समाज

सुनवलमा खोला जन्य समाग्रिको तस्करी रोक्न नगरपालिकाको जपत अभियान शुरु
समाचार, समाज, सुनवल नगरपालिका

सुनवलमा खोला जन्य समाग्रिको तस्करी रोक्न नगरपालिकाको जपत अभियान शुरु

नवलपरासी,३२ साउनजिल्लाको सुनवल स्थित खोलामा आयोजनाको आडमा खोलाजन्य पदार्थको ब्यापक तस्करी भई रहेको छ । स्थानिय प्रहरी कार्यालय र बन कर्मचारीको मिलोमतोमा खोलाजन्य पदार्थ(ढुगाँ,गिट्टि,बालुवा,मिस्कट)को ठूलो मात्रामा तस्करी हुने गरेको हो ।सुनवल नगरपालिकाको तुरियाखोला भित्रै पुर्वपश्चिम राजमार्ग निर्माण आयोजनाका खोलाजन्य पदार्थको प्रसोधन केन्द्र राखिएका छन् । तिनै प्रसोधन केन्द्र नजिकै मिनि पहाड जस्तै खोलाजन्य पदार्थ भण्डारण गरिएका छन् । भण्डारण नजिकै खोलाको किनारमा अवैध ढुगाँ र मिस्कट झिकेर राखिएको अवस्थामा जहाँ तही भेटाउने गरिएको स्थानियले बताएका छन् । इलाका प्रहरी कार्यालय सुनवल र सुनवल स्थित सब डिभिजन कार्यालयको मिलोमतोमा तस्करी हुने गरेको छ,एक स्थानियले भने,त्यसमा केही स्थानिय तहका जनप्रतिनिधि समेत संलग्न छन् । खोलाबाट निकासी हुने ढुगाँहरु रोहिणी नगरपालिका स्थित रोहिणी नदि किनारमा न...
प्रतापपुर गाउपालिकाले चलायो ‘न्यायमा पहुँच कार्यक्रम’
प्रतापपुर गाँउपालिका, समाज

प्रतापपुर गाउपालिकाले चलायो ‘न्यायमा पहुँच कार्यक्रम’

नवलपरासी,४ असारजिल्लाको प्रतापपुर गाउपालिकाको न्यायिक समितिले ग्रामिण भेगका जनतालाई ‘न्यायमा पहुँच कार्यक्रम’ सञ्चालन गरेको छ । गाँउ गाँउमै पुगेर न्यायिक समितिका संयोजक समेत रहेकी गाउपालिका उपाध्यक्ष मानकुमारी चौधरीले न्यायिक समितिको काम कर्तब्य र अधिकार र जनताले पाउने न्यायिक सेवाबारे जानकारी गराएकी हुन् ।उपाध्यक्ष तथा न्यायिक समितिका सँयोजक चौधरीले न्यायिक समिति कार्यक्रम अन्तरगत नै जनताको न्यायमा पहुँच कार्यक्रम बनाएर कार्यापालिका कार्यालय देखी टाढा रहेका गाँउ तथा अतिदुर्गम गाँउमा पुगेर न्यायिक समितिको सेवाबारे जानकारी गराउने अभियान चलाएकी छिन् । नेपालको संविधान २०७२ अनुसार गणतन्त्र मार्फत घरदैलोमै सरकार आउनुसँगै सरकारको महत्वपुर्ण तेश्रो अँग न्यायपालिका जुन गाउपालिका सरकारमा न्यायिक समिति मार्फत न्याय सेवा दिदै आएको बताएकी थिईन् । फौज्दारी प्रकृतिका मुद्दा बाहेक धेरै जसो न्याय सेवाका ल...
जुनसुकै मेडिकल अधिकृतबाट निरोगिता प्रमाणपत्र जारी मान्य हुने ः यातायात कार्यालय
नवलपरासी (ब.सु.प.), समाचार, समाज

जुनसुकै मेडिकल अधिकृतबाट निरोगिता प्रमाणपत्र जारी मान्य हुने ः यातायात कार्यालय

नवलपरासी,२ असारविगतमा चालक अनुमति पत्र लिन वा नविकरण गराउदा मेडिकल जाँचमा एकाधिकार समस्याको अन्त भएको यातायात ब्यवस्था कार्यालय नवलपरासीले जनाएको छ । यातायात कार्यालयबाट चालक अनुमति पत्र लिदा वा नविकरण गराउदा स्वास्थ्य परिक्षण गर्न सरकारले नै खुल्ला गरेको हुदा जुन सुकै नेपाल मेडिकल काउन्सिलबाट एनएमसि नम्बर प्राप्त गरेका मेडिकल अधिकृतले जाँचेको प्रमाण पेश गर्दा मान्य हुने निर्णय गरेको यातायात ब्यवस्था कार्यालय परासीले जानकारी गराएको हो ।यातायात कार्यालय नजिकै कुनै सिमित मेडिकल जाँचका लागि चिकित्सक बस्ने र मनलागी रकम असुल गर्ने जस्ता सिण्डिकेट अहिले खारेजको अवस्था रहेको यातायात कार्यालयका प्रमुख मुतिm पाण्डेले बताए । विगतमा मेडिकल जाँचमा सिण्डिकेट थियो,तर अहिले हटेको छ, उनले भने, यसमा भ्रममा नपर्न सेवाग्राहीलाई आग्रह गरेका छन् । यातायात कार्यालय नजिकै मेडिकल जाँच गर्ने चिकित्सक छन्,तर उनले ग...
पडरीका आगलागी पिडितलाई भेटेर लुम्बिनी प्रदेशका कानुन मन्त्री पंथीले दिए आवास ब्यवस्थानको आश्वासन
नवलपरासी (ब.सु.प.), समाचार, समाज

पडरीका आगलागी पिडितलाई भेटेर लुम्बिनी प्रदेशका कानुन मन्त्री पंथीले दिए आवास ब्यवस्थानको आश्वासन

नवलपरासी,१५ बैशाखजिल्लाको पाल्हीनन्दन गाउपालिका वार्ड नं.६ पडरीमा गत साता भएको आगलागि पिडितलाई भेट्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पंथी गाँउमा पुगेका छन् । आगलागी पिडितलाई भेटेर उनले घरबार जलेर नष्ट भई सकेका परिवारका लागि तत्कालि अस्थाई आवास र पछि स्थाई आवासको ब्यवस्थापन गरिने आश्वासन समेत दिईएका हुन् ।आवास ब्यवस्थापनका लागि सो वार्डका वार्ड अध्यक्ष कृष्णचन्द्र यादवलाई आवश्यक प्रकृया पुरयाउदै जिल्ला स्तरमा पुर्याउने र जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवलाई आग्रह गर्दै भने,छिटै जिल्ला स्तरबाट निर्णय गराउदै प्रदेशमा पठाउनका लागि पहल गर्नुहोला । प्रदेश सरकारले पनि प्रतिवेदन र माग तथा आवश्यकताको आधारमा तत्कालै निर्णय गरेर सहायता पठाउने छ । प्रकोप ढोल बजाएर आउदैन्,उनले भने,तर प्रकोपमा परेका पिडितलाई हामी सबै मिलेर सहयोग गर्दै समान्व अवस्थामा पुर्याउनु पर्ने...
सरावलका युवायुवतीलाई कानुनी सचेतना
समाचार, समाज, सरावल गाउँपालिका

सरावलका युवायुवतीलाई कानुनी सचेतना

नवलपरासी,६ बैशाखजिल्लाको सरावल गाउपालिकाले स्थानिय युवाहरुलाई कानुन सम्बन्धि सचेतना दिने कार्यको शुभारम्भ गरेको छ । स्थानिय युवाहरुले विभिन्न विषयका जानकारी राख्ने गरे पनि कानुन सम्बन्धि ज्ञान पाउन भनेर कानुनी सचेतना कार्यक्रम शुरु गरेको हो । कार्यक्रमको शुभारम्भ गाउपालिकाको वार्ड नं.२ मनरीबाट पालिकाका न्यायिक समितिका संयोजक समेत रहेकी उपाध्यक्ष बासमति हरिजनले गरेकी थिईन् । अ आफ्नो विषयबस्तुको जानकारी भए पनि आम युवाहरुमा कानुन समबन्धि धेरै जानकारी नहुदा उनीहरुको दैनिक जिवनमा आउने कानुनी समस्या झेल्न परेको हुदा यो सचेतना कार्यक्रम गराउन लागिएको उपाध्यक्ष हरिजलले बताएकी थिईन् । घरपरिवारमा पनि कानुनबारे धेरै कुरा जानकारी छैन्,उनले भनिन्,यसमा युवा जमातमा पनि कानुनी जानकारीको अभाव देखिएको छ, उनले भनिन्,सबै नागरिकले कम से कम आधार भुत कानुनको जानकारी लिइन आवश्यक छ । समस्या परे मात्र कानुन ...
रामग्राम स्तुप क्षेत्रमा रहेका बेन्च अज्ञात समुहद्धारा तोडफोड,अनुसंधान गरि कारवाहीको माग गर्यो नागरिक समाज
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार, समाज

रामग्राम स्तुप क्षेत्रमा रहेका बेन्च अज्ञात समुहद्धारा तोडफोड,अनुसंधान गरि कारवाहीको माग गर्यो नागरिक समाज

नवलपरासी,१५ चैत्र, रामग्राम स्तुप क्षेत्रमा शुरक्षा चुनौती थपिदै गएको भन्दै नागरिक समाज नवलपरासीले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । भगवान गौतम बुद्धको अष्टधातु रहेको सो स्थानमा प्रहरी चौकी वा प्रहरी विट स्थापनाको मागबारे स्मरण गराउदै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।स्तुप क्षेत्रमा रहेको जापानीहरुको बुसुनोकाई गार्डेनमा रहेको पर्यटकलाई बस्ने पक्कि बेन्चको सोमवार राती अज्ञात समुहले तोडफोड गरेको हुदा त्यसबार अनुसंधान गराई आवश्यक कारवाहीको प्रकृया अगाडी बढाउनु पर्ने माग समेत गरेको थियो । समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार,संस्थापक अध्यक्ष रामजी ज्ञवाली सहितको समाजको टोलीले अहिले स्तुपमा देशी विदेशी पर्यटकको आगमनमा वृद्धि भएको हुदा सो स्थानमा सुरक्षा विट राख्न मागको स्मरण समेत गराएको थियो । समाजले गत साउन ७ गते सो स्थानमा प्रहरी चौकी वा प्रहरी विटको स्थापनाको म...
नुमना युवाँ संसदको नीति कार्यक्रममा प्रस्तुत भयो प्राचीन नन्दनताल र प्राचीन नन्दन नगरको विकास
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

नुमना युवाँ संसदको नीति कार्यक्रममा प्रस्तुत भयो प्राचीन नन्दनताल र प्राचीन नन्दन नगरको विकास

नवलपरासी,२७ फागुनसंसदिय अभ्यासका लागि पाल्हीनन्दन गाउपालिकाका सक्रिय स्थानियहरु युवाहरुको गाउसभा(गाँउ सँसद)मा प्राचीन नन्दन नगर र नन्दनताललाई विश्वसम्पदामा सुचिकृत गराउने गरि नीति कार्यक्रममा समावेश भएको छ । पाल्हीनन्दन गाउपालिका वार्ड नं.६ सनईमा रहेको नन्दनताल र पडरीमा रहेको प्राचीन नन्दन नगरक्षेत्रको विकास गर्नका लागि विश्वसम्पदामा सुचिकृत गराउन आवश्यक रहेको भनि नमुना गाउसभामा प्रस्तुत गरिएको नीति कार्यक्रममा राखिएको हो ।विश्वसम्पदाको रुपमा रहेको १ सय विघा बढि क्षेत्रफलको नन्दनताललाई रामसार सिमसारमा सुचिकृत गरिनु पर्ने र प्राचीन कोलिय गणराज्य अन्तरगतकै प्राचीन नन्दननगरलाई पुरातात्विक खोज गराई युनेस्को मार्फत विश्वसम्पदामा सुचिकृतका लागि गाउसभाले पहल गर्नु पर्ने भनेर नीति कार्यक्रम बनाई प्रस्तुत गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । प्राचीन सम्पदा भए पनि ओ...
विद्यालयबाट भविष्यका नेता छानी अवार्ड प्रदान गरिन पाल्हीनन्दनकी उपाध्यक्ष सकिना
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार, समाज

विद्यालयबाट भविष्यका नेता छानी अवार्ड प्रदान गरिन पाल्हीनन्दनकी उपाध्यक्ष सकिना

नवलपरासी,२४ फागुनजिल्लाको पाल्हीनन्दन गाउपालिकामा विद्यार्थीबाट भविष्यका नेता भन्दै अवार्ड प्रदान गरिएको छ । उपाध्यक्ष फातिमा खातुन अंसारी(सकिना) ले सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकासँग भेटघाट कार्यक्रम गर्दै उत्कृष्ट १० जना बालबालिकालाई भविष्यका नेता भन्दै पुरस्कार प्रदान गरेकी हुन् ।गाउपालिकाको वार्ड नं.१ सुनरी स्थित बालशिक्षा निकेतन माविमा पुगेर उपाध्यक्ष सकिनाले उपाध्यक्षको काम कर्तब्य अधिकारबारे जानकारी गराउदै आफु विद्यार्थी देखी नै नेतृत्व गर्ने इच्छा रहेको र काम गर्दै अहिले उपाध्यक्ष भएको सुनाएकी थिईन् । स्वच्छ राजनीतिका लागि पढेलेखेका युवाहरु राजनीतिमा सहभागित हुन पर्छ, उनले भनिन्,त्यसका लागि विद्यालय तह देखी नै विद्यार्थीमा नेता बन्ने उत्साह बढाउनु पर्छ । अहिले विद्यालय,समाज हुदै राज्यका विभिन्न निकायमा नेतृत्व गर्न सकुन भनेर ५ जना छात्रा र ५ जना छात्रलाई भविष्यका नेता भन...
मुस्लिम समाजलाई दाईजोमुक्त समाज बनाउन धर्मगुरुहरुको आग्रह
नवलपरासी (ब.सु.प.), समाचार, समाज

मुस्लिम समाजलाई दाईजोमुक्त समाज बनाउन धर्मगुरुहरुको आग्रह

नवलपरासी, २० फागुनपरासीमा फैजाने अहलेबैत कांफ्रेन्स (जलसा)मा धर्मगुरुहरुले मुस्लिम समाजलाई दाइजो मुक्त समाज बनाउनु पर्ने बताएका छन् । दाईजो प्रथाले महिला हिँसालाई प्रोत्साहित गर्ने र समाजलाई विकृत बनाउने हुदा दाईजो मुक्त मुस्लिम समाज हुनु पर्ने आफ्नो प्रबचन मार्फत आग्रह गरेका हुन् ।मदरसा जामिया फैजाने अहलेबैतको आयोजना तथा ओल्मा काउन्सिल नेपालको सहजीकरणमा उक्त कांफ्रेन्स (जलसा) नेपाली समाजमा मुस्लिम समाज पनि एक हो,मुस्लिम समाजले आफ्नो समाजलाई दाईजो र फजुलखर्च मुक्त बनाउदै उदाहरणिय समाजको रुपमा स्थापित हुनु पर्नेमा प्रबचन दिईने मुस्लिम धर्मगुरुहरुको भनाई थियो । कांफ्रेन्स ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँयाको संयोजकत्वमा भएको उक्त जलसाले मुस्लिम समाजलाई जागरुक बनाउने उदेश्यले गरिएको थियो । झण्डै दुई हजारको संख्यामा मुस्लिम समुदायको उपस्थिती रहेको थियो । उक्त जलसामा ह...
प्रत्येक वार्डमा मुस्लिम महिलालाई जनचेतना कार्यक्रम गर्दै सरावल गाउपालिका
समाचार, समाज, सरावल गाउँपालिका

प्रत्येक वार्डमा मुस्लिम महिलालाई जनचेतना कार्यक्रम गर्दै सरावल गाउपालिका

नवलपरासी,८ फागुनजिल्लाको सरावल गाउपालिकाले मुस्लिम महिलालाई शसतिmकरण गर्ने उदेश्यले मुस्लिम समुदायमा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । महिला तथा बालबालिका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै गर्दा मुस्लिम समुदायको सहभागिता पातलो देखिए पछि गाउपालिकाले मुस्लिम महिलालाई नै लक्षित गरि सो जनचेतना कार्यक्रम सञ्चालन गरेको हो ।सरावल गाउपालिका वार्ड नं.२ दंगिया गाँउमा भएको उतm जनचेतना कार्यक्रममा बोल्दै त्यस्तो कार्यक्रम प्रत्येक वार्डमा मुस्लिम बाहुल्यता रहेको गाँउलाई लक्षित गरि मुस्लिम समुदायलाई जनचेतना कार्यक्रम सञ्चालन गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । आम रुपमा कार्यक्रम सञ्चालन गर्दा मुस्लिम महिलाहरु मुलधारबाट छुट्ने गरेका थिए,उनले भने,त्यसैले अहिले यो कार्यक्रममा मुस्लिम महिलाको सहभागिता मात्रै हुने गरि जनचेतना कार्यक्रम गरिएको छ । यसले मुस्लिम महिलालाई मुलधारमा ल्याउन सहज...