एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ३१ परासीको अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
नवलपरासी असार १९ — एम्नेस्टी इन्टरनेसनल नेपाल समूह ३१ परासी (नवलपरासी) को २९औँ साधारण सभा तथा २४औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिमा संयोजकमा राजु देवान, उप–संयोजकमा रञ्जित शर्मा, सचिवमा सुकरात गौड, सह–सचिवमा पुरुषोत्तम तिवारी तथा कोषाध्यक्षमा निरुता चौधरी चयन भएका छन्। सदस्यहरूमा निर्मला देवी जैसवाल, मुकेश नारायण लोनिया, विनोद निगम तथा अनिल प्रजापति रहेका छन्।
अधिवेशनमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए। कार्यक्रममा नागरिक समाजका अध्यक्ष बेचु गौड, जिल्ला समन्वय समिति प्रमुख भगौती यादव, रामग्राम नगरपालिका की पूर्व उपमेयर रम्भा कुँवर तथा एम्नेस्टी समूह ३१ का पूर्व संयोजक बिजय जैसवालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले...










