पण्डितपुरमा उत्खननले भेटाएको भग्नावेश खुल्ला नै राखिने तयारी
नवलपरासी,२५ मंसिरसम्भावित प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा पुरातत्व विभागको टोलीले आफ्नो १ महिने उत्खनन कार्य सम्पन्न गरि फर्केको छ । उत्खननमा भेटिएको प्राचीन बस्तिका भग्नावशेषलाई खुल्ला नै राख्ने गरि स्थानिय प्रशासन तथा स्थानिय सरकारको आग्रहमा खुल्ला नै राखेर फर्केको हो ।प्रमुख जिल्ला अधिकारी सहितको स्थानिय अधिकारीहरुसँग छलफल गरि भेटिएका भग्नावशेषलाई आउने पर्यटकले देख्ने गरि अवस्थामा राख्न सबैले निर्णय गरेका थिए । उतm स्थान प्राप्ती गर्नका लागि अधिग्रहणका आवश्यक प्रकृया पुरा गरि अधिग्रहण गर्ने र घामपानीले जोगाउन नगरपालिकाले ट्रस हाल्ने सहमति अनुसार उत्खनन टोलीले फेला पारेको भग्नावेश खुल्ला छाडेर गएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताए । विगत तिन दशक देखि सो क्षेत्रमा भुभौतिक सर्वेक्षण,उत्खनन अन्वेशष गर्ने र पछि ति स्थानलाई पुनः पुरेर पुरात्व विभ...










