करिब ३६ लाख रुपिया लागत बचाउन ठेकेदारले सडक किनारमा खनेर खाल्टो बनाउदै, स्थानियद्धारा विरोध
नवलपरासी, ८ चैत्रसडक निर्माणमा बाहिरबाट माटो ल्याई पुर्नु पर्ने प्रावधान भए पनि ठेकेदारले सडक किनारकै माटो खन्ने कार्यको स्थानियले विरोध गरेका छन् । दशक देखी ओझेलमा रहेको जिल्लाको बरमपुरवा—बैरहवा— विसुनपुरवा सडकको स्तरोन्नी गर्ने कार्य गर्दा सडकमा बाहिरबाट माटो ल्याई पुर्ने कार्य गर्नु पर्ने स्टिमेट भए पनि सम्बन्धि ठेकेदारले आफ्नो लागत घटाउन सडक किनारकै माटो खन्ने कार्यको स्थानियले विरोध जनाएका हुन् ।लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद बैजनाथ कलवारको पहलमा सो सडक स्तरोन्नती गर्ने गरि बजेट विनियोजन भई ठेक्का समेत लागेको थियो । गत पुस महिनामा औपचारिक रुपमा स्तरोन्नती गर्ने कार्य शुभारम्भ भएको र त्यो बेला स्थानियले सडक किनारको माटो खनेर पुर्नु भन्र्दा बाहिरबाट माटो ल्याई पुर्नु पर्ने कुरा उठाएका थिए । त्यो बेला ठेकेदारले स्टिमेटमै बाहिरबाट माटो ल्याउने कार्य हुने प्रतिवद्धता जनाएको थियो । सड...










