पाल्ही क्याम्पसको शिक्षा संकायमा समाजिक विषयसँगै डेढ बर्षे अधिस्नातक तह थपिदै

नवलपरासी,२३ कातिक
जिल्लाकै पुरानो पाल्ही बहुमुखी क्याम्पसमा अध्यापन गराईदै आएको चार बर्षे (विएड) ब्याचलर अफ एजुकेसन(शिक्षा संकाय)मा थप आवश्यकता पहिचान गरि विषय र कार्यक्रम थपिने भएको छ । चार बर्षे वि एडमा समाजिक अध्यक्ष शिक्षा विषय थपिने निर्णय भएको र त्यसको जानकारी जिल्ला स्थित सर्वदलिय तथा जनप्रतिनिधिहरुलाई समेत जानकारी गराइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राधेश्याम पाठकले जानकारी गराएका हुन् ।
उनका अनुसार विगत बर्षमा खारेज भएको एक बर्षे विएडको स्वरुप परिवर्तन भई अहिले तिन समेस्टरमा परिक्षा दिइने गरि डेढ बर्षे अधिस्थानक तह पनि थपिने निर्णय भएको छ । एक बर्षे विएड गर्न खोव्ने जुन सुकै संकाय र विषयका विद्यार्थीले उतm कार्यक्रममा भर्ना लिई पढन पाउने भएका छन् । क्याम्पसमा अहिले ब्यवस्थापन संकायको विविएस र शिक्षा संकाय(विएड) को अध्ययन अध्यापन हुदै आएको छ । मानविकिय संकाय.विए) को सम्बन्धन भए पनि विद्यार्थी नभएर सो संकायको पठन पाठन भई रहेको छैन् । थपिन लािगएको अधिस्नातक तह र विषय थपको लागि आवश्यक खर्च जुटाउनका लागि उनले उपस्थित दलका प्रतिनिधि,जनप्रतिनिधि साँसदहरुसँग आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *