रामग्राम नगरपालिका

सञ्चालनमा नआउदा दुई बर्ष पहिला नै निर्माण सम्पन्न रामग्रामको बसपार्क अलपत्र
रामग्राम नगरपालिका, विकास पुर्वाधार

सञ्चालनमा नआउदा दुई बर्ष पहिला नै निर्माण सम्पन्न रामग्रामको बसपार्क अलपत्र

नवलपरासी,३ भदौजिल्लाको सदरमुकाम परासी स्थित निर्माणकार्य सम्पन्न दुई बर्ष भईसक्दा पनि सञ्चालनमा नआउदा अलपत्र परेको छ । दुई बर्ष पहिला नै सञ्चालनमा ल्याउने हल्ला भए पनि सञ्चालनमा ढिलाई हुदा सो बसपार्क अलपत्र अवस्थामा देखिएको हो ।बसपार्क सञ्चालनमा नआउदा करोडौको सरकारी लगानी खेर गई रहेको स्थानियले जनाएका छन् । बसपार्क बनाउन भनेर नगरपालिकाकै आग्रहमा स्थानियले उपयोग गर्दै आएको सार्वजनिक जग्गा बसपार्क निर्माणका लागि दिन सहमत भएका थिएन,एक स्थानियले भने,तर अहिले निर्माण भई सकेको बसपार्क दुई बर्ष देखी अलपत्र हुदा दुःख लागेको छ । लामो समय देखी सदरमुकाम परासीमा बसपार्क निर्माण हुनु पर्ने माग हुदै आएको थियो । सो माग अनुसार नै सरकारले बसपार्क बनाईदिएको छ । बसपार्कको सबै काम सम्पन्न भएको दुई बर्ष पुग्यो,तर किन सञ्चालनमा आउन नसकेको होला भनेर स्थानियबासी आश्चर्य ब्यतm गर्दै आएका छन् ।बसपार्कमा अझै पनि केह...
बौद्धकालिन संघारामले उपयोग गर्ने प्राचीन पोखरीको संरक्षणमा वार्ड अध्यक्ष मौर्य
पर्यटन, रामग्राम नगरपालिका, समाचार

बौद्धकालिन संघारामले उपयोग गर्ने प्राचीन पोखरीको संरक्षणमा वार्ड अध्यक्ष मौर्य

नवलपरासी,२४ असारभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपकै अभिन्न अंग मानिने संघराम क्षेत्रको प्राचीन पोखरी संरक्षणमा सो वार्डका वार्डअध्यक्षले चाँसो लिई काम भई रहेको बताएका छन् । संघाराममा बास बस्ने बौद्ध भिच्छुले उपयोग गर्ने उतm बौद्धकालिन पोखरीको संरक्षणमा वार्ड स्तरबाट सम्भव हुने संरक्षणका काम भई रहेको रामग्राम १७ का वार्ड अध्यक्ष कन्हैया मौयले जानकारी गराएका हुन् ।रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला पर्ने गरेको छ । स्तुप देखी पुर्वमा रहेको देवगाव नै संंघराम भएको पहिचान पछि संघराम स्थल र पोखरीको समेत संरक्षण कार्य भई रहेको वार्ड अध्यक्ष मौर्यले बताए । सो स्थानमा पुरातत्व विभागले पनि प्राचीन स्मारक भनेर उल्लेख गर्दै सुचना बोर्ड राखेको छ । बुद्धकाल कै पोखरी पनि हो, उनले भने, यसको संरक्षणका लागि आफु लागि परेको छु । ५ विघा क्षेत्रफलमा उतm प्राचीन पोखरी रहे...
रामग्राम स्तुपसँग सम्बन्धित संघाराम क्षेत्रलाई स्तुपक्षेत्रसँगै जोड्नमा चाँसो लिदै रामग्राम विकास कोष
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपसँग सम्बन्धित संघाराम क्षेत्रलाई स्तुपक्षेत्रसँगै जोड्नमा चाँसो लिदै रामग्राम विकास कोष

नवलपरासी, २४ बैशाखभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रकै भाग रहेको संघाराम क्षेत्रलाई जोडेर लैजान रामग्राम विकास कोषले चाँसो देखाउन थालेको छ । बुद्धकालमा रामग्राम स्तुपमा आउने देशी विदेशीलाई आराम गर्ने उदेश्यले बनाइएको रामग्राम १७ देवगाव स्थित प्राचीन स्थलको संरक्षण र विकास रामग्राम स्तुपसँगै जोडेर लैजानु पर्नेमा चाँसो देखाएको हो । रामग्राम स्तुपकै अभिन्न अंग मानिने संघराम क्षेत्रको पुरातात्विक स्थलको आईतवार अवलोकन गर्दै सम्बन्धित वार्डका वार्ड अध्यक्ष कन्हैया मौयसँग संरक्षण र प्रवद्र्धनबारे छलफल गरिएको कोषका सदस्य तथा पाल्ही बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरले बताएका थिए । वरिपरि रहेको संघरामको खोजीमा रामग्राम विकास कोषले अध्ययन अनुसंंधान कार्यमा लागेको छ । रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला गर्ने स्तुप देखी पुर्वमा ...
रामग्राम स्तुप परिसरमा बौद्धधम्म सम्मेलन
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप परिसरमा बौद्धधम्म सम्मेलन

नवलपरासी,२० बैशाखजिल्लाको रामग्राम स्तुप परिसरमा विश्व धम्म परिषद नेपालले लुम्बिनी स्तररिय बौद्ध धम्म सम्मेलन गरेको छ । आम जनमानसमा बुद्धको शिक्षाको पहुँच पुर्याउन र बौद्ध भुमिको प्रचार प्रसार गर्दै बुद्ध शासनको विस्तार गर्ने उदेश्यले सम्मेलन गरिएको आयोजक सस्थाले जनाएको हो । उतm सम्मेलनमा लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद बैजनाथ जैसवालले विश्व शान्तिका लागि विश्व भरि नै बुद्ध शिक्षाको प्रसार हुन आवश्यक रहेको र त्यसको केन्द्र रामग्राम स्तुप लगायत लुम्बिनी प्रदेश भरिका बौद्ध भुमिलाई आधारशिला बनाउनु पर्ने औल्याएका थिए । विश्वको एक मात्र भगवान गौतम बुद्धको मौलिक अवस्थाको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्र अध्यात्मिक केन्द्र बनाउन आवश्यक रहेको र त्यसका लागि लुम्बिनी प्रदेश सरकारसँग आफु काम गर्न निरन्तर लागि रहेको बताएका थिए । रामग्राम स्तुपासँगै नवलपरासी जिल्लामा रहेको बुद्धको मावल...
प्राचिन कोलिय गणरज्यको कोलनगरका कोलवृक्षको संरक्षण गर्न आवश्यक ः पुर्व क्याम्पस प्रमुख ठाकुर
पर्यटन, रामग्राम नगरपालिका, समाचार

प्राचिन कोलिय गणरज्यको कोलनगरका कोलवृक्षको संरक्षण गर्न आवश्यक ः पुर्व क्याम्पस प्रमुख ठाकुर

नवलपरासी, १४ बैशाखनेपालकै लोपोन्मुख कोलवृक्षको संरक्षणमा सरोकारवालाले ध्यान दिइनु पर्ने रामग्राम विकास कोषका सदस्य समेत रहेका पाल्ह्ी बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरले बताएका छन् । औषधिय गुण मात्र नभई यस कोलिय गणराज्यको इतिहास समेत जोडिने भएको हुदा सो रुखको संरक्षण प्रवद्र्धन र विस्तारमा बन तथा बनस्पति विभाग र रामग्राम नगरपालिकाले काम गर्न आवश्यक रहेको औल्याएका हुन् ।प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा समेत लोपोन्मुख कोलवृक्ष पुरातात्विक क्षेत्रमा फेला परे पछि सो संरक्षण र विस्तारमा ध्यान पुर्याउन सरोकारवालाले चाँसो लिन थालेका छन् । स्थानिय कुलोमा रहेका बुट्यान र झाडीमा कोलवृक्षको एउटा रुख भेटिएको थियो । कोलिय गणराज्यको राजधानी क्षेत्रमै सो वृक्ष फेला पर्नु सुनमा सुगन्ध भएको बताउदै सदस्य ठाकुरले यसलाई कार्ययोजना नै बनाएर काम गर्न आवश्यक रहेको औ...
कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगरमा दोश्रो चरणको उत्खनन कार्य सम्पन्न
पर्यटन, रामग्राम नगरपालिका, समाचार

कोलिय गणराज्यको राजधानी प्राचीन कोलनगरमा दोश्रो चरणको उत्खनन कार्य सम्पन्न

नवलपरासी, १२ बैशाखकोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा यस बर्ष दोश्रो चरणको उत्खनन कार्य सम्पन्न भएको छ । पुरातत्व कार्यालयका प्रमुख भास्कर ज्ञवाली सहितको टोलीले करिब एक महिना लगाएर दोश्रो चरणको उत्खनन कार्य सम्पन्न गरेको हो ।लुम्बिनी प्रदेश सरकारको लगानीमा रामग्राम नगरपालिका मार्फत सो उत्खनन कार्य थालिएको टोली प्रमुख ज्ञवालीले जानकारी गराएका थिए । गत पुस महिनमा पनि एक महिनासम्म पुरातत्व विभागको कार्यक्रम अनुसार उत्खनन गर्दै आएको र अहिले रामग्राम नगरपालिका मार्फत उत्खनन शुरु गरिएको थियो । सो उत्खनन कार्य एक महिनासम्म चलेको उत्खनन कार्यमा संलग्न रहेका पुरातत्वका स्थानिय जानकार नारद यादवले रामग्राम विकास कोषका सदस्य समेत रहेका पाल्ही बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरलाई जानकारी गराएका थिए । यो उत्खननले भुभौतिक सर्वेले पहिचान गरिएको स्थानलाई थप प्रस्ट्याएको ...
कबाडी बोतलको चोरी निकासी नरोकिदा जिल्ला स्थित प्लाष्टिक दाना उद्योग संकटमा
अर्थ, रामग्राम नगरपालिका, समाचार

कबाडी बोतलको चोरी निकासी नरोकिदा जिल्ला स्थित प्लाष्टिक दाना उद्योग संकटमा

नवलपरासी,७ बैशाखनेपालकै पहिलो प्लाष्टिक बोतलबाट दाना बनाउने रामग्राम १० स्थित गणेश ओभरसिज प्रालिको उद्योगमा अहिले कच्चा पदार्थ अभाव हुदा संकटमा परेको छ । सो उद्योगका लागि आवश्यक पर्ने पुरानो पानीको बोतल (कच्चा पदार्थ) को रुपमा चाहिने तर तस्करी भएर भारत तर्फ जादा उद्योग संकटमा रहेको उद्योग ब्यवस्थापनले जनाएको हो ।नेपाल सरकारकै आग्रहमा आफुले नेपालमा ७० करोड लगानी गरि उद्योग लगाइएको जानकारी उद्योगका प्रबन्धक सुधिर शर्माले गराए । उद्योग बाणिज्य संघद्धारा उद्योगका समस्या तथा सुझव संकलन अभियान अन्तरगत उद्योग उपाध्यक्ष गिरीराज पाण्डे तथा बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त र पत्रकार महासंघका सहसचिव सद्दा हुनेस सहितको टोली उद्योग परिसरमा पुगेर छलफल गर्दा उद्योग ब्यवस्थापनले सो जानकारी गराएको थियो । सरकारको आग्रहमा कम्पनीले पहिला नेपालमा सर्वेक्षण गरेको थियो, उनले भने, सर्वेक्षणमा मासिक २ हजार मे.ट...
रामग्राममा थपियो आठ करोड बढि लगानीमा च्याउ उद्योग
कृषि, रामग्राम नगरपालिका, समाचार

