Author: Bechu Gaud

महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती कार्यको म्याद सकियो, सडक बनेन
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती कार्यको म्याद सकियो, सडक बनेन

नवलपरासी,२२ कार्तिकजिल्लाको महेशपुर नाका जोड्ने महेशपुर—परासी—सुनवल सडक स्तरोन्नती गर्ने निर्माण कार्य म्याद सकिदासम्म २० प्रतिसत काम नभएको स्थानियले बताएका छन् । सरकारी वेवास्ता र ठेकेदारको लापर्वाहीले उतm सडक निर्माणले गति नलिदा सडक वरिपरिका बजार ब्यवसायलाई समेत असर पार्दा स्थानिय मर्कामा पर्ने गरेको गुनासो स्थानियबासीले गरेका हुन् ।महेशपुर मुल भन्सार नाकालाई सदरमुकाम परासी हुदै पुर्वपश्चिम राजमार्ग जोड्ने उतm सडकको पहिलो खण्ड निर्माणमा ढिलाई भई रहदा पुरै सडक बन्न दशक लाग्ने आकलन स्थानियको छ । सरकारले ठेक्का लगाउने तर बजेट बिनियोजन नगरिदिईने गरेको जनाउदै ठेकेदारले काममा ढिलाई गर्ने गरेका छन् । सरकारले वास्तविकता के हो ? त्यसको उत्तर दिन सकिरहेको छैन् । सडक स्तरोन्नतीको सपना देखाउने तर काम गर्न नसक्ने सरकारी क्षमता माथि नै अब प्रश्न उठ्न थालेको स्थानिय जितेन्द्र गुप्ताले भने, जति सकिन्छ त...
लुम्बिनी प्रदेश संसार कै लागि ‘शान्ति र अहिँसाको’ प्रेरणा पाउने भुमी ः बन वातावरण मन्त्री कलवार
पर्यटन, प्रतापपुर गाँउपालिका, समाचार, संस्कृति

लुम्बिनी प्रदेश संसार कै लागि ‘शान्ति र अहिँसाको’ प्रेरणा पाउने भुमी ः बन वातावरण मन्त्री कलवार

नवलपरासी,१६ कार्तिकलुम्बिनी प्रदेशका सबै भुमि संसारकै लागि एक शान्ति अहिँसाको भुमिको रुपमा रहेको लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण(सन्तु) कलवारले बताएका छन् । कार्तिक अमश्वायको अवसर पारेर विहिवार प्रतापपुर ५ श्रीरामपुर स्थित राहुल गौतम बुद्ध विहारमा भगवान गौतम बुद्धको र्मुिर्तको अनावरण गर्दै सो कुरा बताएका हुन् ।तिन÷तिन जना बुद्ध जन्मेका यो लुम्बिनी प्रदेशका सबै भुमि बुद्धका पवित्र पाँउ परेको अध्यात्म,ज्ञान र करुणा,उपकारको जुनसुकै गाँउ बुद्धको गौरवपुर्ण इतिहास बोकेको लुम्बिनी प्रदेश हो । जस्मा पछिल्लो गौतम बुद्धले बुद्धत्व प्राप्तीका लागि बोधगया प्रस्थान गर्दा यहिँ क्षेत्रबाट घुम्दै अनोमाघाट पुगेर महाभिनिष्क्रमण लिएको अनोमाघाट(हालको ठाढीघाट) क्षेत्र पनि पवित्र स्थान भएको उनले बताए । यसै क्षेत्रमा भुजहवाको बौद्धविहार,झुलनीपुर बौद्ध विहार,अनोमाघाट बौद्ध विहारको स्थापना भई बुद्ध...
महेशपुर भन्सारको राजस्व संकलन ओरालो लाग्नुमा प्रहरी मात्रै नभई भन्सार कर्मचारीको पनि सेटिगँ
अर्थ, पाल्हिनन्दन गाउँपालिका, समाचार

महेशपुर भन्सारको राजस्व संकलन ओरालो लाग्नुमा प्रहरी मात्रै नभई भन्सार कर्मचारीको पनि सेटिगँ

