हरिओम फाउन्डेसनद्वारा गीता प्रवचन
नवलपरासी,१२ कातिकहरिओम फाउन्डेसन नवलपरासीले आध्यात्मिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै श्रीमद्भागवत् गीता प्रवचन कार्यक्रम आयोजना गरेको छ । रामग्राम नगरपालिका ६ पोखरापाली स्थित फाउण्डेसनको कार्यालय परिसरमा सो आयोजना गरिएको हो ।फाउन्डेसनका अध्यक्ष ओमप्रकाश अग्रहरीले आफ्ना दिवंगत पिता हरिराम अग्रहरीको सालिक स्थापना गरी अनावरण गर्नुका साथै गीता प्रवचन कार्यक्रम आयोजना गरेका बताएका थिए । दिवंगत पिताको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले सालिक स्थापना गरिएको अध्यक्ष अग्रहरीले जानकारी दिए । पिता प्रतिको सम्मान र श्रद्धाभाव व्यक्त गर्दै गरिएको सालिक अनावरणसँगै आयोजित गीता प्रवचनले धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धिमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।कार्यक्रममा श्रीमद्भागवत् गीता र यसले मानव जीवनमा दिने नैतिक, आध्यात्मिक तथा व्यवहारिक शिक्षाका विषयमा प्रवचन गरिएको थियो । गीतामा उल्ल...










