रामग्राम नगरपालिका

पहुँच मार्ग नबन्दा दुई बर्ष देखी करोडौ लगानीको परासी बसपार्क सञ्चालनमा आएन
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

पहुँच मार्ग नबन्दा दुई बर्ष देखी करोडौ लगानीको परासी बसपार्क सञ्चालनमा आएन

नवलपरासी,२७ कातिकजिल्लाको सदरमुकाम परासीमा करोडौ लागनी भएको र निर्माणकार्य सम्पन्न दुई बर्ष वित्दा पनि बसपार्क जाने पहुँच मार्ग निर्माण नहुदा बसपार्क नै अलपत्र परेको छ । दुई बर्ष पहिला नै सञ्चालनमा ल्याउने हल्ला भए पनि पहुँच मार्ग निर्माण नभएको बहनाबाजी गर्दै नगरपालिकाले उतm बसपार्क सञ्चालनसञ्चालनमा ढिलाई गर्दा बसपार्क नै अलपत्र अवस्थामा देखिएको हो । बसपार्क सञ्चालनमा नआउदा करोडौको सरकारी लगानी खेर गई रहेको स्थानियले जनाएका छन् । बसपार्क निर्माणमा पाँच करोड लगानी गर्ने निकायले १ करोड लगानी गरि पहुँच मार्ग बनाइ दिएको भए बसपार्क सञ्चालनमा नगरपाकिलाले बहाना बनाउन सक्दैन्थ्यो, नागरिक समाजका पुर्व अध्यक्ष राधेश्याम सिँह सैथवारले भने, अर्बको बजेट बनाउने नगरपालिकाले पनि यस्त पहुँच मार्ग बनाउन सक्दैन् । नेपालका विकासको यो के मोडेल हो, उनले आश्चर्य ब्यतm गर्दै थपे, पुर्वाधार लगानी जो जस्ले ग...
रामग्राम स्तुप नजिकै रामजानकी मन्दिर निर्माण,रामलिला गराई मन्दिरमा प्राणप्रतिष्ठा मंसिरमा गर्ने तयारी
रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम स्तुप नजिकै रामजानकी मन्दिर निर्माण,रामलिला गराई मन्दिरमा प्राणप्रतिष्ठा मंसिरमा गर्ने तयारी

नवलपरासी, २५ कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा रामजानकी मन्दिर निर्माण गरि मंसिर ५ गते रामलिला सहित प्राणप्रतिष्ठा गर्ने कार्यक्रम तय भएको छ । प्राचीनकाल देखी कै हिन्दु सनातनी दर्शनमा आधारित राम जानकी मन्दिर रहेको उतm स्थानमा २५ लाख लगानीमा मन्दिर निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको हुदा सो मन्दिरमा रामजानकी मुर्ति स्थापना तथा प्राणप्रतिष्ठा गर्नुका साथै ९ दिनसम्म रामलिला कार्यक्रम गर्ने तय भएको हो ।रामलिलाका लागि रामकै जन्मभुमि अयोध्याबाट धर्मगुरु,प्रवचनकर्ता तथा रामलिलाका कलाकार समेत आउने तय भई सकेको उतm मन्दिर निर्माणमा लागनी गर्दै आएका उद्योग बाणिज्य संघका जिल्ला अध्यक्ष समेत रहेका ओमप्रकाश अग्रहरीले बताए । उतm मन्दिर आफ्नै निजी लगानीमा गराउदै आएको बताउदै उनले स्थानियको समेत सहभागिता रहेको जानकारी गराए । रामग्राम स्तुप पछि नै सो स्थानमा रामजानकी मन्दि...
पाल्ही क्याम्पसको शिक्षा संकायमा समाजिक विषयसँगै डेढ बर्षे अधिस्नातक तह थपिदै
रामग्राम नगरपालिका, शिक्षा, समाचार

पाल्ही क्याम्पसको शिक्षा संकायमा समाजिक विषयसँगै डेढ बर्षे अधिस्नातक तह थपिदै

नवलपरासी,२३ कातिकजिल्लाकै पुरानो पाल्ही बहुमुखी क्याम्पसमा अध्यापन गराईदै आएको चार बर्षे (विएड) ब्याचलर अफ एजुकेसन(शिक्षा संकाय)मा थप आवश्यकता पहिचान गरि विषय र कार्यक्रम थपिने भएको छ । चार बर्षे वि एडमा समाजिक अध्यक्ष शिक्षा विषय थपिने निर्णय भएको र त्यसको जानकारी जिल्ला स्थित सर्वदलिय तथा जनप्रतिनिधिहरुलाई समेत जानकारी गराइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राधेश्याम पाठकले जानकारी गराएका हुन् ।उनका अनुसार विगत बर्षमा खारेज भएको एक बर्षे विएडको स्वरुप परिवर्तन भई अहिले तिन समेस्टरमा परिक्षा दिइने गरि डेढ बर्षे अधिस्थानक तह पनि थपिने निर्णय भएको छ । एक बर्षे विएड गर्न खोव्ने जुन सुकै संकाय र विषयका विद्यार्थीले उतm कार्यक्रममा भर्ना लिई पढन पाउने भएका छन् । क्याम्पसमा अहिले ब्यवस्थापन संकायको विविएस र शिक्षा संकाय(विएड) को अध्ययन अध्यापन हुदै आएको छ । मानविकिय संकाय.विए) को सम्बन्धन भए ...
रामग्राम १७ स्थित संघाराम क्षेत्रको अवलोकन गर्दै संरक्षणमा बौद्धभिच्छुको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम १७ स्थित संघाराम क्षेत्रको अवलोकन गर्दै संरक्षणमा बौद्धभिच्छुको चाँसो

नवलपरासी, २० कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपसंगै्र जोडिएको संघराम क्षेत्र पहिचानमा आए पछि सो क्षेत्रमा भिच्छु निपुन सहितको उपासक टोलीले अध्ययन अवलोकन गरेका छन् । संघाराम क्षेत्र पनि रामग्राम स्तुपकै अँग भएको र उत्तिकै महत्व बोकेको पुरातात्विक तथा बौद्ध स्थलमा अहिले बुद्धसँग अध्ययन गर्ने अध्ययेता,बौद्धभिच्छु र बौद्ध उपासकहरुले चाँसो लिन थालेका हुन् ।भिच्छु संघले आराम गर्ने स्थान संघाराम भएको र हजार भन्दा बढि भिच्छुले आराम अर्थात विश्राम गर्ने स्थानलाई पुरातत्व विभागले पहिचान गरि बौद्धकालिन प्राचीन स्थल भएको भन्दै बोर्ड राखे देखी सो क्षेत्रमा बुद्धसँग सरोकारवालाहरुले चाँसो राख्न थालेको रामग्राम १७ मा रहेको उतm स्थानका वार्डअध्यक्ष कन्हैया मौर्यले बताएका थिए । संघराममा आउने भिच्छुलाई स्थान गर्ने गरि पाँच विघा भन्दा बढि क्षत्रेफलमा सरोवर(पोखरी) समेत रहेको देखाउदै उनले यि ...
हाटबजार अतिक्रमणमा नगरपालिकाकै मिलोमतो भएको आशँका
अर्थ, रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

हाटबजार अतिक्रमणमा नगरपालिकाकै मिलोमतो भएको आशँका

नवलपरासी,१५ कातिकजिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही ब्यतिmले अतिक्रमण गरिरहेको भन्दै ब्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) माग गरेका छन् । हाट बजार ब्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाईन सहितको डिपिआर माग गरेका हुन् ।अतिक्रमण नरोक्ने डिपिआर र डिजाइन पनि सार्वजनिक नगर्ने नगरपालिकासँग लिखित निवेदन दिई आफुले बजारको डिपिआर माग गरिएको अग्रहरीले बताए । डिपिआर प्राप्त पछि आफु रोक्का गराउनका लागि अदालत जाने समेत सोच बताएका बताउदै उनले मौखिक रुपमा आफु नगरपालिकाको योजना शाखामा माग गर्दा योजना शाखाका इन्जिनियर माधव न्यौपानेले डिपिआर नै नगरपालिकामा नभएको बताउदै कार्यालय प्रमुख समक्ष जान भनेका थिए । त्यस पछि आफु लिखित निवेदन दिएको छु,उनले भने, प्रमुख प्रशासकिय अधिकृत नभएकोले निमित्त प्रमुख कुन्दन चौधरीले पुर्वाधार शाखालाई तोक लगाएका छन्, उन...
देउरवाको रामग्राम स्तुप र देवगावको संघरामको बीचमा चिनियाँ बौद्ध विहार निर्माण हुँदै
पर्यटन, रामग्राम नगरपालिका, समाचार

देउरवाको रामग्राम स्तुप र देवगावको संघरामको बीचमा चिनियाँ बौद्ध विहार निर्माण हुँदै

नवलपरासी, ८ कातिकभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप र संघराम क्षेत्रको विचमा चिनियाहरुद्धारा विशाल बौद्ध विहारको निर्माणले स्तुप क्षेत्रमा पर्यटकलाई आकर्षण थप्ने भएको छ । रामग्राम स्तुप रहेको देउरवा गाँव र संघाराम क्षेत्र रहेको देवगावको सिमा छुट्टयाउने भलुहीखोला किनारमा उतm विहार निर्माणले रामग्राम स्तुप र संघाराम क्षेत्रलाई समेत जेड्ने विश्वास स्थानियले लिएका हुन् ।नेपाल सरकारले खोजी पहिचान गरि तत्कालिन बौद्ध परम्परालाई पुर्नस्थापन गर्न नसकिरहेको अवस्थामा त्यसको महत्व बुझेर नै चिनिया संघसस्थाहरुले रामग्राम स्तुप(देउरवा) र संघाराम स्थान देवगावको साझा पहिचान बनाउन गरे काम गरेको हुन सक्ने अनुमान स्थानियको छ । हुन तँ आधुनिककालमा बौद्ध सँस्कृति र परम्परालाई संरक्षण गरेका चिनियायात्री फाईयाद र ह्वेगँसाँगको यात्रा वृतान्त नै बुद्ध स्थलको पहिचान गराउने आधार प्राचीनकाल देखी कै हो । त...
गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्राको परासीमा भब्य स्वागत
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्राको परासीमा भब्य स्वागत

,३ कातिकगजेन्द्रमोक्ष धामको रथयात्रा नवलपरासी जिल्ला सदरमुकाम परासी स्थित रामजानकी मन्दिर परिसरमा आए पश्चात स्वागत भब्य स्वागत गरिएको छ । मुस्ताङ देखि शुरु भएको गजेन्द्रमोक्षधाम यात्रा बागलुङ, पर्वत, स्याङ्जा, तनहु, कास्की, चितवन, पाल्पा, कपिलबस्तु र रुपन्देही हुदै पन्द्रौ दिनमा परासी आईपुगेको हो ।कालिगण्डकी कृष्णअवतारको रुपमा दर्शन स्थापित गर्दै आएको गजेन्द्रमोक्षधामबारे आमजनमानसमा जागरण गरिनुका साथै हिन्दु परम्पराको अनुसरण गर्ने र गराउने उदेश्यले यस्तो यात्रा हुदै आएको छ । धामका पिठाधिस कमलनयनाचार्यको सो अभियानले बर्षाै देखी कृष्णगण्डकी भगवानको अवतार स्थापति गर्नमा अग्रसर हुदै विभिन्न धार्मिक कार्यक्रम र अनुष्ठान गर्दै आएको छ । सोही क्रममा सो यात्रा शुरु गरिएको धामका गुरुहरुको भनाई थियो । रथयात्राको रामजानकी मन्दिरमा स्थानिय जनप्रतिनिधि तथा भक्तजनले भब्य स्वागत गरेका थिए । विश्व श...
रामग्रामका बालबालिकामा कुपोषण बढ्दो
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

