‘सरकार अर्थतन्त्र प्रति गम्भिर छैन ।’ – गुणनिधि तिवारी, उ.बा.महासंघ परिसद सदस्य

नवलपरासी,२ अश्विन
नेपालको अर्थतन्त्र दिनाुनदिन खस्कदै जादा पनि सरकार त्यस प्रति गम्भिर नभएको नेपाल उद्योग बाणिज्य महासंघ परिसद सदस्य गुणनीति तिवारीले आरोप लगाएका छन् । अर्थतन्त्र खस्कदा त्यसको प्रत्यक्ष मार उद्योगी ब्यवसायीलाई परेको तर त्यस प्रति सरकार सोचे जस्तो गम्भिर नभएको आरोप उनले लगाएका हुन् ।
हरेक दिन उद्योग ब्यवसायमा सञ्चालनमा एउटा एउटा समस्या आउने गरेका छन्,त्यसै सरकारले उद्योगी ब्यवसायिको संरक्षण र प्रवद्र्धन गर्नु पर्नेमा उल्टै समस्यामा पार्ने खालको गतिविधि गर्दै आएको उनले पत्रकार भेटघाटमा बताएका हुन् । आफ्नै सत्ता स्वार्थ र पदलोलुपतामा रनिभुल्ल पर्ने सरकार जनता उद्योगी ब्यवसायि तथा राज्यको मेरुदण्डको रुपमा रहेको अर्थब्यवस्था धारासायि प्रति सोच्न नसकेको प्रति उनले दुःख समेत ब्यतm गरेका थिए । लामो समय उद्योग बाणिज्य क्षेत्रमा काम गरेका तिवारी उद्योग बाणिज्य संघ नवलपरासीका सल्लाहकार संयोजक पनि हुन् ।
विश्व आर्थिक मन्दीको प्रभाव नेपाललाई पनि प्रभावित बनाउनु स्वभाविक नै हो, उनले भने,तर सरकारले यस्तो अवस्थामा उद्योग ब्यवसायीको समस्या सुन्नु पर्ने,त्यसको हल निकाल्नु पर्ने र आर्थिक एजेण्डामा नियमित बहस चलाउनु पर्ने हो । तर जनता र उद्योगी ब्यवसायि माथि कर थुपार्दै नेताहरु रजाई गर्दै आएका छन् । नेपालको ब्युरोक्रेसीले त्यसैको फाईदा उठाउदै जनता र उद्योगी ब्यवसायिलाई ढाँड सेक्ने गरि विभिन्न प्रकारका कर वृद्धि गर्ने,बैंकहरुले ब्याजदर बढाउने र राजश्व क्षेत्रका कर्मचारीहरु विभिन्न बहानामा उद्योगी ब्यवसायि माथि मिस मैच जस्ता त्रास फैलाउदै रकम असुल्ने कार्यमा लागेको उनको भनाई थियो ।
जनताको सेवा गर्न भनेर सत्तामा जानेहरु नै मोजमस्तीमा भुल्न थाले पछि त्यसको फाईदा नजिकका ब्युरोक्रेसी,बैंकर,कर्मचारीले उठाउनु स्वभाविक भएको उनको भनाई थियो । उद्योग बाणिज्य महासंघले पनि सुक्ष्म तरिकाले अर्थतन्त्रका समस्या अध्ययन गरि सरकार समक्ष प्रस्तुत गर्नमा ढिलाई गरिरहेको छ । एउटा ब्यवसायले आर्को ब्यवसायको सम्पुरक हो,उनले थपे,तर यसबारे सरोकारवाला पनि मौन देखिएका छन् । आफ्नो आफ्नो समस्या मात्रै बोलेर पनि हुदैन्,समग्र अर्थ ब्यवस्थाका सबै तत्वहरुको एकिकृत अध्ययन गरिनु पर्ने उनले बताए । कर पनि असुल्ने विभिन्न बाहानामा जरिवाना लगाउदै ब्यवसायी तर्साउने खेल सरकारी संयन्त्रले छाड्नु पर्ने हो,तर त्यसो भएको पाइएको छैन् ।
पहिला राजस्व कार्यालयले कर चुक्ता आफै दिन्छ,पछि मिसमैचको चिठ्ठी पठाउछ, उनले विभिन्न दृष्टान्त र उदाहरण दिदै भने,यसले ब्यवसायिहरु कसरी काम गर्न उत्साही हुन्छन् । राजनीति नेतृत्व कुनै अध्ययन नै नगरि जस्तो सुकै कानुन र नियमावली तथा दस्तावेजमा सहि ठोकिाल्छन्,त्यसको फाईदा कर्मचारीले उठाउछन् । विभिन्न सरकारी निकायमा लेनदेनमा कुरा मिल्यो भन्ने सबै काजजात ठिक हुन्छ,तर मिलेन भने विभिन्न नियम देखाउदै त्रास देखाउने कार्य हुन्छ । यस्ले गर्दा नेपालका युवाहरु पनि उद्यम ब्यवसाय गर्न भन्दा विदेश खाडीमा ज्याला मजदुरी गर्न रुचाउछन् । सरकारलाई पनि त्यही चाहिएको छ,नेपाली युवा विदेशमा कमाउन,नेपालमा रेमिट पठाउन,नेताहरु त्यसैमा रजाई गरुन् । नेपाल र नेपालीको मान सम्मान र इज्जत प्रति कुनै सरोकार छैन् ।
नवलपरासी जिल्ला अहिले औद्योगिक क्षेत्रको आकर्षणको केन्द्र बनेको उनले बताए । यसका लागि यहाँको वातावरण,भारतसँग महेशपुर र भैरहवा दुई वटा मुल नाकासँग जोडिएको,विद्युतका बहुबैकल्पिक ब्यवस्था,जलको आपुर्ति तथा जलनिकास,भण्डार,ढुवानी,श्रमआपुर्ति लगायतका धेरै कुराले सहज भएकोले नवलपरासी उद्योग स्थापना गर्ने पहिलो रोजाई बनेको जिल्ला भएको समेत उनले बताए । सरकारको औद्योगिक मैत्री नीति बने अझै पनि धेरै उद्योगहरु यस क्षेत्रमा खुल्ने उनको दाबी थियो । नवलपरासीमा बहुराष्ट्रिय कम्पनीसँगै सय भन्दा बढि ठूला तथा मझौला उद्योग स्थापना भएका छन् । अर्बौ राजश्व र हजारौको रोजगारी समेत दिदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *