Tag: Umesh Chand Yadav

गाउसभा पश्चात प्रतापपुर गाउपालिकाले गर्यो सार्वजनिक सुनुवाई
प्रतापपुर गाँउपालिका, राजनीति, समाचार

गाउसभा पश्चात प्रतापपुर गाउपालिकाले गर्यो सार्वजनिक सुनुवाई

नवलपरासी,११ असारजिल्लाको प्रतापपुर गाउपालिकाले गाउपाालिकाको गतिविधि सार्वजनिक गर्दै जनताको जुनासो र सुझाव प्रत्यक्ष रुपमा सुन्ने सुनाउने गरि सार्वजनिक सुनुवाई गरेको छ । बार्षिक रुपमा दुई पटक सार्वजनिक सुनुवाई गर्नु पर्ने गाउपालिकाको लक्ष्य बमोजिम गाउसभा सकिने वित्तिकै सार्वजनिक सुनुवाई गरिएको जानकारी गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले जानकारी गराएका हुन् ।विगत बर्षमा सार्वजनिक सुनुवाई गर्ने कार्य रोकिएको भए पनि नव निर्वाचित जनप्रतिनिधि आए पश्चात अहिले सार्वजनिक सुनुवाईले पुनः निरन्तरता पाएको हो । सार्वजनिक सुनुवाईले गाउपालिका भित्र शुसासन चुष्टदुरुष्त बनाउदै जाने र जनताको भावना र चाहनालाई समेत सम्बोधन गर्न सक्ने माध्यम भएको हुदा सार्वजनिक सुनुवाई गाउपालिकाका लागि महत्वपुर्ण कार्यक्रम भएको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । नेपालको संविधान २०७२ अनुसार नेपालमा त...
झण्डै १५ करोड लागतमा बन्ने प्रतापपुर गाउपालिका प्रशासनिक भवनको शिलान्यास
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

झण्डै १५ करोड लागतमा बन्ने प्रतापपुर गाउपालिका प्रशासनिक भवनको शिलान्यास

नवलपरासी,२१ फागुनलामो संघर्ष र प्रयत्न गर्दै जिल्लाको प्रतापपुर गाउपालिकाले आफ्नो प्रशासनियक भवन निर्माणका लागि शिलान्यास गरेको छ । भवन निर्माणमा स्थानिय केही पुर्व जनप्रतिनिधिहरुद्धारा अवरोध सृजना भए पनि त्यसलाई पन्छाउदै गाउपालिकाले आइतवार झण्डै १६ करोड लागतमा बन्ने उतm प्रशासनियक भवनका शिलान्यास गर्न सफल भएको हो ।एक औपचारिक कार्यक्रम बिच गाउपालिकाका अध्यक्ष उमेशचन्द यादवले भवनको शिलान्यास गरेको गाउपालिकाले जानकारी गराएको थियो । अघिल्लो कार्यकाल देखी नै प्रशासनिक भवन बनाउन नसक्दा दुई वटा भवन भाडामा लिई सञ्चालन हुदै आएकोले जति सक्दो चाडो आफ्नो प्रशासनिक भवन निर्माण गराउनमा लागि परेको र अहिले भवनको शिलान्यास गरि भवन निर्माण कार्यको शुभारम्भ गरेको गाउपालिका अध्यक्ष यादवले बताए । गाउपालिकाको भवन बनाउन पनि केही विरोधी तत्वका कारण संघर्ष गर्न परेको हो,उनले भने,जबकी यो प्रशासनिक भवन सबैको लागि ...
प्रतापपुर गाउपालिकामा ३१ करोड लागतको ३२ किलोमिटर चक्रपथ बन्ने
प्रतापपुर गाँउपालिका, विकास पुर्वाधार, समाचार

प्रतापपुर गाउपालिकामा ३१ करोड लागतको ३२ किलोमिटर चक्रपथ बन्ने

नवलपरासी,४ फागुनजिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिकाको सबै वार्ड जोड्ने गरि चक्रपथ(रिगँरोड)को विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) बनाउने कार्य शुरु गरेको छ । यत्रतत्र झरिएर रहेका गाउपालिकाका सबै वार्डमा सहज र सुलभ तरिकाले पुग्न सक्ने र सजिलो गरि यातायात र सञ्चारको पहुँच पुर्याउने उदेश्यले चक्रपथको निर्माण कार्यलाई निरन्तरता दिनका लागि गाउपालिकाले सो चक्रपथको डिपिआर बनाउन लागेको हो ।राज्यको पुर्नसंरचना अनुसार मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थामा जाने क्रममा साविक प्रतापपुर,गुठीसुर्यपुरा,गुठिप्रसौनी,बैदौली,सोमनी,जमुनिया र ठूलो खैरेटवा गाविसलाई मिलाएर ९ वटा वार्ड कार्यगरि प्रतापपुर गाउपालिका बनेको छ । साविक ७ वटा गाविसका कार्यालयहरु वार्ड कार्यालय रहेको र थप दुई वटा वार्ड केही थपिएका छन् । ति सबै वार्डमा सहज ढंगले पुग्नका लागि चक्रपथको आवश्यकता महशुस गर्दै चक्रपथ निर्माण कार्...
विद्युत रोयाल्टी रकम प्राप्तीका लागि चाँसो देखाउदै प्रतापपुर गाउपालिका
अर्थ, प्रतापपुर गाँउपालिका, समाचार

विद्युत रोयाल्टी रकम प्राप्तीका लागि चाँसो देखाउदै प्रतापपुर गाउपालिका

नवलपरासी,२७ माघजिल्लाको प्रतापपुर गाउपालिकाले विद्युत रोयाल्टी वापत पाउने अनुदान ल्याउनमा चाँसो देखाएको छ । लामो समय देखी सरकारले गण्डक जल विद्युत केन्द्रको विद्युत रोयाल्टीबाट पाउने रकम जलविद्युत केन्द्र रहेको जलाधार क्षेत्रमा लगानी नगरे पछि प्रतापपुर गाउपालिकाले चाँसो देखाएको हो ।प्रतापपुर गाउपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नै स्थानियबासीले सो कुरा उठाए पनि गाउपालिकाले अहिले चाँसो लिएर सो अनुदान रकमको खोजीमा लागेको गाउपालिकाका अध्यक्ष उमेश चन्द यादवले बताए । उनका अनुसार विगत बर्षमा तत्कालिन जिविसमा सरकारले विद्युत रोयाल्टी वापतको रकम पठाउदै आएको तर राज्य पुर्नसंरचनामा जादा जिविस खारेज भई अहिले स्थानिय सरकारको रुपमा गाउपालिका र नगरपालिका बनेको छ । तर सरकारले विगतमा जिविसमा पठाउदै आएको उतm रकम सम्बन्धित पालिकाहरुमा पठाएको छैन्,अध्यक्ष यादवले भने,यसबारे प्रभावित क्षेत्रका स्था...
प्रतापपुर गाउपालिकाले शुरु गर्यो गाउसभाको हिउँदे अधिवेसन
अर्थ, प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाले शुरु गर्यो गाउसभाको हिउँदे अधिवेसन

नवलपरासी,२८ पुसजिल्लाको प्रतापपुर गाउपालिकाले आफ्नो १३ औ गाउसभाको शुभारम्भ गर्दै हिउँेदे अधिवेशन शुरु गरेका छ । विहिवार लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेशसाँसद) देवकरण कलवारको प्रमुख आथित्यता र जिसस प्रमुख भगौती यादवको विशिष्ठ आथित्यतामा गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले हिउँदे अधिवेशनको एक कार्यक्रम विच शुरभारम्भ गरेका हुन् ।विगत बर्षमा एक दिनमै सभाको अधिवेशन सकाउदै आए पनि यो बर्ष देखी संसदिय अभ्यास गर्ने उदेश्यले लामो समयसम्म सभा सञ्चालन रहने जानकारी समेत अध्यक्ष यादवले गराएका थिए । उनले अधिवेशनको शुभारम्भमा गाउसभाका सदस्य समक्ष विभिन्न २६ बुदे प्रस्तावहरु प्रस्तुत गरेका थिए । प्रस्तुत प्रस्तावबारे सभा सदस्यहरुले केही समय लिएर अध्ययन गर्ने,आफ्ना सुझावहरु प्रस्तुत गर्ने गरि अध्ययनका लागि विहिवारका लागिसभा स्थगित गरिएको समेत जानकारी गराएका थिए । सभामा प्रस्तुत प्रस्तावमा हालसम्मको गाउपाल...
फिल्ड जाने कर्मचारीका लागि प्रतापपुरले राख्यो फिल्डको लगबुक
प्रतापपुर गाँउपालिका, समाचार

फिल्ड जाने कर्मचारीका लागि प्रतापपुरले राख्यो फिल्डको लगबुक

नवलपरासी,१२ पुसजिल्लाको प्रतापपुर गाउपालिकाले फिल्डमा जाने कर्मचारीहरुको लगबुक कार्यालयको प्रवेशद्धारमा राखेको छ । कुन कर्मचारी कहाँ गएका छन ? त्यसको जानकारी त्यही लगबुकबाट अन्य कर्मचारी,सेवाग्राही र पदाधिकारीले पढन र जान्न सकुन भनेर ति लगबुक सार्वजनिक रुपमा सबैले देख्ने गरि स्थानमा राखिएको हो ।विभिन्न सेवाग्राही आउने र सम्बन्धित कर्मचारी नभेटाउदा आक्रोसित हुने हुदा सेवाग्राहीको सहजताका लागि सो लगबुक राखिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । कतिपय कर्मचारी आफु खुशी हिडिदिने र उनीसँग सम्बन्धित सेवा लिन आउने सेवाग्राहीले जानकारी नपाउदा समस्या देखिन थाले पछि लगबुकको शुरुवात गराएको उनको भनाई छ । शुसासनको यो पनि एक पाटो हो,उनले भने,फिल्डमा गएका कर्मचारीले लगबुक भरेर बाहिर जादा उनको त्यही अनुसार फिल्ड अनुगमन पनि गर्न सकिन्छ । भ्रमण आदेश भर्ने तर लगबुक नभरी कर्मचारी ज...
प्रतापपुर गाउपालिकाका जेष्टनागरिकलाई दिर्घायु कार्यक्रम
प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाका जेष्टनागरिकलाई दिर्घायु कार्यक्रम

नवलपरासी,२३ मंसिरजिल्लाको प्रतापपुर गाउपालिकाले जेष्टनागरिकलाई राहत पुग्ने गरि जेष्ठनागरिक दिर्घायु योजना कार्यक्रम सञ्चालन गरेको छ । गाउपालिकाको आयुर्वेद शाखाको नेतृत्वमा सो योजना सञ्चालन गरिएको हो ।जेष्टनागरिकको स्वास्थ्य अवस्थाको ख्याल गर्दै आयुर्वेदिक उपचार तथा पोषणयुतm औषधी वितरण गर्नुका साथै जेष्ठनागरिकलाई परामर्श सेवा समेत दिईने गरि दिर्घायु आयोजना सञ्चालन गरिएको गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । आयुर्वेद शाखाले बनाएको योजना अनुसार गाउपालिकाले बजेट बिनियोजन गरेको थियो, उनले भने, अहिले आयुर्वेद शाखाले सो कार्यक्रम वार्ड वार्डमा पुगेर जेष्टनागरिकलाई औषधी उपचार तथा परामर्श सेवा दिइने कार्य अगाडी बढाएको छ । सिमित साधनस्रोतले लक्षित बर्गमा अधिक्तन सेवा दिने लक्ष्य अनुसार कार्यक्रम सञ्चालन भईरहेको उनको भनाई थियो ।दिर्घायु योजना अन्तरगत आयुर्वेद शाखाले अमृतचिया,च्वनप्रास,अश्वगन...
प्रतापपुर गाउपालिकाले गण्डक नहरमा र्याफ्टिगँ चलाउन बिनियोजन गर्यो बजेट
प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाले गण्डक नहरमा र्याफ्टिगँ चलाउन बिनियोजन गर्यो बजेट

नवलपरासी,जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भएर जाने भारतिय पश्चिमी नहर सिचाई प्रणालीको उपयोग गरि र्याफटिगँ सञ्चालनका लागि गाउपालिकाले बजेट बिनियोजना गरि सम्भाब्यता अध्ययन शुरु गराएको छ । बर्षाै देखी नहर प्रतापपुर गाउपालिका भएर बग्ने गरे पनि त्यसको उपयोग कहि कतै नदेखिए पछि गाउपालिका अध्यक्ष उमेशचन्द यादवले र्याफ्टिगँ शुरु गर्ने योजना ल्याएको र त्यसका लागि गाउपालिकाले बजेट बिनियोजना गरि सम्भाब्यताका लागि काम शुरु गराएका हुन् ।गाउपाालिकाले तत्काललाई १० लाख बजेट बिनियोजन गरेको अध्यक्ष यादवले जानकारी गराए । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटन विकास गर्ने उदेश्यले र्याफटिँग शुरु काम थालिएको छ । दुई चार महिनामा सम्भाब्यता अध्ययनको प्रतिवेदन आउछ,उनले भने, त्यस पश्चात र्याफटिगँ सञ्चालनमा ल्याईन्छ । फलामे गेट देखी सुर्यपुरा स्थित गण्डक जनविद्युत केन्द्रसम्म र्याफटिँग शुरु गरिने उनको भनाई थि...
प्रतापपुर गाउपालिकामा बार्षिक ३८ करोड रेमिटान्स भित्रिदै
प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकामा बार्षिक ३८ करोड रेमिटान्स भित्रिदै

नवलपरासी,२३ भदौजिल्लाको प्रतापपुर गाउपालिकाबाट विदेशिएका नेपालीबाट गाउपालिका भित्र बार्षिक ३८ करोड रेमिटान्स भित्रिने गरेको छ । बैदेशिक रोजगारीको क्रममा विदेशिएका युवाहरुले आर्जन गरेर रेमिटान्सको रुपमा सो रकम पठाउने गरेका हुन् ।रेमिटान्सले अर्थतन्त्रमा बजार सन्तुलन मिलाउदै आउने क्रममा प्रतापपुरबाट विदेशिएका नेपाली युवाले सो रकम गाउपालिका भित्र पठाउने गरेको गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । स्वदेशमा रोजगारी समस्या हल गर्न नसक्दा स्थानिय युवा विदेशिने गरेका छन्,उनले भने, गाउपालिका भित्र करोड रकम भित्रिने गरिएको भए पनि दिगो विकासलाई त्यसले सहयोग नपुर्याउने हुदा फर्कने युवालाई स्वदेशमै रोजगारी ब्यवस्था मिलाउनका लागि गाउपालिकाले रणनीतिक तयारीमा लागेको बताए । गाउ घरमै रोजगार र स्वरोजगारीको अवस्था सृजना गर्नका लागि बनाउने रणनीतिको क्रममा गाउपालिका भित्र सर्वेक्षण गर्दा ३ हजार १ सय विदेश...
गण्डक सिचाई नहरमा र्याफटिँग चलाउने योजना ल्याउदै प्रतापपुर गाउपालिका
प्रतापपुर गाँउपालिका, समाचार

गण्डक सिचाई नहरमा र्याफटिँग चलाउने योजना ल्याउदै प्रतापपुर गाउपालिका

नवलपरासी,१८ भदौजिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भएर जाने भारतिय पश्चिमी नहर सिचाई प्रणालीको उपयोग गरि र्याफटिगँ शुरु गर्ने भएको छ । बर्षाै देखी नहर प्रतापपुर गाउपालिका भएर बग्ने गरे पनि त्यसको उपयोग कहि कतै नदेखिए पछि गाउपालिका अध्यक्ष उमेशचन्द यादवले र्याफ्टिगँ शुरु गर्ने योजना ल्याएका हुन् ।आन्तरिक तथा बाह्य पर्यटन विकास गर्ने उदेश्यले र्याफटिँग शुरु गर्ने अध्यक्ष यादवले बताए । फलामे गेट देखी सुर्यपुरा स्थित गण्डक जनविद्युत केन्द्रसम्म र्याफटिँग शुरु गरिने उनको भनाई थियो । नहरमा १२ देखी १५ हजार क्युसेक पानी नियमित प्रवाह हुन्छ,उनले भने, वरिपरि ठाँउ ठाँउमा नहरबाट बाहिर आउने जाने खालका भर्याँगहरु बनि बनाउ नै छन् । धेरै संरचना बनिबनाउ नै भएको हुदा आवश्यक र्याफटिँग गर्ने खालका प्लाटिकका डुगाँ र त्यसमा बस्ने यात्रुका लागि लाईफ जकेट खरिद गरेर तत्कालै शुभारम्भ गरिने योजना भए पनि त्यसका...