नवलपरासीमा वर्षेनी बढ्दै अपराधका मुद्दा ,तीन वर्षमा ४ सय ६८ बाट ६ सय ६२ पुगे
नवलपरासी,४ साउन
जिल्लामा वर्षेनी दर्ता हुने आपराधिक मुद्दाको संख्या निरन्तर बढ्दै गएको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको पछिल्लो तीन आर्थिक वर्षको तुलनात्मक तथ्यांकले जिल्लामा अपराधका घटनासँगै मुद्दा दर्ता हुने क्रम पनि वृद्धि हुँदै गएको देखाएको हो ।जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक(एसपी) रामबहादुर केसीले आर्थिक वर्ष २०८०÷८१ देखि २०८२÷८३ सम्मको कार्यसम्पादन विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा सेवा प्रवाहका विषयमा जानकारी गराए । उनले सीमित जनशक्तिका बाबजुद प्रहरीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरिरहेको दाबी समे गरेका थिए । प्रहरी उपरीक्षक केसीले विगत तीन वर्षको तथ्यांक प्रस्तुत गर्दै अपराधका प्रकृति परिवर्तन हुँदै गएको र त्यससँगै अनुसन्धानको दायरा पनि फराकिलो बन्दै गएको बताए । “मुद्दाको ...