रामग्राममा थपियो आठ करोड बढि लगानीमा च्याउ उद्योग

नवलपरासी, ८ बैशाखच्याउबाट राम्रो आमदनीको सम्भावना पहिचान गर्दै जिल्लाको रामग्राम नगरपालिकाका युवा उद्यमीहरुले च्याउ उत्पादनमा लगानी गर्न थालेका छन् । दुई बर्ष पहिला १२ कुनवारमा सञ्चालित ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम)को बजारमा माग बढदै गए पछि अहिले रामग्राम ६ मा आर्को च्याउ उद्योग थप्न स्थानिय उद्योगीले लगानी बढाएका हुन् ।पहिलाको उद्योगले उद्योग ब्यवस्थापनले क्षमता लगानी थपेर क्षमता विस्तार गरेको छ । लगानी गरि क्षमता वृद्धि गरे पश्चात १० जनाको रोजगारी थपिएको उद्योग ब्यवस्थानले जनाएको छ,भन्ने नयाँ उद्योगले पनि ४० जनाको रोजगारी प्रदान गरेको छ । उद्योग बाणिज्य संघद्धारा उद्योगका समस्या तथा सुझव संकलन अभियान अन्तरगत उद्योग उपाध्यक्ष गिरीराज पाण्डे तथा बाणिज्य उपाध्यक्ष सहितको टोली उद्योग परिसरमा पुगेर छलफल गर्दा उद्योग ब्यवस्थापनले सो जानकारी गराएको थियो । विभिन्न जटिलताका बाबजुद पनि च्या...
परासी बजार सौन्दर्यीकरण र सरसफाईमा सक्रिय वार्ड अध्यक्ष
रामग्राम नगरपालिका, समाचार, समाज

परासी बजार सौन्दर्यीकरण र सरसफाईमा सक्रिय वार्ड अध्यक्ष

नवलपरासी, २६ चैत्र, जिल्लाको सदरमुकाम परासी बजारको सौन्दरीकरण तथा सरसफाईमा स्थानिय वार्ड अध्यक्ष सक्रिय देखिएका छन् । परासीको बुद्धचोक देखी उत्तर निलोगेटसम्मको सडकमा फूलेको फूलहरुलाई ब्यवस्थित गर्दै वरिपरिका ढल सरसफाई तथा सडक बत्तिहरुको मर्मत सम्भार गर्दै बजारको सौन्दर्यीकरण अयिभानमा लागेका हुन् । सबै काम नगरपालिकाकै योजनाले गर्ने भन्ने होईन्,वार्ड स्तरबाटै नियमित काम गरियो भन्ने बजार,टोल,सडक लगायतका पुर्वाधार सफा चिटिक्क देखिने वार्ड नं.३ का वार्ड अध्यक्ष उज्जवल न्यौपाने (बेबी)ले बताए । नगरपालिकाबाट ढल सफाईका लागि जेसिबि समेत माग गरेको तर त्यहाँबाट उपलब्ध हुन सकेन,तर पनि जनशक्ति प्रयोग गरेरै काम शुरु गरिएको उनले बताए । वार्ड स्तरबाट हुने काममा लागेको छु, उनले भने, स्थानिय टोल विकास सस्थाहरुले पनि यसमा सहयोग गर्न आवश्यक देखिएको छ । बजारको सरसफाईसँगै अब चोक चोकमा सुचना प्रणाली ब्यवस्...
पुरातात्विक क्षेत्रमा बन्ने गरेको अनाधिकृत पुर्वाधार रोक्न पुरातत्व विदको माग
पर्यटन, रामग्राम नगरपालिका

पुरातात्विक क्षेत्रमा बन्ने गरेको अनाधिकृत पुर्वाधार रोक्न पुरातत्व विदको माग

नवलपरासी, २४ चैत्रजिल्लाको पुरातात्विक क्षेत्रमा निर्माण हुने गरेका भौतिक पुर्वाधार तथा जथाभावि खनन रोक्नका लागि पुरातात्विक टोलीले स्थानिय निकाय तथा स्थानिय प्रशासनसँग माग गरेको छ । कोलिय गणराज्यका राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा पुरातात्विक क्षेत्रमा अवैध रुपमा भवनहरु बनाउने गरिएको र जथाभावि खनजोत भई रहेको जनाउदै त्यसलाई रोक्नु पर्ने माग पुरातत्वको टोलीले गरेको हो ।गत साता देखी उतm क्षेत्रमा पुन :उत्खनन कार्य शुरु भएको छ । पुरातत्व कार्यालयका प्रमुख भास्कर ज्ञवाली सहितको टोलीले चार देखी कोलनगरको प्रचिन स्थलमा उत्खनन कार्य गर्न थालिएको जानकारी गराए । उनले भुभौतिक सर्वे अनुसारका प्राचिन पुर्वाधार धमाधम भेटिन थालिएको हुदा यस क्षेत्रमा अनाधिकृत पुर्वाधार बनाउन नदिनका लागि सबै सरोकारवालासँग उनले आग्रह गरेका थिए । त्यसै गरि पुरातात्विक क्षेत्रका सबै भुमिको नापी गराई लगत विवरण तयार गर्नका ...