नवलपरासी,१३ असोजजिल्ला स्थित महेशपुर भन्सार नाकाबाट बर्षेनी उठ्ने राजस्व लक्ष्य घटदै ओरालो लाग्नु प्रहरीको मिलोमतो कारण तस्करी बढेर मात्रै नभई भन्सार कर्मचारीको तस्करसँग सेटिगँले गर्दा राजश्व हस हुने गरेको रहस्य समेत खुल्न थालेको छ । भन्सार कर्मचारीले प्रहरीले बरामद गरेका मालबस्तुको लिलाम गर्दा स्थानिय केही ब्यपारीको सिण्डिकेट गराई टेण्डर हाल्न नदिईने र फेरी फेरी मुल्याँकन घटाउदै थोरै रकममा लिलाम गराई रहेको रहस्य खुल्न थालेको हो ।एकै दिनमा तिन तिन पटक सुचना टास गरि मुल्याँकन घटाउने गरिएको छ । सो सुचनाहरु भन्सार कार्यालयको वेभसाईटमा पनि अपलोड गरिदैन् । बाहिरबाट यदि कसैले कुनै मार्फत सुचना पाएर लिलाम लिन पुग्दा त्यसलाई छोप्ने कार्य समेत स्थानिय केही गुण्डा परिचालित हुदै आएका छन् । गुण्डा परिचालन भए पछि पहिलो पटकको मुल्याँकमा स्थानिय कसैले पनि लिलाम सकार गर्दैनन् । ति क्रम अन्तिम समय सम्म भई ...
पशु स्वास्थ्य शिविर संचालनले १ सय ६३ किसान लाभाविन्त
कृषि, समाचार, सरावल गाउँपालिका

पशु स्वास्थ्य शिविर संचालनले १ सय ६३ किसान लाभाविन्त

नवलपरासी, १३ कार्तिकजिल्लाको सरावल गाउँपालिकामा एक दिवसिय निशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र परासीको आयोजना तथा सरावल गाउँपालिकाको सहकार्यमा सरावलको वडा ४ हात्तिबनमा उक्त पशु स्वास्थ्य शिविर संचालन गरिएको हो ।पशु विज्ञ, पशु चिकिस्तक र पशु स्वास्थ्यकर्मीहरुको टोलीले संचालित पशु स्वास्थ्य शिविरमा आएका रोगी गाईभंैसी, बाख्रा लगायत पशुपंक्षीहरुको उपचार सेवा प्रदान गरि निशुल्क औषधी समेत वितरण गरेको हो । उक्त पशु शिविरबाट गाई ५६, भंैसी १६१, र ७०४ बाख्रालाई उपचार सेवा प्रदान गरिएको छ । गाउपालिकाकी उपाध्यक्ष बासमती हरिजनले बताईन् । गाँउका पशुपालक किसानले पनि यो शिविर मार्फत विज्ञ सेवा पाउनु गाउपालिकाका लागि अवसर भएको बताईन् । यस शिविरबाट कुल १ सय ६३ घरधुरी लाभाविन्त भएको छ । गाउँघरका किसानहरुको पशुहरुमा कुन खालको रोग लाग्न सक्छ र सोको पहिचान र उप...
‘चौथो सुनवल महोत्सव २०८१’ आउदो मंसिर १२ गते देखी हुने
अर्थ, समाचार, सुनवल नगरपालिका

‘चौथो सुनवल महोत्सव २०८१’ आउदो मंसिर १२ गते देखी हुने

नवलपरासी,११ कातिकजिल्लाको सुनवलमा आउदो मंसिर १२ गते सुनवल महोत्सव आयोजना हुने भएको छ । सो महोत्सवबारे आइतवार उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा सो महोत्सव हुने जानकारी गराईएको हो ।उतm महोत्सव तथा औद्योगिक ब्यपार मेला २४ मंसिर सम्म १३ दिन सोमनाथ बजार नजिकैको खेलमैदान हुने छ । उद्योग वाणिज्य संघले व्यापार मेलामा स्थानिय व्यवसायीलाई प्राथमकिता दिने दाबी गरेको थियो । उतm मेलामा स्थानिय उत्पादनका अतिरिक्त साना उद्योगका उत्पादन तथा पहाडी भेगका कृषिजन्य उपजलाई विशेष प्राथमिकता दिईने छ । प्रर्दशनी तथा विक्रि कक्ष, सांस्कृति क्षेत्र, बाल उद्यान तथा मनोरञ्जनका विभिन्न साधन, खानपान क्षेत्र, खेल क्षेत्र, अटोमो बाईल्स्, बंैक तथा वित्तिय क्षेत्र, दैनिक उपभोग्य समाग्री, हस्तकलाका समाग्रीको विक्रि कक्ष लगायत क्षेत्रगत रुपमा स्टल व्यवस्थापन गर्ने मेला मुल समारोह समितिका संयोजक समेत रहेको संघका अध्यक्ष रमे...
रामग्रामको पर्यटकिय स्थल रामग्राम स्तुपक्षेत्रमा स्वास्थ्यचौकीको सेवा शुभारम्भ
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

