प्रत्येक वार्डमा मुस्लिम महिलालाई जनचेतना कार्यक्रम गर्दै सरावल गाउपालिका
नवलपरासी,८ फागुनजिल्लाको सरावल गाउपालिकाले मुस्लिम महिलालाई शसतिmकरण गर्ने उदेश्यले मुस्लिम समुदायमा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ । महिला तथा बालबालिका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै गर्दा मुस्लिम समुदायको सहभागिता पातलो देखिए पछि गाउपालिकाले मुस्लिम महिलालाई नै लक्षित गरि सो जनचेतना कार्यक्रम सञ्चालन गरेको हो ।सरावल गाउपालिका वार्ड नं.२ दंगिया गाँउमा भएको उतm जनचेतना कार्यक्रममा बोल्दै त्यस्तो कार्यक्रम प्रत्येक वार्डमा मुस्लिम बाहुल्यता रहेको गाँउलाई लक्षित गरि मुस्लिम समुदायलाई जनचेतना कार्यक्रम सञ्चालन गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । आम रुपमा कार्यक्रम सञ्चालन गर्दा मुस्लिम महिलाहरु मुलधारबाट छुट्ने गरेका थिए,उनले भने,त्यसैले अहिले यो कार्यक्रममा मुस्लिम महिलाको सहभागिता मात्रै हुने गरि जनचेतना कार्यक्रम गरिएको छ । यसले मुस्लिम महिलालाई मुलधारमा ल्याउन सहज...










