Author: Bechu Gaud

भोजपुरी संस्कृतिको विरहा मार्फत बुद्ध शिक्षा जागरण कार्यक्रम
नवलपरासी (ब.सु.प.), समाचार, संस्कृति

भोजपुरी संस्कृतिको विरहा मार्फत बुद्ध शिक्षा जागरण कार्यक्रम

नवलपरासी,३० कार्तिकजिल्लामा स्थानिय भोजपुरी संस्कृति विरहा मार्फत बौद्ध शिक्षा जागरण गर्ने कार्य उदाहरणिय भएको संघिय सरकारका पुर्व कानुनमन्त्री तथा प्रतिनिधिसभा सदस्य(साँसद) ध्रुव बहादुर प्रधानले बताएका छन् । बुधवार राती सदरमुकाममा भारतिय कलकार सहितको सहभागितामा सुस्ता स्थित अनोमाघाट संरक्षण समितिको आयोजनामा भएको उतm वृहद विरहा साँस्कृतिक कार्यक्रमको शुभारम्भ गर्दै साँसद प्रधानले उतm कुरा बताएका हुन् ।लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही,कपिलबस्तु जिल्ला तथा प्राचिन कोलिय गणराज्य र शाक्य गणराज्यको बुद्ध भुमि क्षेत्रका स्थानिय जनतालाई बुद्धको शिक्षालाई सांस्कृतिक कार्यक्रम मार्फत जानकारी गराउनु अति नै सराहनिय कार्य भई रहेको बताउदै बुद्धको शिक्षा आजको आवश्यकता रहेको बताएका थिए । बुद्धको शान्ति,करुणाको ज्ञान सबैलाई दिन र बुझाउन आवश्यक छ, उनले भने, बुद्धको शिक्षा विश्वका अन्य देशमा फैलिएको तर ...
रामग्राम फुटवल रंगशालाको गेट बन्यो, रंगशाला निर्माणमा ढिलाई
रामग्राम नगरपालिका, समाचार, संस्कृति

रामग्राम फुटवल रंगशालाको गेट बन्यो, रंगशाला निर्माणमा ढिलाई

नवलपरासी,३० कार्तिकजिल्ला स्थित रामग्राम फुटवल रँगशाला(स्टेडियम) को प्रवेशद्धार(गेट) निर्माण भए पनि रँगशालाको निर्माण कार्य तिब्र गतिमा हुन सकेको छैन् । लुम्बिनी प्रदेश सरकारको सहयोगमा सो रंगशाला विगत पाँच बर्ष देखी निर्माण हुदै आए पछि कछुवा गतिमा मात्र काम भई रहेको स्थानियले बताएका हुन् ।प्रत्येक पालिकालाई तत्कालिन लुम्बिनी प्रदेश सरकारले गौरवका योजना माग गर्दा रामग्राम नगरपालिकाले रामग्राम नगरक्षेत्र भित्र रंगशाला को आवश्यकता पहिचान गरि रंगशाला माग गरेको थियो । उतm रंगशाला हाल रामग्राम नगरपालिका वार्ड नं ४ जितपुर स्थित पाल्ही बहुमुखी क्याम्पस परिसरमा निर्माणाधिन अवस्थामा छ । फुटवल रंगशालाको नाम दिईए पनि अन्य सबै खेलहरु गर्न सक्ने गरि रंगशालाको निर्माण भई रहेको छ । नगरक्षेत्रको रंगशालाको निर्माणका लागि उपयुतm स्थानको खोजी गर्दै जादा क्याम्पस परिसरमा रंगशाला निर्माणका लागि क्याम्पसले सहमति...
तथ्याँक बिनाका पाँच करोड बढि उखु अनुदान कस्ले पाउदै छ ?
अर्थ, कृषि, नवलपरासी (ब.सु.प.), समाचार

तथ्याँक बिनाका पाँच करोड बढि उखु अनुदान कस्ले पाउदै छ ?

नवलपरासी,३० कार्तिकजिल्ला स्थित उखु उत्पादन गर्ने क्षेत्रफल तथा उत्पादनको तथ्याँक फरक फरक हुदा उखु किसानलाई आउने अनुदान कस्ले पाउने बारे आशंका उत्पन्न भएको छ । चिनी उद्योगले क्रसिगँ गरेको कुल उखु परिमाणको आधारमा अनुदान रकम आउने भए पनि कृषि ज्ञान केन्द्रको जिल्लामा उखु उत्पादन गर्ने तथ्याँक कम देखिदा ५ करोड ६९ लाख ३२ हजार ३ सय ३० रुपिया अनुदान कस्ले पाउदैछन,भन्ने आशंका देखिन थालेको हो ।उत्पादनको आधारमा सरकारले उखु किसानका लागि अनुदान रकम कोष तथा लेखा नियन्त्रण कार्यालय नवलपरासीमा पठाई सकेको छ तर पुरै रकम हालसम्म वितरण हुन सकेको छैन् । अन्य क्षेत्रको अनुदान लिनमा कृषकहरु हानथाप गर्ने गरेको भए पनि उखुको अनुदान उपलब्ध गराउन जटिलता देखिन थालेको छ । यसले गर्दा उखु किसानका लागि आएको अनुदान बेलामा वितरण हुन नसक्दा अनुदान पाउने नेपाली कृषक हुन कि भारतबाट उखु ल्याई विब्रि गर्ने ब्यपारी ? भन्ने प्रश्...
रामग्राम स्तुपमा आउने धार्मिक पर्यटक ब्यस्थापनमा चुनौती
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा आउने धार्मिक पर्यटक ब्यस्थापनमा चुनौती

नवलपरासी, २७ कार्तिकजिल्लाको धार्मिक तथा पर्यटकिय स्थल रामग्राम स्तुपमा धार्मिक पर्यटकको वृद्धि भए पनि ध्यान अभ्यास,पुजा प्रार्थना लगायतका उचित ब्यवस्थापनमा चुनौती देखिएको छ । सँसारका एक मात्र मौलिक अवस्थामा रहेको भगवान गौतम बुद्धको अस्थि राखेर बनाइएको रामग्राम स्तुपमा विभिन्न देश विदेशबाट बौद्ध भिच्छु र धार्मिक पर्यटक आउने क्रम बढे पनि सो स्थानमा ध्यान अभ्यास तथा पुजापाठ, तथा प्रार्थनाका लागि लागि उचित स्थान नबन्दा समस्या देखिएको हो ।आईतवार विहान रामग्राम स्तुपामा बंगलादेशका केही ध्यानी साधक आएर ध्यान गर्न बस्दा कहाँ बस्ने अलमलमा परेका थिए । भिच्छु र उपासकहरु प्रार्थना गर्दै थिए,जुन प्रार्थना गर्दा ध्वनी सहितको प्रार्थनाले ध्यान अभ्यासमा असर परेको थियो । त्यसैमा सोही बेला केही चिनिया पर्यटक आए,उनीहरु परिक्रममा गर्न थालेका थिए, सो परिक्रमाका लागि उचित स्थान ब्यवस्थित नहुदा ध्यान गर्ने बंगल...
लुम्बिनी प्रदेश सरकारले सडक गुरुयोजना बनाई काम गर्नेछ ः मन्त्री ढकाल
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

लुम्बिनी प्रदेश सरकारले सडक गुरुयोजना बनाई काम गर्नेछ ः मन्त्री ढकाल

नवलपरासी,२६ कार्तिकलुम्बिनी प्रदेशका जनताको सहज आगमनका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेश सडक गुरुयोजना बनाई काम गर्ने लक्ष्य अनुसार काम गरिरहेको लुम्बिनी प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्री तथा भौतिक पुर्वाधार बिकास मन्त्री भुमिश्वर ढकालले बताएका छन् । उनले भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तरगतको नवलपरासीमा सडक पुर्वाधार कार्यालयको शुभारम्भ कार्यकमलाई सम्बोधन गर्दै उतm कुरा बताएका हुन् ।विगत बर्षमा नवलपरासी जिल्लाका सडक पुर्वाधारका कार्यक्रम सडक पुर्वाधार कार्यालय रुपन्देहीले हेर्दै आएको र अहिले आफुले सो मन् त्रालय सम्माले पछि सोही जिल्लाबाट सडक पुर्वाधार विकासका सेवा प्रवाह हुने गरि कार्यालयको शुभारम्भ गरिएको उनले जानकारी गराएका थिए । लुम्बिनी प्रदेश सरकारकाले काम गर्दै आएको ७ बर्ष पछि मात्र जिल्लामा सडक पुर्वाधार विकास कार्यालय सञ्चालनमा ल्याइए पछि यहाँका सडक पुर्वाधारसँग सम्बन्धित...
भौतिक पुर्वाधार विकास कार्यालय जिल्ला सदरमुकाम परासीमा स्थापना हुदै
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

भौतिक पुर्वाधार विकास कार्यालय जिल्ला सदरमुकाम परासीमा स्थापना हुदै

नवलपरासी,२५ कार्तिकलुम्बिनी प्रदेश सरकारको भौतिक पुर्वाधार विकास कार्यालय नवलपरासी जिल्लाको सदरमुकाम परासीमा स्थापना हुने भएको छ । जिल्ला समन्वय समितिले आफ्नै नवनिर्मित भवनको भुई तल्ला कार्यालयका लागि उपलब्ध गराए पछि उतm परासीमा स्थापना हुन लागेको हो ।उतm कार्यालयको औपचारिक उदघाटन भौतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले कार्तिक २६ गते सोमवार उदघाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेश सरकारले नवलपरासीमा समेत भौतिक पुर्वाधार विकास कर्याालय स्थापनाका लागि निर्णय गरे पछि सो कार्यालय सदरमुकाम बाहिर राख्नका लागि जिल्लाका केही नेता लागेको भन्दै नागरिक समाज नवलपरासीले उतm कार्यालय सदरमुकाममा नै राख्नका लागि जिल्ला समन्वय समितिको ध्यानाकर्षण समेत गराएको थियो । स्थापना हुन लागेको भौतिक पुर्वाधार विकास कार्यालय जिल्लाकै केही नेताहरु सदरमुकाम परासीबाट अन्यत्र लैजान खोजेको प्रति नागरिक समाजले ध्याना...
राजनीतिक परिवर्तन भयो, शैक्षिक प्रणालीमा परिवर्तन भएन : मन्त्री लिमिल्सिना
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

राजनीतिक परिवर्तन भयो, शैक्षिक प्रणालीमा परिवर्तन भएन : मन्त्री लिमिल्सिना

नवलपरासी,२४ कार्तिकनेपालमा राजनीतिक ब्यवस्था परिवर्तन पटक पटक भए पनि शैक्षिक अवस्था परिवर्तन हुन नसकेको लुम्बिनी प्रदेश सरकारका समाजिक विकास मन्त्री जनमेजय तिमिसिल्नाले बताएका छन् । नवलपरासीको परासी स्थित पाल्ही बहुमुखी क्याम्पसको पाँचौ क्याम्पस सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।नेपालमा राजनीतिक परिवर्तन भए पनि शिक्षा क्षेत्रमा परिवर्तन नहुदा विश्व प्रतिस्पर्धात्मक र उत्पादनमुखी शिक्षा नभएकोले नेपाल अहिले आयात प्रधान मुलुक बनेको उनले बताए । चालिस बर्ष पहिला नेपालबाट थुप्रै समान उत्पादन भई निर्यात भई रहेको थियो,तर अहिले निर्यात बन्द हुदै मालबस्तुको आयात बढेको छ,उनले भने, यहाँका शिक्षा प्रणाली परिवर्तन नहुदा यहाँका युवा विदेश खाडीमा काम गर्न जाने र अहिले अध्ययनकै नाममा थुप्रै युवा विदेशिने अवस्था रहेको छ । निरकुँश राणाशासन,पञ्चायती ब्यवस्था फालिदै मुलुकमा प्रजातन्त्र,लोकतन्त्र ह...
जिल्ला भित्र एक खर्ब भन्दा बढि औद्योगिक क्षेत्रमा लागनी हुदा पनि सरकारी उदासिनता कायमै
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

जिल्ला भित्र एक खर्ब भन्दा बढि औद्योगिक क्षेत्रमा लागनी हुदा पनि सरकारी उदासिनता कायमै