रामग्रामको पर्यटकिय स्थल रामग्राम स्तुपक्षेत्रमा स्वास्थ्यचौकीको सेवा शुभारम्भ

नवलपरासी,१० कातिकरामग्राम नगरपालिकाको पर्यटकिय क्षेत्र रामग्राम स्तुप क्षेत्रमा स्वास्थ्य चौकीले आफ्नै भवनमा स्वास्थ्य सेवा शुभारम्भ गरेको छ । भगवान गौतम बुद्धको अष्तुधातु रहेको रामग्राम स्तुप परिसर नजिकै नवनिर्मित स्वास्थ्य चौकीको आफ्नै भवनमा साता देखी स्वास्थ्य सेवा दिइने कार्यको शुभारम्भ गरेको हो ।हालै उतm क्षेत्रमा पर्यटक तथा पर्यटकिय क्षेत्रको शुरक्षार्थ अस्थाइ प्रहरी विटको स्थापना गरिएको थियो । रामग्राम नगरपालिकाले गठन गरेको रामग्राम विकास कोषको कार्यालय समेत सञ्चालनमा ल्याएको पर्यटकिय स्थल रामग्राम स्तुप क्षेत्रमा स्वास्थ्य चौकी शुभारम्भ गरेर स्वास्थ्य सेवा पनि दिन सक्ने अवस्थाको आधार तयार भएको रामग्राम नगरपालिकाले जनाएको छ । केन्द्रिय कार्यक्रम अनुसार नेपाल सरकारले उतm क्षेत्रमा स्वास्थ्य चौकी भवनको निर्माण गरिदिए पछि स्वास्थ्य सेवा सुचारु गरिएको स्वास्थ्य चौकीका इन्चार्ज बलिराम को...
नवलपरासी जिल्ला खाद्यान र फलफूलमा आत्मनिर्भर र तरकारी, दलहनमा परनिर्भरता
कृषि

नवलपरासी जिल्ला खाद्यान र फलफूलमा आत्मनिर्भर र तरकारी, दलहनमा परनिर्भरता

नवलपरासी,९ कातिकनवलपरासी जिल्ला खाद्यान र फलफूलमा आत्मनिर्भरण भएको तथ्याँक कृषि ज्ञान केन्द्रले सार्वजनिक गरेको छ । विश्व खाद्य दिवस मनाउने क्रममा कुल खाद्यानको अन्न रफलफूलमा आत्म निर्भर बन्न सकेको भए पनि तरकारी,दलहन र तेलहनबालीमा आत्मनिर्भर नरहेको समेत जानकारी गराइएको हो ।कृषि ज्ञान केन्द्रले शुक्रवार ४४ औ विश्व खाद्य दिवस २०८१ मनाउदै सरोकारवाला विच अन्तरक्रियाको आयोजना गरेको थियो । सो अन्तरक्रियामा जिल्लाको कृषि उत्पादन तथा खाद्य अवस्थाको जानकारी गराइएको थियो । ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्र नाथ चौबेले खाद्य तथा फलफूलमा जिल्ला आत्मनिर्भरसँगै उत्पादन बाहिर पठाउदै आएको जानकारी गराएका थिए । उनका अनुसार जिल्लामा अन्न खेती(धान,गहुँ मकै) को कुल उत्पादन क्षेत्रफल ३३ हजार ७ सय ४२ हेक्टर(हे.)रहेको छ । जस्मा धान२० हजार ४ सय ८७ हे,गहुँ८ हजार ५ सय ९५ हे.मकै ४ हजार ६ सय ६० हे.रहेको छ । कुल खाद्या...
बर्ष दिन पहिलै सञ्चालनमा आउने परासी बसपार्क हालसम्म सञ्चालनमा आएन
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

