चिस्यानकेन्द्रमा मालबस्तु भण्डारण गर्ने क्रम घट्दै जादा सञ्चालनमा चुनौती

नवलपरासी, २८ जेठ
जिल्लाको सुुनवल नगरपालिका‐२ मुखियाटोलमा सहकारी शीतभण्डारमा भण्डारण गर्ने मालबस्तु घट्दा अहिले सञ्चालन खर्च बढेर चुनौती थपेको छ । गत बर्षको तुलनामा झण्डै एक तिहाई मालबस्तु भण्डारण गर्ने क्रम घटेर चिस्यान केन्द्रको सञ्चालन लागत बढेर चुनौती थपिएको हो ।
चिस्यान केन्द्रमा राखिने मालबस्तुलाई चिस्यान कायम गरिराख्नका लागि चाहे थोरै होस वा धेरै विद्युतिय उपकरण चलाई राख्न पर्छ । थोरै बस्तु भए पनि विद्युत उपकरण चलिराख्दा उठ्ने विद्युत महशुल उत्तिकै हुने तर कम मालबस्तुबाट कम भाडा उठ्ने हुदा सञ्चालन लागत बढेको संस्थाका अध्यक्ष समेत रहेका जिल्ला सहकारी संघका अध्यक्ष विष्णु पौडेले बताए । यसका लागि सरकारले विद्युत महशुलमा राहत दिईनु पर्ने उनको भनाई छ । कृषकले उत्पादन गर्ने कृषि क्षेत्रमा सिचाई मिटर भनेर सरकारले विद्युत महशुलमा छुट दिए पनि कृषि क्षेत्रकै चिस्यान केन्द्र लगायतका क्षेत्रलाई कृषि उद्यम भएको भनेर महशुलमा छुट दिई रहेको छैन्, उनले भने, आखिरमा यो पनि कृषककै उत्पादन भण्डारण गर्ने कृषि उपक्रम नै हो । तर सरकारका दोहोरो नीतिका कारण चिस्यान केन्द्र समस्यामा पर्दै गएको छ ।
सिचाई मिटरलाई अब कृषि मिटर भनेर उपलब्ध गराउनु पर्छ, उनले भने, यसका लागि अहिलेको सरकार कृषि भैत्री नीति ल्याएर कृषकको उत्पादन देखी ढुवानी भण्डारसम्ममा पनि छुटको ब्यवस्गापन गरिनु पर्छ । मात्रै मुलुकमा कृषि क्रान्तिको कुरा सम्भव छ । सिचाई मिटरले किसानलाई उत्पादनमा तँ राहत पाउछ,तर उत्पादित बस्तु लामो समय भण्डारण गरि सुरिक्षत राख्न नसक्ने हो,भन्ने उत्पादित कृषि उत्पादन कि सस्तोमा विक्रि गरिनु पर्ने हुन्छ,कि कुहिएर जाने अवस्था आउन सक्छ ।
शुरुमा निर्माण भएर सञ्चालन गरिए पनि पुर्ण क्षमतामा सञ्चालन नहुदा दैनिक खर्च उठाउन आईस(बरफ) विक्रि गरि चलाउन परेको थियो । पछि प्रचार प्रसार हुदै जादा किसानहरु भण्डारण गर्न थालेका थिए,तर अहिले भण्डारण गर्न छाड्दै गएका छन् । केही ब्यवसायिले बाहिरका मालबस्तु भण्डारण गरेर खर्च चलेका छन्,तर अहिले पनि निरन्तर सञ्चालनमा चुनौती नै रहेको छ । शितभण्डार सञ्चालनमा ल्याउदा किसानहरूले राहत महसुुस गरेको तर शितभण्डारमा राख्ने मालबस्तु नहुदा पुरै क्षमता सञ्चालन र दैनिक खर्च चलाउन चुनौती नै रहेको सहकारी संघले जनाएको हो ।