नवलपरासी,२४ कार्तिकजिल्ला भित्र औद्योगिक क्षेत्रमा एक बर्षमा झण्डै एक खर्ब भन्दा बढि लगानी भए पनि उद्योग प्रति स्थानिय सरकार देखी प्रदेश र संघिय सरकार उदासिन बनेको आरोप उद्योगीहरुको रहेको छ । औद्योगिक क्षेत्रमा लगानी गरिने नवलपरासी जिल्ला अग्र स्थानमा रहेको तर सरकारी स्तरबाट उद्योग मैत्री वातावरण बन्न नसकेको आरोप उद्योग बाणिज्य संघ लुम्बिनीका पुर्व संयोजक गुणनीति तिवारीले लगाएका हुन् ।विगत बर्ष देखी नै आफु नवलपरासी जिल्लालाई उद्योगको लगानी गर्ने रोजाई बनाउन लागि परेको तर स्थानिय तहहरुले त्यसलाई अवसरको रुपमा लिन नसकेको उनको भनाई थियो । अन्य स्थानमा उद्योग नहुदा उद्योग स्थापनाका लागि पहल भई रहेका छन्, उनले भने,तर यो जिल्ला अझ रामग्राम नगरपालिकामा उद्योग स्थापनाका लागि आकर्षण बनेको छ । तर नगरपालिकाले औद्योगिक क्षेत्रको घोषणा गरि उद्योगसँग सहकार्य गरि आर्थिक विकासमा लाभ लिन नसकेको उनले जनाए । ...
प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम कोलनगरमा बर्मी भिच्छुहरुको चाँसो
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

प्राचिन कोलिय गणराज्यको राजधानी रामग्राम कोलनगरमा बर्मी भिच्छुहरुको चाँसो

नवलपरासी,२३ कार्तिकप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) क्षेत्रको विकासमा बर्माका भिच्छुहरुले चाँसो देखाएका छन् । विगत दुई दशक देखी नियमित रुपमा उत्खनन,जिओफिजिक्स(भुभौतिक) सर्वे गर्दै पुरातात्विक खोज अनुसंधान भई रहेको उतm क्षेत्रको स्थलगत अवलोकन गर्दै बर्माेली भिच्छुहरुले यस क्षेत्रमा आफ्नो देशको पनि मोनाष्ट्रि थप्ने योजना सुनाएका हुन् ।तिन बर्षिय भिच्छु सहित पुगेका बर्माी भिच्छुसंघका सदस्यहरुले यसबारे बर्मामा चर्चा सुनेको भए पनि पहिलो पटक कोलिय राजाहरुको राजधानी तथा बुद्धको जन्म दिईने महामायाको जन्मस्थलमा पुग्न पाउनु सौभाग्य भएको बताएका थिए । यस स्थानमा संसार भरिबाट बौद्धमार्गी एक पटक आउन चाहन्छ,उनले भनेका थिए,यसको देश विदेशमा अझै पनि राम्ररी प्रचार प्रसार हुन सकेको छैन् । यसले यहाँको धार्मिक पर्यटनलाई बढावा दिइने छ । यसमा नेपाल सरकारले ब्यापक कार्य गर्नु पर्ने सुझाव ...
वर्दघाटको बंगुर फर्मबाट बर्ष दिनमा ढाई करोडको बंगुर विक्रि
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

वर्दघाटको बंगुर फर्मबाट बर्ष दिनमा ढाई करोडको बंगुर विक्रि

नवलपरासी,२३ कार्तिकसात करोड लगानीमा स्थापना भएको वर्दघाट ५ पालडाडा स्थित सप्तरँगी कृषि तथा पशु फर्मले एक बर्षमा ढाई करोडको सुगँुर÷बँगुर विक्रि गरेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नवलपरासीले समेत प्रवद्र्धन गर्दै आएको उतm फर्मले एक बर्षमा बंगुरका बच्चा(बुचाभानु)बेचेरै ढाई करोड आमदनी गरिएको फर्मले जनाएको हो ।ब्यवसायिक र सुरक्षित तरिकाले उतm फर्म सञ्चालन हुदै आएकोले धेरै भन्दा धेरै पाठापाठी तथा बुचाभानु उत्पादन गर्न सकिएको फर्मका सञ्चालक प्रकाश कुमार विकले जानकारी गराएका थिए । फर्म भित्र ९० वटा माउ बंगुरहरु रहेको जनाउदै उनले उचित चरिकाले बंगुरहरुलाई खानपान,स्याहार सुसार र पोषणयुतm दाना खुवाउन सकियो भन्ने लक्ष्य अनुसारको धेरै भन्दा धेरै पाठापाठी उत्पादन गर्न सकिने जनाए । आफु बैदेशिक रोजगारीमा रहदा त्यहाँको अनुभव लिई २०७८ सालमा फर्मको सुरुवात गरेको हुँ,उनले भने, विदेशमा कुनै प...