बर्ष दिन पहिलै सञ्चालनमा आउने परासी बसपार्क हालसम्म सञ्चालनमा आएन

नवलपरासी,९ कातिकजिल्लाको सदरमुकाम परासी स्थित निर्माणकार्य सम्पन्न भई सकेको बसपार्क एक बर्ष पहिला नै सञ्चालनमा ल्याउने तयारीमा रामग्राम नगरपालिकाले ल्याउन सकेको छैन् । बसपार्क हस्तानान्तरण नभएको जनाउदै नगरपालिकाले सो बसपार्क सञ्चालनमा नल्याईएको जानकारी गराएको हो ।लामो समय देखी सदरमुकाम परासीमा बसपार्क निर्माण हुनु पर्ने माग हुदै आएको र अहिले बसपार्क निर्माण भएर नगरपालिकासँग सञ्चालनबारे शहरी तथा भवन कार्यालयले परामर्श गर्दै सञ्चालनमा ल्याउनका लागि नगरपालिका गृहकार्यमा जुटेको थियो । बसपार्कको हस्तानान्तरण नहुनुका साथै बसपार्कमा अहिले पनि पहुँच मार्ग निर्माण भई नसकेको अवस्था,सुरक्षार्थ प्रहरी विट लगायत अन्य पुर्वाधार निर्माण अपुग रहेकोले सञ्चालन गर्न नसकिएको नगरपालिकाले दाबी गर्दै आएको छ । भवन कार्यालयका प्राविधिकहरुसँग एक चरणको बसपार्क सञ्चालनबारे छलफल भई सकेको जानकारी गराउदै पुरै पुर्वाधार ...
नवलपरासीका किसानले गर्न थाले केरा भित्र बदाम खेती
कृषि, समाचार, सुस्ता गाउँपालिका

नवलपरासीका किसानले गर्न थाले केरा भित्र बदाम खेती

नवलपरासी,७ कात्तिकजिल्लाका केरा किसानले अहिले केरा खेतमा घुसुवाबालीको रुपमा बदाम खेती गर्ने अभ्यास थालेका छन् । केही बर्ष पहिला केरा भित्र आलु र ओल खेतीको अभ्यास गर्दै आएका किसान अहिले केरा भित्र बदाम खेतीको सफल अभ्यास गरेका हुन् ।बलौटे माटो हुने जिल्लाका सुस्ता र प्रतापपुर गाउपालिकाका किसानले केरा भित्र हिँउदमा आलु र बर्षायाममा बदाम खेती गर्न सक्ने अवस्था देखिएको बताए । यसले गर्दा केरा खेतीलाई पनि फाईदा पुग्ने र घुसुवाबालीले थप लाभ लिन सक्ने अवस्था रहेको बदाम उत्पादक कृषक समितिका अध्यक्ष युवराज मौर्यले बताए । यसरी केरा भित्र बाली रोपेर थप बाली लिन सक्ने अवस्था देखिएको छ, उनले भने, एक बाली मात्र खेतमा लगाउदा यदि प्राकृतिक प्रकोपले नष्ट भयो भन्ने लगानी डुब्ने अवस्था थियो । तर तिनै बालीमा थप आर्को बाली रोपियो भन्ने ति क्षतिबाट पनि जोगाउन सक्ने अवस्था देखिएको उनको भनाई थियो । केही किसानले अहि...
असोज पुर्णिमाको अवसरमा चिनिया भिच्छुद्धारा रामग्राम स्तुपको साझमा पुजापाठ
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

असोज पुर्णिमाको अवसरमा चिनिया भिच्छुद्धारा रामग्राम स्तुपको साझमा पुजापाठ

नवलपरासी,१ कातिकभगवान गौतम बुद्धको अष्टधातुमा रामग्राम विकास कोषले आफ्नो पुर्व निर्धारित कार्यक्रम अनुसार असोज पुर्णिमाको अवसरमा विहिवार साझ दिप प्रज्वलित तथा धाुत प्रार्थना कार्यक्रममा चिनिया भिच्छुहरुको समेत सहभागिता जनाएका हुन् । रामग्राम विकास कोष गठन भए देखी रामग्राम स्तुपमा दिपबाली पुजापाठ तथा ध्यानअभ्यास गर्न थालिए पछि अन्य बौद्ध संघसस्थाहरुले सहभागिता जनाउदै आएकोमा चिनिया भिच्छु तथा उपासकहरुको सहभागिता भएको हो ।कोष गठन पश्चात पहिलो प्राथमिकत मै रामग्राम स्तुपमा अध्यात्मिक तथा धार्मिक् कार्य निरन्तर गर्ने कार्य कार्य अगाडी बढाइएको र कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने,पुजापाठ तथा ध्यान अभ्यास भई रहेको कोषका सदस्य तथा विपश्यनाका सहायक अचार्य प्रसाद पाण्डेले जानकारी गराएका थिए । उनका अनुसार गत औशीका दिन पनि चाईनाका ग...