रामग्राम नगरपालिका

करदाता सेवा कार्यालय परासीले संकलन गर्यो ८० करोड ८७ लाख राजश्व
रामग्राम नगरपालिका, समाचार

करदाता सेवा कार्यालय परासीले संकलन गर्यो ८० करोड ८७ लाख राजश्व

नवलपरासी,१९ साउनकरदाता सेवा कार्यालय परासीले राजश्व संकलनका लागि लक्ष्य नजिक पुगेको छ । गत आर्थिक बर्ष देखी परासीमा राजश्व संकलन गर्ने उदेश्यले मात्रै खुलेको करदाता सेवा कार्यालयलाई तोकिएको लक्ष्य नजिक पुगेको कार्यालयको तथ्याँकले देखाएको हो ।कार्यालयको तथ्याँक अनुसार आर्थिक बर्ष २०७८÷०७९ मा कुल ८५ करोड राजश्व संकलन गर्ने लक्ष्य भएकोमा ८० करोड ४७ लाख संकलन भएको छ । जुन प्रतिसतमा ९४.६७ प्रगति भएको उल्लेख छ । राजश्वका विभिन्न शिर्षकमा संकलन भएको रकम मध्ये सबै भन्दा बढि मुल्य अभिवृद्धि कर (भ्याट) रकम संकलन भएको कार्यालय प्रमुख करअधिकृत विकल्प भट्टराईले बताए । जस्मा ३५ करोड ४८ लाख रकम उठाउने लक्ष्य भए पनि ३१ करोड १४ लाख अर्थात १२२.२४ प्रतिसत प्रगति देखिन्छ । त्यस बाहेक अन्य शिर्षकमा लक्ष्य भन्दा कम राजश्व संकलन देखिन्छ ।आयकरमा ४५ करोड ८९ लाख लक्ष्य भएको तर ४० करोड ९८ लाख प्रतिसतमा ८९.३ छ । बहाल...
एक दिनमै रामखण्डाखोला पुलको र्यालिगँ मर्मत भयो
रामग्राम नगरपालिका, समाचार

एक दिनमै रामखण्डाखोला पुलको र्यालिगँ मर्मत भयो

नवलपरासी,१९ साउनजिल्लाको भैरहवा–भुमही बन्दरगाह मार्गको पुलको भत्किएको र्यालिगँ एक दिनमै ढलान भएको छ । र्यालिगँ नबन्दा यात्रुहरुलाई जोखिम भएको कुरा समाचारमा आए पछि रामग्राम नगरपालिकाको पहलमा सडक डिभिजन कार्यालयले एक दिनमै मर्मत गरेको हो ।रामग्राम ३ स्थित रामखण्डा खोलाको र्यालिगँ भत्किएको बर्षाै भई सक्दा पनि सरोकारवालाले ध्यान नदिदा दुर्घटना हुने जोखिम बढेको समाचार प्रकाशन प्रसारण भएको थियो । पुलको र्यालिगँ भत्किएको कुराले दुर्घटनाको जोखिम बढेको भनेर सडक डिभिजनमा पहल गरिएको रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताए । पहल नगरपालिकाले गरेको हो,उनले भने, मर्मत सडक डिभिजनले गरेको हो । यसल दुर्घटना जोखिम टरेको छ ।पुर्व पश्चिम राजमार्ग निर्माणको भईरहेको बेला अहिले बन्दरगाह मार्गमा सवारी साधनको चाप बढेको छ । ति र्यालिगँ पनि सवारीसाधन ठोकिदा भत्किएको थियो । तत्कालिन जिल्ला विकास समितिले समान्य सडकक...
रामखण्डाखोला पुलको र्यालिगँ मर्मत नहुदा दुर्घटना हुने जोखिम
रामग्राम नगरपालिका, समाचार

रामखण्डाखोला पुलको र्यालिगँ मर्मत नहुदा दुर्घटना हुने जोखिम

नवलपरासी,१८ साउनजिल्लाको भैरहवा–भुमही बन्दरगाह मार्गको पुलको भत्किएको र्यालिगँ नबन्दा यात्रुहरुलाई जोखिम भएको छ । रामग्राम ३ स्थित रामखण्डा खोलाको र्यालिगँ भत्किएको बर्षाै भई सक्दा पनि सरोकारवालाले ध्यान नदिदा दुर्घटना हुने जोखिम बढेको हो ।पुर्व पश्चिम राजमार्ग निर्माणको भईरहेको बेला अहिले बन्दरगाह मार्गमा सवारी साधनको चाप बढेको छ । तर यहीँ बेला र्यालिगँ भत्किएको छ । भत्किएको र्यालिगँ तत्कालै निर्माण गरिनु पथ्र्यो तर सडक डिभिजन कार्यालय र नगरपालिका समेत ध्यान दिएको छैन् । ध्यान नदिदा जुनसुकै बेला पुल सवारीसाधन खोलामा खस्ने अवस्था देखिएको स्थानियले बताएका छन् । ति र्यालिगँ पनि सवारीसाधन ठोकिदा भत्किएको थियो । चार दशक पुरानो पुल समेत जिर्ण छ । त्यसमा पनि पुलको र्यालिगँ छैन्, यस प्रति सरकारको ध्यान गएको छैन्,स्थानिय शिव चौधरीले भने,सडक डिभिजनले नबनाए पनि नगरपालिकाले र्यालिगँ बनाउनु पर्ने हो ।...
सिचाई डिभिजन कार्यालयले बेलामा काम नगर्दा परासी बजार डुबानमा पर्ने पिर
रामग्राम नगरपालिका, समाचार

सिचाई डिभिजन कार्यालयले बेलामा काम नगर्दा परासी बजार डुबानमा पर्ने पिर

नवलपरासी,१६ साउनडिभिजन सिचाई कार्यालयको लार्पवाहीले जिल्ला स्थित झरही खोलामा काम सम्पन्न नहुदा अहिले फेरी डुबानमा पार्ने पिरमा सदरमुकाम परासीबासी छन् । पटक पटक स्थानिय पहल गर्दा डिभिजनले काम गर्न ढिलाई गर्दा खोलामा बाँधको पुर्ण काम हुन नसके पछि खोला बढ्दा स्थानिय त्रसित हुने गरेका हुन् । खोलामा अहिले पानी बढदै जादा स्थानिय त्रसित बनेको रामग्राम १ का सुरज यादवले बताए । त्यसको दबाव जिल्ला समन्वय समिति (जिसस) र रामग्राम नगरपालिकामा पर्ने गरेको छ । उपभोतmा समिति बनाउने र आफ्नो मान्छेलाई ठेक्का दिने योजना बनाउदा बनाउदै काममा ढिलाई भएका कारण लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजना गर्दा पनि काम हुन नसकेको उनको भनाई थियो । बजारबासी त्रसित बने पछि सोमवार जिसस प्रमुख भगौती यादव,रामग्राम नगरपालिकाका मेयर धनपत यादव र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवणकुमार पोखरेल सहितको टोलीले स्थलगत अनुगमन ग...
कबाडी ब्यवसायी माथि सुरक्षा निगरानी
रामग्राम नगरपालिका, समाचार

कबाडी ब्यवसायी माथि सुरक्षा निगरानी

जिल्ला भित्र कबाडीको काम गर्ने ब्यसायिहरुबाट अपराधिक कृयाकलाप हुने गरेको पाइए पछि शुरक्षा निकाय र रामग्राम नगरपालिकाले पनि त्यसमा सुक्ष्म निगरानी बढाएको छ । केही पहिला कबाडीको स्टकबाट बिभिन्न मन्दिरका पुजा गर्ने ताँबाका भाडाकुडा,घण्टी समेत बरामद गरिएको र लागु औषधको कारोबार गर्ने गरेको पाइए पछि त्यस्तो निगरानी बढाइएको हो ।केही दिन पहिला आफ्नो टेक्टरबाट फलाम हराएको र फेरी जडान गर्नका लागि कबाडीको पसलमा खरिद गर्न जादा आफ्नै टेक्टरको समाग्रि दिएको स्थानिय ब्यसायि राधेश्याम अग्रहरीले बताए । कबाडी ब्यवसायिले यदि उपयोगी मालबस्तु कसैले विक्रि गर्न ल्याएर कम्तीमा त्यसको विवरण राखिदिए पछि पक्राउन गर्न सकिन्थ्यो, उनले भने, तर जस्तो सुकै ब्यतिmको उपयोगी समाग्रि पनि कबाडी कहाँ लगेर बेच्ने र उनीहरुले खरिद गरिदिदा चोरी बढेको छ । कडाडकै कारोबार गर्ने दुई जना भारितय नागरिक माथि प्रहरीले लागु औषधमा अनुसंधान...
रामग्रामका मेयर यादव खोला सफाई अभियानमा
रामग्राम नगरपालिका, समाचार

रामग्रामका मेयर यादव खोला सफाई अभियानमा

नवलपरासी,१५ साउनजिल्लाको रामग्राम नगरपालिकाका मेयर धनपत यादव र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवण कुमार पोखरेल सहित शुरक्षा निकायले नगरक्षेत्रको रामखण्डा खोला सफाई अभियानमा लागेका छन् । खोलाको पानी सहज ढंगले बग्न सकोस भनेर खोलाका जलकुम्भी सफाई अभियान थालेका हुन् ।खोलामा राम्रोसँग जलनिकास नहुदा खोलाको पानी बजार बसेर ढुवान हुने भन्दै सफाई अभियान थालिएको मेयर यादवले बताए । यसमा प्रजिअ शुरक्षा निकायका प्रमुखहरु पनि सहमत भएकोले यस्तो अभियान थालिएको यादवले जनाए । बेला बेलामा खोला नालाको सफाई नर्दा पनि स सानो बाढी पनि बजार बस्ने र नागरिकलाई नोक्सानी पुर्याउने गरेको उनको भनाई थियो । गत बर्ष यस्तै खोलानालाको सफाई हुन नसक्दा आएको बाढीले परासी बजार पस्दा करोडौको धनमाल क्षति भएको थियो, उनले भने, अहिले नगरपालिका र सुरक्षा निकाय यस प्रति सचेत छ । आफु मेयर भएर नगरपालिकामा आए देखी पहिलो प्राथमिकतामा खोल...
नवलपरासीमा उद्योग ब्यवसाय खुल्ने क्रम बढ्दा रोजगारीमा वृद्धि
रामग्राम नगरपालिका, समाचार

नवलपरासीमा उद्योग ब्यवसाय खुल्ने क्रम बढ्दा रोजगारीमा वृद्धि

नवलपरासी,१२ साउनविगत बर्ष भन्दा अहिले जिल्ला भित्र उद्योग स्थापना हुने क्रम बढदै गएको छ । स्थानिय स्तरमै लगानी गर्ने र स्वरोजगार बन्ने क्रमले पनि उद्योग स्थापना हुने क्रम बढेको र यस्ले रोजगारी वृद्धि समेत गरेको हो ।विगत बर्षका तुलनामा अहिले उद्योग ब्यवसाय दर्ता हुने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीले जानकारी गराएका हो । उद्योग ब्यवसाय गराउनमा महिला उद्यमीको पनि संख्या उल्लेख्य रुपमा बढेको छ । गाउ गाँउमा बजारीकरणसँगै उद्योग ब्यवसाय दर्ता हुने क्रम बढेको कार्यालय प्रमुख उद्योग अधिकृत गंगाधर पाण्डेयले जानकारी गराए । उद्योग ब्यवसाय दर्ता गराई स्वरोजगार हुने क्रम बढेको छ,यसले स्थानिय स्तरमा स्वरोजगार र रोजगारीको वृद्धि समेत गरेको छ । विभिन्न क्षेत्रबाट उद्योग ब्यवसायमा उत्पे्ररित गर्ने कार्य हुदा पनि उद्योग ब्यवसाय दर्ता गराउनेको संख्या बढेको उद्योग अधिकृत पाण्डेयको भनाई छ ।उन...
परासीमा सयपत्री मा वि सदरमुकामको कक्षा ११ मा विज्ञान र कानुन पढाउने भर्ना लिदै
रामग्राम नगरपालिका, समाचार

