परासीमा भव्य रूपमा सम्पन्न भयो १५०१औँ मोहम्मद जन्मोत्सवको जुलुसे मोहम्मदी
नवलपरासी, १० भदौ । पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०१औँ जन्मोत्सवको अवसरमा उलमा फाउन्डेशन नेपालले आयोजना गरेको जुलुसे मोहम्मदी बुधबार परासीमा भव्य रूपमा सम्पन्न भएको छ।
धार्मिक सद्भाव, शान्ति, प्रेम, भाइचारा र मानवताको सन्देशसहित निकालिएको जुलुसमा उलेमा, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, युवा तथा सर्वसाधारणसहित सयौँ नागरिक सहभागी भएका थिए। ब्यानर तथा माइकसहित निकालिएको जुलुसले परासी बजार क्षेत्रमा धार्मिक उत्साहसँगै आपसी सद्भाव र भाइचाराको वातावरण सिर्जना गरेको थियो।
उलमा फाउन्डेशन नेपालका केन्द्रीय अध्यक्ष हजरत मौलाना सैयद गुलाम हुसैन मजहरीका अनुसार पैगम्बर मोहम्मदको जीवन, शिक्षा, आदर्श, प्रेम, करुणा, शान्ति र मानव सेवाको सन्देश जनस्तरसम्म पुर्याउने उद्देश्यले जुलुस आयोजना गरिएको हो।
जुलुसको अध्यक्षता उलमा फाउन्डेशन नेपाल, नवलपरासीका निवर्तमान अध्यक्ष हजरत...










