रामग्राम स्तुपा देखी बौद्धकालिन प्राचिन ककरपत्त नगर(जावा) जोड्न झरहीपुल निर्माण हुने
नवलपरासी,११ भदौजिल्लाको पर्यटकिय मार्गको रुपमा रहेको महामाया मार्ग र प्राचिन ककरपत्त नगर(जावा) जोड्न पुल निर्माण हुने भएको छ । पुर्वपश्चिम राजमार्ग देखी रामग्राम जोड्ने उतm माहामाया मार्गसँग सरावल गाउपालिका २ स्थित प्राचिन कोलिय गणराज्य अन्तरगतको एक प्रमुख ककरपत्त नगर जोड्ने मार्गको पुलको टेण्डर भए पछि उतm पुल निर्माण हुने सुनिश्चित भएको हो ।
रामग्राम नगरपालिका ७ उजैनीमा रहेको रामग्राम स्तुपबाट प्राचिन ककरपत्त नगर जाने सडकको विचमा झरहीखोला रहेको र अहिले सो पुल निर्माणका लागि सडक डिभिजनले टेण्डर समेत गरि सकेको हुदा पुल बन्ने कुरा निश्चित भएको स्थानिय देवराज चौधरीले बताए । सो पुलले रामग्राम स्तुपलाई प्राचिन ककरपत्त नगरले जोड्ने भएको छ, उनले भने, पर्यटन मार्गको रुपमा रहेको महामाया मार्ग रामग्राम स्तुपामा पुगेको थियो,तर ककरपत्त नगर पुग्नका लागि बिचमा झरही नदीमा पुल नभएका कारण समस्या थिय...