परासीमा सयपत्री मा वि सदरमुकामको कक्षा ११ मा विज्ञान र कानुन पढाउने भर्ना लिदै

नवलपरासी,११ साउनलामो समय देखी नवलपरासीको सदरमुकाम परासी बजारमा विज्ञान संकायको अभाव महशुस हुदै आएकोमा अहिले सयपत्री माविले उतm अभाव पुरा गर्ने भएको छ । यसै बर्ष देखी कक्षा ११ मा विज्ञान विषयको अध्ययन शुरु गरि सो अभाव पुरा गर्ने भएको हो । रामग्राम नगर शिक्षा समितिबाट विज्ञान विषयको पठन पाठनका लागि अनुमति पाएको छ । अनुमति पश्चात यसै बर्ष देखी कक्षा ११ मा विज्ञान विषय पढन चाहने विद्यार्थीको भर्ना लिने ब्यवस्थापन समितिका संयोजक श्याम कुमार बस्यालले एक कार्यक्रमको आयोजना गरि जानकारी गराएका हुन् । विज्ञानसँगै ब्यवस्थापन,शिक्षा र कानुन पढने विद्यार्थीका लागि पनि भर्ना लिने कार्य भईरहेको उनले बताए । कक्षा १० सम्म मात्र अध्ययन अध्यापन भई रहेको सयपत्री माविमा नयाँ टिमले चार वटै संकायमा पढने विषय थप गराएर कक्षा ११ मा भर्ना शुरु गरिएको उनको भनाई थियो ।अध्यापन गर्ने शिक्षकसँग अन्तरक्रिया गर्दै उ...
रामग्रामको औद्योगिक क्षेत्रमा औद्योगिक पार्क बनाउने अवधारणा
रामग्राम नगरपालिका, समाचार

रामग्रामको औद्योगिक क्षेत्रमा औद्योगिक पार्क बनाउने अवधारणा

नवलपरासी,१० साउनजिल्लाको सदरमुकाम परासी आसपासमा औद्योगिक विकास बढदै गईरहेकै बेला सोही क्षेत्रमा औद्योगिक पार्क निर्माण गर्नु पर्ने अवधारणा जिसस प्रमुख भगौती यादवले सारेका छन् । जिल्ला स्थित सम्पुर्ण उद्योगहरुको सुचनासँगै मनोरान्जनात्मक बनाउने पुर्वाधार विकास गरि औद्योगिक पार्क बनाउन सक्ने अवधारणा अगाडी सारेका हुन् । जिल्ला भित्र बहुराष्ट्रिय कम्पनीका विभिन्न उद्योगसँगै सय भन्दा बढि ठूला उद्योगहरु रहेका छन् । ति उद्योगका उत्पादन,रोजगारीको अवस्था,बजार ब्यवस्थापन आदीबारे एकै स्थलमा पुगेर सुचना लिन सक्ने गरि औद्योगिक पार्क प्रयोग गर्न सकिन्छ, उनले भने, त्यस्ता पार्क ब्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीका लागि पनि उपयोगी बन्न सक्ने छ । बढेलेखेका युवायुवतीलाई रोजगारीको सुचना समेत त्यहाबाट लिन सक्ने छन् । कुन उद्योगमा के कति कस्तो खालको जनशतिm आवश्यक पर्छ । त्यसको तालिम लिन सक्ने र प्रयो...
रामग्राम स्तुप क्षेत्र विकासका लागि रामग्राम नगरसभाद्धारा विकास समिति गठन गर्ने निर्णय
रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुप क्षेत्र विकासका लागि रामग्राम नगरसभाद्धारा विकास समिति गठन गर्ने निर्णय

नवलपरासी,१२ असाररामग्राम नगरपालिकाले भगवान गौतम बुद्धको अस्ति रहेको रामग्राम स्तुप क्षेत्र विकासका लागि रामग्राम विकास समिति गठन गर्ने निर्णय गरेको छ । नगरपालिकाको दशौ नगरसभाले सो निर्णय गरेको हो । नगरसभाको उतm निर्णयले नगरबासी उत्साही भएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास सस्थाका अध्यक्ष सम्भु उपाध्यायले जानकारी गराए । उनका अनुसार स्थानियबासले विगत एक दशक देखी रामग्राम स्तुप क्षेत्रको विकास तथा संरक्षण प्रवद्र्धनका लागि सरकारी स्तरबाट छुट्टै रामग्राम विकास समिति वा रामग्राम विकास कोषको गठन गर्न माग गर्दै आएका थियो । अहिले स्थानिय सरकारको रुपमा रहेको रामग्राम नगरपालिकाले उतm माग सम्बोधन गरेको छ, उनले भने, नगरप्रमुख धनपत यादव सहित नगरसभाका सबै जनप्रतिनिधि प्रति हार्दिक आभार ब्यतm गर्दछु । यसले स्थानियबासीमा उत्साह र हौसला थपेको छ । लुम्बिनी विकास कोषको अधिनमा रहेको उतm स्तुप क्षेत...