रामग्रामका बालबालिकामा कुपोषण बढ्दो

नवलपरासी,२९ असोजजिल्लाको रामग्राम नगरपालिकाका बालबालिकामा कुपोषणको अवस्था बढदै गएको देखिएको छ । कुपोषणलाई हटाउने गरि विभिन्न कार्यक्रम गर्दै आए पनि कार्यक्रमहरु प्रभावकारी हुन नसक्दा कुपोषणको अवस्था बढदै गएको तथ्याँकले देखाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको हो ।नगरक्षेत्र भित्र रहेका सबै स्वास्थ्य चौकी तथा आधारभुत स्वास्थ्य केन्द्र मार्फत पोषणका कार्यक्रम गर्न भनिए पनि चाहे जति जनपरिचालन तथा स्वास्थ्यकर्मीहरुले प्रभावकारी ढंगले काम नगर्दा विगत बर्षको तुलनामा कुपोषण हुने संख्यामा वृद्धि भएको तथ्याँकले देखाएको छ । कुपोषणमा पनि कड कुपोषणको अवस्था घटेको भए पनि समान्य कुपोषणको संख्यामा वृद्धि देखिएको छ,शाखाका स्वास्थ्यकर्मी अनिल खडकाले भने,यसबारे समिक्षा गरि कार्यक्रमलाई प्रभावकारी बनाउन शाखाले छलफल गरि थप काम गर्नेछ । उनका अनुसार आर्थिक बर्ष २०७९।०८० मा २६ जनामा समान्य कुपोषण देखिएको थियो...
रामग्राम स्तुपामा मनाइयो सम्राट अशोक तथा डा.भिमराव अम्बेडकरको बौद्धधम्म दिक्षा दिवस
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपामा मनाइयो सम्राट अशोक तथा डा.भिमराव अम्बेडकरको बौद्धधम्म दिक्षा दिवस

नवलपरासी,२८ असोजभगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप परिसरमा सम्राट अशोक र डा.भिमराव अम्बेडकरको बौद्ध धम्म दिक्षा दिवस समारोहको आयोजना गरिएको छ । विश्व बौद्ध धम्म संघ नेपालको आयोजनामा उक्त एक दिवसिय समारोहको आयोजना गरि बुद्धको धम्म र बुद्ध धम्मका प्रवद्र्धक सम्राट अशोक तथा डा.भिवराव अम्बेडरले अपनाएको बुद्ध धम्मबारे चर्चा गरिएको हो । लुम्बिनी प्रदेश साँसद बैजनाथ कलवारले बुद्धको धम्म एक आफैमा करुणा, मता र शान्तिको स्रोत भएको र बेला बेलामा बुद्ध धम्म अपनाएर प्राचीन कालका मगध सम्राट अशोक तथा आधुनिक कालका बोधिसत्व डा.भिमराव अम्बेडकर ले बुद्ध धर्म प्रति आम जनमानसलाई प्रेरित गरेको बताएका थिए । बुद्धले ज्ञान प्राप्त गरेर आफ्ना जिवन कालमा संसारलाई शान्ति, प्रेम, करुणा, समता र सदभाव समाजका वितरण गरेका थिए,उनले भने,उनको जिवनकाल पछि दुई सय बर्ष पछि महामानवको रुपमा उदय भएका सम्राट अश...
विश्व बैंकले ग्रेटर लुम्बिनीबारे रामग्राममा छलफल र परामर्श गर्ने
पर्यटन, रामग्राम नगरपालिका, समाचार

विश्व बैंकले ग्रेटर लुम्बिनीबारे रामग्राममा छलफल र परामर्श गर्ने

नवलपरासी,२७ असोजविश्व बैकको सहयोगमा हाल शहरी बिकास मन्त्रालयबाट तयारीको चरणमा रहेको वृहद लम्बिनी क्षेत्र विकास आयोजना(ग्रेटर लम्बिनी एरिया डेभलपमेन्ट प्रोजेक्ट)ले नवलपरासीका बुद्धसँग सम्बन्धित सम्भावित क्षेत्रबारे छलफल गर्ने भएको छ । रामग्राम नगरपालिकामा असोज २८ गते मंगलवार विश्व बैक तथा नेपाल शहरी शासकिय तथा पुर्वाधार आयोजनाका विज्ञ र पदाधिकारीहरुसंग स्थानिय सरोकारवालासँग छलफल र परामर्श गरिने जानकारी नगरपालिकाले गराएको हो ।लुम्बिनीसँग सबै भन्दा महत्वपुर्ण भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम ७ मा रहेको रामग्राम स्तुपसँगै रामग्राम नगरपालिकाका विभिन्न वार्ड भित्र नै बुद्धसँग ५ वटा स्थान रहेको छ । जस्मा रामग्राम १८ मा प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्तिपुर) जुन बुद्धको मावली हो । त्यसै गरि रामग्राम १७ मा रामग्राम स्तुपसँग नै जोडिएको संघाराम क्षेत्र छ । रामग्राम १५ मा प्राचीन स...