प्रदेश साँसदले मलखाद्यको माग गर्दै प्रधानमन्त्रीलाई बुझाएका ज्ञापन

नवलपरासी, २० जेठ
लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश सांसद) वैजनाथ जैसवालले प्रधानमन्त्रीसँग कृषकका लागि प्रयाप्त मलको ब्यवस्थापन गर्न माग गर्दै नवलपरासीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मार्फत ज्ञापनपत्र बुझाएका छन् । कृषकको समस्याबारे प्रधानमन्त्री ज्यूको ध्यानाकर्षण गराउदै साँसद जैसवालले कृषकहरूलाई आवश्यक रासायनिक मल यथाशीघ्र उपलब्ध गराउन र नवलपरासी स्थित कृषि सामग्री कम्पनीमा मौज्दात रहेको मल वितरण गराउन माग गरेका हुन् ।
कम्पनीको गोदाममा अहिले पनि ७०० मेट्रिक टन रासायनिक मल तत्काल किसानहरूलाई वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै उनले प्रजिअ दिपकराज नेपाललाई भएको मल वितरणका लागि पहल गर्न आग्रह गरेका थिए । कृषकहरु अहिले मलका लागि भौतारि रहेका छन्,उनले भने,कम्पनीले गोदाममा मल थन्काएर राखेको छ । यसको वितरणका लागि पनि पहल गर्नु पर्ने उनले आग्रह गरेका थिए ।
कृषि उत्पादनको महत्वपूर्ण समयमा मल अभावका कारण किसानहरू समस्यामा परेको उल्लेख गर्दै साँसद जैसवाल समयमै मल वितरण भएमा कृषकहरूलाई राहत पुग्ने र कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । साथै, यस विषयमा आवश्यक पहल गरी किसानहरूको समस्या समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । कृषि समाग्रि कम्पनी परासी शाखाले अहिले किसानलाई मलखाद्य उपलब्ध नगराउने र भण्डारण मै राख्ने गरि कम्पनीको केन्द्रीय कार्यालयले निर्देशन दिएको जनाएको छ । मलखाद्य नपाइएको गुनासो किसानले गर्न थाले पछि शाखामा पुगेर बुझ्ने क्रममा सो जानकारी गराएको हो ।
ज्ञापनपत्र बुझदै प्रजिअ नेपालले प्रधानमन्त्री कार्यालय पठाउने ज्ञापनपत्र तत्काल पठाईदिइने कार्य गर्दै उनले कृषि समाग्रि कम्पनीको परासी शाखा कार्यालय प्रमुख तारा प्रसाद खनाललाई फोन सम्पर्क गरेर मल किन विगतरण नभएको जानकारी लिएका थिए । जवाफमा शाखा प्रमुखले कुन पालिकालाई कति मल वितरण गर्ने ? कोटा निर्धारण प्रदेश सरकारकै कृषि मन्त्रालयले नपाएका कारण रोकिएको जवाफ दिएका थिए । जति जाडो कोटा निर्धारण भएर आउछ,उत्ति नै छिटो मल मौज्दात मल वितरण प्रकृया शुरु भई हाल्न भनेर बताए पश्चात प्रजिअले प्रदेश सरकारकै कृषि मन्त्रालयका कारण रोकिएको साँसद जैसवाललाई सुनाएका थिए । तत्पश्चात आफु भोली(विहिवार) नै मन्त्रालय जाने र कोटा निर्धारणका लागि पहल शुरु गर्ने बताएका थिए ।
यो बर्ष इरान अमेरिका युद्धका कारण एक्कासी मुल्यवृद्धि भई मल आयात गर्ने ठेकेदारले ठेक्का नै नहालेका कारण अगामी दिनमा मलको अभाव हुन सक्ने हुदा मौज्दान मल अहिले वितरण नगरि असारमा मात्रै वितरण गर्ने शाखा कार्यालयका प्रमुख तारा प्रसाद खनालले जानकारी गराएका थिए । अहिले मलखाद्यको आपुर्ति चुनौती पुर्ण बन्दै गएको देखिएको छ । यसका लागि सरकारले सरकारसँग (जि टु जि) मार्फत खरिद गर्नु पर्ने आवश्यकता देखिएको छ । मलको आपुर्ति चिन वा भारतसँग नजिक भएर जि टु जी खरिद गर्ने सम्भावना हुन सक्छ,जस्मा भारतबाट खरिद चिन भन्दा ढुवानीले सहज हुन्छ, तर भारत मै अहिले मलखाद्य अभाव हुने हो कि भन्ने आशंका पनि छ । इन्धनसँगै अब रासायनिक मलखाद्यको उत्तिकै चुनौती बढदै गएको उनको भनाई थियो ।
कार्यालय प्रमुख खनालका अनुसार कृषि चुन र पोटास वितरण अहिले पनि खुल्ला नै छ, युरिया र डिएपी वितरण रोकिएको हो । उनका अनुसार हाल जिल्लाका किसान लागि आर्थिक बर्ष २०८२।०८३ का लागि युरिया ५ सय मे.ट.,डिएपी २ सय मे.ट.,पोटास ३ सय मे.ट. र कृषि चुन ३० मे.ट. मौज्दात छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका किसानलाई १८ हजार मे.ट.मलखाद्यको आवश्यकता औल्याउछ , तर आपुर्ति भने एक तिहाई पनि हुदैन । त्यसमा पनि अहिले इन्धन र मलखाद्यको आपुर्तिमा देखिने समस्याले कृषक अब आफ्नै पारम्परिक आर्गेनिक मलको प्रयोग र आकासे जलको सिचाईमा भर पर्ने दअवस्था देखिएको छ ।
भारतिय सिमावर्ति किसान तँ नेपालबाट मल आपुर्ति हुन नसके पनि भारतकै मल ल्याएर प्रयोग गर्ने गरेका थिए । जिल्लामा २० हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । जिल्लाको घरधुरी र जनसँख्याको अनुपातमा प्रति १ हजार ४ सय १२ घरधुरीमा एक जना कृषि प्राविधिकहरु रहेको अवस्था छ । यसले कतिको प्रभावकारी कृषि सेवा प्रवाह गर्न सक्छन् ? सरकारले कृषि र कृषकलाई प्रोत्साहित गर्न नसक्दा अहिले युवाहरु विदेशिने बाध्यता देखिदै गएको छ । यसले तराईका जिल्लामा पनि खेतीपाती बाँझो हुने अवस्था सृजना हुदै गएको तथ्याँकले नै देखाएको छ । जिल्लाका जग्गाको तथ्याँक विवरण अनुसार जिल्ला भित्र अहिले ३९ हजार ४ सय ७ हेक्टर खेतीयोग्य जमिन रहेको छ । तर खेती गरिएको जमिन ३७ हजार १ सय २२ हेक्टर देखाइएको छ । यसरी कुल खेती नभएर बाँझो अवस्थामा २ हजार २ सय ८५ हेक्टर जमिनमा खेती नगरिएको अवस्थाले बाँझो नै हुने अनुमान छ ।

Health Advertisement
Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *