जिल्ला भलिबल संघको अध्यक्षमा विजयकुमार कर्माचार्य निर्विरोध
नवलपरासी ४ असोजजिल्ला भलिबल संघ नवलपरासीको अधिवेशनबाट विजयकुमार कर्माचार्य अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । आईतवार भएको ७ औ अधिवेशनले कर्माचार्य सहित नयाँ कार्यसमिति समेत निर्विरोध चयन गरेको हो ।अधिवेशनबाट संघको उपाध्यक्षमा गोविन्द प्रधान र मनोजकुमार चौधरी निर्वाचित भएका छन भने , नमनारायण चौधरी सचिव र देव क्षेत्री कोषाध्यक्षमा निर्विरोध चयन भएका छन्। नयाँ कार्यसमितिका सदस्यहरूमा शिवलाल चौधरी, महेन्द्र चौधरी, कुञ्जबिहारी कँवर, दुधनाथ गुरौ, मेनुका गाहा, लक्ष्मी श्रेष्ठ र रमेश कर्माचार्य चयन भएका छन्। अधिवेशनबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । नवनिर्वाचित समितिले जिल्लामा भलिबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा प्रतियोगिताको आयोजना र व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।भलिबल नेपालको लोकप्रिय खेलम...










