नवलपरासी (ब.सु.प.)

भदौ २४ देखि नवलपरासीमा एचपीभी खोप अभियान, २०० केन्द्रमा सेवा दिइने
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

भदौ २४ देखि नवलपरासीमा एचपीभी खोप अभियान, २०० केन्द्रमा सेवा दिइने

भदाै १७, नवलपरासी | नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा भदौ २४ गतेदेखि तीनदिने एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ। अभियानको तयारी तथा सञ्चालनसम्बन्धी जानकारी दिन जिल्ला समन्वय समिति, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को कार्यालयमा मंगलबार कार्यक्रम आयोजना गरिएको हो। जिल्ला समन्वय समिति प्रमुख भगवती यादव (रुदल)को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले एचपीभी खोप अभियानको तयारी, खोप केन्द्र तथा परिचालन हुने जनशक्तिबारे जानकारी दिएका थिए। शाहीका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा भदौ २४ देखि २६ गतेसम्म तीन दिन एचपीभी खोप अभियान सञ्चालन हुनेछ। लक्षित समूहसम्म सहज रूपमा खोप सेवा पुर्‍याउने उद्देश्यले जिल्लाभर २०० वटा खोप केन्द्र निर्धारण गरिएको छ। निर्धारित खोप केन्द्रमध्ये १०९ वटा सामुदायिक अर्थात् सरकारी र ९१ वटा संस्थागत अर्थात् गैर...
बेपत्ता पारिएकाहरूको सम्झनामा परासीमा दीप प्रज्वलन
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

बेपत्ता पारिएकाहरूको सम्झनामा परासीमा दीप प्रज्वलन

नवलपरासी, भदौ १४ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा आइतबार परासीमा स्मृति तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ। एम्नेष्टी इन्टरनेसनल नेपाल, समूह–३१, परासीको आयोजनामा परासीस्थित बुद्ध चोकमा दीप प्रज्वलन गर्दै बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस–२०८३ मनाइएको हो। कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपरासीका वरिष्ठ उपाध्यक्ष एवं प्रमुख अतिथि राजेश गुप्ताले सशस्त्र द्वन्द्वका क्रममा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारले वर्षौँदेखि आफ्ना आफन्तको अवस्था र सत्यबारे जवाफ खोजिरहेको बताए। उनले हालै रसुवामा आएको बाढीपहिरोमा बेपत्ता तथा ज्यान गुमाएका परिवारको पीडाप्रति पनि राज्य संवेदनशील हुनुपर्ने बताए। राज्यले बेपत्ता भएका व्यक्तिको अवस्था र घटनाबारे सम्बन्धित परिवारलाई जानकारी दिनुपर्नेमा जोड दिँदै गुप्ताले परिवारले आफ्ना आफन्त कहाँ छन् र कुन अवस्थामा ...
१५०१औँ मोहम्मद जयन्तीको अवसरमा फलफूल वितरण तथा शान्तिपूर्ण जुलुस
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्तीको अवसरमा फलफूल वितरण तथा शान्तिपूर्ण जुलुस

सुकरात गौड नवलपरासी, भदौ ११ । १५०१औँ मोहम्मद जयन्ती तथा जश्ने ईद मिलादुन्नबीको अवसरमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्रले सञ्चालन गरेको एक साताव्यापी कार्यक्रम बुधबार फलफूल वितरण, पानी पिउने कार्यक्रम तथा शान्तिपूर्ण जुलुससँगै सम्पन्न भएको छ। भदौ १० गते आयोजित अन्तिम दिनको कार्यक्रममा पृथ्वीचन्द्र अस्पताल, परासीमा उपचाररत बिरामी तथा आदर्श नमुना माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई फलफूल वितरण गरिएको थियो। त्यसैगरी मुस्लिम सामाजिक युवा संस्थासँगको समन्वयमा जुलुसमा सहभागी तथा सर्वसाधारणका लागि पानी पिउने कार्यक्रम पनि सञ्चालन गरिएको थियो। त्यसपछि निकालिएको शान्तिपूर्ण जुलुसमा सहभागीहरूले आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिएका थिए। जुलुस शान्तिपूर्ण र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। मदरसा प्रवर्द्धन सामाजिक केन्द्रका अध्यक्ष हैदर अली...
१५०१औँ मोहम्मद जयन्तीको अवसरमा रक्तदान
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्तीको अवसरमा रक्तदान

सुकरात गौड नवलपरासी, भदौ ९ । १५०१औँ मोहम्मद जयन्तीको अवसरमा आयोजित साप्ताहिक कार्यक्रमअन्तर्गत नवलपरासीको प्रतापपुर गाउँपालिका–६, हरपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मदरसा प्रवर्द्धन सामाजिक केन्द्रको आयोजनामा तथा मदरसा मदिनतुल ओलुम माध्यमिक विद्यालय, प्रतापपुर–६, हरपुरको सहकार्यमा मंगलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा १२ युनिट रगत संकलन गरिएको हो। ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा प्रतापपुर गाउँपालिका–६ का वडा अध्यक्ष केशव प्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नवलपरासीको प्राविधिक टोलीका श्रावण कुमार गुप्ता र अमर दिप गुप्तासहित समाजसेवी, रक्तदाता, नेपाल प्रहरीका प्रतिनिधि, संस्थाका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको सहभागिता रहेको थियो। रक्तदान कार्यक्रमले आकस्मिक तथा आवश्यक अवस्थामा...
१५०१औँ मोहम्मद जयन्तीको अवसरमा गमला हस्तान्तरण तथा शुभकामना आदान–प्रदान
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्तीको अवसरमा गमला हस्तान्तरण तथा शुभकामना आदान–प्रदान

सुकरात गौड | काेलियखबर नवलपरासी, भदौ ८ । १५०१औँ मोहम्मद जयन्तीको अवसरमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवचले जिल्ला प्रशासन कार्यालयमा गमला हस्तान्तरण तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा शान्ति, सामाजिक सद्भाव, मानवता, महिला सम्मान, शिक्षा, वातावरण संरक्षण तथा सामाजिक सुधारका विषयमा जोड दिइएको छ। जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा गोरखदल गणका गणपति विज्ञान पोखरेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामबहादुर केसी, सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सहायक प्रहरी उपरीक्षक गोविन्दबहादुर खाती तथा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप–अनुसन्धान निर्देशक प्रज्वल खड्का विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा जिल्ला...
१५०१औँ मोहम्मद जयन्तीलाई लक्षित गर्दै पृथ्वीचन्द्र अस्पतालमा सरसफाइ तथा वृक्षारोपण
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्तीलाई लक्षित गर्दै पृथ्वीचन्द्र अस्पतालमा सरसफाइ तथा वृक्षारोपण

सुकरात गौड परासी, भदौ ७ । १५०१औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित सामाजिक कार्यक्रमअन्तर्गत परासीस्थित पृथ्वीचन्द्र अस्पताल परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। मदरसा प्रवर्द्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवचको आयोजनामा भएको कार्यक्रममा अस्पताल परिसरको सरसफाइ गर्नुका साथै धुपी, चाइनिज पिपललगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। कार्यक्रम संस्थाका अध्यक्ष हैदर अली मोमिनको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका सचिव मोहम्मद रज्जाक मिया, कोषाध्यक्ष ग्यासुद्दीन मुसलमान अन्सारी, संस्थाका सदस्य तथा मुस्लिम समाजसेवीहरूको सहभागिता रहेको थियो। संस्थाका सल्लाहकार बुद्धन अलीको समेत कार्यक्रममा सहभागिता रहेको थियो। अस्पतालका डा. शैलेश कुर्मी, वरिष्ठ डा. श्यामसुन्दर जैसवालसहित अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको पनि कार्यक्रममा सहभागिता रहेको थ...
१५०१औँ मोहम्मद जयन्ती शान्तिपूर्ण बनाउन प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलको प्रतिबद्धता
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, संस्कृति

१५०१औँ मोहम्मद जयन्ती शान्तिपूर्ण बनाउन प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलको प्रतिबद्धता

सुकरात गौड | कोलियखबर नवलपरासी, भदौ ५ । नवलपरासीमा १५०१औँ मोहम्मद जयन्तीलाई शान्तिपूर्ण, व्यवस्थित तथा सामाजिक सद्भाव कायम हुने गरी सम्पन्न गर्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल तथा धार्मिक अगुवाहरूले प्रतिबद्धता जनाएका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासीको सभाहलमा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा बसेको जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति बैठकमा जिल्लाको शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्ने विषयमा छलफल भएको हो। बैठकमा जिल्ला समन्वय समिति प्रमुख भगौती यादवको विशेष उपस्थिति रहेको थियो। बैठकमा मदरसा प्रवर्द्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवचका अध्यक्ष हैदर अली मोमिनले मोहम्मद जयन्तीका अवसरमा सञ्चालन गरिने विभिन्न सामाजिक तथा धार्मिक कार्यक्रमको कार्यतालिका प्रस्तुत गरेका थिए। प्रस्तावित कार्यक्रमअनुसार बृहत् बैठक, जिल्ला प्रशासन, सर्वधर्म प...
डीजे–मुक्त र्‍यालीसहित शान्तिपूर्ण १५०१औँ मोहम्मद जयन्ती मनाउने तयारी
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

डीजे–मुक्त र्‍यालीसहित शान्तिपूर्ण १५०१औँ मोहम्मद जयन्ती मनाउने तयारी

सुकरात गौड | कोलियखबर नवलपरासी, ४ भदौ ।१५०१औँ मोहम्मद जयन्तीलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा मनाउने तयारीस्वरूप नवलपरासीका विभिन्न पालिका तथा क्षेत्रबाट आएका मुस्लिम अगुवा, मदरसा अध्यक्ष तथा प्रधानाध्यापक, धार्मिक व्यक्तित्व र बुद्धिजीवीहरूको बृहत् भेला सम्पन्न भएको छ। मदरसा प्रवद्र्धन सामाजिक केन्द्र, रामग्राम–८, उनवाचको आयोजनामा सरावल गाउँपालिकाको सभाहलमा भएको भेलामा जिल्लाभरबाट प्रतिनिधित्व गर्दै आएका सहभागीहरूले मोहम्मद जयन्तीका अवसरमा आयोजना हुने धार्मिक तथा सामाजिक कार्यक्रम, र्‍याली व्यवस्थापन, सुरक्षा तथा सामाजिक सद्भावका विषयमा छलफल गरेका हुन्। कार्यक्रमको अध्यक्षता हैदर अली मोमिनले गरेका थिए। मदर बाबा पीठाधीश अमिरुल्लाह अन्सारी प्रमुख अतिथि तथा बुद्धन अली विशिष्ट अतिथिका रूपमा सहभागी थिए। भेलामा अध्यक्ष मोमिनले यस वर्षको मोहम्मद जयन्तीलाई डीजे तथा अनावश्यक...
परासीमै अर्थोपेडिक, स्पाइन तथा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

परासीमै अर्थोपेडिक, स्पाइन तथा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन

नवलपरासी ,२ भदोअर्थोपेडिक, स्पाइन तथा क्यान्सरसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै परासी बजारको मखनमोख क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ। अर्थोपेडिक तथा स्पाइनसम्बन्धी समस्या र क्यान्सरको उपचार तथा शल्यक्रियाका लागि यसअघि चितवन र काठमाडौं जानुपर्ने बाध्यता रहेकोमा परासीमै विशेषज्ञ सेवा उपलब्ध भएपछि स्थानीय बिरामीलाई सहज भएको छ। उपचारका लागि टाढा जानुपर्ने र लामो समय पालो कुर्नुपर्ने अवस्थासमेत अन्त्य हुने अपेक्षा गरिएको छ। अर्थोपेडिक विशेषज्ञ डा। विजया गुप्ताको नेतृत्वमा सञ्चालनमा आएको अर्थोपेडिक स्पेसियालिटी क्लिनिकले हात, खुट्टा, जोर्नी तथा हड्डीसँग सम्बन्धित विभिन्न समस्याको निदान, उपचार तथा शल्यक्रिया सेवा प्रदान गर्दै आएको जनाएको छ। साथै, क्यान्सरसँग सम्बन्धित शल्यक्रिया तथा उपचार सेवासमेत उपलब्ध रहेको क्लिनिकले जनाएको छ। क्लिनिकका सम्बन्धमा आयोजित...
परासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा करदातामा आक्रोश, पुनःस्थापनको माग
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

परासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा करदातामा आक्रोश, पुनःस्थापनको माग

नवलपरासी, २ भदौनवलपरासीमा आन्तरिक राजस्व कार्यालय नहुँदा स्थानीय करदाता, उद्योगी तथा व्यवसायीले सास्ती खेप्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन ्। मंगलवार उद्योग बाणिज्य संघमा भएको करदाता शिक्षा सम्बन्धि अन्तरक्रियामा उतm आक्रोस पोखेका हुन् ।कार्यक्रममा छुट्टै जिल्ला भएर पनि जिल्लामा रहेको आन्तरिक राजस्व कार्यालयको सेवा कार्यालय समेत हटाइए पछि करसम्बन्धी कामका लागि छिमेकी जिल्ला रुपन्देहीको भैरहवा तथा बुटवल धाउनुपर्ने बाध्यता सिर्जना भएको भन्दै उनीहरूले तत्काल परासीमा आन्तरिक राजस्व कार्यालय पुनःस्थापना गर्न माग गरेका थिए । करदाताहरूले नवलपरासीबाट राज्यलाई वार्षिक ठूलो परिमाणमा राजस्व योगदान हुँदै आए पनि करदातालाई आवश्यक सेवा प्रदान गर्ने आफ्नै जिल्लामा आन्तरिक राजस्व कार्यालय नहुनु विडम्बनापूर्ण भएको बताएका छन ्। जिल्लाबाट झण्डै आठ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन हुने अवस्थामा समेत आन्त...