बुद्ध धान ‘कालानमक’ खेतीमा किसानको आकर्षण बढ्दो
नवलपरासी,८ कातिकबुद्धकालीन इतिहाससँग जोडिएको सुगन्धित धान ‘कालानमक’ खेतीप्रति नेपाली किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा कुनै समय लोप हुने अवस्थामा पुगेको कालानमक धानको खेती पछिल्ला वर्षमा उल्लेखनीय रूपमा विस्तार भएको हो ।रामग्राम नगरपालिका ६ पोखरापालीमा लक्ष्मीनारायण गुप्ताले अहिले आफ्नो करिब डेढ विघा क्षेत्रफलमा कालानमक धान खेती गरेको बताए । विगतमा विभिन्न प्रजातीका हाईव्रिड लगायतका धानहरु रोपिने गरिएको थियो । तर पछिल्लो समय कालानमक धान रोप्न थालेको देखाए । कालनमक धान यसै क्षेत्रको बुद्धकालिन इतिहाससँग जोडिदा यो धान खेती गर्दा फरक गौरव र अनुभुति प्राप्त हुने गरेको उनले सुनाएका थिए । सरकारी स्तरबाट प्रवद्र्धन नगरिए पनि यस प्रति आफ्नै तरिकाले किसान आकर्षित हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गुप्ता जस्तै जिल्लामा धेरै किसान अहिले कालानमक धान तर्फ आकर्षित देखिएका छन् ।धान प्रवद्र्...










