एसएसबीसँग सुस्तामा विवाद हुदा चौध जना सुस्ताबासी माथि भारतीय पक्षले मुद्दा चलायो, त्रासमा सुस्ताबासी
नवलपरासी,२७ साउनपटक पटक भारतिय अतिक्रमणको चपेटामा पर्दै आएको नेपाली भुमिको सुरक्षार्थ सुस्ताबासी माथि भारतिय सिमा सुरक्षा बल एसएसबीले मुद्दा दायर गरे पछि सुस्ताबासी त्रसित बनेका छन् । एसएसबीसँग समान्य विवाद हुदा एसएसबी माथि आक्रमण भएको भन्दै १४ जना सुस्ताबासी माथि भारत विहार प्रदेशको पश्चिम चम्पारन जिल्ला अदालत बगहामा मुद्दा दायर भए पछि सुस्ताबासी त्रसित बनेका हुन् ।आफ्र्नै खेत जोतिरहेको बेला भारतिय एसएसबीका जवानहरु आएर रोक्न थाले पछि गत फरवरी २४ तारिख २०२५ मा विवाद भएको थियो । भनाभन हुदै जादा सुस्ताबासी जम्मा भए पछि एसएसबी आफै भागेका थिए । प्रतिसोध स्वरुप उनीहरुले जम्मा भएका सुस्ताबासीको तस्विरको आधारमा नाम ठेगाना पत्ता लगाई उनीहरुले बाल्मिकी नगर थानामा एफआईआर दर्ता गराएको जानकारी पछि मात्र थाहा पाएको स्थानिय आमद खानले बताए । उनका अनुसार स्थानिय रँजन लोनियाले परापुर्व कालदेखी नै जोतभोग गर...










