नवलपरासी (ब.सु.प.)

१५०१औँ मोहम्मद जयन्ती शान्तिपूर्ण बनाउन प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलको प्रतिबद्धता
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्ती शान्तिपूर्ण बनाउन प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलको प्रतिबद्धता

सुकरात गौड | कोलियखबर नवलपरासी, भदौ ५ । नवलपरासीमा १५०१औँ मोहम्मद जयन्तीलाई शान्तिपूर्ण, व्यवस्थित तथा सामाजिक सद्भाव कायम हुने गरी सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल तथा धार्मिक अगुवाहरूले प्रतिबद्धता जनाएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासीको सभाहलमा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा बसेको जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति बैठकमा जिल्लाको शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल भएको हो। बैठकमा जिल्ला समन्वय समिति प्रमुख भगौती यादवको विशेष उपस्थिति रहेको थियो। बैठकमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवचका अध्यक्ष हैदर अली मोमिनले मोहम्मद जयन्तीका अवसरमा सञ्चालन गरिने विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमको कार्यतालिका प्रस्तुत गरेका थिए। प्रस्तावित कार्यक्रमअनुसार बृहत् बैठक, जिल्ला प्रशासन, सर्वधर्म प...
डीजे–मुक्त र्‍यालीसहित शान्तिपूर्ण १५०१औँ मोहम्मद जयन्ती मनाउने तयारी
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

डीजे–मुक्त र्‍यालीसहित शान्तिपूर्ण १५०१औँ मोहम्मद जयन्ती मनाउने तयारी

सुकरात गौड | कोलियखबर नवलपरासी, ४ भदौ ।१५०१औँ मोहम्मद जयन्तीलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा मनाउने तयारीस्वरूप नवलपरासीका विभिन्न पालिका तथा क्षेत्रबाट आएका मुस्लिम अगुवा, मदरसा अध्यक्ष तथा प्रधानाध्यापक, धार्मिक व्यक्तित्व र बुद्धिजीवीहरूको बृहत् भेला सम्पन्न भएको छ। मदरसा प्रवद्र्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवाचको आयोजनामा सरावल गाउँपालिकाको सभाहलमा भएको भेलामा जिल्लाभरबाट प्रतिनिधित्व गर्दै आएका सहभागीहरूले मोहम्मद जयन्तीका अवसरमा आयोजना हुने धार्मिक तथा सामाजिक कार्यक्रम, र्‍याली व्यवस्थापन, सुरक्षा तथा सामाजिक सद्भावका विषयमा छलफल गरेका हुन्। कार्यक्रमको अध्यक्षता हैदर अली मोमिनले गरेका थिए। मदर बाबा पीठाधीश अमिरुल्लाह अन्सारी प्रमुख अतिथि तथा बुद्धन अली विशिष्ट अतिथिका रूपमा सहभागी थिए। भेलामा अध्यक्ष मोमिनले यस वर्षको मोहम्मद जयन्तीलाई डीजे तथा अनावश्यक...
परासीमै अर्थोपेडिक, स्पाइन तथा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

परासीमै अर्थोपेडिक, स्पाइन तथा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन

नवलपरासी ,२ भदोअर्थोपेडिक, स्पाइन तथा क्यान्सरसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै परासी बजारको मखनमोख क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ। अर्थोपेडिक तथा स्पाइनसम्बन्धी समस्या र क्यान्सरको उपचार तथा शल्यक्रियाका लागि यसअघि चितवन र काठमाडौं जानुपर्ने बाध्यता रहेकोमा परासीमै विशेषज्ञ सेवा उपलब्ध भएपछि स्थानीय बिरामीलाई सहज भएको छ। उपचारका लागि टाढा जानुपर्ने र लामो समय पालो कुर्नुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको छ। अर्थोपेडिक विशेषज्ञ डा। विजया गुप्ताको नेतृत्वमा सञ्चालनमा आएको अर्थोपेडिक स्पेसियालिटी क्लिनिकले हात, खुट्टा, जोर्नी तथा हड्डीसँग सम्बन्धित विभिन्न समस्याको निदान, उपचार तथा शल्यक्रिया सेवा प्रदान गर्दै आएको जनाएको छ। साथै, क्यान्सरसँग सम्बन्धित शल्यक्रिया तथा उपचार सेवासमेत उपलब्ध रहेको क्लिनिकले जनाएको छ। क्लिनिकका सम्बन्धमा आयोजित...
परासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा करदातामा आक्रोश, पुनःस्थापनको माग
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

परासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा करदातामा आक्रोश, पुनःस्थापनको माग

नवलपरासी, २ भदौनवलपरासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा स्थानीय करदाता, उद्योगी तथा व्यवसायीले सास्ती खेप्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन ्। मंगलवार उद्योग बाणिज्य संघमा भएको करदाता शिक्षा सम्बन्धि अन्तरक्रियामा उतm आक्रोस पोखेका हुन् ।कार्यक्रममा छुट्टै जिल्ला भएर पनि जिल्लामा रहेको आन्तरिक राजस्व कार्यालयको सेवा कार्यालय समेत हटाइए पछि करसम्बन्धी कामका लागि छिमेकी जिल्ला रुपन्देहीको भैरहवा तथा बुटवल धाउनुपर्ने बाध्यता सिर्जना भएको भन्दै उनीहरूले तत्काल परासीमा आन्तरिक राजस्व कार्यालय पुनःस्थापना गर्न माग गरेका थिए । करदाताहरूले नवलपरासीबाट राज्यलाई वार्षिक ठूलो परिमाणमा राजस्व योगदान हुँदै आए पनि करदातालाई आवश्यक सेवा प्रदान गर्ने आफ्नै जिल्लामा आन्तरिक राजस्व कार्यालय नहुनु विडम्बनापूर्ण भएको बताएका छन ्। जिल्लाबाट झण्डै आठ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन हुने अवस्थामा समेत आन्त...
जिल्लामा नयाँ उद्योग दर्तासँगै खारेजीको संख्या पनि बढदै
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

जिल्लामा नयाँ उद्योग दर्तासँगै खारेजीको संख्या पनि बढदै

नवलपरासी,१९ साउनघरेलु तथा साना उद्योग कार्यालय नवलपरासीमा उद्योग तथा ब्यवसाय खारेजीको संख्या बढन थालेको छ । नयाँ दर्ता हुने क्रम बढे पनि खारेजी स्थित नभई संख्या बढदै गएको कार्यालयले जानकारी गराउको हो ।कार्यालयका अनुसार गत आर्थिक बर्ष २०८२।०८३ मा नयाँ उद्योग दर्तासँगै दर्ता खारेजीको संख्या पनि उलेख्य मात्रामा बढेको देखिएको छ । नयाँ दर्ताको अनुपातमा झण्डै आधा उद्योग ब्यवसाय खारेज पनि भएको कार्यालयका सुचना अधिकारी धिरेन्द्र गिरीले जानकारी गराएका थिए । कार्यालयको तथ्याँक अनुसार गत आर्थिक बर्षमा उद्योग तर्फ १ सय ५६ उद्योगको लगत कट्टा गरिएको छ । त्यसै गरि बाणिज्य तर्फ पनि १ सय ५७ गरि कुल ३ सय १३ वटा फर्म खारेज भई लगत कट्टा भएको देखिएको छ । फर्म खारेजी किन गर्न परेको बारे भन्ने यथार्थ कारणको अनुसंधान भनि नभएको अधिकारी गिरीले बताए । सम्बन्धित उद्योगी ब्यवसायिले खारेजी गर्न निवेदन दिएको आधारमा प्रक...
प्रहरीद्धारा ब्यपारीलाई दुःख दिईने कार्यको विरोध गर्दै उबासंघले गरायो प्रजिअको ध्यानाकर्षण
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

प्रहरीद्धारा ब्यपारीलाई दुःख दिईने कार्यको विरोध गर्दै उबासंघले गरायो प्रजिअको ध्यानाकर्षण

नवलपरासी,१२ साउनजिल्लामा प्रहरीद्धारा ब्यवसायीलाई अनावश्यक दुःख दिईने कार्य भई रहेको जनाउदै उद्योग बाणिज्य संघ नवलपरासीले स्थानिय प्रशासनको ध्यानाकर्षण गराएको छ । किसानले आफ्ना उत्पादन समेत बजारसम्म तौल गर्न ल्याउदा,विक्रि वितरणका लागि बजारसम्म लैजादा विचमै पक्राउ गरि प्रहरीले भन्सार पठाउने गरेको आरोप संघका पदाधिकारीले लगाउदै ति कार्यहरु तत्काल बन्द गर्न माग गरेका हुन् ।मंगलवार लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ कलवार सहित संघका अध्यक्ष नगेन्द्र कुमार अग्रहरी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई उनकै कार्यकक्षमा भेटेर ब्यवसायीको समस्या राखेका थिए । प्रहरीलाई को ब्यपारी हो ? को किसान हो ? र को तस्कर हो ? त्यस विच पनि भेद नपाउने गरेको आरोप लगाएका थिए । सिमा क्षेत्रमा प्रहरी आफै तस्करसँग मिल्ने र तस्करी गराउने कार्य गर्छ,तस्करी भयो भनेर जनगुनासा बढदा ब्यपारी र किसा...
नवलपरासीमा वर्षेनी बढ्दै अपराधका मुद्दा ,तीन वर्षमा ४ सय ६८ बाट ६ सय ६२ पुगे
नवलपरासी (ब.सु.प.), समाचार, समाज

नवलपरासीमा वर्षेनी बढ्दै अपराधका मुद्दा ,तीन वर्षमा ४ सय ६८ बाट ६ सय ६२ पुगे

नवलपरासी,४ साउन जिल्लामा वर्षेनी दर्ता हुने आपराधिक मुद्दाको संख्या निरन्तर बढ्दै गएको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तीन आर्थिक वर्षको तुलनात्मक तथ्यांकले जिल्लामा अपराधका घटनासँगै मुद्दा दर्ता हुने क्रम पनि वृद्धि हुँदै गएको देखाएको हो ।जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक(एसपी) रामबहादुर केसीले आर्थिक वर्ष २०८०÷८१ देखि २०८२÷८३ सम्मको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा सेवा प्रवाहका विषयमा जानकारी गराए । उनले सीमित जनशक्तिका बाबजुद प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरिरहेको दाबी समे गरेका थिए । प्रहरी उपरीक्षक केसीले विगत तीन वर्षको तथ्यांक प्रस्तुत गर्दै अपराधका प्रकृति परिवर्तन हुँदै गएको र त्यससँगै अनुसन्धानको दायरा पनि फराकिलो बन्दै गएको बताए । “मुद्दाको ...
परिवारको स्मृतिमा पृथ्वीचन्द्र अस्पताललाई प्यारामिटर पेसेन्ट मनिटर हस्तान्तरण
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

परिवारको स्मृतिमा पृथ्वीचन्द्र अस्पताललाई प्यारामिटर पेसेन्ट मनिटर हस्तान्तरण

नवलपरासी, ३१ असारजिल्ला स्थित पृथ्वीचन्द्र अस्पताललाई स्वर्गीय टिकादेवी पौड्यालको पवित्र स्मृतिमा अत्याधुनिक इडान कम्पनीको प्यारामिटर पेसेन्ट मनिटर प्रदान गरिएको छ । अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाको प्रभावकारी निगरानी तथा गुणस्तरीय उपचार सेवा प्रवाहमा सहयोग पु¥याउने उद्देश्यले रामग्राम ३ का पति शिवलाल पौड्याल र उनका सुपुत्रहरू मुक्ति पौड्याल र डा. विष्णु पौड्यालले उक्त स्वास्थ्य उपकरण सौजन्य स्वरूप उपलब्ध गराएका हुन् ।अस्पतालले आयोजना गरेको एक कार्यक्रम मार्फत उक्त उपकरण ग्रहण गर्दै अस्पताल प्रशासनले पौड्याल परिवार प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको थियो । अस्पतालका अनुसार आधुनिक स्वास्थ्य सेवामा पेसेन्ट मनिटर अत्यन्तै महत्वपूर्ण उपकरण हो, जसले बिरामीको स्वास्थ्य अवस्थाबारे चिकित्सक तथा स्वास्थ्यकर्मीलाई वास्तविक समय मै आवश्यक जानकारी उपलब्ध गराउँछ । अस्पताल प्रशास...
सात बर्षमा बढयो ६७ दशमलव ३ प्रतिसत उद्योग प्रतिष्ठान
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

सात बर्षमा बढयो ६७ दशमलव ३ प्रतिसत उद्योग प्रतिष्ठान

नवलपरासी,२५ असारजिल्लामा ७ बर्ष भित्रै ६७ दशमलव ३ प्रतिसतले उद्योग प्रतिष्ठानको वृद्धि भएको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ । हालै मात्रै जिल्ला भित्र भएको आर्थिक गणनाले सरकारले तोकेको लक्ष्य भन्दा पनि बढि उद्योग प्रतिष्ठान भेटिएको जानकारी कार्यालयले जनाएको हो ।कार्यालयका प्रमुख यज्ञमुर्ति भण्डारीका अनुसार यो बर्ष आर्थिक गणनामा कुल १८ हजार ८ सय ३९ वटा उद्योग प्रतिष्ठान भेटिएको र ति प्रतिष्ठानको गणना फारम भरि केन्द्रिय तथ्याँक कार्यालय पठाइएको छ । आर्थिक गणनाको क्रममा १९ हजार ७ सय ५३ वटा गणक मार्फत फारम भरिएको थियो भने,८३ वटा प्रतिष्ठानले अनलाईन भरेका थिए । गणना गरिएका प्रतिष्ठान मध्ये सबै भन्दा बढि रामग्राम नगरपालिकामा ४ हजार ४९ वटा रहेको छ । त्यसै गरि दोश्रोमा वर्दघाट नगरपालिकामा ३ हजार ९ सय ७५ वटा र तेश्रोमा सुनवल नगरपालिका परेको जस्मा ३ हजार ६ सय ९४ वटा प्रतिष्ठान रहेको थियो ।त्य...