अवस्था बुझ्न उद्योग बाणिज्य संघको टोलीद्धारा उद्योगहरुको अवलोकन
नवलपरासी,६ चैत्रउद्योग बाणिज्य संघ नवलपरासीको टोलीले जिल्लामा स्थापित उद्योगको उत्पादन,निर्यात अवस्थाबारे जानकारी लिइने उदेश्यले खोजी कार्यमा लागेको छ । जिल्लामा खर्ब बढि लगानी भई दर्जनौ उद्योग स्थापना भएर सञ्चालन हुदै आएको भए पनि धेरै उद्योगहरुले आफ्ना मालबस्तु निर्यात गर्दा उत्पातिको प्रमाणपत्र जारी अन्य जिल्लाबाट लिइने भएको हुदा त्यसको खोजमा संघ लागेको हो ।संघका अध्यक्ष ओम प्रकाश अग्रहरी र उपाध्यक्ष राजेश कुमार गुप्ता सहितको टोलीले जिल्ला भित्रै तिन बर्ष देखी सञ्चालन हुदै आएको द सगतानी स्टिल प्रालि रामग्राम १६ र सोही स्थानमा सञ्चालन हुदै आएको गोल्ड स्टार स्ट्राइट लिमिटेड तथा रामग्राम १५ सुक्रौली स्थित सिद्धिबिनायक स्टिल प्रालि र सिद्धिबिनायक आयल प्रालिको स्थलगत अध्ययन अवलोकन गर्दै उद्योगको उत्पादन,निर्यातबारे जानकारी लिइएको थियो । उत्पतिको प्रमाणपत्र जारी गर्ने अधिकार उद्योग बिभागले उद्...










