साना ब्यवसायि मैत्री भन्सार नीति बनाउन साना ब्यवसायिको माग
नवलपरासी,९ बैशाखउद्योग बाणिज्य संघका पुर्व उपाध्यक्ष समेत रहेका जिल्ला हाटबजार ब्यवसायि समितिका संयोजक राधेश्याम अग्रहरीले सहुलिय दरको भन्सार,छोटी भन्सार सुचारु गरिनुका साथै साना ब्यवसायि मैत्री भन्सार नीति बन्नु पर्ने माग उठाएका छन् । सिमा क्षेत्रमा रु १०० भन्दा बढिको मालबस्तुको भन्सार गराउनु पर्ने कानुनी प्रावधानलाई टेकेर कडाई गर्दा केही स्थानिय त्यसको विरोधमा मत प्रकट गर्दै आएको बेला सहुलियत भन्सार दर,छोटी भन्सार सुचारु र साना ब्यवसायी मैत्री भन्सार नीति बन्नु पर्ने माग उनले उठाएका हुन् ।दैनिक घरायसी उपभोग्य बस्तु भित्रयाउने आडमा तस्करी समेत हुने गरेको कुरा स्वीकार गर्दै उनले यि सबै कुरा ठूलो ब्यपारीहरुको सिण्डिकेट र विचौलिय प्रथाले मौल्याएको आरोप लगाएका थिए । सोमवार महेशपुर भन्सारमा ब्यवसायीहरुको समस्याबारे जानकारी गराउन पुगेका अग्रहरीले भने,भन्सार गराउनका लागि एग्जिम कोड लिनु पर्ने,त्...










