समाज

वृक्षारोपण गरि मनाईयो विश्व वातावरण दिवस २०८०
कृषि, नवलपरासी (ब.सु.प.), समाचार, समाज

वृक्षारोपण गरि मनाईयो विश्व वातावरण दिवस २०८०

नवलपरासी,२२ जेठडिभिजन बन कार्यालय नवलपरासीले विश्व वातावरण दिवस मनाएको छ । जिल्ला समन्वय समिति(जिसस) प्रमुख भगौती प्रसाद यादवको प्रमुख आथित्यतामा जिल्लाकै संसारकोट सामुदायिक बन उपभोतmा समुहको कार्यालय परिसर वर्दघाट नगरपालिका १० मा मनाईएको हो ।प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौ,वातावरणमैत्री विकल्पको उपयोग गरौ,नाराका साथ विश्व वातावरण दिवस २०८० जिल्लाका सरोकारावालाहरुको सहभागितामा मनाइएको जिसस प्रमुख यादवले बताए । उनका अनुसार ब्यवस्थापनका कार्य डिभिजन बन कार्यालय प्रमुख महेन्द्रराज बाग्ले लगायतले गरेका थिए । बन विनास,प्लाष्टिक जन्यको बढदो प्रयोगले वातावरणमा नकारात्मक असर पर्ने भएको हुदा बन विकास र र प्लाष्टिक जन्य बस्तुको प्रयोग घटाउनमा समेत सरोकारवालाले कुरा उठाएका थिए । वातावरणमा प्रतिकुल असर पार्ने खालका गतिविधि पनि मानवद्धारा नै भएको हुदा अहिले वातावरण बचाउन र जोगाउनमा पनि मानवद्धारा न...
एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा परासीमा दीप प्रज्वलन
नवलपरासी (ब.सु.प.), समाचार, समाज

एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा परासीमा दीप प्रज्वलन

एम्नेष्टी ईण्टरनेशनलको स्थापना दिवसको अवसरमा परासीमा दीप प्रज्वलन गरिएको छ । एम्नेष्टी ईण्टरनेशनल समूह ३१ परासीको आयोजनामा आज साँझ परासीमा दीप प्रज्वलन गरी एम्नेष्टी दिवस मनाईएको हो । एम्नेष्टी ईण्टरनेशनल समूह ३१ परासीका अध्यक्ष हुसेन अन्सारीको अध्यक्षता तथा निवर्तमान संयोजक विजय जयसवालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नागरिक समाज, रेडक्रस, पत्रकार, वकिल, मानवअधिकारकर्मी, अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो । एम्नेष्टी इन्टरनेशनलको अप्रिल २८, १९६१ मा बेलायतमा स्थापना भएको थियो । अभिव्यक्ति स्वतन्त्रताको विषयमा आवाज उठाएका दुई जनालाई त्यहाको सरकारले थुनामा राखेपछि वेलायतका वकिल पिटर वेन्सनले एक पत्रिकामा आम माफि सम्बन्धि लेख लेख्नुभएको थियो । उक्त लेखका माध्यमबाट वेलायत सहित अन्य देशमा समेत अप्रिल फर एम्नेष्टी (आम माफी) अभियान सुरु भयो । उक्त अभियानमा जोडिएकाहरुले वेल्जियम सम...
सिमावर्ति गाँउको डुबान रोक्न सक्रिय लुम्बिनी प्रदेश साँसद जैसवाल
नवलपरासी (ब.सु.प.), राजनीति, समाचार, समाज

सिमावर्ति गाँउको डुबान रोक्न सक्रिय लुम्बिनी प्रदेश साँसद जैसवाल

नवलपरासी,१४ जेठ,जिल्लाको दक्षिणी सिमा क्षेत्रको गाँउ जोगाउन स्थानिय लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवाल डुबानको कारण पछयाउदै समस्या समाधानको खोजीमा लागेका छन् । बर्षेनी बर्षायाममा डुबानको समस्या झेल्दै आएको सिमावती पाल्हीनन्दन गाउपालिका महेशपुर,रमपुरवा,सुनरी लगायतका गाँउ जोगाउनका लागि झरही नदीमा जम्मा भएको बालुवा सफाई गराउदै समस्या समाधानका कार्यमा उनी जुटेका हुन् । बर्षायाममा आउने बाढीको पानी झरहीखोलाबाट बाहिर ओभर फ्लो भई गाँउ डुबान गर्दै आएको निष्कर्ष निकाल्दै उतm खोलामा जम्मा भएको सिल्ट सफाई कार्य शुभारम्भ गराएको साँसद जैसवालले बताए । थोरै पानीले पनि गाँउमा पस्ने,गाँउ डुबान गर्ने,घर तथा खेतबारीका बालीनाली पनि नष्ट गर्दै आईरहेको अवस्था छ,उनले भने, यसको कारण स्थानियबासीले नै भनेका छन्,कि नदी पहिला गहिरो थियो,चुरेबाट बग्दै आउने बालुवा,भष्कट जम्मा भई खोलाको गहिराई पुरिएको छ,थोरै पानी...
सुस्ता भुमिमा पहिलो पटक नेपाली सेनाका जर्नेल पुग्दा सुस्ताबासीद्धारा भब्य स्वागत
समाचार, समाज, सुस्ता गाउँपालिका

सुस्ता भुमिमा पहिलो पटक नेपाली सेनाका जर्नेल पुग्दा सुस्ताबासीद्धारा भब्य स्वागत

नवलपरासी,१० जेठबेला बेलामा भारतियद्धारा अतिक्रमणको चपेटामा पर्दै आएको नेपालको सुस्ता भुमिमा पहिलो पटक नेपाली सेनाको जर्नेल पुग्दा सुस्ताबासीले भब्य स्वागत गरेका छन् । नेपाली सेनाका उच्च अधिकृतको रुपमा बुधवार पुगेका जर्नेल ललित बहादुर कुँवरसँग हात मिलाउदै सुस्ताका स साना बालबालिकाहरु पनि उत्साही भएका हुन् ।वर्दि बिनाको सेना भई नेपाली भुमि तथा सिमा सुरक्षामा खटिने सुस्ताका के बालक ? के बस्यक ? के वृद्ध महिला पुरुष सबै जना मिलेर भारतिय पक्षको सामना गर्दै आएका सेनाका उच्च अधिकारी पहिलो पटक सुस्ता भुमिमा पाउदा खुशी ब्यतm गरेका थिए । राजनीतिक र सरकारी स्तरबाट धेरै अधिकारी र नेता मन्त्रीको आगमन भएको भए पनि नेपाली सेनाको जर्नेल पहिलो पटक सुस्तामा पुगेर सुस्ताबासीलाई उत्साही गराएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले बताए । सेनाको जर्नेल पहिलो पटक सुस्ता भुमिमा टेकेका छन्,उनले भने,अहिले सुस्ता...
लागु पदार्थ दुब्यसनीबारे सिमाक्षेत्रका गाँउमा अन्तरक्रिया
समाचार, समाज, सरावल गाउँपालिका

लागु पदार्थ दुब्यसनीबारे सिमाक्षेत्रका गाँउमा अन्तरक्रिया

नवलपरासी, १ जेठजिल्लाको सरावल गाउपालिकाले सिमावर्ति क्षेत्रका विद्यार्थी र स्थानियबासीलाई लागु पदार्थ दुब्र्यसन विरुद्ध सरोकारवालासँग अन्तरक्रिया गरेको छ । गाउपालिका भारतिय सिमासँग जोडिएको सिमा नाका भुजहवामा सो अन्तरक्रिया गरेको हो ।गाउपालिकाका लेखापाल नरेश कोहारको प्रमुख आथित्यतामा भएको उतm अन्तरक्रिया कार्यक्रममा लागु औषधको सेवनकर्ता तथा ओसार पसार कर्ता पनि एक विषैला सर्प जस्तै भएको हुदा उनीहरुसँग जोगिन र नियन्त्रण गर्न तर्फ सबै सरोकारवाला लाग्नु पर्ने कुरा औल्याइएको थियो । जसरी एक विषैला सर्पले बढिमा एकदुई जनालाई मात्र टोक्न सक्छ,उनीहरको मृत्यु हुन सक्छ,त्यसै गरि लागुऔषधको कारोबार गर्ने ब्यतिm पनि समाजका लागि विषालु सर्प झै धेरै युवाहरुलाई डस्ने कार्य गरिरहेका छन्,समाजलाई नै विकृत बनाई रहेका छन् । उनीहरुको नियन्त्रणमा सरकारले मात्र प्रयास गरेर पुग्दैन,सबै समाज लागेर नै यस्ता कार्य गर्ने...
सरावलले सञ्चालन गर्यो विद्यार्थी भर्नासँगै आमा अभिभावकलाई अभिभावक शिक्षा कार्यक्रम
शिक्षा, समाज

सरावलले सञ्चालन गर्यो विद्यार्थी भर्नासँगै आमा अभिभावकलाई अभिभावक शिक्षा कार्यक्रम

नवलपरासी,२७ बैशाख,जिल्लाको सरावल गाउपालिकाले विद्यालयमा भर्ना अभियानसँगै आमा अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको छ । बालबालिकासँग सबै भन्दा नजिक रहने आमा अभिभावकलाई नै जागरुक बनाउदै शैक्षिक सुधारका अभियान चलाउन सकिने निष्कर्ष निकाल्दै गाउपालिकाले सो अभियान सञ्चालन गरेको हो । विद्यालयमा बालबालिका भर्ना गरे पनि सामुदायिक विद्यालयका अभिभावकहरु आफ्नै बालबालिकाको आवश्यकता पठन पाठन प्रति निगरानी लगायतका कुरामा ध्यान नदिईने हुदा यस्तो आमा अभिभावक शिक्षा सञ्चालन गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । पहिलो चरणमा अभिभावक मध्ये आमा अभिभावकहरुको छनौट गरि एक दिने कक्षा सञ्चालन गरिएको हो,अध्यक्ष चौधरीले भने,यसले आमाहरु आफ्नो बालबालिका प्रति पठन पाठन तथा शैक्षिक गतिविधिमा निरन्तर सहयोग गर्ने गरि प्रतिवद्धता समेत जनाएका छन् । आमा अभिभावक शिक्षा कक्षा कार्यक्रममा सहभा...
गृहिणी महिलालाई ब्यवसायिक बन्न कृयाशिल गराउदै प्रदेश साँसद
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार, समाज

गृहिणी महिलालाई ब्यवसायिक बन्न कृयाशिल गराउदै प्रदेश साँसद

नवलपरासी,२३ बैशाखस्थानिय महिलालाई घरमै स्वरोजगार बनाउने गरि काम गर्नमा लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले कृयाशिल भई आफ्नो क्षेत्रमा काम गरिरहेको बताएका छन् । लुम्बिनी प्रदेश सरकारद्धारा स्थानिय महिलाहरुलाई ज्ञान सिपको बिकाससँगै अनुदान सहयोगमा सिलाई मेसिन समेत उपलब्ध गराएर स्वरोजगार अभियानलाई निरन्तरता दिलाउने कार्यमा लागेका हुन् ।पुरुषहरु रोजगारको खोजी गर्दै खाडी मुलुक तर्फ आकर्षित हुने तर मधेश सांस्कृतिक कारणले पनि महिलाहरु विदेश जान सक्ने अवस्था नभएको जनाउदै उनले महिलाहरुलाई घर,टोलमै स्वरोजगार हुने खालको कार्यक्रम बनाई लागु गराउनमा लागेको बताए । उनका अनुसार पाल्हीनन्दन गाउपालिकाकी २० जना गृहिणी महिलालाई सिप सिकौ,स्वरोजगार बनौ नाराका साथ तिन महिने सिचाई कटाई तालिम गराइएको र तालिम पश्चात सिचाई मेसिन पनि उपलब्ध गराइएको छ । यसले महिलाहरुलाई काम गर्न उत्साह बढाएको छ,प्रदेश साँसद जैसवालले ...
नागरिक समाज नवलपरासी अध्यक्षमा पुर्वप्रहरी निरिक्षक सैथवार
नवलपरासी (ब.सु.प.), समाचार, समाज

नागरिक समाज नवलपरासी अध्यक्षमा पुर्वप्रहरी निरिक्षक सैथवार

नवलपरासी२३ बैशाखनागरिक समाज नवलपरासीको अध्यक्षमा पुर्व प्रहरी निरिक्षक राधेश्याम सिँह सैथवार छनौट भएका छन् । नागरिक समाज नवलपरासीको शनिवार भएको एक भेलाले सैथवारलाई नागरिक समाजको अध्यक्षको जिम्मेवारी दिइने गरि छनौट गरेको हो ।विगत केही बर्ष देखी जिल्लामा निष्कृय बन्दै गएको नागरिक समाजलाई पुनः सक्रिय बनाई नागरिकको हक अधिकारबारे संगठित रुपमा आवाज उठाउने गरि नागरिक समाजमा नयाँ नेतृत्व छनौट गरिएको समाजका संस्थापक अध्यक्ष रामजी ज्ञवालीले बताए । पत्रकार,वकिल,अधिकारकर्मी,उद्योगी ब्यवसायि,समाजसेवी तथा संघसंस्थाका प्रतिनिधि सहितको भेलाले सैथवारलाई समाजको अध्यक्षमा छनौट गरेको हो,उनले भने,अब देखी नागरिक समाजले पुनः नेतृत्व पाएको छ । नागरिकका सवाललाई सरकार समक्ष शसतm रुपमा उठाउन सक्ने गरि नेतृत्व पाएको छ ।तत्काल ११ सदस्यि नागरिक समाज गठन भएको र पछि अन्य क्षेत्रबाट पनि सदस्य थप गर्ने समेत उनको भनाई थियो ...
परासी प्रेस क्बलद्धारा रामग्राम स्तुपामा मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस
रामग्राम नगरपालिका, समाचार, समाज

परासी प्रेस क्बलद्धारा रामग्राम स्तुपामा मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस

नवलपरासी, २० बैशाख,विश्व प्रेस स्वतन्त्रा दिवसको अवसरमा भगवान गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम स्तुपा परिसरमा परासी प्रेस क्लबले अन्तरक्रिया गरि प्रेस स्वतन्त्रता दिवस मनाएको छ । प्रेस स्वतन्त्रताको अवस्था विषयक अन्तरक्रिया गर्दै सो दिवस मनाइएको हो ।प्रेस मानवअधिकारको प्रमुख क्षेत्र भएको र अहिले वर्तमान अवस्थामा पनि पुर्ण प्रेस स्वतन्त्रताको अवस्था नरहेको सहभागित पत्रकारहरुले बताएका थिए । स्वतन्त्र प्रेस विना मानवअधिकारको प्रत्याभुती नागरिकले पुर्ण रुपमा गर्न नपाउने हुदा जहिले पनि प्रेसलाई स्वतन्त्र रुपमा राज्यले काम गर्न दिनु पर्छ,सरकारले स्वतन्त्र प्रेसलाई प्रवद्र्धन समेत गुर्न पर्छ भन्ने कुरा औल्याइएको थियो । प्रमुख अथिती रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) धनपत यादवले स्वतन्त्र प्रेसले मात्र नागरिकको अधिकार सुचिश्ति गराउन सक्ने बताए । तर प्रेसमा पनि केही विकृतिहरु मौलाउदै गएको र...
रामग्राम क्षेत्र विकास समिति ऐनको मस्यौदा अन्तिम चरणमा
रामग्राम नगरपालिका, समाचार, समाज, संस्कृति

रामग्राम क्षेत्र विकास समिति ऐनको मस्यौदा अन्तिम चरणमा

नवलपरासी,१५ बैशाखजिल्लाको रामग्राम नगरपालिकाले बनाउन लागेको रामग्राम क्षेत्र विकास समिति ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । रामग्राम स्तुपा तथा राजधानी रामग्राम सहित प्राचिन कोलिय गणराज्यसँग सम्बन्धित बौद्ध स्थलहरुको एकिकृत रुपमा विकास गर्ने उदेश्यले बनाउन लागिएको विकास समिति सम्बन्धि ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको र एक दुई साता भित्रै त्यसलाई विधेयकको स्वरुप दिईने जानकारी गराएको हो ।गत बर्ष नै रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम स्तुपा तथा प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम(पण्डितपुर) लगायतका अन्य प्राचिन नगर तथा बौद्ध स्थलहरुको विकास गर्नका लागि रामग्रामा विकास कोष वा विकास समिति गठन गर्ने निर्णय गरेको थियो । अहिले त्यसबारे क्रमशः चरणबद्ध रुपमा काम गर्दै गठनका लागि ऐन बनाउनु पर्ने र सो ऐनका मस्यौदाहरु बनाउने कार्य भई रहेको र अन्तिम चरणमा पुगेको रामग्राम नगरपाल...