भौतिक पुर्वाधार विकास कार्यालय सदरमुकाम परासी मै राख्नु पर्ने भन्दै नागरिक समाजको ध्यानाकर्षण
नवलपरासी,४ असोजजिल्लामा स्थापना हुन लागेको भौतिक पुर्वाधार विकास कार्यालय जिल्लाकै केही नेताहरु सदरमुकाम परासीबाट अन्यत्र लैजान खोजेको प्रति नागरिक समाजले ध्यानाकर्षण गराएको छ । लुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले नवलपरासीमा स्थापना गर्न लागेको भौतिक पुर्वाधार विकास कार्यालय वर्दघाट नगरपालिकाको ज्यामिरेभारमा राख्न नेताहरु लागेको कार्यप्रति जिल्ला समन्वय समिति(जिसस)को ध्यानाकर्षण गराएको हो ।जिल्ला सदरमुकाम परासीमै उतm कार्यालय राख्नका लागि आवश्यक पहल गर्न समेत नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले जिससका प्रमुख भगौती प्रसाद यादवलाई भेटेर ध्यानाकर्षण गराएका हुन् । जिल्ला स्थित सबै सरोकारवाला कार्यालय सदरमुकाम परासीमा राखिएका छन्, उनले भने,अहिले प्रदेश सरकारले स्थापना गर्न लागेको नयाँ कार्यालय सदरमुकाममा नराखी बाहिर लैजाने कार्यशैली ठिक होईन् । एक कार्यालयको सम्ब...










