नागरिक समाजले सार्वजनिक गर्यो एक महिने गतिविधि
नवलपरासी,२४ जेठनागरिक समाज नवलपरासी पुनर्गठन भएको पहिलो एक महिनाको प्रगति सुनाउदै आफ्ना विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ । मंगलवार बैठक पश्चात निर्णयहरु परासी प्रेस क्लब मार्फत सार्वजनिक गरेको हो ।एक महिना भित्रै नागरिकका विभिन्न समस्याहरुलाई सरकारी सरोकारवालासँग उठाउदै आएको र त्यसमा धेरै जसो नागरिकको पक्षमा उपलब्धी पनि भई रहेको समाजले जनाएको थियो । त्यसै गरि समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले नागरिक समाजको वैठकले हुलाकी राजमार्ग लगायत जिल्लाका विभिन्न स्थानमा रहेका पुल,कल्भर्टहरु भत्किएको,र्यालिगँ नभएका अवस्थाबारे सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय सुनाएका थिए । हालै हुलाकी राजमार्गमा रहेको पुल विगत तिन बर्ष देखि भत्किएर ह्वाँग परेको र त्यसैमा आम नागरिक खसेर मृत्यु भएको हुदा सोही प्रकारका अन्य पुल पुलेसा,कल्भर्टको छेउछाउ,र्यालिगँ लगायतका थुप्रै स्थान भएको जसलाई समान्य ठानेर सरो...










