिन्छ । शान्ति खोज्न कहि कतै अन्यत्र जान पर्दैन् । यसले जिवनलाई मुतिmको मार्गसम्म पुर्याउछ ।
त्यसै गरि हल्लिदावसन नगर कसरी रहन गयो भन्ने कुरा पनि बौद्धधर्म ग्रन्थमै उल्लेख भएको पाईन्छ, नगरको स्थापनाको बेला त्यहाँका नागरिकहरु सबैले हल्दि(बेसार) ले रंगिएको बस्त्र धारण गरेका थिए । त्यही भएर हल्दि र बसन तर्थात बस्त्र मिलेर बस्त्र बनेको हो । प्राचिन कोलिय गणराज्य भित्र भगवान आफै पुगेको धर्मदेशना गरेको स्थान भएको हुदा यसलाई पर्यटकिय तथा अध्यात्मिक क्षेत्रको रुपमा विकसित गरि लुम्बिनी बौद्ध परिपथमा समावेश गर्नका लागि नगरपालिकाले काम गर्दै आएको छ । वर्तमान अवस्थामा पनि सो बुद्धमंगल तालको दक्षिण तर्फ हिन्दु मान्यताका साँधुहरु बसोबास गर्दै आएका छन् । हिन्दु मान्यता अनुसारको शिवलिँग र विभिन्न देवीदेवताहरुको स्थान रहेको छ । त्यसै गरि तालको पुर्व दक्षिण कुनामा बौद्ध विहार रहेको छ । त्यहाँ बौद्ध धर्मावलम्बीहरुले बुद्धको ध्यान साधना र आफ्ना कार्यक्रम गर्दै आएका छन् । प्राचिन मान्यता अनुसार नै दुबै समुदाय मिलेर सो क्षेत्रमा अध्यात्मिक अभ्यास गर्दै आएको देख्न पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *