कृषि

रामग्राम नगरपालिकाले कृषि विद देवेश कुमार मिश्रको संयोजकत्वमा बनायो कृषि कार्यदल
कृषि, रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकाले कृषि विद देवेश कुमार मिश्रको संयोजकत्वमा बनायो कृषि कार्यदल

नवलपरासी,१६ भदौजिल्लाको रामग्राम नगरपालिकाले नगरक्षेत्र भित्र कृषि क्षेत्र सुधार गरि आधुनिक कृषि प्रणाली विस्तार गर्नका लागि विज्ञ सहितको कार्यदल गठन गरेको छ । कृषि शाखासँग समन्व गरि नगरक्षेत्र भित्रको कृषि क्षेत्रको सम्भाब्यता अध्ययन गरि दिगो कृषि विकास गर्ने उदेश्यले नगरपालिकाले सो कार्यदल गठन गरेको हो ।कार्यदलको संयोजकमा कृषि विज्ञको रुपमा हलै लुम्बिनी प्रदेश सरकारको बाली विज्ञान अन्वेषण प्रयोगशाला नेपालगँजमा कार्यरत कृषि विज्ञ देवेश कुमार मिश्रले राजीनामा गरि अवकास लिए पछि उनलाई जिम्मेवारी प्रदान गरिएको नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवले बताए । लुम्बिनी प्रदेश भित्र विभिन्न जिल्लामा कृषि ज्ञान केन्द्रको प्रमुख भई मिश्रले पछिल्लो समय अनुसंधान केन्द्र प्रमुख भएर गएका थिए । पछि उनी स्वेक्षिक अवकास लिई स्वतन्त्र भए पछि उनलाई नगरपालिकाले नगरक्षेत्र भित्रको कृषि सम्बन्धित योजना बनाई का...
लम्पी स्किन महामारीबाट धेरै पशु जोगाउन पशु सेवा विज्ञ केन्द्र नवलपरासी सफल
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

लम्पी स्किन महामारीबाट धेरै पशु जोगाउन पशु सेवा विज्ञ केन्द्र नवलपरासी सफल

नवलपरासी,५ भदौलुम्बिनी प्रदेशमा लम्पी स्किन रोगका कारण ७ हजार भन्दा बढि पशु मरेको भए पनि नवलपरासीमा संक्रमित पशु मध्ये ५ प्रतिसत मात्र ३६ वटा पशु मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीको सक्रियतामा अन्य जिल्लामा धेरै पशु मरेको भए पनि नवलपरासीमा अधिकाँश संक्रमित पशु जोगाउन सफल रहेको केन्द्रले जानकारी गराएको हो ।नेपालमा लम्पी स्किन रोग देखा पर्ने वित्तिकै केन्द्रले आफ्ना पशु स्वास्थ्यकर्मी परिचालन गरि जनचेतना जनाउनुका साथै खोप लगाउने अभियानलाई निरन्तरता दिए पश्चात धेरै पशु बचाउन सकिएको केन्द्र प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । जानकारीमा आए देखी नै भेटेरिनरी अस्पताल तथा केन्द्रका पशु स्वास्थ्यकर्मी गाँउ गाँउमा र पशु फर्महरुमा परिचालन गरियो,उनले भने,रोगको संक्रमण रोक्नका लागि किसानलाई समेत परिचालन गरियो,संक्रमित पशुलाई अन्य पशुसँग सम्पर्क विच्छेदमा राख्न लगाईयो...
च्याउ उद्योगमा पचास जना महिलाले पाए प्रत्यक्ष रोजगारी
कृषि, रामग्राम नगरपालिका, समाचार

च्याउ उद्योगमा पचास जना महिलाले पाए प्रत्यक्ष रोजगारी

नवलपरासी,५ भदौजिल्लाको रामग्राम नगरपालिका १२ कुनवारमा सञ्चालित ठूलो लगानीको गोब्रे च्याउ(बटन मसरुम) को उद्योग सञ्चालनमा आउदा ५० जनाले रोजगारी पाएका छन् । झण्डै ७ करोड लगानीमा माँ पाल्ही भगवती कृषि फार्म प्रा.लि.ले सो उद्योग सञ्चालनमा ल्याए पछि स्थानिय ५० जना महिलाहरु प्रत्यक्ष रोजगारी पाएको उद्योगले जनाएको हो ।च्याउको विँउ राख्ने देखी च्याउ काट्ने र प्याकेजिगँ गर्नेसम्मको काम गर्नका लागि स्थानिय गाँउकै महिलाहरुले काम गर्दै आएको उद्योगका सञ्चालक नरेश जैसवालले जानकारी गराए । एक जना महिलाले कम्तीमा पनि मासिक २५ हजारसम्म कमाउदै आएका छन्,उनले भने,गाँउमै रोजगारी पाए पछि गाँउका महिलाहरु उत्साही छन् । कसैका श्रीमान विदेश छन्,घरमा काम नभएर बस्दै आएकी स्थानिय महिलाहरु पनि च्याउ उद्योगमा काम गरेर थप आमदनी गर्न थालेका छन् । उद्योगले स्थानिय स्तरमा च्याउको आपुर्ति मात्रै नभई रोजगारी समेत दिइने गरेको छ...
निर्माण भएको दुई बर्ष वितिसक्दा सञ्चालनमा आएन लुम्बिनी प्रादेशिक पशुरोग अन्वेषण प्रयोगशाला
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

निर्माण भएको दुई बर्ष वितिसक्दा सञ्चालनमा आएन लुम्बिनी प्रादेशिक पशुरोग अन्वेषण प्रयोगशाला

नवलपरासी,३२ साउनलुम्बिनी प्रदेश सरकारले नवलपरासीमा स्थापना गरेको पशु रोग अन्वेषण प्रयोगशाला निर्माण भएको दुई बर्ष वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । अहिले देशभरि पशुहरुमा देखिएका लम्पी स्किन जस्ता महामारीहरु फैलिदै गरेको अवस्थामा प्रादेशिक प्रयोगशाला प्रति सरकारी वेवास्ता गर्दा हालसम्म सञ्चालनमा आउन नसकेको हो ।गत बर्ष नै लुम्बिनी प्रदेश सरकारद्धारा नवलपरासीको सदरमुकाम परासीमा निर्माण गरिएको प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने जानकारी गराइएको थियो । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय परिसर भित्र निर्माण भएको उतm प्रयोगशाला लुम्बिनी प्रदेश सरकार नयाँ गठन भए पश्चात चाडै सञ्चालनमा आउने प्रयोगशालाले दाबी गरे पनि हालसम्म सञ्चालनमा आउन नसक्दा सरकारी पशु कृषक प्रति कति उदासिन देखिएको उदाहरण देख्न सकिन्छ । लुम्बिनी प्रदेश भित्र पशु र माछामा लाग्ने रोगको अनु...
सुस्ता चिस्यान केन्द्रको भवन बने पनि पुरै काम सम्पन्न छैन् ः अध्यक्ष उपाध्याय
कृषि, समाचार, सुस्ता गाउँपालिका

सुस्ता चिस्यान केन्द्रको भवन बने पनि पुरै काम सम्पन्न छैन् ः अध्यक्ष उपाध्याय

नवलपरासी,३१ साउनजिल्लाको सुस्ता स्थित बन्दै गरेको चिस्यान केन्द्र(कोल्ड स्टोर) भवनको निर्माण कार्य सम्पन्न भए पनि परियोजना पूर्णरुपमा सम्पन्न नभएको सुस्ता गाउपालिकाले जनाएको छ । भवनको काम सकिए पनि विद्युत जडान,सुरक्षागार्ड,लोडअनलोड गर्ने स्थान,कार्यालय सञ्चालन तथा कम्पाउण्डवाल लगायतका धेरै काम बाकी नै रहेको जनाउदै चिस्यान केन्द्र परियोजना पुर्ण रुपमा सम्पन्न भई नसकेको जानकारी गराएको हो ।गण्डक,सुस्ताका विभिन्न विषयको अध्ययन अवलोकन गर्ने क्रममा सो चिस्यान केन्द्र समेत अवलोकन गर्न पुगेका जिल्ला समन्वय समिति (जिसस)ं प्रमुख भगौती यादवलाई चिस्यान केन्द्रको अवस्थाबारे गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी गराएका थिए । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा बन्ने लागेको उतm चिस्यान केन्द्रको बसै काम सम्पन्न हुन सकेको छैन्,चिस्यान केन्द्रको भण्डार गृहको काम सम्बन्धित ठेकेदारले सकाएको देखाउदै ...
सरावल सरकारले बनाउदैछ,कुलो पुर्नउत्थान कार्यक्रम
कृषि, समाचार, सरावल गाउँपालिका

सरावल सरकारले बनाउदैछ,कुलो पुर्नउत्थान कार्यक्रम

नवलपरासी,२३ साउनजिल्लाको सरावल गाउपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम बनाउने योजना अगाडी सारेको छ । कतिपय पालिकामा कुलो पुर्दै सडक पुर्वाधार बनाउदै गरेको भए पनि सरावल गाउपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम ल्याउन लागेको हो ।पुर्खाले कुलो मार्फत सिचाई तथा जलनिकास दुबै गर्दै आएको कुरालाई विचमा बोरिगँ र पम्मिगँसेट तथा नहर आदीको प्रचलनले हराउदै गएको कुलो सिचाई ब्यवस्थालाई पुनः स्थापित गर्नका लागि गाउपालिकाले अब योजना बनाएरै कुलो पुर्नउत्थान कार्यक्रम ल्याउन लागेको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले जानकारी गराए । कुलो सुख्यायाममा सिचाई साधन मात्र होईन्,उनले भने,कुलो बाढीको बेला जलनिकासको साधन पनि हो । कुलो सिचाईले विगत बर्षमा गाँउको जलनिकास र खेतमा सिचाई प्रबन्ध मिलाइएको थियो । २०२४ सालको नापी हुदाको बखत पनि पुराना नक्सामा धेरै कुलो,घोलहरु हुदै छाडन्,सोई जस्ता जलस्रोतको उल्लेख गरेको पाईन्छ । तर...
सुस्ताले कित्ता नम्बर उल्लेख गरि तयार गर्यो भुउपयोग बर्गिकरण गरिएको प्रतिवेदन
कृषि, समाचार, सुस्ता गाउँपालिका

सुस्ताले कित्ता नम्बर उल्लेख गरि तयार गर्यो भुउपयोग बर्गिकरण गरिएको प्रतिवेदन

नवलपरासी,२१ साउनजिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भरिका जग्गाहरुको कित्ता नम्बर नै तोकेर भु बर्गिाकरण गर्ने कार्य सम्पन्न गरि नापी कार्यालयलाई बुझाएको छ । भु बर्गिकरण नभएका कारण जग्गाको खरिद विक्रि गर्दा कित्ताकाट गर्नु पर्ने अवस्थामा कित्ताकाट रोकिने समस्या अन्य पालिकाको भए पनि सुस्ता गाउपालिकाले सो बर्गिकरण कार्य सम्पन्न गरि बुझाए पछि अहिले सुस्ता गाउपालिकाका नागरिकलाई सहज भएको हो । अन्य केही नगरपालिका र गाँउपालिकाहरुले भु बर्गिकरण गर्दा सडक किनारमा आवास र बाकी खेतीयोग्य जग्गा भन्दै झारो टार्ने गरि बर्गिकरण पठाए छन् । जस्ले गर्दा बेला बेला ति जग्गाका अवस्था वार्डबाट प्रमाणित गराई ल्याउनु पर्ने बाध्यता अहिले पनि कायम नै रहेको छ । तर सुस्ताले गाउपालिका भरि रहेका जग्गाको कित्ता नं. उल्लेख गरि कुन कित्ता नंं.को जग्गा के हो ? समेत उल्लेख गरि भु बगिकरण पठाएको गाउपालिकाका प्रमुख प्रशासक...
सिचाई जलको श्रोत खोज्न चुरेबन क्षेत्र चहार्दै सरावल गाउपालिका अध्यक्ष चौधरी
कृषि, समाचार, सरावल गाउँपालिका

सिचाई जलको श्रोत खोज्न चुरेबन क्षेत्र चहार्दै सरावल गाउपालिका अध्यक्ष चौधरी

नवलपरासी,९ साउनजिल्लाको सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी सिचाईको श्रोत खोज्दै बन क्षेत्रमा प्राविधिक सहितको टोली खटिएका छन् । यो बर्ष पानी कम पर्ने गर्दा सिचाई समस्या देखिन थाले पछि गाउपालिको चुरे क्षेत्रमा रहेका खोला भित्र पसेर पानीको श्रोत पहिचानमा लागेका हुन् ।विगत बर्ष देखी नै चुरेको माटो चुरेलाई,चुरेको पानी सबैलाई नारा नै राखेर राष्ट्रपति चुरे संरक्षण कार्याक्रम मार्फत चुरे संरक्षण गर्नु पर्ने कार्यक्रम हुदै आएको छ । तर संरक्षण गर्दै चुरेको पानीलाई उपयोग गर्दै सिचाईको श्रोत बनाउनु पर्ने आवश्यकता अहिले महशुस गर्न थालिएको अध्यक्ष चौधरीले बताए । गाउपालिकाका प्राविधिकहरु टोली लिएर अहिले गाउपालिकाको सिरानमा रहेको चुर क्षेत्रको बन भित्रको सुखौरा खोला क्षेत्रमा सिचाईको श्रोतको खोजिमा लागेका छौ । पानीको श्रोत रहेको छ,उनले भने,प्राविधिकहरुलाई पनि ति पानी किसानको खेत खेतमा कसरी पुर्...
जिल्लाका डुबान लगायतका समस्या लिएर जनप्रतिनिधि मण्डल युपी मुख्यमन्त्री योगिलाई भेट्न जाने
कृषि, नवलपरासी (ब.सु.प.), राजनीति, समाचार

जिल्लाका डुबान लगायतका समस्या लिएर जनप्रतिनिधि मण्डल युपी मुख्यमन्त्री योगिलाई भेट्न जाने

नवलपरासी,२४ असारभारतसँग जोडिएका र भारतिय सहयोगमा समस्या समाधान गर्न सक्ने विषयबस्तुलाई लिएर जिल्लाका जनप्रतिनिधिहरु भारत उत्तर प्रदेश(युपी)का मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्ने भएका छन् । असार अन्तिम सातामा जिल्लाका सातवटै पालिका प्रमुख र जिल्ला समन्वय समिति(जिसस)प्रमुख भगौती प्रसाद यादव सहितको जनप्रतिनिधि मण्डल युपी मुख्यालय लखनउ जाने तयारीमा जुटेका हुन् ।मुख्यमन्त्री योगीलाई भेट्नका लागि चाँजो पाँजो मिलाई दिन पुर्व गृहराज्यमन्त्री तथा साँसद देवेन्द्रराज कण्डेललाई जिम्मेवारी सुम्पिएको जिसस प्रमुख यादवले बताए । तयारीका लागि रामग्राम नगरपालिकामा कण्डेल,जिसस प्रमुख यादव लगायत पालिका प्रमुखहरुको अनौपचारिक बैठक समेत बसेको थियो । योगी तथा युपी सरकारसँग जिल्लाका किसानहरुको मलखाद्य आपुर्ति समस्या,चुरेबाट बगेर भारत तर्फ जाने विभिन्न खोला जलाधार ब्यवस्थापन,धार्मिक पर्यटन मार्ग तथा अन्य पुर्वाधा...
बुद्धशान्ति साझेदारी बनक्षेत्र भित्र बन्यजन्तुलाई पानी पिउन पोखरी र जलासय बनाईदै
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

बुद्धशान्ति साझेदारी बनक्षेत्र भित्र बन्यजन्तुलाई पानी पिउन पोखरी र जलासय बनाईदै

नवलपरासी, २९ जेठजिल्लाको बुद्ध शान्ति साझेदारी बन क्षेत्रमा बन्यजन्तुलाई पानी खाने उदेश्यले बन भित्र पोखरी जलासय बनाउने कार्य भई रहेको छ । बन भित्र ठाँउ ठाँउमा खाल्टो परेको स्थानलाई ब्यवस्थित पोखरी र जलासय ब्यवस्थापन गर्दै बन्यजन्तुलाई पानी खाने स्रोत ब्यवस्थान जस्ता कार्य गर्न थालिएको हो ।बुद्धको बन चिनाउने उदेश्यले बुद्धको मावली तथा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) देखी करिब दुई किलोमिटर उत्तरमा १ हजार ७ सय हेक्टरमा फैलिएको सरकारी बन क्षेत्रलाई बुद्ध शान्ति साझेदारी बन ब्यवस्थापन समुहको रुपमा ब्यवस्थित हुदै आएको छ । डिभिजन बन कार्यालय मार्फत उतm कार्य निरन्तर भई रहेको भए पनि केही बर्ष देखी बन ब्यवस्थापन समुहमा नेतृत्यदायी भुमिका खेल्ने समुहका अध्यक्ष लगायत अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुन नसक्दा समस्या देखिएका छन् । तर पनि डिभिजन बन कार्यालयका बन अधिकृत तथा बन प्र...