शितभण्डारसम्म पुग्न पहुँच मार्ग निर्माण नहुनु र किसानमा अहिले पनि शितभण्डारण बारे ब्यापक प्रचार प्रसार नहुनु,किसानलाई शितभण्डारको फाईदाबारे जानकारी नहुनाले पनि शितभण्डारमा समाग्रि पुरा राखिएको छैन् । डेढ बिघा जग्गामा पाँच वटा चेम्बर भएको शीतभण्डार रु १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको हो । शितभण्डारसम्म पुग्नका लागि सुनवल महेशपुर सडकबाट पहुँच मार्गका लागि सिमाँकन भई सकेका छन् । सडकको दुबै छेउमा नाली समेत निर्माण भई बाटोको स्तरोन्नती भएको छ,तर पिच हुन बाकी नै रहेका कारण पहुँच मार्गमा केही समस्या छ । नगरपालिकाले छिटै ति पहुँच मार्ग निर्माणका लागि पहल गरिनु पर्ने उनको भनाई थियो । साथै पहुँच मार्ग बने पनि अहिलेसम्म महेशपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन नहुदा पनि भारतबाट बैधानिक तरिकाले आउने कृषि उपज समेत शितभण्डारमा ल्याएर राख्ने अवस्था नहुनु पनि एक समस्या भएको उनको भनाई थियो ।
पाँच वटा चेम्बर मध्ये हाल एउटा चेम्बर मात्र सञ्चालनमा छन् । पुरा क्षमतामा भण्डारण नहुदा खर्च लागत खर्च र सञ्चालन खर्च उठाउन चुनौती नै रहेको छ । शितभण्डार सञ्चालनमा आउनु यस क्षेत्रका लागि स्वर्मिम अवसर हो,तर पुरा क्षमता अनुसार भण्डारण नहुदा सञ्चालन खर्च उठाउन चुनौती पनि छ । शितभण्डार परिसर भित्रै आईस(बरफ) बनाउने प्लान्ट पनि सञ्चालनमा ल्याएको छ, सो प्लान्ट बनाई सञ्चालन गर्नुको उदेश्य पनि शितभण्डारका लागि आवश्यक सहायक उपकरण जस्तै हो ।
शितभण्डारमा राखिने बस्तु झिकेर लैजादा कुनै बस्तुमा आईस (बरफ) को समेत आवश्यकता पर्ने हुदा सो प्लान्ट शितभण्डारसँगै सञ्चालनमा ल्याएको छ । बाटो ढुवानी गदौ बरफमा राखेर शुरक्षित तरिकाले समाग्रि लैजानका लागि सो आईस बनाइने गरिएको छ । तर बाहिरका ब्यतिmहरु समेत सो बरफ लैजाने गरेको उनको भनाई थियो । उनका अनुसार जिल्ला सहकारी सङ्घ लिमिटेडको सहकारी शीतभण्डार मुलुक मै धेरै क्षमताको शीत भण्डारमध्ये एक हो ।
शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ । शीत भण्डारको पाँच वटै चेम्बर प्रयोगमा ल्याउन सकिएमा वार्षिक दुई करोड ५० लाख राजस्व सङ्कलन गर्न सकिने अवस्था हुन्छ । पछिल्लो समय जिल्लामा शीतभण्डार नहुुँदा किसानले जिल्ला बाहिरका शीतभण्डारमा कृषि उपज भण्डारणका लागि लानु पर्ने बाध्यता थियो ।
हाल सञ्चालनमा आएको शीतभण्डारमा नवलपरासी, रुपन्देही र कपिलवस्तु सम्मका किसानको कृषि उपज भण्डारण गर्न सकिने गरी निर्माण गरिएको हो । लुम्बिनी प्रदेशकै सबै भन्दा ठूलो क्षमताको शितभण्डार भएको संघको दाबी रहेको छ । यो शितभण्डारको आवश्यकता पुरा गर्नका लागि महेशपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन तत्कालै सञ्चालनमा ल्याउनु पर्ने देखिएको छ । प्लान्ट क्वारेन्टाईन सञ्चालनमा आए भन्सार छुटाएर आएका तरकारी,कृषिजन्य समाग्रिहरु भण्डारका लागि शितभण्डारमा राखिन्छ र आवश्यकता अनुसार झिकेर देश विदेश पठाउने कार्य हुन्छ । पशु क्वारेन्टाईन सञ्चालनमा रहे पनि माछा,मासु जस्ता पशुजन्य समाग्रि भण्डारणका लागि शितभण्डारमा छुट्टै च्याम्बर र ढोका ब्यवस्थापन गरिएको छैन् ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *